Wednesday, 2 September 2020

बागलुङमा बाढी : ८ शव भेटिए, १३ जना बेपत्ता

१८ भदौ, काठमाडौं । बागलुङको ढोरपाटन नगरपालिका वडा नं. ७, ८ र ९ का तटीय वस्तीमा बाढी पस्दा मृत्यु हुनेको संख्या ८ पुगेको छ । १३ जना बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार घटना स्थलमा फेला परेका ८ जनाको शवको पहिचान हुन सकेको छैन ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी राजेन्द्र रेग्मीका अनुसार बेपत्ता र मृतकको संख्या बढ्न सक्छ । ‘बाढी पीडित परिवारका सदस्यले दिएको जानकारीअनुसार बेपत्ताको संख्या बढ्न सक्ने अनुमान छ,’ रेग्मीले भने ।

अविरल वर्षासँगै गएराति १२ बजेको तिर आएको बाढी वस्तीमा पसेको थियो । सुकुर्दुङस्थित भुजी खोलाको बाढीले १३ घर बगाएको छ ।

बाढीले विद्यालय, जलविद्युत आयोजना, झोलुङ्गे पुलहरुमा पनि क्षति पुर्‍याएको स्थानीयले बताएका छन् ।



source https://www.onlinekhabar.com/2020/09/893683

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More