Sunday, 1 November 2020

वैवाहिक जीवनमा पनि एक्लोपन ?

विवाहपछि मान्छेले आफ्नो सुख–दुःख साट्ने अत्यान्तै निकटका भरपर्दो साथी पाउँछन् । श्रीमान श्रीमती भएपछि उनीहरुले एकअर्कासँग हरेक कुरा साझेदार गर्छन् । एउटाको दुःखमा अर्कोले हात दिने र एउटाको खुसीम अर्कोले साथ दिने सहयोगी सम्बन्ध निर्माण हुन्छ । त्यसैले कतिपय शोधमा के पाइएको छ भने, विवाहपछि एक्लोपना हट्छ ।

तर, पछिल्लो समयमा अक्सर दम्पती नै एक्लोपनको शिकार बन्दै गएको पाइन्छ । एक शोध अनुसार २० प्रतिशत दम्पती वैवाहिक जीवनमा पनि एक्लोपन महसुष गरिरहेका छन् ।

एक्लोपन आफैमा समस्या हो । यहाँ बुझ्नुपर्ने कुरा के छ भने एकान्त वा एक्लो हुनु र एक्लोपन महसुष गर्नु फरक कुरा हुन् । कसैले नितान्त एक्लो भएर पनि एक्लोपन महसुष गर्दैनन् । वा गर्नुपर्दैन । कसैले भने भिडमा पनि आफुलाई एक्लो महसुष गर्छन् । यो एक कमजोर मानसिक स्थिती हो । जब मान्छेले आफुलाई एक्लो महसुष गर्न थाल्छ उनीहरुमा असुरक्षाको भावना बढ्छ । हरेक कुरामा उनीहरु भयभित हुन थाल्छन् ।

मान्छेको स्वभाव के हो भने कुनैपनि कुरा एकअर्कमा साझेदार गरेर बाँच्ने । दुःखको स्थितीमा मान्छेले अरुको साथ वा सहयोग खोज्छ । आफ्नो दुःखबाट छुटकारा पाउनका लागि अरुको सुझाव, सहयोग जरुरी हुन्छ । यसैगरी मान्छेले खुसीमा पनि अरुको साथ खोज्छ । आफ्नो खुसीमा रमाउने मान्छेहरु खोज्छन् । यसरी मान्छे अरुसँग अन्र्तक्रियात्मक सम्बन्ध बनाएर बाँच्ने यत्न गरिरहेका हुन्छन् । जबकी मन्छेले एक्लोपना महसुष गर्छ भने उनीहरु क्रमस निरास, उदास, भयभित, वेचैन हुन थाल्छन् । अन्ततः यसले उनीहरुलाई चरम चिन्ता र डिप्रेसनको अवस्थामा पु¥याउँछ । र, यो आत्महत्याको कारण पनि बन्न सक्छ ।

जब कसैले विवाह गर्छ उनीहरुले आफ्नो सुखदुःख साट्ने जीवनसाथी पाउँछन् । उनीहरुले आफ्नो परिवारको रचना गर्छन् । दाम्पत्य सम्बन्ध, घर व्यवहार, बालबच्चा, पारिवारिक जीवनमा रमाइरहँदा उनीहरुले एक्लोपन महसुष गर्दैनन् । आम धारणा यही छ । तर, कतिपय दम्पती भने एकसाथ भएर पनि एक्लो अनुभव गरिहेका छन् । यसमा अनेक कारण छन् ।

१. श्रीमान वा श्रीमतीको बढ्दो महत्वकांक्षा

२. पारिवारिक जीवनबाट विमुख हुने स्वभाव

३. व्यस्तता वा धपेडीमा वित्ने दिनचर्या

४. प्रतिस्पर्धात्मक जीवन यापन

५. मोवाइल जस्ता प्रविधि र सामाजिक सञ्जालको बढ्दो आशक्ति

टुट्दैछ संवाद

बिहान श्रीमान÷श्रीमतीलाई आफ्नो कामधन्दामा लाग्ने हतारो हुन्छ । बिहानै उनीहरु छुट्छन् । दिनभर आ–आफ्नै कामव्यवहारमा लाग्छन् । साँझ थकित ज्यान लिएर घर फर्कन्छन् । त्यसपछि कोही मोवाइल, फेसबुकमा भुल्छन्, कोही दिनभर थाँती रहेको काम पुरा गर्नतर्फ लाग्छन् । उनीहरुबीच एकसाथ खाना खाने समय पनि जुर्दैन । राती एकसाथ ओछ्यानमा जाने साइत मिल्दैन । ओछ्यानमा पनि दम्पतीको बिचमा घुस्रिएको हुन्छ, मोवाइल ।

यसरी उनीहरु एकअर्कासँग अन्तरंग कुराकानी गर्दैनन् । एकअर्काको सुखदुःखबारे सोध्दैनन् । घर परिवारकै विषयमा कुरा गर्न समेत रुची हुँदैन । यो क्रम बढ्दै जाँदा उनीहरु वैवाहिक जीवनमा पनि एक्लो हुँदै जन्छन् ।

एक्लोपनको कारण

–अहिले मानिसको जीवन धेरै नै व्यस्त हुन थालेको छ । धेरैजसो विवाहित जोडीहरु कामकाजी हुन्छन् र उनीहरुको अधिकांश समय कार्यालयमा सहकर्मीको साथमा बित्छ । यस्तोमा उनीहरुले आफ्नो जीवनसाथीलाई दिने समय धेरै कम हुन्छ ।

–कामको तनाव धेरै बढ्नाले संवाद कम हुन्छ ।

–घरमा पनि दुवै आ–आफ्नो काममा नै व्यस्त हुन्छन् ।

–सामाजिक सञ्जालले यस बढ्दो एक्लोपनालाई अझै बढाईदिन्छ । किनभने त्यहाँ नयाँ साथी भेटिन्छन् र उनीहरुले धेरै आकर्षित गर्छन् । यस्तोमा कहिले हामी पार्टनरलाई उपेक्षा गर्न लाग्छौं थाहा नै हुँदैन ।

–श्रीमान श्रीमती सँगै बसेर कुरा गर्ने एक अर्काको समस्यालाई बुझ्ने जस्तो कुरा त समयको बर्बादी जस्तो लाग्छ ।

