Sunday, 1 December 2019

रूपन्देही, भक्तपुर र मकवानपुरमा सवारी दुर्घटना, ३ को मृत्यु, ७ घाइते

१६ मंसिर, काठमाडौं । रूपन्देही, भक्तपुर र मकवानपुरमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ ।

पूर्वपपश्चिम राजमार्गअन्तर्गत रूपन्देहीको बुटवल उपमहानगरपालिका–१२ नयाँगाउँमा सडकमै रोकिराखेको भे १ ब १४४८ नम्बरको ट्रिपरमा ना ४३ प ३३४६ नम्बरको मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकलमा सवार सैनामैना–६ बस्ने २९ वषीय नवीन कँडेल र सोही ठाउँ बस्ने वर्ष ३१ का दीपक पन्थ रहेको इलाका प्रहरी कार्यालय, बुटवलका प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए । दुर्घटना आइतबार राति करिब १० बजे भएको हो ।

यसैगरी, भक्तपुर नगरपालिका १ सृजनानगरमा ट्रिपरले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । गएराति ८ः२० बजेको समयमा बा ३ ख २५३१ नम्बरको ट्रिपरले सर्भिस लाइनमा ठक्कर दिँदा उदयपुरको चौदण्डीगढी नगरपालिका घर भएका २७ वर्षीय समीर वि.क.को मृत्यु भएको हो ।

उनको इवामुरा अस्पताल सल्लाघारीमा उपचारको क्रममा गएराति ९ बजेतिर मृत्यु भएको भक्तपुर प्रहरीले जनाएको छ ।

विकलाई ठक्कर दिएर भागेको ट्रिपर र त्यसका चालक सिद्धिमान तामाङलाई प्रहरीले सोमबार बिहान महानगरीय प्रहरी वृत्त जगातीले नियन्त्रणमा लिएको छ ।

यसैगरी हेटौंडा–काठमाडौं सडकखण्ड अन्तर्गत मकवानपुरको देउरालीमा टाटा सुमो गाडी दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ । काठमाडौंबाट वीरगञ्ज जाँदै गरेकोे ना १ ज २८९९ करिब ४५ मिटर तल खसेको थियो । घाइते सबैलाई दुर्घटनास्थलबाट उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय भिमफेदीले जनाएको छ ।



source https://www.onlinekhabar.com/2019/12/816379

आफ्नै कलेजो प्रत्यारोपणपछि डाक्टरको नयाँ सेवा

१५ मंसिर, काठमाडौं । २८ नोभेम्बर । डा. रुपनारायण साहले हालै कलेजो प्रत्यारोपण गरेर पुनर्जन्म पाएको तेस्रो वार्षिकोत्सव मनाएका छन् । उनलाई कलेजो दान दिएर बचाउने चाहिँ आफ्नौ दिदी उमादेवी साह हुन् ।

डा. साहले नयाँ जीवन पाएसँगै नेपाली चिकित्सा क्षेत्रमा नयाँ किसिमको सेवा दिने प्रयास थालेको पनि आगामी साता तेस्रो वर्ष पुग्दैछ । सामान्यतः ३० लाख मानिसमध्ये एक जनामा देखिने दुर्लभ लिभर सिरोसिस रोगसँग लडेर उनले नयाँ जीवन पाएका हुन् । ‘सबै मानिस एक दिन मर्नैपर्छ, मेरो अवधि मलाई थाहा छ’, डा. साह भन्छन्, ‘यो अवधिमा अधिकतम सेवा दिनु मेरो प्रयास रहने छ ।’

अस्पतालको बेडबाट दीक्षित डाक्टर

बारा जिल्लाको सखुवा गाउँको निम्न मध्यम वर्गीय परिवारमा जन्मिएका रुपनारायण साहले गाउँबाटै एसएलसी उत्तीर्ण गरे । उनको चिकित्सा शिक्षा पढ्ने इच्छा पारिवारिक सहयोगमा २०६५ सालमा पूरा भयो । चीनमा एमबीबीएस गरेका उनले नेपाल फर्किएलगत्तै वीर अस्पतालमा इन्टर्न र एनएमसी गरे ।

वीरमा काम गर्दागर्दै उनलाई हातखुट्टा सुन्निने, आँखा पहेँलिने, अचानक कडा ज्वरो आउने, जण्डिस हुने जस्ता एकपछि अर्को समस्याले सताउन थाल्यो । परीक्षण गर्दा उनमा डब्लूबीसी र पेटलेट्स एकदमै कम देखियो । वीरमै गरेको लामो अनुसन्धानले उनलाई लिभर सिरोसिस भएको पत्ता लाग्यो । धुमपान, मद्यपान नगर्ने, हेपाटाइटिस नभएको जवान मान्छेलाई यो कसरी भयो ? डाक्टरहरु छक्क परे ।

त्यसबीचमा डा. साहले आफ्नो उपचारदेखि वीर, नर्भिकलगायतका अस्पतालमा काम गरे । आफ्नो उपचार विभिन्न अस्पताल धाउने क्रममा भारतको अपोलो अस्पतालले २०६८ सालमा वीर अस्पतालको अनुसन्धानलाई सही साबित गर्दै भन्यो, ‘क्रिप्टोजोनिक अन्नन डिजिजले साहको कलेजो पुरै ‘ड्यामेज’ छ ।’

त्यसपछिको पाँचवर्षमा उनले प्रत्यरोपणका लागि आर्थिक जोहो र कलेजो दाताको खोजी गर्नेदेखि जनरल मेडिसिनमा चीनबाट एमडी उतीर्ण गरे । साहको लागि जुनसुकै बेला जे पनि हुने समय थियो त्यो । उनले एमडीको अन्तिम परीक्षा र थेसिसलाई अन्तिम रुप चीनको एक अस्पतालको बेडबाटै दिए । ‘दीक्षान्तको डिग्री पनि अस्पतालको बेडबाटै लिने सम्भवतः म नै पहिलो डाक्टर हुँला’, साह भन्छन् ।

कलेजो प्रत्यरोपणपछि उब्जिएको सोच

नेपालमा प्रत्यारोपण नहुने भएपछि डा. साह बडा दुःखले जम्मा पारेको ४० लाख भारु र कलेजो दाता ठूली दिदी उमादेवीलाई लिएर फेरि अपोलो गए । १३ मंसिर २०७३ मा अपोलो अस्पतालमा उनको कलेजो प्रत्यारोपण भयो । तीन दिन आईसीयू र चार दिन ओपीडीमा बसेर उनी डिस्चार्ज भए । उनको लागि दैनिक परीक्षण र ड्रेसिङ अनिवार्य थियो । काका र दिदीले उनका लागि अस्पतालनजिकैको गेष्ट हाउसको कोठामा पारामेडिक्सको व्यवस्था गरेका थिए । त्यही बेला उनलाई लाग्यो– दैनिक अस्पताल जान नसक्ने जटिल अप्रेसन भएका बिरामीका सेवाका लागि मैले कुनै विधि विकास गर्नैपर्छ ।

