Wednesday 17 January 2024

यौन सम्बन्ध दुवैको समान अधिकार र कर्तव्य

हाम्रो परम्परागत यौन शिक्षाले यौन सम्बन्धलाई श्रीमान्को रुचि र खुशीमा सीमित गरेको छ । कहीं कतै श्रीमतीको वा आफ्नो यौन साथीको रुचि र खुशी यसमा छ कि छैन भन्ने कुराको ख्याल गरेको छैन ।

केही समय पहिले मेरो घर नजिकैको एक घरमा अत्यन्तै नराम्रो घटना भयो ।श्रीमान्ले श्रीमतीको घाँटी थिची हत्या गरे । घटनाको मूल कारण श्रीमतीको परपुरुषगमन रहेको छिमेकीहरू बताउँथे ।

एक दिन म बिहानपानी लिन धारामा गएकी थिएँ । धारामाटोलका प्रतिष्ठित व्यक्ति हुनुहुन्थ्यो ।उहाँ सार्वजनिक पद धारण गरेको व्यक्ति पनि हुनुहुन्थ्यो ।पानी भर्ने क्रममा हामीबीचसंवाद भयो ।

उहाँ : ऊ त्यतातिर (मेरो घरको दक्षिण दिशातर्फ देखाउँदै) बुढाले बुढी मारेको थाहा पायौ बहिनी ?

म : अहँ, थाहा पाइनँ त !

उहाँ :बारीमा लछारेर जुत्ताको तुनाले घाँटी कसेर मारेछ ।

म : आबुई ! किन रहेछ ?

उहाँ : बदमास आइमाई रहिछ । घरमा लोग्ने-छोराछोरी हुँदाहुँदै अर्को पुरुषको सम्पर्कमा पुगिछ । त्यति मात्र कहाँ हो र सीमा नै नाघेर काम गरिछ । इज्जतको ख्याल गरिनछ ।रंगेहात समातेछबुढाले ।केटा मान्छे न हो, आफूलाई कन्ट्रोल गर्न सकेन र मारिदियो ।

उनले व्यक्तिहत्या जस्तो विषयलाई हल्का रूपमा बेलीविस्तार लगाए ।अनि श्रीमतीले गल्ती गरेकाले श्रीमान् त्यो हदसम्म पुगेको सुनाए ।तर मारिने र मार्ने बीच पनि मर्नेकै गल्तीलाई उच्चताको साथ प्रस्तुत गरे । मानौं मार्नेले सही नै गरेको हो भन्ने आशय उनको थियो ।भित्रभित्र मन अमिलो भएर आयो ।गाग्रीमा पानी भरेर घर फर्किएँ ।

बिहानभर मेरो मनमा त्यही कुरा खेलिरहृयो ।’केटा मान्छे हो, सहन सकेन मारिदियो ।’ कति सहजै भन्छन् मानिसहरू ।केटा मान्छेको तर्फबाट मात्र सोचेर प्रतिक्रिया दिन्छन् ।उनीहरूको इगो र प्रतिशोधलाई गर्वका साथ बताउँछन् ।

हरेक घटनामा क्रिया र प्रतिक्रिया हुन्छन् ।मान्छेको पक्षमा कति सहज तरिकाले बोल्छन् । किन त्यो केटीको पक्षमा बोल्न सक्दैन समाज ? त्यो केटी किन अर्को मान्छेको सम्पर्कमा पुगी ?के कारण होला अर्को मान्छेको साथमा पुग्नु ?

बुढीलाई बुढो मन नपरेको पो थियो कि ? उनीहरूको बिहे अनमेल पो थियो कि ? आन्तरिक असमझदारी पो केही थिए कि ?उसले अर्को साथी बनाउनु भनेको आफूले आफैंलाई मार्ने तयारी गर्नु थियो ? त्यो कारणलाई बेवास्ता गरी परिणामको कुरा मात्र गर्नु ठिक होला ? यस्ता अनेकौं प्रश्नहरूबिहानभर उठिरहे । अहिले पनि उठिरहेकै छन् ।

हाम्रो सामाजिक व्यवस्था पितृसत्तात्मक छ ।नारीलाई समाजले विशेष नियमको व्यवस्था गरेको छ ।जहाँ पिता वा श्रीमान्को पहिचानबाट मात्र नारीको पहिचान सम्भव छ ।यो व्यबस्था भित्र नारी सहनशीलता अनिवार्य ठानिएको छ ।