–कुरा जब हदभन्दा धेरै बढ्छ तब वैवाहिक सम्बन्धमा हुँदा पनि हामी कति एक्लो छौं भन्ने महसुस हुन्छ ।

–बिस्तारै आफ्नो पार्टनर यी दिनहरुमा के महसुस गरिरहेका छन् वा कुन समस्याबाट गुज्रिरहेका छन् भन्ने पनि ख्याल हुन छोड्छ ।

–बढ्दो एक्लोपनाको असर यौनजीवनमा पनि पर्छ । त्यस्तै कम हुँदै गएको यौन सम्बन्धले पनि एक्लोपनालाई बढाउन सक्छ त्यसैले दुवै तर्फबाट यसलाई देख्न सकिन्छ ।

–घरमा पनि हरेक समय दुवै जना आफ्नो फोन वा ल्यापटपमा व्यस्त रहन्छन् चाहे खानाको समय होस् वा बेडमा सुत्ने समय होस् । बेडरुम यस्तो ठाँउ हो जँहा पार्टनरले एक अर्कासँग प्रेम र रोमान्स गर्न सक्छन् । आफ्नो समस्याहरु, आफ्नो सुखदुख सेयर गर्न सक्छन् तर, उनीहरु आजभोली बेडरुममा पनि एकअर्कासँग नजिक नभई आ–आफ्नो दुनिँयामा हराउँछन् । पछि थाहा हुन्छ कि एक अर्काबाट उनीहरु कति टाढा भइसकेका छन् ।



source https://www.onlinekhabar.com/2020/11/906764

उज्ज्वल ठकुरीलाई सातौं पटक विश्व रेकर्डको उपाधि

डिसी । नेपाली मूलका अमेरिकन मरिन गोजु कराँतेका खेलाडी उज्ज्वल ठकुरीलाई सातौं पटक गिनिज वर्ल्ड रेकर्ड प्राप्त भएको छ ।

आधा दर्जनभन्दा ज्यादा विश्व कीर्तिमान राख्न सफल ठकुरीले नेपाल र नेपालीको नाम विश्वको अगाडि राख्न पाउँदा गर्व लाग्ने बताए ।

फेब्रुअरी २०२० मा न्यूयोर्कमा एउटा खुट्टाले पूर्ण रुपमा घुँडामा ५ केजी तौल राखी ३ मिनेटमा १५७ पटक प्रहार गरेपछि उनलाई गिनिज बुक अफ वर्ल्ड रेकर्डले २९ फेब्रुअरी २०२० मा विश्व रेकर्डको मान्यता दिएको थियो ।

तर महामारीको कारण ठकुरीले २०२० को अक्टोबर महिनाको अन्त्यमा प्रमाण पत्र प्राप्त गरेका थिए । ठकुरीले दसैंको भोलिपल्ट अक्टोबर २७, २०२० बिहान ९:४५ मिनेटमा आफूले सातौं गिनिज वर्लेड रेकर्ड पाएको सार्वजनिक गरेका थिए ।

उनको विश्व कीर्तिमान सन् २०१७ देखि सुरु भएको हो । उनले सेप्टेम्बर २०१७ मा पहिलो, नोभेम्बर २०१७ मा दोस्रो, नोभेम्बर २०१८ मा तेस्रो, सेप्टेम्बर २०१८ मा चौथो, सेप्टेम्बर २०१९ मा पाचौं, फेब्रुअरी २०२० मा छैटौं र फेब्रुअरी २०२० मै सातौं गिनिज वर्ल्ड रेकर्ड राख्न सफल भएका छन् ।

काठमाडौंमा जन्मिएका ठकुरी २ दशकभन्दा अगाडि अमेरिका आएका हुन् । उनले कराँते खेल जगतमा लागेर धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा जित हासिल गर।ी विभिन्न पदकहरु प्राप्त गरिसकेका छन् ।

करातेमा उनले आफ्नो आधा दर्जनभन्दा पृथक विशेष अविष्कार छन् । ‘फांग खुकुरी काँटा र ‘फांग ब्रेकिङ्ग’मा सहित उपाधी प्राप्त गरिसकेका छन् ।

बिगतमा  भ्यानडम शैलीमा  ‘कुरो बुशि वर्ल्ड च्याम्पियन’ खेलम समेत उनी सम्मानित भइसकेका छन् ।



source https://www.onlinekhabar.com/2020/11/906763

अरिङ्गालले टोकेर एक महिलाको ज्यान गयो

१७ कात्तिक, डोटी । डोटीमा अरिङ्गालको टोकाइबाट एक महिलाको ज्यान गएको छ ।

जिल्लाको आदर्श गाउँपालिका–१ बाँझककानीको बाहुन टाककी अन्दाजी ७५ वर्षीया कटि लुहारको अरिङ्गालको टोकाइबाट ज्यान गएको हो ।

गोठालो गएकोबेला आइतबार अपरान्ह ५ बजेतिर अरिङ्गालले टोकेपछि उनलाई उपचारका लागि मौवा नगरदह स्वास्थ्य चौकीमा लगिएको थियो । उपचारपछि घर ल्याइएकी कटिको सोमबार बिहान २ बजेतिर मृत्यु भएको स्थानीय गोबिन्द विकले जानकारी दिएका छन् ।

यहि कात्तिक ११ गते मात्रै डोटीको सायल गाउँपालिका–१ छपालीको रोकाया गाउँका वर्ष ५ र वर्ष ३ का गरी २ बालिकाको अरिङ्गालले टोकेरै ज्यान गएको थियो ।

यो पनि पढ्नुहोस अरिङ्गालको टोकाइबाट दुई बालिकाको मृत्यु

source https://www.onlinekhabar.com/2020/11/906762

कोरोना संक्रमणबाट सिन्धुलीमा ८४ वर्षीया वृद्धाको मृत्यु

१७ कात्तिक, सिन्धुली । सिन्धुलीमा कोरोना संक्रमणबाट एक वृद्धाको मृत्यु भएको छ । कमलामाई नगरपालिका–६ पानीट्यांकी निवासी ८४ वर्षीया वृद्धाको आइतबार मृत्यु भएको हो । सिन्धुलीमा कोरोना संक्रमणबाट यो पहिलो मृत्यु हो ।