मेरो अस्पताल

काठमाडौंको बिजुली बजार (धोवीखोला) मा निर्माणाधीन आर्कब्रीज नजिकै पर्छ अनलाइन हेल्थ केयर प्रा.लि । बानेश्वरबाट जाँदा आर्कब्रीज पार नभई बाँयातर्फ खोला किनारको सडकबाट अघि बढेपछि घुम्ती अगाडि बुद्धनगरमा निलो रङको चार तले घरमा मेरो अस्पतालको बोर्ड देखिन्छ ।

अनलाइन हेल्थ केयर प्रालि अन्तरगतको मेरो अस्पताल खुलेको तीन वर्ष भयो । अस्पतालको परिकल्पनाकार र सञ्चालक उनै डा. रुपनारायण साह हुन् ।

बाहिरी आवरणमा मेरो अस्पताल काठमाडौंका अन्य क्लिनिकहरु जस्तै देखिन्छ, तर सेवाको हिसाबले नेपालको लागि विल्कुलै नयाँ प्रयोग हो यो । अस्पतालमा विभिन्न विधाका चिकित्सकसहित ३० जनाभन्दा धेरै स्वास्थ्यकर्मी कार्यरत छन् । आफैं पनि दैनिक १६ घण्टासम्म खटिइरहेको डा. साह बताउँछन् ।

मेरो अस्पतालमा आकस्मिकसहित जनरल मेडिसिन, जनरल सर्जरी, स्त्री रोग, बालरोग लगायत १० प्रकारका विशेषज्ञ सेवा उपलब्ध छ । डा. साह भन्छन्, ‘होम केयर सर्भिस चाहिँ मेरो अस्पतालको विशेषता हो ।’

डा. साहका अनुसार होमकेयर सर्भिस व्यवसायिक रुपमा नेपालका लागि नयाँ स्वस्थ्य सेवा हो । यसमा बिरामीको आवश्यकताअनुसार घरमै सबै खाले स्वास्थ्य सुविधा दिनेदेखि आपत्कालीन अवस्थामा अस्पताल पुर्‍याउनेसम्मका सेवा हुन्छ । मेरो अस्पतालबाट घरमै बिरामीले ९ प्रकारका सेवा प्राप्त गर्न सक्नेछन् । मेरो अस्पतालले डक्टर अनकल, चौबीस घण्टे नर्सिङ सेवा, फिजियोथेरापी, सर्जिकल केयर, मेडिकल प्रोसिड्युर, बच्चा तथा आमा केयर, डाइट तथा न्यूट्रिसन सपोर्ट, भ्याक्सिन, औषधि डेलिभरी र प्याथोलोजी सेवा दिने गरेको छ ।

‘डक्टर अनकल’ सेवामा टेलिफोनबाट विरामीको समस्याबारे जानकारी लिएर आवश्यकताअनुसार पारामेडिक्सदेखि विशेषज्ञ डक्टरसम्म घरैमा उपलब्ध हुने व्यवस्था छ । पारामेडिक्स सेवामा हेल्थ असिष्टेन्ट, सीएमए, नर्सिङ केयरजस्ता सेवा बिरामीको इच्छाअनुसार घरमै उपलब्ध गराइन्छ । यसमा घाउ ड्रेसिङ र प्रेस्क्रिप्सन अनुसारको औषधि पुर्‍याइिदनेदेखि औषधि खुवाउनेसम्मका सेवा हुन्छ ।

प्याथोलोजी सेवामा घरैबाट रगत, दिशा, पिसाबको नमूना संकलन गरेर बिरामीले रोजेको ल्याबमा पुर्‍याएर रिपोर्ट ल्याइदिने काम हुन्छ । कुनै अस्पतालका कुनै डाक्टरलाई भेट्न समय चाहिएको छ भने त्यो व्यवस्था मिलाइदिने काम मेरो अस्पतालले गर्छ । र, अस्पतालको सम्पूर्ण व्यवस्थापनको जिम्मेवारी हेल्थकेयर इन्टरनेशनलले लिएको छ ।

सेवा, शुल्क र विश्वास

मेरो अस्पतालको सेवा शुल्क पनि नेपालका अन्य अस्पतालहरुमा लाग्ने शुल्क र हुने अलमललाई हेर्ने हो भने सस्तै लाग्ने डा. साह बताउँछन् । उनी भन्छन्, ‘अशक्तता वा परिवारका सदस्यको व्यस्तताका कारण अस्पतालसम्म पुग्न नसक्ने, अस्पतालको भिड र ढिलासुस्तीका कारण काम बिग्रिनेहरुका लागि हाम्रो सेवा सस्तो र किफायती छ ।’

मेरो अस्पतालका कन्सल्टेन्ट डाक्टर घरमा बोलाउनुपर्‍यो भने बिरामी पक्षले एक पटकको २५ सय रुपैयाँ तिर्नुपर्छ । यस्तै आठ घण्टाको नर्सिङ सेवा लिनुपर्दा आठसय रुपैयाँ तिरे पुग्छ । ल्याब परीक्षण सेवावापतको मूल्य सम्बन्धित ल्याबले तोके बराबर नै हुने डा. साहले बताए । ‘नेपालका अस्पतालहरुले एन्जी ट्युब राख्दा रु.१५ सय लिन्छन्’, उनी भन्छन्, ‘हामी त्यति नै शुल्कमा घरमै आएर त्यो सेवा दिन्छौं ।’

त्यस्तै एम्बुलेन्स, घाउ ड्रेसिङ, फिजियो तथा अकुपन्चर थेरापी जस्ता सेवाको मूल्य पनि तुलनात्मक रुपमा मेरो अस्पतालमा सस्तो रहेको उनी बताउँछन् ।

समाजमा बढ्दो एकल परिवार प्रणाली र मानिसहरुको व्यस्तताका कारण मेरो अस्पतालको सेवाको प्रभावकारिता बढ्ने डा. साह बताउँछन् । नेपाली अस्पतालहरुको अव्यवस्थाले पनि यो खालको सेवा लोकप्रिय हुने वातावरण बनेको उनी ठान्छन् ।

‘अल्जाइमर, डिमेन्सिया, पार्किनसन्स, क्यान्सर, प्यारालाइसिस जस्ता रोगका बिरामीहरुका लागि हामीले दिनेजस्तो सेवा ज्यादै उपयोगी हुन्छ’, डा. साह भन्छन्, ‘मानिसलाई वाध्यता, आवश्यकता र पीडाको अवस्थामा साथ दिने भएकाले मेरो अस्पतालप्रतिको विश्वास र अस्पतालको दायित्व बढेरै जानेछ ।’

सफलता नै चुनौती

बिरामीलाई चाहिने सबै किसिमका सेवा घरमा नै दिने हुनाले अरु अस्पतालभन्दा पृथक मेरो अस्पताल फैलदो अवस्थामा छ । आफ्नो लागि यो नै चुनौती भएको डा. साह बताउँछन् । ‘कसैको, कुनै पेशा–व्यवसाय सफल भयो भने ठ्याक्कै ‘कपी’ गरेर त्यही गर्न थाल्ने नेपाली चलन मेरो अस्पतालको पहिलो चुनौती हो’, उनी भन्छन्, ‘घर–घरमै गएर सेवा दिन दक्ष जनशक्ति हिच्किचाउने चुनौती चाहि हामीले पार गरिसकेका छौं ।’

