Friday, 1 January 2021

नेपालीले अंग्रेजलाई हराएको पर्सागढी ओझेलमा

१८ पुस, वीरगञ्ज । ऐतिहासिक गौरव भूमि पर्सागढी संरक्षण र प्रचार प्रसारको अभावमा ओझेलमा परेको छ । वि.सं. १८७१ मा नेपाल सरकार र भारतका तत्कालीन शासक ब्रिटिस सरकारबीचको युद्धमा नेपाल विजयी भएको स्थल हो पर्सागढी ।

बारा, मकवानपुर, सिन्धुलीको जस्तै पर्साको नामाकरण पनि पर्सागढीकै नामबाट राखिएको स्थानीयको दावी छ । राज्यको पुनर्संरचनापछि पर्साको एक नगरपालिकाको नाम पर्सागढी नै राखिएको छ । हाल यो विजयभूमि पर्सागढी नगरपालिका–६ बागेश्वरी चैनपुरमा पर्छ ।

वीरगञ्जबाट १८ किलोमिटर उत्तर पश्चिम र वीरगञ्ज–पथलैया सडकखण्डको जीतपुरबाट १५ किलोमिटर दक्षिण पश्चिम गएपछि पर्सागढी पुगिन्छ । पर्सागढीमा सिन्धुली र मकवानपुर गढीमा जस्तो गढी छैन । १८७१ को ऐतिहासिक युद्ध स्थलको पृष्ठभूमिबारे पर्याप्त अध्ययन हुन सकेको छैन । ब्रिटिससँग युद्धको बेला नेपाल तर्फबाट मुख्य भूमिका निवाह गर्ने रञ्जित चौधरीको घर पर्सागढी नै भएको स्थानीय बताउँछन् ।

युद्धको समयमा अंग्रेजले चलाएको तोपका गोलाहरुको अवशेषहरु पनि स्थानीयसँग छ । स्थानीयका अनुसार पर्सागढी–४ छोटैलीमा इमलीको रुखमा गोला लागेर रुखलाई चिरा पारेको थियो । त्यो गोलालाई स्थानीयले संरक्षण गरेर राखेका छन् । खेतबारी खन्ने क्रममा पनि कतिपयले पुराना अवशेषहरु फेला पार्ने गरेका थिए ।

यसरी भएको थियो युद्ध

तत्कालीन मुख्तियार भीमसेन थापाले बुटवल र स्युराज तर्फका केही विवादित भूमि आफ्नो नातेदारहरुलाई दिन खोजेका थिए । ती जमिनहरु अवधका नवाबले पाल्पाली राजालाई आय समेत उठाएर खानू भनी दिएका थिए । तर ती भू–भागमा नेपालको स्वामित्वलाई अंग्रेजले स्वीकार गरिरहेको थिएन ।

जसले गर्दा गभर्नर जनरल अफ मोयराले कम्पनी सरकारको तर्फबाट स्थलगत जाँचबुझका लागि मेजर पेरिस ब्राडसालाई खटाएका थिए । विवादित भूभाग कम्पनी सरकारको स्वामित्वमा रहेको प्रतिवेदन ब्राडसाले पेस गरेका थिए । त्यसपछि दुई देशबीच विवाद उत्पन्न भएको थियो ।

पर्सागढीमा पुग्ने जो कोहीले सिन्धुली, मकवानपुर गढीमा जस्तो परिकल्पना गरेका हुन्छन् । तर त्यहाँ न किल्ला छ न कुनै पुरातात्विक अवशेषहरु नै

नेपाली फौज विवादित भूमिमा पुगी कम्पनी सरकारको विवादित भूमिलाई कब्जा गरेका थिए । त्यसबखत गभर्नर जनरल मोयराले नेपाल सरकार समक्ष कडा विरोध पत्र पठाएका थिए । पत्रलाई गम्भीरताका साथ नलिई नेपाल सरकारले आलटाल गर्न खोज्यो ।

त्यसबाट रुष्ट बनेका गभर्नर जनरल मोयराले नेपालविरुद्ध युद्धको घोषणा गरे । वि.सं. १८७१ पुस १९ गते नेपाल सरकार र भारत उपनिवेश बनाएर शासन गर्दै आएको ब्रिटिस सरकारबीच युद्ध भएको थियो ।