उच्च ज्वरो आउनुको साथै श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई उपचारका लागि शुक्रबार धुलिखेल अस्पताल लगिएको थियो । धुलिखेल अस्पतालले पिसिआर परीक्षणका लागि स्वाब नमुना संकलन गरेर बिरामीलाई घर पठाइदिएको थियो ।

विरामीको स्वास्थ्य अवस्था झनै बिग्रिएपछि शनिबार राति साढे ९ बजे उनलाई सिन्धुली अस्पतालमा भर्ना गरिएको थियो ।

धुलिखेल अस्पतालको पीसीआर प्रयोगशालाले आइतबार साँझ ६ बजे रिपोर्ट पोजेटिभ छ भन्ने जानकारी गराएको थियो । सिन्धुली अस्पतालमा उपचारकै क्रममा साँझ साढे ६ बजे वृद्धाको मृत्यु अस्पतालका व्यवस्थापक बिमल श्रेष्ठले जानकारी दिए ।

शव व्यवस्थापनका लागि नेपाली सेनासँग समन्वय भइसकेको उनले बताए ।

यो पनि पढ्नुहोस कोरोना संक्रमणबाट थप ३८ जनाको मृत्यु, काठमाडौंमै १६ जना

source https://www.onlinekhabar.com/2020/11/906759

नारायणीमा कार्यरत चिकित्सक अशोक कुशवाहा रहेनन्

१६ कात्तिक, वीरगञ्ज । वीरगञ्जको नारायणी अस्पतालमा कार्यरत एक चिकित्सकको मृत्यु भएको छ । अस्पतालको आकस्मिक विभागमा कार्यरत ४३ वर्षीय डाक्टर अशोक कुशवाहाको आइतबार दिउँसो मृत्यु भएको हो ।

मिर्गौलामा समस्या देखिएपछि उनको ६ महिनादेखि डायलायसिस चलिरहेको थियो । टाइप–१ मधुमेहबाट समेत पीडित उनी स्वास्थ्यमा समस्या आएपछि विदामा थिए । आइतबार स्वास्थ्य अवस्था झनै बिग्रिएपछि उपचारका लागि नारायणी अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा दिउँसो ३ बजे आइसियुमा उनको मृत्यु भएको नारायणी अस्पतालको आकस्मिक विभाग प्रमुख डाक्टर उदय नारायण सिंहले जानकारी दिए ।

‘टाइप–वान मधुमेहका कारण शरीरमा चिनीको असन्तुलन हुने गरेको थियो, त्यसमाथि मिर्गौलाको समस्या देखिएपछि विदामा हुनुहुथ्यो,’ डाक्टर सिंहले भने, ‘अवस्था झनै बिग्रिएपछि उपचारका लागि अस्पताल ल्याइएको थियो । डायलायसिस गर्ने तयारी हुँदै थियो, हामीलाई छोडेर जानुभयो ।’



source https://www.onlinekhabar.com/2020/11/906757

इयानको ब्याटिङ र कमिन्सको बलिङसामु राजस्थान निरीह, कोलकाता ६० रनले विजयी

१७ कात्तिक, काठमाडौं । आईपीएल क्रिकेटमा कप्तान इयान मोर्गानको उत्कृष्ट ब्याटिङ र पेट कमिन्सको कसिलो बलिङको मद्दतमा कोलकाता नाइट राइडर्सले राजस्थान रोयल्सलाई ६० रनले हराएको छ ।

कोलकाताले दिएको १९२ रनको लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा १३१ रन मात्र बनाउन सक्यो ।

कोलकाताका लागि पेट कमिन्सले चार विकेट लिए । शिवम माझी र वरुण चक्रवर्तीले दुई–दुई विकेट लिए ।

जितसँगै कोलकाताले जारी आईपीएलको प्लेअफमा पुग्ने सम्भावना कायमै राखेको छ । यो जितसँगै कोलकाता आठौं स्थानबाट उक्लिएर चौथो नम्बरमा पुगेको छ । राजस्थानको यात्रा भने यहीँबाट टुंगिएको छ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १९१ रन बनाएको थियो ।

कोलकाताका लागि कप्तान इयान मोर्गनले नटआउट ६८ रन बनाए । ३५ बल सामना गरेका उनले ६ छक्का र ५ चौका प्रहार गरे । उनी म्यान अफ द म्याच भए ।

यसैगरी शुभमन गिलले ३६, राहुल त्रिपाठीले ३९, आन्द्रे रसेलले २५ र पेट कमिन्सले १५ रन बनाए ।

बलिङतर्फ राजस्थानका राहुल तेवटियाले ३ र कार्तिक योगीले २ विकेट लिए ।

१९२ रनको विजय लक्ष्य पछ्याएको राजस्थानलाई कोलकाताका बलरहरुले खुलेर खेल्नै दिएनन् । ओपनर रोबिन उथप्पा ६ रन बनाएर आउट भए । उनी पेट कम्सिनको बलिङमा कमलेश नगरकोटीको हातबाट क्याच आउट भए ।

बेन स्टोक्सलाई पनि पेट कमिन्सले १८ रनमा आउट गरे । उनी दिनेश कार्तिकको हातबाट क्याच आउट भए ।

स्टिभ स्मिथ पनि कमिन्सकै शिकार बने । उनी चार रनमा आउट भए ।

सन्जु सामसनले १ रन मात्र बनाउन सके । अन्य ब्याट्सम्यानभन्दा जोस बटलर केही खुलेर खेल्न खोज्दै थिए । तर उनी पनि वरुण चक्रवर्तीको बलिङ र कमिन्सको क्याचबाट आउट भए । उनले २२ बलमा ३५ रन बनाए ।