कसले कति समय, कहाँ, के काम, कसरी गर्ने भन्ने स्पष्ट नीति र व्यवस्थाका कारण नयाँ अवधारणाको सेवा भन्दै मन लगाएर काम गर्ने विषेशज्ञ डक्टरदेखि प्यारामेडिक्ससम्मका जनशक्ति जम्मा भइसकेको डा. साहले बताए ।



source https://www.onlinekhabar.com/2019/12/816199

सागमा नेपाली तेक्वान्दो : गुमेको विरासत फर्काउने चुनौती

१६ मंसिर, काठमाडौं । दक्षिण एसियाली खेलकुद (साग) मा अहिलेसम्म नेपाललाई सबैभन्दा धेरै स्वर्ण दिलाउने खेल हो तेक्वान्दो । तेक्वान्दोले सागमा अहिलेसम्म नेपाललाई सर्वाधिक २४ स्वर्ण, १४ रजत र ८ कास्य दिलाएको छ ।

सन् १९९९ मा नेपालमै भएको आठौं संस्करणबाट सागमा तेक्वान्दो भित्रिएको थियो । त्यसबेला जम्मा १५ स्वर्णमध्ये १४ वटा नेपालले आफ्नो पोल्टामा पार्न सफल भयो ।

२००४ मा इस्लामावादमा भएको नवौं सागमा ६ स्वर्ण जितेको तेक्वान्दोले २००६ मा कोलम्बोमा भएको दशौं र २०१० मा ढाकामा भएको ११औं सागमा २/२ स्वर्ण मात्र जित्यो । पछिल्लो संस्करण भारतको गुहावटी र सिलोङमा हुँदा त तेक्वान्दोमा नेपाल स्वर्णबाट वञ्चित नै बन्यो । ७ खेलाडी फाइनल पुगेर पनि स्वर्ण जित्न सकेनन् ।

२० वर्षपछि साग नेपालमा फर्केको छ । के आठौं सागमा जस्तै तेक्वान्दोले यसपालि पनि अविस्मरणीय नतिजा दिन सक्ला त ? त्यो त्यति सजिलो लक्ष्य भने होइन ।

प्रशिक्षक विष्ट भन्छन्- आठौं सागको झल्को दिनेछौं

तेक्वान्दोमा नेपालका लागि लगातार चार स्वर्ण जितेका लेजेन्ड दीपक विष्ट यसपालि प्रशिक्षकको भूमिकामा छन् ।

यसपटक आठौं सागकै झल्को दिनेगरी तेक्वान्दोले तयारी गरेको उनी दाबी गर्छन् । ‘यसपटक दुईवटा विधा समावेश भएकाले आठौं सागको झल्को ल्याउनुपर्छ भन्ने सोचका साथ तयारी गरिरहेका छौँ,’ उनले अनलाइनखबरसँग भने ।

विष्टले आठौंदेखि ११ औं सागसम्म लगातार चार स्वर्ण जितेका थिए । लगातार चार सागमा स्वर्ण जित्ने पहिलो र एक मात्र खेलाडीको कीर्तिमान उनको नाममा छ ।

अहिले घरेलु मैदानमा हुन गइरहेको साग नेपालका लागि चुनौती र अवसर दुवै भएको बताउँछन् विष्ट । उनी भन्छन्, ‘हामीले होम ग्राउन्डको फाइदा लिने अवसर त छँदैछ, अर्कोतर्फ राम्रो नतिजा ल्याउनुपर्ने दबाब पनि उत्तिकै छ । खासगरी तेक्वान्दोमा सबैले आशा राखेका छन्, जुन हाम्रो लागि चुनौती पनि हो ।’

१३ औं सागमा भारतले तेक्वान्दोमा सहभागिता नजनाउने चर्चा थियो । तर अन्तिम समयमा आएर भारतले भाग लिएको छ, यसले नेपाललाई थप चुनौती दिएको छ । तर प्रशिक्षक विष्टको मत अलि फरक छ ।

यो आफैंमा दक्षिण एसियाली स्तरको प्रतियोगिता भएकाले यसमा दक्षिण एसियाका सबै देशको सहभागीता अपेक्षित रहेको उनी बताउँछन् । अन्तिम समयमा भए पनि भारतले सहभागिता सुनिश्चित गर्नु खुशीको कुरा भएको उनको ठम्याइ छ । ‘को आउँछ, को आउँदैन भन्ने छोडेर आफ्नो तयारी राम्रोसँग गर्ने हो । सबैलाई जित्न सक्ने आत्मविश्वास राख्नुपर्छ,’ विष्टले भने ।

तैपनि भारतले भाग नलिएको भए फाइदा हुन्थ्यो कि भन्ने प्रश्नमा विष्ट भन्छन्, ‘भारत बलियो टिम हो । भारत नआएको खण्डमा पक्कै पनि हाम्रो पदक सम्भावना बढ्थ्यो । तर साग भनेको सातै देशको प्रतिस्पर्धा हो, हाम्रो लागि मिनी ओलम्पिकजस्तै । सबै देशको सहभागीता भएको खण्डमा मेडल जित्दाको गौरव बेग्लै हुन्छ ।’

सबै देशका खेलाडीहरु राम्रो भएको भन्दै विष्टले कसैलाई पनि कमजोर नआँक्ने प्रष्ट पारे ।

यद्यपि यसपटक तेक्वान्दोमा नेपालले राम्रो तयारी गरेको र राम्रो नतिजाको पर्खाइमा रहेको उनी बताउँछन् । ‘यसपालि राम्रो रिजल्ट ल्याउने आशा गरेका छौं । मुख्य कुरा खेलाडीले राम्रो प्रदर्शन गर्नुपर्छ । हामीले आफ्नो तर्फबाट कुनै कसर छोडेका छैनौं,’ उनले भने ।

सागकै लागि भनेर नेपालले चीन र मलेसियाका तेक्वान्दो प्रशिक्षक झिकाएको थियो भने प्रतियोगिताहरु पनि खेलाएको थियो । त्यसबाट पनि खेलाडीहरुको आत्मबल बढेको छ ।

थप गरिएका विधामा आशा

तेक्वान्दोमा यसपटक पुम्से विधा पनि समावेश भएकाले कूल २९ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । क्योरोगीतर्फ १६ र पुम्सेतर्फ १३ स्वर्ण समावेश छन् ।

पुम्सेबाट नेपालले स्वर्णको आशा गरेको छ । यसअघि फाइटतर्फ खेलेकी आयशा शाक्य अहिले पुम्सेमा खेल्दैछिन् । ‘पुम्से नयाँ विधा हो र यसमा हामीले धेरै आशा गरेका छौँ,’ विष्टले भने, ‘दुईवटै विधाबाट सन्तोषजनक नतिजा आउनेमा आशावादी छौं ।’

