Sunday 27 September 2020

भिरबाट लडेर युवकको मृत्यु

१२ असोज, डोटी । आदर्श गाउँपालिका-दहकालिका स्थानमा भिरबाट लडेर २३ वर्षीय मोहन भट्टको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय मौवानगरदहका अनुसार स्थानीय धुरकोट जङ्गलमा दिउँसो घाँस काट्न गएका युवक आइतबार राति अबेरसम्म घर नआएपछि खोजी गर्दा परिवारले मृतावस्थामा भेटाएका हुन् ।

मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल सिलगढी ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ । मृतकको टाउको र आँखामा गहिरो चोट लागेका कारण मृत्यु भएको प्रहरीले जनाएको छ ।



source https://www.onlinekhabar.com/2020/09/899536

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More