रियान परागलाई कमिन्सले खाता नै खोल्न दिएनन् । यसैगरी राहुल तिवटियाले २७ बलमा ३१ रन बनाए । श्रेयस गोपाल २३ रनमा नटआउट रहे । जोफ्रा आर्चरले ६ र कार्तिक त्यागीले २ रन बनाए ।



source https://www.onlinekhabar.com/2020/11/906753

जाडो यामम जोर्नीको दुखाई र यसबाट छुटकारा पाउने विधी

खासगरी वयस्क वा बुढ्यौलीले छोप्दै लगेपछि सामान्य मौसमी परिवर्तनको असर शरीरमा देखिन्छ । जस्तो जाडो याम सुरु भएसँगै जोर्नी दुख्नु ।

चिसो बढेसँगै धेरैले भोगिरहेको समस्या हो यो । जति जति चिसो बढ्दै जान्छ, उत्तिनै जोर्नीको दुखाई पनि जटिल बन्छ । यसले गर्दा उनीहरुको दैनिक जीवन नै कष्टकर बनिरहेको हुन्छ । सामान्य हिँडडुल गर्न समेत समस्या भइरहेको हुन्छ ।

जाडो याममा जोर्नीको दुखाईबाट बच्न प्राकृतिक तौरतरिका अपनाउन सकिन्छ । प्राय एकै स्थानमा लामो समय नबस्ने, हिँडडुल गर्ने, शरीरको मसाज गर्ने, शरीरलाई न्यानो बनाउने, घाम वा आगो ताप्ने । त्यससँगै केही यस्ता प्राकृतिक विधी छन्, जसले जोर्नीको दुखाईमा राहत मिल्छ ।

– पानीमा एक मुठ्ठी जिरा र एक चम्चा नून हालेर उमाल्ने । त्यसलाई कपडामा निचोरेर सेक्ने गर्नुपर्छ ।

-तोरीको लेप लगाउँदा पनि यस प्रकारको दुखाईमा राहत मिल्छ ।

-जिरालाई पानीमा हालेर उमाल्ने र दुखेको ठाउँमा सो पानीको वाफ लिनुपर्छ ।

-दुई केस्रा लसुन कटेर तिलको तेलमा तताउने र यसले जोर्नीमा मालिस गरौं । धेरै फाइदा मिल्नेछ ।

– दुखाई धेरै भए कपडालाई तातो बनाएर जोर्नीमा सेक्नुपर्छ । तत्कालै आराम महसुस गर्न सकिनेछ ।

– लसुन पिसेर लगाउँदा शरीरका हरेक अंगको दुखाई कम हुन्छ । तर, धेरै बेरसम्म भने लगाउनु हँुदैन ।

-तातो तेलमा जिरा र लसुन डढाएर त्यसले मालिस गर्दा हरेक प्रकारका दुखाईबाट छुटकारा मिल्छ ।

-भिनेगर र जैतुनको तेल मिलाएर मालिस गर्दा फाइदा हुन्छ ।

– कपडामा ४–५ कागतिको टुक्रा बाँधेर तातो तिलको तेलमा केही बेर डुबाउने र त्यसलाई घुँडामा लगाउनुपर्छ ।

-तोरीलाई पिसेर घुँडामा त्यसको लेप लगाउने, तुरुन्तै राहत मिल्नेछ ।

-मनतातो पानीमा सिधे नून हालेर त्यसले नुहाउनुपर्छ ।

-दालचिनी पाउडर र मह मिलाएर लेदो बनाउने र यसले जोर्नीमा मालिस गरौं ।

-जोर्नीको दुखाईमा निमको तेलको मालिस पनि लाभदायक हुन्छ ।

-लसुनका दुई कल्ली कुटेर तिलको तेलमा हाल्ने र त्यसले जोर्नीमा मालिस गरौं ।

– तोरीको तेलमा जिरा र लसुन तताएर दुखेको ठाउँमा मालिस गरौं ।

-अम्बाको पत्ता पिसेर दुखाई भएको ठाउँमा लगाउनुपर्छ । अम्बाको पत्तालाई पानीमा उमालेर यो पानीले सेक्दा पनि फाइदा मिल्छ ।

– शिशाको बोतलमा आधा लीटर तिलको तेल र १० ग्राम कपूर मिलाएर घाममा राख्ने । जब यिनीहरु राम्ररी घुल्छन्, यस तेलले जोर्नीमा मालिस गरौं ।



source https://www.onlinekhabar.com/2020/11/906752

चायाबTट छुटकारा पाउने घरेलु विधी

जाडो याममा दिनदिनै नुहाउन गाह्रो हुन्छ । त्यसमाथि शरीरलाई न्यानो राख्न बाक्लो लुगाका साथै टोपी लगाउनुपर्ने हुन्छ । यसले गर्दा कपाल चिलाउने, रुखो हुने जस्ता समस्या देखिन्छ । साथसाथै कपालमा चाया पर्छ ।

चाया खासगरी टाउकोको छालामा रहेका मृत्त कोशिकाहरुका कारण हुन्छ । अतः यसबाट छुटकारा पाउनका लागि केही घरेलु विधी छन् ।

तेल मालिस

कपालको सबै समस्या, खासगरी चायाको सबैभन्दा प्रभावकारी उपचार हो तेल मालिस । तेल मालिसबाट कपाललाई पोषण मिल्छ । टाउकोको मांशपेशीहरु उत्तेजित हुन्छन् र रक्तसञ्चार पनि तिब्र हुन्छ । र, कपाल स्वस्थ, सुन्दर, बाक्लो, लामो बन्छ । त्यसैले हप्तामा एकपटक तेल लगाएर कपालको मालिश गर्नु अति आवश्यक छ ।

बाफ

मालिसपछि कपालबाट फोहोरमैला सफा गर्नका लागि बाफ दिनुपर्छ । यसका लागि तातो पानीले तौलिया भिजाएर कपालमा राम्रोसँग लपेट्ने । बाफबाट कपालको जरामा फसेको मैला तथा मृत कोशिकाहरु निस्कन्छन् र तेल पनि राम्ररी टाउकोको छालाभित्र पस्छ । जसले कपालको जरा बलियो बन्छ र चायाको समस्या पनि हट्छ ।

कागतीको रस

यो सिजनमा कागती पाइन्छ । कागतिको रसमा भिटामिन सी, ए, बी, फस्फोरस र एन्टिअक्सीडेन्ट पाइन्छ, जसले कपाल चमकदार र बाक्लो बन्छ ।