सागमा खेल्नका लागि नयाँ र पुराना तेक्वान्दो खेलाडीहरु मिश्रण गराइएको छ । सबै खेलाडी उत्तिकै क्षमतावान रहेको विष्ट बताउँछन् । अझ पुराना भन्दा नयाँ खेलाडीहरुले राम्रो गर्ने उनको विश्वास छ । ‘सबै उत्तिकै महत्वपूर्ण खेलाडी छन् । कोही अनुभवी छन् भने कोही नयाँ छन् । अनुभवी खेलाडीलाई बढी दबाब हुन्छ । नयाँलाई कम दबाब हुने भएकाले खुलेर खेल्न सक्छन्,’ विष्टले भने ।

१३ औं सागको औपचारिक उदघाटन आज आइतबार बेलुका दशरथ रंगशालामा हुँदैछ । तेक्वान्दोका खेलहरु भोलि सोमबारदेखि सातदोबाटोस्थित तेक्वान्दो एकेडेमीमा शुरु हुनेछन् । सोमबारै पुम्सेतर्फको सबै १३ स्वर्णको छिनोफानो हुनेछ ।

१३ औं साग खेल्ने तेक्वान्दो खेलाडीहरु

क्यारोगी (महिला)

काजल श्रेष्ठ (४६ केजीमुनि)

युनिशा राई (४९ केजीमुनि)

अस्मिता खड्का (५३ केजीमुनि)

निमा गुरुङ (५७ केजीमुनि)

मनिता शाही (६२ केजीमुनि)

संगिता बस्याल (६७ केजीमुनि)

अप्सरा कार्की (७३ केजीमुनि)

निशा रावल (७३ केजी)

क्यारोगी (पुरुष)

मनोज मल्ल (५४ केजीमुनि)

ज्ञानेन्द्र हमाल (६३ केजीमुनि)

गोविन्द मगर (५८ केजीमुनि)

वीर बहादुर महरा (६८ केजीमुनि)

निश्चलमान श्रेष्ठ : (७४ केजीमुनि)

किरण मगर : (८० केजीमुनि)

भुपेन श्रेष्ठ : (८७ केजीमुनि)

सक्षम कार्की : (८७ केजीमाथि)

पुम्से पुरुष

१८ देखि २३ वर्ष : कृष्ण तामाङ, शिशिर श्रेष्ठ, असिम राउत, दिपेन्द्र गुरुङ

२४ देखि २९ वर्ष : कमल श्रेष्ठ, जित बहादुर बोटे, प्रेम बहादुर लिम्बु

३० वर्षमाथि : रेजिन रिमाल र सन्जिव कुमार ओझा

पुम्से महिला

१८ देखि २३ वर्ष : सीना मादेन, निशा दर्नाल, स्वस्तिका तामाङ, सन्जिला तिमल्सिना

२४ देखि २९ वर्ष : पार्वती गुरुङ, निता गुरुङ, प्रशंसा क्षेत्री, सुशीला राई

३० वर्षमाथि : आयशा शाक्य ।



source https://www.onlinekhabar.com/2019/12/816093

५२ मध्ये ५० स्थानको नतिजा-नेकपा २९ र कांग्रेसलाई १२ सिट

१६ मंसिर, काठमाडौं । देशभरका ५२ स्थानमा भएको उपनिर्वाचनमा धरान उपमहानगरपालिकाको मेयर र धरानकै वडा नम्बर ७ को वडाध्यक्ष बाहेक अन्य ५० स्थानको अन्तिम परिणाम सार्वजनिक भएको छ ।

एकमात्र प्रतिनिधिसभा कास्की क्षेत्रनम्बर २ सहित २९ स्थानमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार बिजयी भएका छन् । नेकपाले उपचुनावबाट यसअघि हारेका ३ गाउँपालिका थप्दा यसअघि जितेको एक प्रदेशसभा गुमाएको छ ।

प्रदेशसभाका ३ सिटमध्ये भक्तपुर क्षेत्रनम्बर १ (क) कांग्रेस विजयी हुँदा दाङ क्षेत्रनम्बर ३ (ख)मा नेकपा र बागलुङ क्षेत्रनम्बर २ (ख)मा नेकपा समर्थित राजमोले जितेका छन् ।

यसअघि जित्दै आएको धरान उपहानगरपालिकामा नेकपा मतगणनामा शुरुदेखि नै पछि छ । करिब १० हजार मत गन्न बाँकी रहदा नेकपा एक हजार मतले पछि परेको छ । धरानको वडा नम्बर ७ पनि यसअघि नेकपाले नै जितेको थियो ।

नेकपाले प्रतिनिधिसभासहित दाङको प्रदेशसभा र उपनिर्वाचन भएका सबै गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष जितेको छ । उपनिर्वाचन भएका देशभरका ४३ वडामध्ये धरान गन्न बाँकी रहँदा २३ वडाध्यक्ष नेकपाले जितेको छ ।

बागलुङको प्रदेशसभा सदस्यमा नेकपा समर्थित राष्ट्रिय जनमोर्चाले जितेको छ भने प्युठानको ऐरावत गाउँपालिका ३ को वडाध्यक्षमा स्थानीय नेकपा नेताहरुको समर्थनमा उम्मेदवार बनेका बागी उम्मेदवारले जितेका छन् ।

मतगणना सम्पन्न भएका ५० स्थानमध्ये नेकपा र नेकपा समर्थित उम्मेदवार सहित ३१ स्थानमा वामपन्थीले जितेका छन् । यसअघि कांग्रेसले जितेको फाल्गुनन्द गाउँपालिका अध्यक्ष, हुम्लाको खार्पुनाथ गाउँपालिका उपाध्यक्ष र यसअघि राजपाले जितेको महोत्तरीको पिपरा गाउँपालिका अध्यक्ष उपचुनावबाट नेकपाले जितेको छ ।

उपचुनावमा कांग्रेसले दुई गाउँपालिका गुमाए पनि भक्तपुरको प्रदेशसभा सदस्य थप गर्न सफल भएको छ । उपचुनावको मतगणना सकिएका ५० मध्ये कांग्रेसले एक प्रदेशसभा सदस्यसहित ११ वडाअध्यक्ष जितेर १२ स्थान आफ्नो पक्षमा पार्न सफल भएको छ ।

त्यस्तै समाजवादी पार्टीले चार वडाध्यक्ष जितेको छ भने राष्ट्रिय जनता पार्टी नेपालले ३ वडाध्यक्ष जितेको छ । समाजवादीले एउटा वडा थप गरेको छ भने राजपाले एउटा गाउँपालिका अध्यक्ष गुमाएको छ ।

मतगणनाको पछिल्लो परिणाम अनुसार दाङको क्षेत्र नम्बर ३ ‘ख’प्रदेशसभामा नेकपाकी विमला कुमारी खत्री ५ हजारभन्दा बढीको फराकिलो मतान्तरसहित प्रदेशसभा सदस्य निर्वाचित भएकी छन् । यसअघि सो क्षेत्रमा नेकपाकै उत्तरकुमार ओली निर्वाचित भएका थिए ।