समाजले नारी सहनशीलतालाई उच्च सम्मान गर्छ ।श्रीमती श्रीमान्सँगको सम्बन्धमा रहनै नचाहोस् तर उसले पारिवारिक मर्यादाको घेरा तोड्नुहुँदैन ।श्रीमान्का सानातिना गल्तीलाई देखेको नदेखै गर्नुपर्छ । किनकि ऊ नै उसको सन्तानको बाबु हो ।

उसको सतीत्वमा अडिनु मात्र नारीधर्म र कर्तव्य दुवै हो । तर श्रीमती आफैं श्रीमान्बाट असन्तुष्ट छ भने के गर्ने ? यस्तो कुरालाई कसैले वास्ता गर्न चाहँदैन । वा समाजले व्यवस्थित गरेका नियम भित्र यो विषय अटेको छैन ।

व्यवस्थित यौन सम्बन्धको लागि विवाह संस्थाको जन्म भयो । तर विवाह संंस्थामा यौन सम्बन्ध पुरुषको अधिकार हो र नारीले यौन सुख दिनु उसको कर्तव्य हो भन्ने आम बुझाइ छ । तर यौन सम्बन्ध दुई व्यक्ति बीचको समान आवश्यकता हो । दुवैको समान अधिकार र कर्तव्य हो

पुरुषले आफूले जस्तो नजरले नारीलाई हेरे पनि, नारीले पुरुषतर्फ त्यसरी हेरेको सहन सक्दैन ।नारीले गल्ती गरे उसलाई तत्कालै हत्या गरिदिन्छ । टोल-टोलका प्रतिष्ठित व्यक्तिहरूपुरुषको इगोलाई मलजल गर्छन्र भन्छन्- केटा मान्छे हो अर्कासँग लागेकी स्वास्नी स्वीकार कसरी गर्छ त ?यसरी अपराधीलाई झन् मनोबल प्रदान गरिन्छ ।मान्छे मार्ने जस्तो घटनालाई अत्यन्तै सहज बनाउनु अपराधीको मनोबल बढाउनु मात्र होइन, थप अपराधीहरूलाई जन्माउनु पनि हो ।

नारी हत्या जस्तो आपराधिक घटनालाई त यति सस्तो बनाउने छलफल चल्छ यहाँ । अनि हिंसा र बलात्कार जस्ता घटनाहरू कसरी निरुत्साहित हुन्छन् ?नारीको मनोभावना दबाउने र पुरुषको मनोभावना बढाउने यस किसिमका नियमले सम्बन्धलाई हत्यासम्म पुर्‍याउँदो रहेछ ।

यस्ता आपराधिक गतिविधिहरू विशेषगरी यौन सम्बन्धका कारण घटिरहेका हुन्छन् ।संलग्नता दुवै पक्षको हुन्छ । तर केटीहरूको बदनाम र हत्या बढी हुन्छ ।यदिहत्या गर्न नसके चरित्रहत्या गरेर भए पनि केटीलाई मर्न बाध्य पारिन्छ ।यो सबको मुख्य कारण नै पितृसत्तात्मक व्यवस्था हो ।यो व्यवस्थाले पीडितलाई होइन पीडकलाई साथ धेरै दिन्छ ।

केटीहरू परपुरुषगमनमा जाने धेरै कारण हुनसक्छन् । तर गरिबी र श्रीमान्सँगको असन्तुष्टि मुख्य हुन् ।गरिबीका कारण त बाहिर छरपष्टै हुन्छन् । असन्तुष्टि त सबैले थाहा पाउन सक्दैनन् । नारीले असन्तुष्टिका कुरा व्यक्त गर्न पनि सक्दैनन् ।

नारीले यौन जस्तो विषयमा खुलेर छलफल गर्न सक्दैनन् ।उनीहरूको यौनजीवन सधैं मौन रहेको हेर्न पितृसत्ता चाहन्छ । पितृसत्ताले नारी यौन जीवनलाई नियन्त्रण मात्र होइन नियमन पनि गरिरहन्छ ।नारीका इच्छा दमित रहन्छन् ।दमितकारणले पनि जघन्य अपराध हुन्छन् ।लोग्नेसँगको शारीरिक सम्बन्धमा खुशी हुन नसक्नु पहिलो कारण हुनसक्छ कि, यो घटना हुनुमा ।

यो पुरुषमा मात्र होइन, नारीको जीवनमा पनि लागू हुन्छ । यो बुझाइलाई फराकिलो बनाउन नसक्दा हत्या भयो । गल्तीको समाधान हत्या हुन सक्दैन । बदमासीलाई सजाय दिन सक्ने व्यवस्था छ । टोलका अघोषित न्यायदाताहरूले नारीको गल्तीलाई प्रमुख आधार मान्नु सही होइन ।