सतलज, देहरादुन, बुटवल, वीरगञ्ज र मोरङ गरी पाँच ठाउँबाट धावा बोलेको इतिहास भेटिन्छ । पश्चिम क्षेत्रबाट कर्णेल डेभिड अक्टरलोक्स, गढवालतर्फबाट मेजर जनरल जिलेस्पी, गोरखपुरतर्फबाट जनरल सुलेभान उड, मकवानपुर (वीरगञ्ज) तर्फबाट मेजर जनरल बेनट मार्ले र पूर्वतर्फबाट क्याप्टेन ल्याटरले ईष्ट इन्डिया कम्पनी फौजको नेतृत्व गरेका थिए ।

हमलाको क्रममा दुई स्थानमा नेपाली सेना पराजित भएको थियो भने तीन स्थानमा नेपाली सेना विजयी भएको थियो । नेपालले विजय प्राप्त गरेको स्थलमध्ये एक पर्सागढी हो । महेश राज पन्तले लेखेको नेपाल अंग्रेज युद्धको दोस्रो चरण भन्ने पूर्णिमा वर्ष २ अंक २ (वि.सं. २०२२) पृष्ठ ७१ मा यसबारे उल्लेख गरेका छन् ।

स्थानीयका अनुसार अंग्रेज सेनाले नेपालको पर्सास्थित अलौं बोर्डर कब्जा गरेको थियो । पर्सा गढीमा समेत आक्रमण गरेर पर्सा गाउँ नै खाली गराएका थिए । त्यसपछि उनीहरु पर्सागढीमा क्याम्प खडा गरेर बसेका थिए । जिंगना पचरुखी, चैनपुर बागेश्वरी, हरपुर, बागबाना र विरुवाबकर्नेवाका बासिन्दा र अगुवाहरुलाई ठूलो चिन्ताको विषय बनेको थियो ।

बागवानाका रञ्जित चौधरीको अगुवाइमा पाँचवटै गाउँ भेला भई लडाइँका लागि अन्न संकलन, हातहतियारको तयारीसँगै युद्धको रणनीति बनाएर जिम्मेवारी बाँडफाट गरेका थिए । युद्ध रणनीतिको चाखलाग्दो पक्ष भनेको आधुनिक हातहतियार नभएर बौद्धिक खालको थियो ।

उनीहरुले पर्सागढी नजिकै रहेको तिलावे र सिंग्याही दोभानमा बाँध बाँधेका थिए । साँझको समयमा भैंसी, राँगा र गोरुहरुको सिङ्मा मसाल बालेर छोडिदिएर डरलाग्दो दृश्य सृजना गरेर क्याम्पतिर पठाएका थिए । त्यसपछि स्थानीय बासिन्दाहरु आफूसँग भएको घरेलु हातहतियारसहित गएर अंग्रेजको क्याम्पमा आक्रमण गरेका थिए । ठूलो राँके जुलुस देखेपछि अंग्रेज सेना भाग्न थाले । भगौडाहरु नदीमा हाम फाल्न बाध्य भए । कतिपय अंग्रेज सेना पानीमा डुबेर मरे, बाँकीलाई पूर्व तयारीका साथ बसेका स्थानीय बासिन्दाले अंग्रेज सेनालाई पानीमा डुबाउने र खुकुरी, तरबारले शिर मुण्डन गरिदिएका थिए । यो युद्धकलाबाट स्थानीयले १८७१ पुस १९ गते अंग्रेजी सेनालाई पराजित गरेको बताइन्छ ।

वि.सं. १८७१ साल चैत ८ मा राजा ग्रिवाणयुद्ध विक्रम शाहद्वारा प्राण साह, भिमसेन थापा, उदय गिरी, शमसेर शाह, रणध्वज थापा र दल भञ्जन पाण्डे मार्फत पर्सागढीको लडाइँमा रञ्जित चौधरीले पुर्याएको योगदानको कदर गर्दै लाल मोहर दिइएको तथ्य स्थानीयसँग छ । लालमोहरमा पर्सागढीको लडाइँमा रञ्जित चौधरीले मेहनत गरेको उल्लेख गर्दै बसडिल्वा र लोरिआड गाउँहरुमा वि.सं. १८७२ वैशाखदेखि राजअंकबाहेक जलकर, वनकर आदि विभिन्न दस्तुर उठाई सरकारलाई सुम्पेको उल्लेख छ । चौधरीलाई जग्गा आवाद र गुल्जार गरी त्यसबाट हुने उत्पादन उपभोग गर्ने तथा सन्तान दरसन्तानसम्म वेद वुन्यादको काम गर्न पाउने भनी लालमोहरमा लेखिएको छ ।

