Saturday 20 January 2024

अब एन्ड्रोइड प्रयोगकर्ताले समेत एक्सबाटै अडियो-भिडियो कल गर्न सक्ने

सोसल मिडिया प्लाटर्फम एक्समा एउटा बहुप्रतिक्षित फिचरको सुरुवात भएको छ ।

केही महिनादेखि एक्समा परीक्षण भैरहेको अडियो तथा भिडियो कलिङ फिचर अन्ततः सबै एन्ड्रोइड प्रयोगकर्ताका लागि आधिकारिक रुपमा जारी गरिएको हो ।

योसँगै एक्सका एन्ड्रोइड प्रयोगकर्ताले यो नयाँ फिचरको अपडेट प्राप्त गर्न सुरु गरिसकेका छन् । केही दिनभित्रै अन्य प्रयोगकर्तालाई यो फिचर उपलब्ध हुने बताइएको छ । तर तत्कालका लागि यो केवल एक्स ब्लूका सब्सक्राइबर अर्थात् सशुल्क एक्स प्रयोगकर्ताका लागि मात्र उपलब्ध हुनेछ ।

एक्सका डेभलपर इनरिक बारागनका अनुसार सबै आम एक्स प्रयोगकर्ताले आफ्नो एक्स प्लाटर्फममा अरु कसैले गरेको कल रिसिभ गर्न सक्नेछन् । तर आफैंले कल गर्नका लागि भने प्रिमियम प्रयोगकर्ता नै हुनुपर्नेछ ।

यदि तपाईं पनि एक्सको पि्रमियम प्रयोगकर्ता हुनुहुन्छ र सो प्लाटर्फमबाटै अडियो तथा भिडियो कल गर्न चाहनुहुन्छ भने मोबाइलमा रहेको एक्स एपलाई अपडेट गर्नुहोस् ।

यदि यो फिचर उपलब्ध भयो भने त्यसपछि Settings > Privacy and Safety > Direct Messages मा गएर यो फिचर सक्रिय पार्नुहोस् ।

स्मरण रहोस् एक्सले आईओएस प्रयोगकर्ताका लागि यो फिचर गत अक्टोबरमै जारी गरेको थियो ।

ह्वाट्सएप, मेसेन्जर लगायतका सबैजसो सोसल मिडिया एपमा अडियो तथा भिडियो कलको सुविधा विद्यमान रहेको अवस्थामा एक्समा थपिएको यो फिचर खासै नौलो नहुनसक्छ । तथापि विश्लेषकहरुका अनुसार एक्सलाई एउटा सम्पूर्ण एप बनाउ उद्धेश्यमा अघि बढिरहेका एलन मस्कको यो कार्य उक्त दिशामा एउटा महत्वपूर्ण कदम हो ।

-एजेन्सीको सहयोगमा



source https://www.onlinekhabar.com/2024/01/1422396

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More