त्यस्तै बागलुङको क्षेत्र नम्बर २ ‘ख’ मा वाम गठबन्धनका खिमविक्रम शाही करिब २ हजार मतान्तरसहित प्रदेशसभा सदस्य निर्वाचित भएका छन् । देशका तीनवटा प्रदेशसभा सदस्यका लागि भएको निर्वाचनमा भक्तपुर १ ‘क’मा यसअघि नै कांग्रेसका कृष्ण भँडेल निर्वाचित भएका थिए ।

उपचुनाव भएको एकमात्र प्रतिनिधिसभा कास्की क्षेत्र नम्बर २ मा नेकपाकी विद्या भट्टराई ८ हजार ४ सय मतको फराकिलो अन्तरसहित विजयी भएकी छन् ।

उपचुनाव भएका तीन गाउँपालिका अध्यक्षमध्ये पाँचथरको फाल्गुन्द गाउँपालिकामा नेकपाका वीरवहादुर कुरुम्बाङ विजयी भएका छन् । यसअघि त्यहाँ नेपाली कांग्रेसका अमर नेम्वाङ विजयी भएका थिए ।

त्यस्तै संखुवासभाको मकालु गाउँपालिका अध्यक्षमा नेकपाकै तेजबहादुर पोखरेल विजयी भएका छन् । यसअघि पनि सो गाउँपालिकामा नेकपाले नै जितेको थियो । नेकपाले यसअघि राजपाले जितेको महोत्तरीको पिपरा गाउँपालिका अध्यक्षमा पनि विक्रम चौधरीलाई निर्वाचित गराउन सफल भएको छ ।

हुम्लाका खार्पुनाथ गाउँपालिका उपाध्यक्षमा नेकपाकी रूपा शाही निर्वाचित भएकी छन् । यसअघि सो गाउँपालिकामा नेपाली कांग्रेसले जितेको थियो । कांग्रेसले दुई गाउँपालिका र राजपाले एक गाउँपालिका गुमाउँदा नेकपाले तीन गाउँपालिका थप गरेको छ ।

वडाध्यक्षतर्फ भने नेकपा र कांग्रेसले आ-आफ्नो संख्या कायम राख्न सफल भएका छन् । तर नेकपाले यसअघि कांग्रेसले जितेका ७ वडामा आफ्नो जित निकालेको छ भने नेकपाले यसअघि जितेका ५ वडामा कांग्रेसले जितेको छ ।



source https://www.onlinekhabar.com/2019/12/816366

धरान उपमहानगरपालिकामा कांग्रेस उम्मेदवारको मतान्तर फराकिलो

१६ मंसिर, विराटनगर । धरान उपमहानगरपालिकाको मेयरका लागि भएको निर्वाचनको मतगणना जारी छ । जारी मतगणनामा काग्रेस उम्मेदवारले आफ्नाे अग्रता थप बढाएका छन् ।

प्राप्त पछिल्लो विवरणअनुसार, कांग्रेस उम्मेदवार तिलक राईले २५ हजार ९ सय ९८  मत हासिल गरेका छन् । नेकपाका उम्मेदवार प्रकाश राई २३ हजार ३ सय ९३ मतका साथ कांग्रेस उम्मेदवारलाई पछ्याइरहेका छन् ।

धरानको मतगणनामा तिलकले अग्रता बढाउँदै गएका छन् । यसअघि तिलकले १ हजार ६ सय ७ को अग्रता लिएकोमा अहिले त्यसलाई बढाएर २ हजार ६ सय ५ पुर्याएका छन् ।

उपमहानगरपालिकाको वडा नंं. १ र ७ को अहिले मतगणना भइरहेको छ ।

०७४ को स्थानीय निर्वाचनमा तारा सुब्बा तत्कालीन एमालेको तर्फबाट मेयरमा निर्वाचित भएका थिए । उनको निधन भएपछि रिक्त मेयर पदका लागि शनिबार त्यहाँ उपनिर्वाचन भएको हो ।

धरान उपमहानगरपालिकाकै वडा नं. ७ को वडाध्यक्षका लागि पनि शनिबार मतदान भएको छ । यहाँ अहिले मतगणना भइरहेको छ ।



source https://www.onlinekhabar.com/2019/12/816369

१३ औं साग : सोमबार कराँते र तेक्वान्दोको स्वर्णपदक छिनोफानो, अन्य खेल कहाँ र कहिले हुँदैछन् ?

१६ मंसिर, काठमाडौं । आइतबार औपचारिक रूपमा सुरु १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत आज विभिन्न खेलमा प्रतिस्पर्धा हुँदैछ ।

२६ खेल समावेश सागको यस संस्करणमा भलिबल खेल मंसिर ११ देखि सुरु भइसकेको छ । भलिबलको अब पदक मात्रै छिनोफानो हुन बाँकी छ ।

त्यस्तै, दुई चर्चित खेल फुटबल र क्रिकेटको स्पर्धाहरु सोमबारदेखि नै सुरु हुनेछन् । क्रिकेटअन्तर्गत महिलातर्फको खेलहरु सोमबारदेखि पोखरामा सुरु हुनेछ । नेपालले उद्घाटन खेलमा माल्दिभ्ससँग खेल्नेछ ।

ब्याडमिन्टन र खोखोका खेलहरु आइतवार उद्घाटनकै दिन शुरु भइसकेको छ । ब्याडमिन्टन पोखरा र खोखो काठमाडौंकै कीर्तिपुरमा सुरु भएको हो । यसबाहेक सोमबार अरु तीन खेल पनि हुँदैछ । नेपाललाई सागमा धेरै पदक दिलाएको तेक्वान्दो र कराँते १३औं सागको दोस्रो दिन अर्थात् सोमबार सुरु हुनेछ।

सन् १९९९ मा नेपालमै आठौं साग आयोजना हुँदा यी दुई खेल एकसाथ भित्रिएका हुन् । त्यसपछि तेक्वान्दो लगातार चारपटक सागमा समावेश हुँदा कराँते भने २०१६ मा भारतमा भएको १२औं संस्करणमा हुन सकेन। त्यस संस्करणमा तेक्वान्दोले स्वर्ण जित्न सकेको थिएन । यसपटक यी दुवै खेलमा नेपालले धेरै स्वर्ण जित्ने लक्ष्य राखेकोले सबैको नजर यी दुई खेलमा छ । त्यसैले पनि सोमबार देखि सुरु हुने दुई खेलको पहिलो दिनदेखि नै स्वर्णको छिनोफानो हुनेछ।

तेक्वान्दोमा ग्योरोगीमा १६ र पुम्सेमा १३ गरी कूल २९ स्वर्णका लागि प्रतिस्पर्धा हुँदैछ। यस्तै करातेमा कुमुतेतर्फ १५ र कातातर्फ ४ गरी कूल १९ स्वर्णका लागि भिडन्त हुनेछ ।