कपालमा चाया छ भने तातो तेलमा कागतिको रस हालेर मालिस गर्दा चाया हट्छ । साथै कपाल झर्न पनि रोकिन्छ । नुहाउनुभन्दा अगाडि कागतिको रसले टाउको मालिस गरेर कपाल धुनाले पनि फाइदा पुग्छ ।

 दही र मरिच

दहीको सेवनले टाउकोको छालाको रुखोपन हटाउँछ । यसले चायाको समस्या पनि हट्छ । दहीमा मरिचको चूर्ण मिलाएर कपाल धुनुपर्छ । यो क्रिया हप्तामा दुई पटक गरौं । यसले चाया हट्ने त छँदैछ, केस नरम, कालो र बाक्लो पनि हुन्छ ।

अमला

स्वस्थ्य तथा सुन्दर कपालका लाग क्यारोटिन आवश्यक तत्व हो जुन अमलामा पाइन्छ । कपाललाई पोषण दिन अमलाको तेल लगाउन सकिन्छ । वा तुलसी र अमलाको पाउडरको लेप बनाएर यस लेपद्वारा टाउकोमा मालिस गर्न सकिन्छ ।

र, लगभग आधा घन्टाका लागि यो लेप लगाइरहनुपर्छ  । यसपछि सेम्पुले कपाललाई राम्रोसँग धुनुपर्छ । चायाको समस्या समाधानका लागि यो एकदमै प्रभावकारी उपाय हो ।

मेथीबाट उपचार

मेथीमा निकोटिनिक एसिड वा प्रोटीन पाइन्छ जसले कपालको जरालाई पोषण दिन्छ । यो लेपलाई आफ्नो कपाल र शिरमा कमसेकम ३० मिनेटका लागि लगाउनुपर्छ । ३० मिनेटपछि कपाललाई कुनै राम्रो सेम्पुले धुनुस । यसबाट चाया हट्नेछ, कपाल मजबुत हुनेछ र टुट्नबाट बच्नेछ ।

तिलको तेल

तिलको तेल लगाउँदा कपाल मकबुत, घना, लामो हुन्छ र साथै चाया पनि हट्छ । यसका लागि कपालमा तिलको तेलले मालिस गरौं । मालिसपछि कपाललाई तातो तौलियाले बफ्याउनु पर्छ । पाँच मिनेटपछि टाउको धुनुपर्छ ।



source https://www.onlinekhabar.com/2020/11/906750

भान्सामा छ सौन्दर्यको १२ खजना

अनुहार एवं छालाको चमक कसरी बढाउने ? दागधब्बा कसरी हटाउने ? चाहुरीपन कसरी कम गर्ने ? आफ्नो सौन्दर्यलाई कसरी कायम राख्ने ? यसका लागि बजारमा उपलब्ध महंगा कस्मेटिक्स नै जरुरी छ भन्ने हुन्न । पार्लर धाउनेपर्छ भन्ने पनि छैन । हाम्रो घर–आँगन र भान्सामा यस्ता चिज छन्, जसले अनुहार एवं छालालाई मुलायम, चम्किलो र सफा बनाउन सहयोग गर्छ ।

१. टमाटर

एन्टीअक्सिडेन्टले भरपुर हुने कारण टमाटरले ब्लिच क्रिमको जस्तै काम गर्न सक्छ । यसको पेस्ट बनाएर १५ मिनेटसम्म अनुहारमा लगाउनुहोस् । त्यसपछि मनतातो पानीले सफा गर्नुहोस् । दैनिक यस्तो गर्नाले तपाईंंको अनुहारबाट दागधब्बा गायब हुन्छ ।

२.दुध

दुध र बेसारलाई मिसाएर ५–१० मिनेटसम्मा अनुहारमा लगाउनुहोस् र फेरि पानीले यसलाई सफा गर्नुहोस् । यसले तपाईंलाई निख्रिएको र बेदाग छाला मिल्छ ।

३. गाँजर

गाँजरलाई सनाना टुक्रामा काटेर वा कोरेसोमा कोरेर पानीमा उमाल्नुहोस् । त्यसपछि यसलाई पिसेर अनुहारमा लगाउनुहोस् । १० मिनेट पछि पानीले यसलाई सफा गर्नुहोस् । दैनिक यसरी गाँजरको पेस्ट लगाउनाले अनुहारको चाँया, पोतो, डन्डीफोर, दागधब्बा जस्ता समस्याहरुबाट राहत पाउन सकिन्छ ।

४. सुन्तलाको बोक्रा

सुन्तलाको बोक्रालाई सुकाएर पिस्नुहोस् र फेरि यसमा ग्लिसरिन मिसाएर अनुहारमा मसाज गर्नुहोस् । अब यसलाई १० मिनेटको लागि यस्तै छोडिदिनुहोस् । केही दिन सम्म यस्तो गर्नाले छालाको रुखोपना टाढा हुन्छ र अनुहार मुलायम र चम्किलो हुन्छ ।

५. आलु

आँखाको डार्क सर्कल वा डण्डीफोरको दागबाट छुटकारा पाउनको लागि आलुको बोक्रालाई त्यस हिस्सामा लगाउनुहोस् । आलु एक किसिमको प्राकृतिक ब्लिच हो जसले छालाको समस्यालाई समाधान गर्नुको साथसाथै अनुहारमा चमक पनि ल्याँउछ ।

६. बेसन

बेसन, बेसार र दही मिसाएर गर्धन र शरीरमा मसाज गर्नुहोस् र फेरि यसलाई सुक्न दिनुहोस् । १४–२० मिनेटसम्म लगाएर त्यसपछि नुहाउनुहोस् । सातामा एक पटक यस्तो गर्नाले गर्धनको कालोपना हराउँछ ।

७. मह र कागती

एक चम्चा महमा कागतीको रस मिसाएर अनुहारमा मालिस गर्नुहोस् फेरि मनतातो पानीले सफा गर्नुहोस् । दैनिक यसो गर्नाले तपाईंको अनुहारको रुखोपना हट्छ र छाला मुलायम हुन्छ ।

८. दुध र गुलावजल

छालालाई स्वस्थ र चमकदार बनाउनको लागि कागतीको रसमा दुध र गुलाबजल मिसाएर दैनिक अनुहारमा लगाउनुहोस् ।

