Sunday 21 January 2024

फेरान टोरेसको ह्याट्रिकमा बार्सिलोना वियजी

८ माघ, काठमाडौं । फेरान टोरेसले ह्याट्रिक गरेपछि बार्सिलोनाले स्पानिस ला लिगामा रियल बेटिसलाई ४-२ ले पराजित गरेको छ ।

बेटिसको मैदानमा भएको खेलमा फेरानले २१औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । ४८औं मिनेटमा उनले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे ।

तर इस्कोले पिन लगातार दुई गोल गर्दै बेटिसलाई खेलमा फर्काएका थिए । ५६औं र ५९औं मिनेटमा इस्कोले गोल गरेपछि खेल २-२ को रोमाञ्चक अवस्थामा पुगेको थियो ।

बराबरितर्फ धकेलिरहेको खेलमा बार्सिलोनाले अन्तिम समयमा दुई गोल गर्‍यो । ९०औं मिनेटमा जाओ फेलिक्सले गोल गर्दै बार्सिलोनालाई ३-२ को अग्रता दिलाए । त्यसपछि फेरान टोरेसले इन्जुरी टाइममा गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरे भने बार्सिलोनाको जित पनि पक्का गरे ।

जितपछि बार्सिलोना २० खेलबाट ४४ अंक जोडेर तेस्रो स्थानमै छ । बार्सिलोना अझै लि लिडर जिरोनाभन्दा ८ अंकले पछि छ ।

जिरोनाले अर्टेम डोभबाइकको ह्याट्रिकमा सेभियालाई ४-१ ले पराजित गर्दै केही घण्टापछि नै शीर्ष स्थानमा फर्किएको हो ।

रोमेरो बर्नाले १०औं मिनेटमा गोल गर्दै सेभियालाई अग्रता दिलाएका थिए । तर डोभबाइकले १३औं, १५औं र १९औं मिनेटमा गोल गी ६ मिनेट भित्र ह्याट्रिक पूरा गरेपछि जिरोना हावी बनेको थियो ।

भिक्टोर तेसगायनकोभले जिरोनाको लागि चौथो गोल गरे ।

जितपछि जिरोनाको २१ खेलबाट ५२ अंक छ । एक खेल कम खेलेको रियल मड्रिड ५१ अंकसहित दोस्रो स्थानमा छ ।

त्यसअघि रियलले दुई गोलले पछि परेको स्थितिमा उत्कृष्ट पुनराषमन गर्दै ३-२ को जित निकालेको थियो ।

रियलका लागि जुड बेलिङघम, भिनिसियस जुनियर र डानी कार्भाजलले दोस्रो हाफमा गोल गरेका थिए । त्यसअघि लार्जी रामाजानी र एडगार गोन्जालेजले गोलमा अर्मेनियाले पहिलो हाफमा दुई गोलको अग्रता लिएपनि जोगाउन सकेन ।



source https://www.onlinekhabar.com/2024/01/1422932

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More