‘थारु संस्कृति’ अंक ६ को पृष्ठ ६९ मा रमानन्दप्रसाद सिंहहरुद्वारा र ‘थारु समाजमा प्राप्त ऐतिहासिक दस्तावेजहरुको संग्रह’मा लालमोहर छापिएको छ । नेपाल अंग्रेज युद्धमा रञ्जित चौधरीले मेहनत गरेको भनिए पनि लालमोहरमा कसरी सहयोग गरे भन्ने उल्लेख छैन ।

गढीको वर्तमान अवस्था

पर्सागढीमा पुग्ने जो कोहीले सिन्धुली, मकवानपुर गढीमा जस्तो परिकल्पना गरेका हुन्छन् । तर त्यहाँ न किल्ला छ न कुनै पुरातात्विक अवशेषहरु नै ।

स्थानीय थारु परिवारले गढी परिसरमा मन्दिर तथा गेट निर्माण गरेका छन् । युद्धस्थलमा रञ्जित चौधरीको कुल देवता बन्हर बाबाको मन्दिर र विजय स्तम्भ बनाइएको छ । गढी क्षेत्रमा जाँड, रक्सी, सुँगुर र राँगाको मासु प्रतिबन्धित छ ।

पश्चिमतर्फ माता दुर्गाको जईघर (गर्भ गृह) स्थापना गरी स्थानीय चौधरीहरुले पूजा गर्ने गरेका छन् । बिर्वाका चौधरी परिवारले त्यसमा लगानी गरेका छन् ।

जिंगनाका चौधरी परिवारको संयुक्त लगानीमा पक्की महिषासूर पूजा स्थल, हरपुरका चौधरी परिवारका संयुक्त लगानीमा दादीको मन्दिर बनाइएको छ ।

प्रत्येक वर्ष दसैंको नवमीदेखि मालपोत र जिल्ला प्रशासन कार्यालयबाट पर्सागढीमा बोकाको बलिदिने परम्परा अझै कायम छ । नवमीका दिन धूमधामका साथ पर्सागढीमा मेला लाग्दै आएको बागेश्वरी तित्रौनाका पूर्वगाविस अध्यक्ष रामचन्द्र यादवले जानकारी दिए ।

देशकै गौरव गाथा बोकेको ऐतिहासिक स्थलको विकासको लागि केवल चौधरी परिवार मात्र लागिपरेको देखिन्छ । वि.सं. २०७२ सालमा ऐतिहासिक युद्धको २ सय वर्ष पूरा भएको अवसरमा पर्सागढी महोत्सवको आयोजना गरिएको थियो ।

ब्रिटिस सरकारसँग लडेर विजयी भएका वीर योद्धहरुको वीरगाथालाई इतिहासको पन्नामा सीमित बनाइएकोमा स्थानीय अगुवाहरु चिन्तित छन् । उनीहरु पर्सागढीको महत्वलाई बेवास्ता गरिएको गुनासो गर्छन् ।

पर्सागढी–६ को बागेश्वरी तित्रौनाबाट गढीसम्म जाने बाटो कच्ची छ । खोलामा पुल छैन ।

पर्साको मात्र नभई नेपालकै ऐतिहासिक धरोहर पर्सागढी राज्यको उपेक्षामा पर्दै आएको पर्सागढी मन्दिर संरक्षण समितिका अध्यक्ष वृजमोहन चौधरी बताउँछन् । ‘विगतमा स्थानीय समुदायबीचको मनमुटावले गर्दा ऐतिहासिक युद्धभूमि ओझेलमा पर्यो,’ उनले भने, ‘अहिले स्थानीय सरकार आएको छ, तर पनि यसको संरक्षण र सम्वद्र्धनका लागि खासै चासो देखाएको छैन ।’

राष्ट्रियताको लागि अन्तर्राष्ट्रिय युद्धको विजय अभियानमा सफल योगदान दिने योद्धाहरुको विरगाथालाई इतिहासको पान्नामा सीमित राखिएको छ । ऐतिहासिक, धार्मिक तथा पुरातात्विक महत्वको स्थललाई बेवास्ता गरिएको छ

