Thursday 18 January 2024

सेतो मच्छिन्द्रनाथको महास्नान (तस्वीरहरू)

४ माघ, काठमाडौं । सेतो मच्छिन्द्रनाथलाई बिहीबार महास्नान गराइएको छ । पुस शुक्ल अष्टमीको दिन काठमाडौंको केलटोलमा रहेको सेतो मच्छिन्द्रनाथलाई परम्परा अनुसार महास्नान गराइएको हो । यस परम्परासँग केही महत्वपूर्ण र रोचक विधि विधानहरु पनि छन् ।

सेतो मच्छिन्द्रनाथलाई हिन्दूहरु हरिहरका रुपमा, बौद्ध धर्मावलम्बीहरु आर्यावलोकितेश्वरका रुपमा र वैष्णवले नारायणका रुपमा पूज्ने गर्दछन् ।

महास्नान गराउन मूर्तिलाई मन्दिरमा नियमित राख्ने स्थानबाट बाहिर निकालेर डबलीमा राखिन्छ । त्यसपछि मूर्तिलाई लगाइदिइएका सबै कपडाहरु फुकालिन्छ र शोभाभगवतीमा रहेको निर्मल तीर्थबाट ल्याएको जलले स्नान गराइन्छ ।

त्यसअघि मूल पुरोहितले कुनै विघ्न बाधा नआवस् भन्दै पूर्व-पश्चिम, उत्तर-दक्षिण, अग्नि, नैऋत्य, वायु, इशान, तल र माथि रहेका देवताको पूजाआजा गर्छन् । यो कार्यक्रम सुरु हुनुअघि बसन्तपुरबाट जीवित देवी कुमारीलाई ल्याइएको हुन्छ ।

हेर्नुहोस् तस्वीरहरू :



source https://www.onlinekhabar.com/2024/01/1421688

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More