तेक्वान्दोमा पुम्सेतर्फ समावेश १३ वटै स्वर्णको छिनोफानो सोमवार एकै दिनमा हुनेछ । यस्तै कराँतेमा व्यक्तिगत र टिम कार्तातर्फको ५ र कुमेतेको ५ गरी ९ स्वर्णको सोमबार छिनोफानो हुनेछ ।

दशरथ रंगशालमा फुटबल हुने

करिब ५ वर्षपछि दशरथ रंगशालामा फुटबल फर्किएको छ । यही १३ औं सागको लागि एक साताअघि नेपाली टोलीले रंगशालमा अभ्यास गरेको थियो । सागको पुरूष फुटबलका खेलहरु रंगशालमै हुनेछन् । अन्तिम समयया भारतले नखेल्ने भएपछि पुरूष फुटबलमा ५ टिमले राउण्ड रोविनमा प्रतिस्पर्धा गर्नेछन् । जसअनुसार, पहिलो दिन सोमबार बंगलादेश र भुटान तथा माल्दिभ्स र श्रीलंकाबीच खेल हुनेछ । नेपालले पहिलो खेल मंगलबार भुटानसँग खेल्नेछ।

महिला फुटबल भने मंगलबारदेखि पोखरामा सुरु हुनेछ।

भलिबलमा कास्यको छिनोफानो हुने

मंसिर ११ देखि नै सुरु भएको भलिबलको सेमिफाइनलसम्मका खेलहरु भइसकेका छन् । घरेलु टोली नेपालको महिला टिम फाइनल पुगिसकेको छ भने पुरुष टिम समूहको दुवै खेल हार्दै बाहिरिसकेको छ ।

सोमबार कास्य पदकका लागि दुवैतर्फको खेल हुँदैछ । पुरुषतर्फ सेमिफाइनलमा पराजित श्रीलंका र बंगलादेशबीच तेस्रो स्थान अर्थात् कास्यको लागि खेल हुनेछ । यस्तै महिलातर्फ पनि श्रीलंका र बंगलादेशबीच नै कास्य पदकका लागि खेल हुनेछ। पुरुषतर्फको खेल २ बजे र महिलातर्फको खेल ४ बजे हुनेछ।

फाइनल खेल भने मंगलबार हुनेछ । पुरूषतर्फ स्वर्णको दाबेदार दुई टोली भारत र पाकिस्तान नै फाइनल पुगेका छन् ।
महिलातर्फ भने घरेलु टोली नेपालले साग इतिहासमा पहिलो पटक फाइनलमा स्थान बनाएको हो र १३औं सागमा रजत पदक समेत पक्का गरिसकेको छ। अब नेपालले भारतलाई हराउँदै ऐतिहासिक स्वर्ण पदक जित्ने लक्ष्य राखेको छ।‘

यसबाहेक नेपालले खोखोमा आइतबार विजयी शुरुवात गरिसकेको छ । यस्तै, पोखरामा भएको ब्याडमिन्टनमा महिला र पुरुष दुवै टिम इभेन्ट्सको सेमिफाइनल पुग्दै कम्तीमा पदक पक्का गरिसकेका छन्। यी खेलहरू सोमबार पनि हुनेछन्। यस्तै गल्फ काठमाडौंको गोकर्णमा सोमवार सुरु हुनेछ।

ट्रायथलनको दुई स्वर्णको छिनोफानो आज

१३ औं सागअन्तर्गत पोखरामा आयोजना हुने ट्रायथलन खेलको प्रतिस्पर्धा सोमबार बिहान हुँदैछ । इलाइट स्प्रिन्ट प्रतिस्पर्धामा नेपाल, श्रीलंका र भारतका खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन् । पुरूषतर्फ नेपालका नितेश मानन्धर र वसन्त थारु तथा महिलातर्फ सोनी गुरुङ र निर्जला ताम्राकारले प्रतिस्पर्धा गर्नेछन् ।

खेलाडीहरूले ७५० मिटर पौडी, २० किलोमिटर साइकल र ५ किलोमिटर दौड पूरा गर्नेछन् ।

सोमबारको प्रतिस्पर्धाका लागि आज खेलाडीहरूको दर्ता, साइकल तथा खेलाडीहरूले लगाउने पोशाक परिक्षण गरिएको छ । त्यस्तै प्रतिस्पर्धामा खटिने निर्णायकहरूलाई टेक्निकल डेलिगेटले विस्तृत जानकारी तथा खेलस्थलबारे जानकारी प्रदान गरेका छन् ।
खेललाई निष्पक्ष र सुरक्षित रूपमा सम्पन्न गर्न निर्णायकहरुलाई निर्देशन दिइएको छ ।

फेवातालमा हुने प्रतिस्पर्धाका लागि सम्पूर्ण तयारी भएको छ । खेलाडीहरूको लागि तालमा एकै साथ डाइभ गर्न मिल्ने प्लटुन नेपालमा पहिलोपटक प्रयोग गरिएको छ ।



source https://www.onlinekhabar.com/2019/12/816368

बलात्कार आरोपी सिद्धबाबा आईसीयूबाटै पक्राउ

१६ मंसिर, विराटनगर । बलात्कार आरोपी सिद्धबाबा भनिने कृष्णबहादुर गिरी उपचाररत अस्पतालको आईसीयूबाटै पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय, सुनसरीको टोलीले सोमबार बिहान ४ बजे विराट नर्सिङहोमबाटै उनलाई पक्राउ गरेको हो ।

डीएसपी विनोद शर्माले पक्राउ गर्दा अनुयायीले अवरोध गर्नसक्ने भएकाले बिहानै आईसीयूबाटै नियन्त्रणमा लिएर सुनसरी लगिएको अनलाइनखबरलाई बताए ।

बलात्कार आरोपी सिद्धबाबालाई प्रहरीले आइतबार नै नियन्त्रणमा लिन खोजेको थियो । तर विराट नर्सिङ होमले हृदयघात भएको भन्दै आईसीयूमा राखेपछि सुनसरीबाट गएको प्रहरी टोली पछि हटेको थियो ।
यो पनि पढ्नुहोस सिद्धबाबाको आश्रममा घीनलाग्दो हर्कत– ब्रोसरमा राखेर पत्रकारलाई नगद !