समय समयमा विभिन्न मन्त्री तथा सांसदहरु गढीमा पुगेर ऐतिहासिक र पौराणिक मान्यतालाई चिनाउँदै पर्यापर्यटनसँग जोड्ने प्रतिवद्धता जनाउँदै आएका छन् । तर कसैले प्रतिबद्धता पूरा नगरेको स्थानीय रुष्ट छन् । गढीको नाममा नामाकरण भएको पर्सागढी नगरपालिकाले समेत गढीको संरक्षणको लागि जति गर्नुपर्ने हो त्यति नगरेको गुनासो स्थानीय सोहन चौधरी गर्छन् ।

नगरपालिकाले प्रत्येक वर्ष बजेट विनियोजन गर्ने गरेको भए पनि त्यसको सदुपयोग हुन नसकेको उपप्रमुख अर्चना चौधरीको भनाइ छ । ‘योजना राखिन्छ तर काम गर्ने बेलामा बिर्सिने समस्या छ,’ उनले भनिन् ।

आकर्षक विजय स्तम्भ निर्माण गर्ने, धर्मशाला, शौचालय बनाउने, वृक्षारोपण गर्दै जाने लक्ष्य नगरपालिकाले लिएको छ । गढीको संरक्षणमा नेपाली सेनाले पनि साथ दिँदै छ । वृहत एकीकरण मार्ग कार्यक्रममा नेपाली सेनाले पर्सागढीलाई समेत जोडेको छ ।

राष्ट्र एकीकरणको समयमा प्रयोगमा ल्याइएको बाटो तथा गढीहरुको संरक्षण गर्ने कार्यक्रम अन्तर्गत पर्सागढीमा के गर्न सकिन्छ भनेर छलफल भइरहेको वीरगञ्जस्थित चण्डी प्रसाद गणका गणपति प्रमुख सेनानी मदनजंग राणा बताउँछन् ।

‘एकीकरणको समयमा प्रयोगमा ल्याइएको बाटो र गढीहरुको संरक्षण गर्ने कार्य नेपाली सेनाले थालेको छ । पर्सागढीको बारेमा पनि लेखापढीको काम भइसकेको छ,’ उनले भने, ‘सबैभन्दा पहिले त विजय स्थललाई सबैले चिन्न पर्यो । भनेर लागेका छौं । गढीको ऐतिहासिक महत्वको प्रवर्द्धन र प्रचार प्रसार गर्ने लगायतका कार्यमा जुटेका छौं । स्थानीय तहसँग मिलेर संरक्षणको पाटोमा काम गर्न सकिन्छ ।’

पुस १९ गते विजयी भएको दिन विजय उत्सव मनाउने र त्यसपछि गढी संरक्षणका अन्य कार्यहरुलाई कसरी अगाडि बढाउने भनेर कार्ययोजना बनाउने उनी बताउँछन् ।

होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जले पनि ऐतिहासिक धरोहरको संरक्षण, प्रवर्द्धन र प्रचार प्रसारमा चासो दिएको छ । संघका अध्यक्ष हरि पन्त पर्यटकीय स्थलहरुलाई आकर्षक बनाउन आवश्यक देखिएको बताउँछन् ।

‘स्थानीय धार्मिक तथा ऐतिहासिक महत्वका पर्यटकीय क्षेत्रको संरक्षण गर्नुपर्छ । त्यसले आन्तरिक मात्रै नभएर बाह्य पर्यटकलाई समेत आकर्षित गर्छ,’ उनी भन्छन्, ‘जो कोहि पर्सागढी पुग्दा नेपाल अंग्रेजबीच भएको ऐतिहासिक युद्ध ताजा हुनुपर्छ । अहिले त्यस्तो अनुभूति भएन, तर सबैले मिलेर बनाउनुपर्छ ।’

संघले पुस ४ गते नै पर्यटन पत्रकार संघ पर्सा, पर्सागढी नगरपालिका र नेपाली सेनासँग मिलेर पर्सागढी प्रवर्द्धन तथा प्रचारका लागि अवलोकन भ्रमण गरिसकेको छ ।