लोग्ने सहजै स्वास्नीको हत्या गरेको स्वीकार गर्छ । कारण बताउन उसलाई कहीं कतै शरम लाग्दैन । घटनाका कानुनी पाटा खोज्न प्रहरी प्रशासन लागिरहेकै छ । तर टोल-टोलमा न्याय कसलाई भयो, अन्याय को माथि भयो भन्ने सभा पनि चलिरहेको छ ।

कहिले दुई व्यक्ति बीच मात्र पनि हुन्छ त कहिले धेरै व्यक्तिहरूको बीचमा हुन्छ । थोरै-धेरै जति व्यक्तिहरू भएपनि सबैको निष्कर्ष एउटै हुन्छ- ‘त्यो केटी चरित्रहीन हो, जे गर्‍यो त्यो केटाले ठिक गर्‍यो ! ओहो ! व्यक्तिहत्या गर्ने जस्तो कुरा पनि ठिक होर ?’

हाम्रो समाज पितृसत्तात्मक व्यवस्थामा आधारित नै हो । यो व्यवस्थाको लागि हाम्रै आमा-दिदीहरूतल्लीनछन् ।नारीको मनोभावनाको कदर गर्ने संस्कार र संस्कृति कतै छैन ।उनीहरूले श्रीमान्-श्रीमतीबीच आन्तरिक असमझदारीतर्फ ध्यान दिंदैनन् । मानौं उनीहरूको भावना नै हुँदैन । वैदेशिक रोजगारीमा जानेले पठाएकासामग्रीमा लालायित बन्न प्रेरित गर्छन् । ती सामग्रीले उनीहरूको भौतिक आवश्यकता त पूरा हुन्छ, तर शरीरको माग पूरा गर्न सक्दैन ।

हाम्रो परम्परागत यौन शिक्षाले यौन सम्बन्धलाई श्रीमान्को रुचि र खुशीमा सीमित गरेको छ । कहीं कतै श्रीमतीको वा आफ्नो यौन साथीको रुचि र खुशी यसमा छ कि छैन भन्ने कुराको ख्याल गरेको छैन ।

एउटा व्यक्ति निरन्तर अर्कोतर्फ वफादार बन्नुपर्ने तर अर्को व्यक्तिले त्यो वफादारितालाई आफूले पाउने सेवा-सुविधा हो भनेर सोच्ने प्रथामा छौं हामी । जहाँ हमेसा गल्ती नारीको हुने व्यवस्था छ । हत्या जस्तो घटनालाई पुरस्कृत गर्ने गरी आवाज पनि पुरुषतर्फ मुखरित हुन्छ ।

व्यवस्थित यौन सम्बन्धको लागि विवाह संस्थाको जन्म भयो । तर विवाह संंस्थामा यौन सम्बन्ध पुरुषको अधिकार हो र नारीले यौन सुख दिनु उसको कर्तव्य हो भन्ने आम बुझाइ छ । तर यौन सम्बन्ध दुई व्यक्ति बीचको समान आवश्यकता हो । दुवैको समान अधिकार र कर्तव्य हो ।

मारिने व्यक्तिलाई मरेपछि पनि गलत ठहर्‍याउने र मार्ने व्यक्तिलाई मलजल पुग्ने गरी सामाजिक अभिव्यक्ति सहित बोल्नुलाई म सही भन्न सक्दिनँ । नारीको मात्र दोष देख्ने सामाजिक संरचनाको पक्षमा म उभिन्नँ । अर्थात् पितृसत्तालाई टिकाउने आमा-दिदीहरूको साथमा पनि म छैन । उनीहरूसित मेरो सधैं असहमति रहनेछ ।

यौन सम्बन्धलाई व्यवस्थित र मर्यादित बनाउनु दुई व्यक्ति बीचको समझदारीले मात्र सम्भव छ । अन्यथा अव्यवस्थित यौन सम्बन्धले परिवार विखण्डन हुनपुग्छ ।

नारी परपुरुषसँग ढल्किनु र पुरुष परस्त्रीसँँग लाग्नु दुवै गलत हो । एउटा उमेर समयमा भरपर्दो साथीको साथमा रहनु व्यवस्थित जीवन तय गर्नु हो । तर कहिलेकाहीं त्यो सम्बन्धमा खुशी नहुनु र अर्को व्यक्तिको आवश्यकता महसुस हुनुलाई पनि व्यवस्थित गर्न सक्नुपर्छ ।



source https://www.onlinekhabar.com/2024/01/1421231

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More