३ असोज, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माको जनसम्पर्क सल्लाहकारमा हरिमाया शर्मा (आशा) नियुक्त भएकी छिन् ।
मंगलबार बेलुका बसेको मन्त्रिपरिषद् बैठकले सुर्केतकी शर्मालाई जनसम्पर्क सल्लाहकार (विज्ञ)मा नियुक्त गरेको प्रदेश सरकारका प्रवक्ता एवंम् आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले जानकारी दिए ।
सल्लाहकारमा नियुक्त भएकी शर्मा नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य हुन् । उनी गत २०७९ को निर्वाचनमा समानुपातिकतर्फ प्रतिनिधि सभाको उम्मेदवार थिइन् ।
यसैगरी, मुख्यमन्त्री शर्माको प्रेस सल्लाहकार (विज्ञ) मा सल्यानका प्रतीक इच्छुक शर्मालाई नियुक्त गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको प्रवक्ता जिसीले बताए ।
source https://www.onlinekhabar.com/2023/09/1368248
0 comments:
Post a Comment