फूलबारी, मन्दिर क्षेत्र र अन्यत्रको गरी गढीको २४ कठ्ठा जमिन रहेको स्थानीय बताउँछन् । स्थानीय रामचन्द्र प्रसाद यादव र विन्देश्वर यादवले गढीको जग्गा व्यक्तिगत भोगचलन गरेका छन् । नगरपालिकाले जग्गा प्राप्तिको लागि पहल थालेको छ । उनीहरुले त्यसमा सकारात्मक प्रतिक्रिया दिएका छन् । उपप्रमुख चौधरी पर्सागढीको जग्गा चारैतिरबाट अतिक्रमण भएको बताउँछिन् ।

विजय स्तम्भको नक्सा समेत तयार भइसकेको छ । पर्सागढी परिसरमा भएका भवन तथा जग्गाहरुको संरक्षण गर्ने, पोष्टर, फ्लेक्स, फोटोहरु तयार गरी जिल्लाका विद्यालय, प्रशासन, अन्य निकायका व्यक्तिहरु समावेश गरी जानकारीमूलक कार्यक्रम सन्चालन गर्ने योजना छ । पर्सागढीको लडाइँमा नेपाली फौजको नेतृत्व गर्ने रञ्जित चौधरीको सालिक निर्माण गर्ने, सम्बन्धित सरोकारवाला स्थानीय सरकार पुरातत्व विभागबाट आवश्यक समन्वय र पहल गरी माष्टर प्लान तयार गरी आवश्यक कार्यान्वयन गर्ने, एतिहासिक महत्व झल्कने पुस्तिका निर्माण गर्ने तयारी भइरहेको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ इतिहासको संरक्षण हुन नसके मेटिएर जानसक्ने बताउँछन् । ‘पर्सागढी ऐतिहासिक महत्व झल्काउने स्थान हो, पुरातत्व विभागमा सूचीकृत गरेर संरक्षण गर्नुपर्छ,’ उनले भने, ‘थारु सँस्कृति र चुरेको नजिकै भएकाले पर्सागढी पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण छ । पर्यटकलाई आकर्षित गर्ने थप कुराहरु पैदा गरौं ।’

सार्वजनिक सम्पत्तिको संरक्षणमा स्थानीय प्रशासनले आवश्यक सहयोग गर्ने प्रतिबद्धता उनले जनाए ।

स्थानीय वास्तु सिल्पले पर्सागढीको संरक्षण गर्नुपर्छ : चन्द्रकिशोर

राष्ट्रियताको लागि अन्तर्राष्ट्रिय युद्धको विजय अभियानमा सफल योगदान दिने योद्धाहरुको विरगाथालाई इतिहासको पान्नामा सीमित राखिएको छ । ऐतिहासिक, धार्मिक तथा पुरातात्विक महत्वको स्थललाई बेवास्ता गरिएको छ ।

बरिष्ठ पत्रकार चन्द्रकिशोर नेपालमा अंग्रेजसँग खास समुदाय लडेको र सहयोग गरेको इतिहासमा देखिएको भए पनि राज्यले जति अध्ययन अनुसन्धान गर्नुपर्ने हो त्यति नगरेको बताउँछन् । उनी पर्सागढीमा मौलिक साँस्कृतिक महत्व झल्काउने गरि संरक्षण गर्नुपर्नेमा जोड दिन्छन् ।

‘सिन्धुलीगढी र मकवानपुरगढीमा जुन किसिमको पुरातात्विक अवशेष छ, पर्सागढीमा छैन, त्यस किसिमको भावना पैदा गर्ने काम हुन पनि सकेको छैन । स्थानीय र प्रदेश सरकारले वेवास्ता गरेको छ,’ उनले भने, ‘कंक्रिटको पर्खाल, मन्दिर वा धर्मशाला बनाइदिने काम हुन्छ । त्यसरी पुरातात्विक र ऐतिहासिक स्थलको संरक्षण हुँदैन । स्थानीय वास्तु सिल्पको आधारमा मौलिक साँस्कृतिक झझल्को दिने हिसाबले संरक्षण र निर्माण हुनुपर्छ । त्यसले नै पर्यटकलाई आकर्षित गर्छ ।’ पर्सागढी तराईका स्थानीय बासिन्दाले नेपाली पक्षलाई युद्धमा सहयोग गरेको ऐतिहासिक र राष्ट्रिय एकताको प्रतीक भूमि भएको उनको भनाइ छ ।