९. दही 

दैनिक २ चम्चा दही, २ वटा अण्डा र एउटा कागतीको र ५ थोपा मह मिसाएर प्याक बनाउनुहोस् अब यसलाई कपालमा लगाएर १० मिनेटसम्म छोडिदिनुहोस् । फेरि स्याम्पुले कपाललाई धुनुहोस् । यसले कपाल झर्ने समस्या टाढा हुन्छ र कपाल सिल्की हुन्छ ।

१०. पाकेको मेवा

पाकेको मेवाको बोक्रा उतारेर त्यसको गुदि अनुहारमा लगाउनुहोस् । यसले छालामा निखार आउँछ ।

११. चिनी

चिनीको थोरै मात्रामा जैतुनको तेल मिसाएर अनुहारमा लगाउनुहोस् र हल्का हातले कोतर्नुहोस् । यो यस्तो एक प्राकृतिक स्क्रब हो जसले छालाको डेड स्किन निकाल्न मद्धत गर्छ ।

१२. प्याजको रस

प्याजको रस लगाएर पनि तपाईंले आफ्नो अनुहारलाई चम्किलो र मुलायम बनाउन सक्नुहुन्छ ।



source https://www.onlinekhabar.com/2020/11/906748

अमेरिकी राष्ट्रपतिको चुनाव : के गर्दैछन् सोसल मिडिया कम्पनीहरु ?

काठमाडौं । नोभेम्बर ३ मा हुने अमेरिकी राष्ट्रपतीय चुनावको नतिजा यसपटक एकैरातमा आउने सम्भावना छैन । हुलाकमार्फत गरिएका मतदानको संख्या अभूतपूर्व रुपमा धेरै भएसँगै चुनावको नतिजा आउन ढिला हुनेछ र मतदान सकिएसँगै पूर्ण नतिजा आउन हप्तौँसमेत लाग्नसक्ने अनुमान गरिएको छ ।

र, पूर्ण नतिजा आइनसकेको उक्त अनिश्चयपूर्ण अवधिमा अमेरिकामा आम अशान्ति अर्थात् सिभिल अनरेस्ट हुनसक्ने जोखिम छ ।

सो अवधिमा डेमोक्र्याट र रिपब्लिकन दुबै दलले आफ्नो विजय दाबी गर्ने तथा चुनावी नतिजाबारे विभिन्नखाले गलत जानकारीहरुको समेत बाढी आउन सक्नेछ ।

आम मानिसमा बढ्ने क्रोधका साथै सोसल मिडियाहरुमा फैलिने फेक न्यूज र हेट स्पीच अर्थात् घृणा फैलाउने अभिव्यक्तिहरुले तनावको आगोमा घिउ थप्ने चिन्ता छ ।

यस्तो सम्भावनाका बीच ठूला प्रविधि कम्पनीहरुले जोखिम न्यूनिकरणका लागि कस्तो योजना बनाइरहेका छन् त ?

एउटा केन्द्रीय विकल्प भनेको निश्चित समयका लागि सोसल मिडिया एपहरु बन्द गर्ने पनि हुनसक्छ । सोसल मिडिया कम्पनीहरुले आम अशान्तिको अवस्थालाई रोक्नका लागि यस्तो उपाय समेत अपनाउन सक्दछन् । तर हालसम्म उनीहरुले सोसल मिडिया प्लाटफर्म बन्द गर्ने कुनै निर्णय भने गरिसकेका छैनन् । त्यसको साटो सोसल मिडियामा प्रस्तुत गरिने सामाग्रीहरुमा विभिन्न खालका पावन्दीहरुको घोषणा चाहीँ गरिसकिएको छ ।

ट्वीटर

अमेरिकी राष्ट्रपति चुनावको दिन अर्थात् नोभेम्बर ३ पछि चुनावको नतिजा नआउँदा सम्मको अवधिमा उम्मेदवारलाई ट्वीटरमा आफ्नो विजय दाबी गर्न ट्वीटरले रोक लगाउने भएको छ ।

साथै निर्वाचन प्रक्रियामा हस्तक्षेप गर्न प्रोत्साहन गर्ने खालका सामाग्रीहरु ट्वीट तथा रिट्वीट गर्नमा उम्मेदवारहरुलाई रोक लगाइनेछ ।

यदि उम्मेदवारले त्यस्ता सामाग्रीहरु ट्वीट, रिट्वीट गरेमा उनीहरुका ती सामाग्री हटाइदिने वा निलम्बन गरिदिने योजना चाहिँ ट्वीटरको छैन । उसले त्यस्ता ट्वीटमा लेबल लगाइदिनेछ र निर्वाचनको आधिकारिक नतिजा र जानकारी दिने स्रोतको लिंक राखिदिनेछ ।

फेसबुक

उता फेसबुकले अवस्था नाजुक बनेको खण्डमा जुनसुकै उपलब्ध विकल्पहरुमा जान सकिने बताइसकेको छ । तर त्यस्तो विकल्प के हुने भन्ने चाहिँ उसले खुलाएको छैन ।

यद्यपि वालस्ट्रिट जर्नलका अनुसार फेसबुकले हिंसा तथा फेकन्यूज फैलाउने भाइरल पोस्टहरुलाई दबाउनका लागि न्युजफिजको अल्गोरिदममा परिवर्तन गर्ने योजना बनाएको छ ।

साथै निर्वाचन परिणामका बारेमा भ्रमपूर्ण सूचनासँग सम्बन्धित विभिन्न ह्यासट्यागहरु निस्क्रिय पार्ने लगायतका कदम समेत फेसबुकले चाल्न सक्नेछ । फेसबुकले श्रीलंका र म्यानमार लगायतका देशमा यस्ता उपायहरु यसअघि अपनाइसकेको छ ।

फेसबुकले मतदानका बारेमा राखिएका भ्रमपूर्ण सूचनाजन्य सामाग्रीहरुमा लेबलिङ गर्ने कार्य अहिले पनि गरिरहेको छ । साथै राष्ट्रपतीय चुनावको नतिजाबारे निरन्तर अद्यावधिक विवरणको समाचार प्रशारणका लागि फेसबुकले रोयटर्ससँग सहकार्य गरेको छ ।