विराट अस्पतालका चिकित्सक ज्ञानेन्द्र गिरीका अनुसार, उनलाई ‘माइनर हर्ट अट्याक’ भएको थियो । हेलचेक्रयाइँ गर्दा थप जटिलता आउने भएकाले उनलाई आईसीयूमा राखेर उपचार गरिएको र अहिले सुधार आएको चिकित्सक गिरीले बताए ।

पक्राउ परेका उनलाई एम्बुलेन्समा हालेर अहिले जिल्ला प्रहरी कार्यालय, सुनसरी पुर्‍याइएको छ ।

सिद्धबाबामाथि आफ्नै अनुयायीले बलात्कार गरेको आरोप लगाएकी छन् । गत कात्तिक ४ गते बलात्कार गरेको महिलाको उजुरीपछि प्रहरीले यसबारे अनुसन्धान सुरु गरेको हो ।
यो पनि पढ्नुहोस कृष्णदासलाई महिलाको म्यासेजः ४४ दिनभित्र भक्त र भगवानबीच वारपार हुन्छ !



source https://www.onlinekhabar.com/2019/12/816360

बाग्लुङबाट प्रदेशसभामा राजमोका शाही विजयी

१६ मंसिर, बागलुङ । बागलुङ क्षेत्रनम्बर २ (ख)बाट प्रदेशससभा सदस्यमा राष्ट्रिय जनमोर्चा (राजमो)का खिमविक्रम शाही विजयी भएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को समर्थन प्राप्त शाहीले कांग्रेस उम्मेदवार जीतबहादुर शेरचनलाई २ हजार ९७ मतअन्तरले हराएका हुन् ।

प्रदेशसभा सदस्यमा निर्वाचित शाहीले ११ हजार २ सय ३५ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार शेरचनले ९ हजार १ सय ३८ मत पाएका छन् ।

२०७४ सालको प्रदेशसभा सदस्यको निर्वाचनमा नेकपा-राजमो गठवन्धनबाट राजमोका टेकबहादुर घर्तीले ११ हजार ८८४ मत ल्याएर निर्वाचित भएका थिए । त्यतिबेला पनि कांग्रेसबाट जीतबहादुर शेरचन नै चुनाव लडेका थिए । उनले ८ हजार ६२४ मत ल्याएका थिए ।

उपनिर्वाचनको मतपरिणाम अनुसार अघिल्लो प्रदेशसभा सदस्य निर्वाचनमा राजमोका घर्तीले ६४९ मत कम र कांग्रेसका शेरचनले ५२६ मत बढी ल्याएका छन् ।

उपनिर्वाचनमा तेस्रो बनेका समाजवादी पार्टीका अशोककुमार विकले ३१६ मत पाएका छन् ।

उपनिर्वाचनमा कुल ३५ हजार १८४ मतदातामध्ये २१ हजार ८९५ जनाले मतदान गरेका थिए ।



source https://www.onlinekhabar.com/2019/12/816361

नेपाली भूमि फिर्ता गराउन प्रधानमन्त्रीको विशेष दूत भारत पठाउने तयारी

१६ मंसिर, काठमाडौं । उपनिर्वाचन र दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिता उद्घाटन आजका सबै दैनिक पत्रिकाहरूको प्राथमिकतामा परेको छ ।

कान्तिपुरले ‘साग सुरु’ शीर्षक दिएर सागबारे मुख्य समाचार बनाएको छ । उपनिर्वाचनको समग्र मतपरिणामको समीक्षा र कास्की–२ को नतिजाबारे पनि कान्तिपुरले प्राथमिकतापूर्वक छापेको छ ।

सत्तारूढ र प्रमुख प्रतिपक्षी दुवैका दाबी खण्डित भएको ठहर कान्तिपुरको छ । ‘सत्तारूढ र प्रमुखख प्रतिपक्षी दुवैका दाबी खण्डित’ शीर्षक समाचारमा कान्तिपुरले लेखेको छ, ‘ प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका रिक्त ५२२ स्थानमा भएको उपनिर्वाचन परिणामले सत्तारूढ नेकपा र प्रमुख प्रतिपक्षी दुवै दललाई खास सन्देश दिएको छ । आफ्नो लोकप्रियता बढेको नेकपाको दाबी र सरकार तथा सत्तासीन दल अलोकप्रिय भइसके भन्ने कांग्रेसको दाबी दुवैलाई यो परिणामले खण्डित गरेको छ ।’

अघिल्लो निर्वाचनको नतिजामा केही हेरफेर भए पनि समग्रमा तीन तहमै वर्चस्व कायम गरेको नेकपाको पोजिसन नबदलिएको कान्तिपुरको विश्लेषण छ ।

अन्नपूर्णले ‘साग शुभारम्भ’ शीर्षक दिएर मुखपृष्ठमा सागबारे कभरेज गरेको छ । त्यस्तै, उपनिर्वाचनको मत परिणामलाई अन्नपूर्णले कभरेज गरेको छ ।

अन्य अखबारहरूले जस्तै पहिलो पृष्ठमा साग र उपनिर्वाचनबारे समाचार बनाएको राजधानीले भित्री पृष्ठमा नेपाली भूमि फिर्ता गराउन प्रधानमन्त्री केपी शर्मा ओलीले पहल थालेको लेखेको छ । समाचार अनुसार, प्रधानमन्त्री ओलीले नेपाल–भारतबीचको सीमा विवादबारे आवश्यक संवाद गरी निकास निकाल्न नेपालका तर्फबाट विशेष दूत नयाँदिल्ली पठाउने तयारी गरेका छन् ।

नेकपा स्रोतको हावाला दिएर लेखिएको समाचार अनुसार, पार्टी वरिष्ठ नेता तथा विदेश विभाग प्रमुख माधवकुमार नेपालको नेतृत्वमा विशेष दूत पठाउने तयारी प्रधानमन्त्रीले गरिरहेका छन् । ओलीले केही समयअघि नेता नेपाललाई बालुवाटारमा बोलाएर भारतबाट अतिक्रमण भएको नेपाली भूमि फिर्ता गराउन आग्रह गरिसकेको र नेपाल सकारात्मक देखिएको समाचारमा उल्लेख छ ।

भारतले हालै जारी गरेको आफ्नो नक्सामा नेपाली भूमि कालापानी, लिपुलेक, लिम्पियाधुरालगायतका भूभागलाई पुनः समावेश गरेपछि सो भूमि फिर्ता गराउन सरकारमाथि दबाव पर्दै आएको छ ।

हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज

 



source https://www.onlinekhabar.com/2019/12/816351

दाङको प्रदेशसभा सदस्यमा नेकपाकी विमला विजयी

१६ मंसिर, घोराही । दाङ क्षेत्रनम्बर ३ (ख) बाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की उम्मेदवार विमला खत्री प्रदेशसभा सदस्यमा निर्वाचित भएकी छन् ।

उनले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका केशव आचार्यलाई ५ हजार बढी मत अन्तरले हराएकी हुन् ।

ओलीले प्रदेशसभा २४ हजार २ सय ८६ मत ल्याइन् । कांग्रेस उम्मेदवार आचार्यले १९ हजार १ सय ८२ मत पाएका छन् ।

२०७४ सालको चुनावमा पनि सो क्षेत्रबाट तत्कालीन एमालेका उत्तरकुमार ओली प्रदेशसभा सदस्यमा विजयी भएका थिए । अहिले उपनिर्वाचनमा निर्वाचित विमला उत्तर कुमारकी जीवनसंगीनी हुन् । उत्तरकुमार ओलीको सवारी दुर्घटनामा निधन भएपछि सो भएको स्थानमा उपनिर्वाचन भएको हो ।