ईंटा ओछ्याएर सडक बनाउने प्रकृति र वातवरणमैत्री संरचना बनाएर अन्य ठाउँभन्दा फरक देखाउन सके मात्रै पर्यटक आउने उनी बताउँछन् । ‘हिमाल, पहाड, निकुञ्ज वा ताल मात्रै हैन, साँस्कृतिक ऐतिहासिक सम्पदासमेत पर्यटकीय स्थल हुन् । संघीय नेपालमा पृथक ढंगले पर्यटकीय संभावना खोजिनुपर्छ,’ उनले भने, ‘राष्ट्रिय एकता, राष्ट्रियता र राष्ट्रप्रतिको भावना प्रतिविम्बित गर्ने हिसाबले संरक्षणको काम गरिनुपर्छ ।’

बारामा बारागढी, रौतहटको समनपुरलाई समेत जोडेर पर्सागढीको विकास गरिनुपर्ने उनको धारणा छ । संघ र प्रदेश सरकारले खासै वास्ता नगरे पनि स्थानीय तवरबाट इतिहासको कदर र सम्झना स्वरुप गढीलाई संरक्षण गर्दै आएको दावी नगर प्रमुख लोकनारायण यादवको छ ।



source https://www.onlinekhabar.com/2021/01/920698

गद्दी बैठक पुनर्निर्माण : सुटुक्क हटाइयो ब्रिटेनको झण्डा

१८ पुस, काठमाडौं । २०७२ वैशाखको विनाशकारी भूकम्पले क्षतिग्रस्त बसन्तपुर हनुमानढोकास्थित गद्दी बैठक तीन वर्षमा नै पुरानै स्वरुपमा फर्कियो ।

अमेरिकी दूतावास र संस्कृति सम्पदा कोषले पुनर्निर्माण गरेको गद्दी बैठक १३ असार २०७५ मा नेपाललाई हस्तान्तरण गरिएको थियो । त्यही दिन प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसको उदघाटन समेत गरेका थिए ।

तर पुनर्निर्माणका क्रममा सम्झौता विपरीत गद्दी बैठक परिवर्तन गरिएको पाइएको छ । सहरी विकास मन्त्री कृष्ण गोपाल श्रेष्ठले २९ मंसिरमा संसदको विकास तथा प्रविधि समितिमा भनेका छन्, ‘हनुमान ढोकाको नौ तले दरबार सात तलासम्म जस्ताको त्यस्तै मर्मत भएको छ । ग्यालरी बैठकको पनि बाहिरी स्वरूप पहिला जस्तो थियो, त्यस्तै बनाइएको छ, तर त्यसको हरेक प्वालमा रहेको ब्रिटेनको झण्डा हटाइएछ ।’

प्राचीन स्मारक संरक्षण ऐन अनुसार पुराना संरचनाको पुनर्निर्माण गर्दा सम्भव भएसम्म पुरानै सामग्री प्रयोग गर्न र हुबहु बनाउनुपर्ने कानुनी प्रवधान छ । पछिल्लो समय पुनर्निर्माणमा असहजताको लागि नयाँ सामग्रीहरु प्रयोग गरिए पनि संरचनाको स्वरूपमा परिवर्तन गरिएको छैन ।

तर वसन्तपुरको गद्दी बैठकको डिजाइनमा भने नजानिँदो पाराले परिवर्तन गरिएछ । पहिलेको जस्तै पुनर्निर्माण गरेको भनिए पनि गद्दी बैठकको पश्चिम मोहोडामा परिवर्तन गरिएको मन्त्री श्रेष्ठले जानकारी दिए ।

पुनर्निर्माणको क्रममा डिजाइन परिवर्तन गरिएको गद्दी बैठक

अमेरिकाको एम्बासडर्स फण्ड फर कल्चरल प्रिजर्भेसन अन्तरगत ७ लाख डलर सहयोगमा पुनर्निर्माण गर्दा संरचना फेरेको पाइएको पुरातत्व विभाग बताउँछ । विभागका अधिकारीहरु काम सकिने बेला थाह पाए पनि भत्काउन सक्ने अवस्था नरहेकाले चुप लागेर बसेको बताउँछन् ।

विभागका तत्कालीन महानिर्देशक भेषनारायण दाहाल पुरानै संरचना अनुसार पुनर्निर्माण गर्ने सम्झौता भएपनि हस्तान्तरण गर्ने बेलामा बदलिएको पाइएको बताए। त्यो काम पुरातत्वको मान्यता एवं प्राचीन स्मारक संरक्षणसम्बन्धी ऐन विपरीत रहेको उनले बताए ।