रेडिट

उता अर्को सोसल मिडिया प्लाटफर्म रेडिटचाहिँ फेसबुक र ट्वीटरभन्दा एक कदम अगाडि बढेको छ । चुनावी नतिजालाई गलत ढंगले प्रस्तुत गर्ने वा भ्रमित गराउने खालका सामाग्रीलाई रेडिटमा अनुमति दिइनेछैन र त्यस्ता सामाग्रीहरुलाई साइटबाट हटाइनेछ ।

साथै रेडिटले मतदान पश्चातका अद्यावधिक घटनाक्रम र नतिजाका बारेमा एउटा डेडिकेटेड पेज नै तयार गरेको छ । रेडिटले मतदानको अर्को दिनदेखि आम सर्वसाधारणका चुनाव सम्बन्धी जिज्ञासाको विज्ञमार्फत् जवाफ दिनका लागि Ask Me Anyting नामक सिरिज समेत सुरु गर्नेछ ।

गुगल र युट्युब

चुनावको नतिजा सम्बन्धी आधिकारिक समाचार सम्प्रेषण गर्नका लागि गुगलले समाचार एजेन्सी एपीसँग सहकार्य गरेको छ ।

त्यसैले अमेरिकी चुनावको मुख्य दिनपछि गुगल सर्चमा Who won the election ? भनेर सर्च गर्दा एसोसिएटेड प्रेस (एपी)को चुनावी अद्यावधिक नतिजा सम्बन्धी पेज देखा पर्नेछ । साथै गुगलले मतदानको दिनपछि चुनाव, उम्मेदवार वा नतिजाका विषयमा कुनैपनि विज्ञापनमा रोक लगाउनेछ । चुनाव पश्चात् नतिजाको बारेमा भ्रम सिर्जना गर्ने भयका कारण यस्ता विज्ञापनहरुमा रोक लगाइएको गुगलको भनाइ छ ।

त्यस्तै युट्युबले मतदान सम्बन्धी भ्रमपूर्ण दाबीहरु तथा प्रजातान्त्रिक प्रक्रियामा बाधा पूराउन उक्साउने खालका सामाग्रीहरुलाई युट्युब प्लाटफर्ममा बन्देज लगाइने बताएको छ । साथै हुलाकमार्फत् मतदान गरी पठाइएका मतपेटिकाहरुका मतपत्र साटफेर गरिएको भन्ने खालका भ्रमणपूर्ण सामाग्रीहरुलाई समेत युट्युबबाट हटाइनेछ । साथै हिंसालाई प्रोत्साहन गर्ने खालका सामाग्रीहरुमा पनि पूर्ववत् रुपमा रोक लगाइएको हुनेछ ।

स्नापच्याट

अन्य सोसल मिडिया कम्पनीहरुभन्दा स्नापच्याट केही फरक देखिएको छ । यो प्लाटफर्ममा अन्यमा जस्तो न्युजफिड नभएको र यसको छुट्टै प्रकृतिका कारण पनि यसबाट गलत सूचना भाइरल भएर फैलिने जोखिम कम हुन्छ । तथापि स्नापच्याटको डिस्कभर सेक्सनमा स्नापच्याट स्टार्सका सामाग्रीहरु देखिने भएको हुँदा स्नापच्याट स्टारहरुलाई कुनैपनि हालतमा भ्रमपूर्ण र गलत सूचना नफैलाउन सचेत गराएको छ । प्लाटफर्मलाई कुनै पनि अर्थमा दुरुपयोग गरिनसक्ने जोखिमलाई मध्यनजर गर्दै स्नापच्याटले टास्कफोर्स गठन गरेको जनाएको छ ।

टिकटक

चुनावी प्रक्रियाको अवधिभर आफूले स्वतन्त्र तथ्य परीक्षकहरुसँग सहकार्य गरिरहेको टिकटकले जनाएको छ ।

मतदान तथा राष्ट्रपतीय चुनाव सम्बद्ध सबैखाले गलत र भ्रमपूर्ण सामाग्रीहरुलाई टिकटकबाट हटाइने उसले जनाएको छ ।

साथै कुनै पनि प्रयोगकर्ताले चुनाव सम्बन्धी गलत सूचना तथा सामाग्रीहरु राखेको खण्डमा अन्य प्रयोगकर्ताले उजुरी गर्नसक्ने गरी टिकटकले आफ्नो एपमा इलेक्सन मिस्इन्फर्मेसन नामक फिचर थप गर्दैछ ।

चुनावको अत्यन्तै महत्वपूर्ण समयमा टिकटक प्लाटफर्मको विश्वसनीयतालाई कायम राख्दै टिकटक समुदायलाई सहयोग गर्न प्रतिबद्ध रहेको उसले जनाएको छ ।

यावत् तथ्यहरुबाट के प्रष्ट हुन्छ भने सर्वाधिक चर्चित सोसल मिडिया प्लाटफर्महरुले अमेरिकी राष्ट्रपतीय चुनाव र त्यसपछिको अवस्थालाई गम्भीर रुपमा लिएका छन् । उनीहरुले हाल घोषणा गरेका त्यस्ता कदमहरु पर्याप्त हुन्छन् वा हुँदैनन् त्यो भने केही दिनपछि देखिनेछ ।

–बीबीसीबाट



source https://www.onlinekhabar.com/2020/11/906584

कास्कीमा थप एकजना कोरोना संक्रमितको मृत्यु

१६ कात्तिक, काठमाडौं । कास्कीमा थप एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

यही कात्तिक ४ गते कोरोना संक्रमण पुष्टि भई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड-१९ उपचार केन्द्रमा उपचाररत अन्नपूर्ण गाउँलिका-३ का ४७ वर्षीय पुरुषको शनिबार राति साढे ११ बजे मृत्यु भएको हो ।

