Friday 12 January 2024

अपडेट : राप्ती नदीमा बस खस्दा ५ जनाको मृत्यु

२७ पुस, दाङ । दाङ देउखुरीको राप्ती गाउँपालिका -१ भालुबाङस्थित राप्ती पुलबाट यात्रुबस नदीमा खस्दा ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बाँकेको नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको भे १ ख ३९१२ नम्बरको बस शुक्रबार राति साढे १० बजेतिर राप्ती नदीमा खसेको हो ।

दुर्घटनामा पाँच जनाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुबाङका प्रमुख उज्जवल सिंहले पुष्टी गरे । हालसम्म २५ जनाको उद्धार गरिसकेको उनले बताए ।

मृतकको सनाखत भएको छैन । घटनास्थलमा सशस्त्र, नेपाल प्रहरी र स्थानीयवासी उद्धारकार्यमा खटिएका छन् ।

बस पुलको रेलिङ भाँच्दै राप्ती नदीमा खसेको छ । राप्ती नदी माथि बनेको यो पुलले दाङ र अर्घाखाँची जिल्लालाई जोड्दछ ।



source https://www.onlinekhabar.com/2024/01/1419205

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More