पश्चिमी मोहोडामा बेलायतको झण्डा देखिने छिद्रहरुलाई पुनर्निर्माणको क्रममा अर्कै स्वरुप दिइएको थियो । तर सो विषयलाई धेरैले चासो दिएनन् । चासो दिएकाहरु पनि त्यसलाई सामान्य मानेर गुपचुप बसे । यसबाट एक सय १० वर्ष पुरानो गद्दी बैठकबाट बेलायती झण्डा नामेट भएको छ ।

१९ औं शताब्दीमा नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध भारतमा सीमित थियो । जंगबहादुरले युरोप भ्रमण गरेपछि उताका पाहुना पनि आउने क्रम सुरु भएको थियो । विदेशीलाई स्वागत गर्न विशिष्ट किसिमको छुट्टै बैठक कक्षको आवश्यकता महसुस गरेर प्रधानमन्त्री चन्द्र शमशेरको पालामा १९६५ सालमा वसन्तपुर दरबारमा युरोपेली वास्तु शैलीमा बेलायती बैठक (गद्दी बैठक) निर्माण गरिएको थियो ।

सुरुमा यो भवनमा विदेशी पाहुनाहरुसँग राजाको औपचारिक भेटघाट आयोजना हुन्थ्यो । राजा नारायणहिटी दरबारमा बस्न थालेपछि यसको प्रयोग कम हुँदै गयो । अहिले यसको प्रयोग राष्ट्रप्रमुखले जीवित देवी कुमारीको दर्शन र वसन्त श्रवण गर्दा मात्र हुन्छ ।



source https://www.onlinekhabar.com/2021/01/920682

सम्झौता नवीकरणको काम छिटै सम्पन्न होस् : जिदान

१८ पुस, काठमाडौं । स्पानिस क्लब रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले आफ्नो टिमका खेलाडीहरुको सम्झौता नवीकरण चाँडै हुने आशा राखेका छन् । ला लिगामा शनिवार हुने सेल्टाभिगोविरुद्धको खेलअघि मिडियासँग बोल्दै जिदानले सम्झौताको अवस्थालाई चाँडै मिलाउन आग्रह गरेका हुन्

समरमा सम्झौताको म्याद सकिने खेलाडीहरु अन्य क्लबसँग कुराकानी गर्न स्वतन्त्र हुनेछन् । त्यसैले जिदानले सम्झौताको नवीकरण चाँडै होस् भन्ने चाहेका छन् । ‘हामी यो काम छिटो सम्पन्न होस् भन्ने चाहन्छौँ,’ लुका मोडरिच, लुका भाजक्वज र सर्जियो रामोसको बारेमा सोध्दा जिदानले भने, ‘यो सबैको भलाइको लागि हो । परिस्थितिहरु छिट्टै मिलाइयोस् ।’

यद्यपि जिदानले डेभिड अलावा वा रियल मड्रिडले अनुबन्ध गर्न सक्ने अन्य खेलाडीको बारेमा कुरा गर्न चाहेनन् । ‘हामीसँग अहिल्यै ठूलो टोली छ । हामी भोलिको खेलको बारेमा सोचिरहेका छौँ,’ उनले भने, ‘हामी भोलि राम्रो टिमको सामाना गर्दैछौँ र उनीहरुले राम्रो खेलिरहेका छन् । उनीहरूसँग इगो एस्पसको रूपमा फरक निर्माता छन्, जो उत्कृष्ट छन् ।’

एट्लेटिको मड्रिड र रियलमध्ये उपाधि जित्न को दाबेदार भन्ने प्रश्नमा जिदान अस्पष्ट थिए । ‘उनीहरु पहिलो स्थानमा छन् र अग्रता लिइरहेको छ । तर कुरा त्यही हो,’ उनले भने, ‘मलाई लाग्दैन कि यो हामी र उनीहरुबीचको उपाधि रेस हो । यो एक खुल्ला दौड हो ।’

जिदानले वर्ष २०२१ एडेन हाजार्डको वर्ष हुने आशा समेत राखेका छन् । ‘उनीप्रति हामी विश्वस्त छौँ,’ जिदानले भने, ‘उनीसँग कठिन समय थियो तर हामी विश्वस्त छौं कि उनले हामीलाई सहयोग गर्न सक्नेछन् । उनले के गर्न सक्छन् भनेर उनी यहाँ देखाउन आएका हुन् । हामी अलि-अलि गर्दै उसलाई हामीसँगै फेरि भेट्ने छौं ।’