यससँगै प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु हुने कोरोना संक्रमितको संख्या २४ पुगेको छ ।



source https://www.onlinekhabar.com/2020/11/906576

अनौठो टापु जसले हरेक ६ महिनामा देश बदल्छ

काठमाडौं । संसारमा हजारौँ टापुहरु रहेका छन् । कैयन् टापुहरु आफ्ना खास खास विशेषताका कारण चर्चित पनि छन् । यस्तै चर्चित टापुमध्येको एउटा टापु फ्रान्स र स्पेनको बीचमा रहेको छ । यो टापु सायद दुनियाको एकमात्र यस्तो टापु हो जसको राष्ट्रियता वर्षमा दुईपटक बदलिन्छ ।

हो, यो टापु दुईदेशको संयुक्त कब्जामा छ । फ्रान्स र स्पेनले यो टापुमा ६–६ महिना पालैपालो शासन गर्दछन् । त्यसैले यो टापुले एक वर्षमा दुईपटक आफ्नो देश बदल्छ ।

यो टापुको नाम फिजेन्ट आइल्याण्ड हो । यसलाई फ्रेन्च तथा स्पेनिस भाषामा फेसेन्स टापु भनिन्छ ।

दुई देशको संयुक्त स्वामित्वमा रहेको यो टापुलाई बाँडीचुँडी पालैपालो शासन गर्ने फ्रान्स र स्पेनबीच यसको विषयलाई लिएर पछिल्लो साढे ३ सय वर्षदेखि झैझगडा भएको छैन । सहमतिमै स्वामित्वको लेनदेन हुने गरेको छ । यो परम्परा पछिल्लो साढे ३ सय वर्षदेखि चलिआएको छ ।

हरेक वर्ष फ्रेब्रुअरी १ तारेखदेखि जुलाई ३१ तारेखसम्म यो फिजेन्ट टापु स्पेनको स्वामित्वमा रहन्छ । त्यसपछि जुलाई १ देखि जनवरी ३१ सम्म यसमा फ्रान्सको कब्जा हुन्छ ।

फ्रान्स र स्पेनको सीमाक्षेत्रमा रहेको बिदासो नदीको बीचमा यो टापु रहेको छ ।

यद्यपि यो टापुको अवस्था अहिले पूर्णरुपमा शान्त छ । तर इतिहासमा कुनैबेला यो टापुको विषयलाई लिएर फ्रान्स र स्पेनबीच युद्ध समेत भएको थियो । युद्धपश्चात् टापुको विवाद टुंग्याउन दुई देशबीच ३ महिनासम्म वार्ता भयो र सन् १६५९ मा एक सन्धिमा हस्ताक्षर भयो । उक्त सन्धिलाई पाइनिसको सन्धि भनिन्छ ।

उक्त सन्धि अनुसार उक्त विवादित टापुमा दुबै देशको स्वामित्व कायम गरियो र वर्षको आधा आधा समय शासन गर्ने सहमति भयो । उक्त सन्धि फ्रान्स र स्पेनको शाही विवाहसँगै सम्पन्न गरिएको थियो । त्यसक्रममा फ्रान्सका राजा लुई १४ औँले स्पेनका राजा फिलिप चौथोकी छोरी बिहे गरेका थिए ।

यो टापु निकै सानो छ, जहाँ कुनै बसोबास छैन । यसको लम्बाई केवल २ सय मिटर र चौडाई ४० मिटर छ । विगतमा यसको आकार त्यसको दोब्बर थियो । तर नदीमा पानीको तिव्र बहाबले कटान गर्दा यसको क्षेत्रफल घट्दै गएको छ ।

– बीबीसीबाट



source https://www.onlinekhabar.com/2020/11/906580

Saturday, 31 October 2020

खुट्टामा घाउ हुँदा आमामाथि बोक्सीको आरोप, छोराको कुटाइबाट गयो ज्यान

१६ कात्तिक, जनकपुरधाम । भनिन्छ संसारमा सबैभन्दा नजिकको सम्बन्ध आमासँग हुन्छ । आफू भोकै बसेर भए पनि आफ्ना सन्तानलाई खुवाउने र मायाका साथ पालनपोषण गर्ने आमा नै हुन् । तर, तीनै आमालाई कतिपय सन्तानले हेलाको दृष्टिले हेर्छन् र हत्यासम्म गर्न पछि पर्दैनन् ।

सिरहामा एउटा यस्तै घटना भएको छ । यहाँका एक व्यक्तिले जसको कोखबाट जन्म लिए उनैको हत्या गरेका छन् । कर्जन्हा नगरपालिका ३ निवासी ९० वर्षीया सुदामा देवी साहलाई उनको कान्छो छोरा रामअवतार साहले बोक्सीको आरोपमा कुटपिट गरी ज्यान लिएको प्रहरीले जनाएको छ ।

केही दिन अगाडि रामअवतारकी बुहारी मनिषाको खुट्टामा घाउ भएको थियो । घाउ लामो समयसम्म निको नभएपछि आमाले नै बोक्सी लगाएर घाउ बनाएको आरोप उनले लगाए । उनले यो आरोप मात्रै लगाएनन्, निर्घात कुटपिट गर्दै दिसा खुवाउने प्रयाससमेत गरे । ‘दिसा खुवाउनै लाग्दा पुगेको प्रहरी टोलीले बचाएको थियो,’ सिरहा प्रहरीका प्रवक्ता शालिग्राम शर्माले भने ।

रामअवतारलाई प्रहरीले पक्राउ गरिसकेको छ । शुक्रबार नै प्रहरीको नियन्त्रणमा आएका उनले आफ्नो अपराध पनि स्वीकार गरिसकेकाले ज्यान मुद्दा दर्ता हुने शर्माले बताए ।

सुदामाका दुई छोराहरुमध्ये दुवै अलग्गिएपछि आमा एक्लै बस्दै आएकी थिइन् । गत बुधबार कान्छो छोरा रामअवतारको कुटाइबाट सुदामा घाइते भइन् ।

तत्कालै उनलाई उपचारका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पताल लगिएको थियो । डाक्टरहरुले उनको घाँटीको हड्डी नै बाँगिएको र यो उमेरमा उपचार हुन नसक्ने भन्दै दुई दिनपछि घर फर्काइदिएका थिए ।

शनिबार उनको स्वास्थ्य पुनः बिग्रिएपछि सिरहा जिल्ला अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।



source https://www.onlinekhabar.com/2020/11/906566

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More