उपनिर्वाचनमासाझा पार्टीका उम्मेदवार शिवकुमार चौधरीले २६६, राप्रपाका भुपाल रावतले २२५, समाजवादीका डिल्लीबहादुर डाँगीले १५४, राष्ट्रिय प्रजातन्त्र संयुक्तका छोटीलाल थारुले १३८, नेकपा मालेका हरिप्रसाद डाँगीले १०३, मंगोल नेशनल पार्टीका घनश्याम चौधरीले ९० मत पाएका छन् ।

यसैगरी नेपाल लोकतान्त्रिक पार्टीका झरेन्द्र बहादुर खत्रीले २६, नेपाल मजदुर किसान पार्टीका सुरेश परियारले १५, राष्ट्रिय जनमुक्ति पार्टीका धनराज विश्वकर्माले ११, बीपी कांग्रेस पार्टीका दीपक कुमार धितालले २ तथा स्वतन्त्र उम्मेदवारद्वय टीकाराम आचार्यले ४ र गोविन्द केसीले २ मत प्राप्त गरेका छन् ।

दाङ क्षेत्रनम्बर ३ -ख) मा कूल ६८ हजार ७ सय १९ मतदाता भएकामा ४५ हजार ७ सय १८ मत खसेको थियो । ७ सय ९७ मत बदर भएको छ ।



source https://www.onlinekhabar.com/2019/12/816345

फाल्गुनन्द गाउँपालिका अध्यक्षमा नेकपा विजयी

१६ मंसिर, फिदिम । पाँचथरको फाल्गुनन्द गाउँपालिका अध्यक्षमा नेकपा उम्मेदवार बीरबहादुर कुरुम्वाङ विजयी भएका छन् । कुरुम्बाङ ८०६ मत अन्तरले गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् ।

कुरुम्बाङले ५ हजार ३६९ र उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका वृजहाङ आङदेम्बेले ४ हजार ५६३ मत पाएका छन् ।

२०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित गाउँपालिका अध्यक्ष अमरकुमार नेम्वाङको निधनपछि भएको उपनिर्वाचनमा नेकपा विजयी भएको हो । फाल्गुनन्द गाउँपालिकालाई कांग्रेसको गढ मानिन्थ्यो ।

उपनिर्वाचनमा समाजवादी पार्टीकी विमला आङदेम्बेले ३२०, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका जितेन चेम्जोङले २४०, राप्रपा -संयुक्त)का मोतिप्रसाद आङदेम्बेले ७५ मत र राप्रपाका सुसुहाङ चेम्जोङले २८ मत पाएका छन् । उपनिर्वाचनमा १७९ मत बदर भएको थियो ।



source https://www.onlinekhabar.com/2019/12/816348

Saturday, 30 November 2019

दाङको प्रारम्भिक नतिजामा नेकपाको अग्रता

१५ मंसिर, दाङ । प्रदेशसभा सदस्यका लागि दाङ क्षेत्रनम्बर ३ (ख) मा भएको उपनिर्वाचनको प्रारम्भिक नतिजामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले अग्रता लिएको छ ।

बबई गाउँपालिका वडानम्बर १ र तुलसीपुर उपमहानगरपालिका वडानम्बर १ को गणना सकिँदा नेकपाकी उम्मेदवार बिमला खत्रीले ७७२ मत अन्तरले अग्रता लिएकी छन् ।

बिमलाले १ हजार ९०६ र नेपाली कांग्रेसका उम्मेदवार केशव शर्मा आचार्यले ११३४ मत पाएका छन् । राप्रपाका भुपाल रावतले १०, साझा पार्टीका शिवकुमार चौधरीले ६, समाजवादीका डिल्लीबहादुर डाँगीले ५ मत पाएका छन् ।



source https://www.onlinekhabar.com/2019/12/816009

भित्री वस्त्रसँग सम्बन्धित महत्वपूर्ण कुराहरु

अधिकांश महिलाहरु तथा युवतीहरु आफ्ना हरेक प्रकारका पहिरनसँग सामान्य गुणस्तरका ब्रा लगाउने गर्छन् । तर, केही विशेष पहिरनका लागि भनेर विशेष ब्राहरु नै डिजाइन गरिएको हुन्छ । यदि त्यस्ता पहिरनसँग सही प्रकारका ब्रा लगाउनुभयो भने तपाईंलाई स्मार्ट, राम्री तथा पर्फेक्ट देखिनुहुनेछ । त्यसैले आज हामी कस्तो पहिरनसँग कस्तो प्रकारको ब्रा लगाउने भन्ने बारेमा केही जानकारीहरु प्रस्तुत गर्दैछौं ।

पुसअप ब्रा

पुसअप ब्रा धेरै जसो त्यस्ता महिला अथवा युवतीहरुले लगाउन रुचाउछँन्, जसको ब्रेस्टको आकार सानो हुन्छ । कहिलेकाहीँ हामी कसिलो पहिरन लगाउँछौं । जसका कारण हाम्रो ब्रा लाइन देखिन्छ । तर, पुसअप ब्रा लगाउँदा ब्रा लाइन देखिँदैन । पुसअप ब्रा कुनै पनि पहिरनसँग लगाउन सकिन्छ ।

 स्पोर्टस् ब्रा

जुन युवतीहरु जिम जान्छन् अथवा खेलकुदमा सहभागी हुन्छन् । उनीहरुले त्यो समयमा स्पोर्टस् ब्राको प्रयोग गर्नुपर्छ । त्यसले ब्रेस्टलाई पूर्ण रुपले कभर गर्छ । धेरै युवतीहरु नृत्य गर्दा अथवा जिम गर्दा सामान्य किसिमको ब्रा प्रयोग गर्छन् । तर, जब उनीहरु व्यायाम गर्छन् अथवा उफ्रिन्छन्, त्यो समयमा सामान्य ब्राको प्रयोगले अलि अनौठो देखिन्छ  । त्यसैले खेलकुदको समयमा युवतीहरुले स्पोर्टस् ब्राको प्रयोग गर्नुपर्छ ।

स्टिक अन ब्रा

स्टिक अन ब्रा शरीरमा सजिलै टाँसिन्छ । यसमा दुई वटा कप हुन्छन् । यसमा स्टि्रप हुँदैन । यदि तपाईं ब्याकलेस अथवा स्टि्रपलेस पहिरन लगाउँदै हुनुहुन्छ भने त्यस्तो प्रकारको ब्रा तपाईंको लागि उपयुक्त हुन्छ ।

अन्डरवयर ब्रा

अन्डरवयर ब्रामा एउटा स्टि्रप अथवा वायर हुन्छ । जुन ब्राको भित्र हुन्छ । यो ब्रालाई लगाएपछि ब्रेस्ट तलबाट सेट हुन्छ । ब्लाउज र टपसँग यसप्रकारको ब्रा लगाउन सकिन्छ ।

मोल्डेड कफ ब्रा

मोल्डेड कफ ब्रा एउटा गोलो र सीमलेस सेप तयार गर्छ । यसलाई लगाए पछि कुनै पनि घेरा देखिँदैन । यस्तो प्रकारको ब्रालाई हाइनेक र टिसर्टमा लगाउन सकिन्छ ।



source https://www.onlinekhabar.com/2019/12/816057

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More