Saturday 23 September 2023

चितवनको बैकुण्ठे तालमा डुबेर एक जनाको मृत्यु

७ असोज, चितवन । जिल्लाको माडी नगरपालिकाममा रहेको बैकुण्ठे तालमा नुहाउने क्रममा डुबेर एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भरतपुर महानगरपालिकास्थित नेपाल एसबिआई बैंकमा कार्यरत ३५ वर्षीय विजय तिमिल्सिना रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार शनिबार दिउँसो साथीहरूसँग घुम्न गएका तिमिल्सिना नुहाउने क्रममा डुबेका थिए । दिउँसो नुहाउने क्रममा बेपत्ता भएका उनको शव साँझ भेटिएको थियो ।



source https://www.onlinekhabar.com/2023/09/1370010

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More