अन्तमा, जिदानले आफ्नो भविष्यको बारेमा समेत छलफल गरे । उनले भने, ‘यो यस्तो जागिर हो जसले तपाईंलाई काम लगाउँछ तर मलाई यो काम मन पर्छ र रमाइलो गरिरहेको छु । मलाई थाहा छैन भविष्यमा के हुन्छ, तर म प्रत्येक क्षणमा रमाइलो गर्छु ।’

जिदानले यो वर्ष इन्जुरी नहोस् भन्ने आशा गरेका छन् । ‘वर्षको लागि मेरो इच्छा ? कुनै चोट नहोस्, हामीले उपाधि जित्ने कोशिस गर्ने र दुःख भोगिरहेकाहरुका लागि राम्रो समय होस् ।’



source https://www.onlinekhabar.com/2021/01/920691

के हो क्यानले नियुक्त गरेको क्रिकेट म्यानेजरको काम ?

१८ पुस, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नियुक्त गरेका क्रिकेट म्यानेजर जनरल म्यानेजर र फाइनान्स म्यानेजरले २०२१ जनवरी १ देखि ओपचारिक रुपमा काम सुरु गरेका छन् ।

डिसेम्बर १५ मा नियुक्त भएका क्रिकेट म्यानेजर विनोद दास, जनरल म्यानेजर रौनक मल्ल र फाइनान्स म्यानेजर रमेश कुमार न्यौपानेले शुक्रबारदेखि कार्यलय पुगेर औपचारिक रुपमा काम सुरु गरेका छन् ।

क्यानले अष्ट्रेलियन विश्वकप विजेता डेव वाटमोरलाई पनि जनवरी १ देखि नै लागु हुनेगरी मुख्य प्रशिक्षक पदमा नियुक्त गरेको छ । क्यान सचिव अशोकनाथ प्याकुरेलले प्रशिक्षक नियुक्त भएपछि वाटमोर जनवरी पहिलो साताको अन्तिमसम्म नेपाल आइपुग्ने बताएका थिए ।

यस्तै खेलाडीहरु उनको आगमनले उत्साहित बनेका छन् । वाटमोर बाहेक क्यानले नियुक्त गरेको अर्का चर्चित पात्र हुन् राष्ट्रिय टिमका पूर्व कप्तान विनोद दास । दासले सन् २००० को दशकमा यू-१९ देखि सिनियर टिमसम्मको कप्तानी गरेका थिए ।

यस्तै उनले प्रशिक्षकको रुपमा यू-१९ पुरुष टिम र महिला सिनियर टिमको प्रशिक्षकको भूमिका निर्वाह गरिसकेका छन् । यस्तै एभरेष्ट प्रिमियर लिगमा समेत उनले काम गरिसकेका छन् ।

पछिल्लो समय नेपाल क्रिकेटको विकास र राष्ट्रिय टिममा सुधार गर्नुपर्ने धेरै विषयका बारेमा दासले खुलेर बोल्दै आएका थिए ।

नेपाली क्रिकेटलाई दुई दशकदेखि नजिकबाट नियालेका दास क्यानको क्रिकेट म्यानेजरकै लागि उपयुक्त पात्र भएकोमा कुनै शंका छैन ।

खेलाडीको रुपमा सफल रहेका दासले अब मैदान बाहिर रहेर नेपाली क्रिकेटको विकासमा कसरी भूमिका खेल्छन् त्यो हेर्न बाँकी छ । सम्भवत उनको करियरको यो तेस्रो इनिङ्सको रुपमा समेत अघि आएको छ । यसअघि उनले पहिला खेलाडी त्यसपछि प्रशिक्षकको रुपमा आफ्नो क्षमता र दक्षता देखाइसकेका छन् ।

अब क्रिकेट म्यानेजरको रुपमा नेपाली क्रिकेटको समग्र विकासको पाटो हेर्नुपर्ने उनको मुख्य जिम्मेवारी हो । जसमा ग्रासरुट लेभलदेखि राष्ट्रिय टिमसम्मको क्रिकेट पर्दछ ।

खासमा के हो त क्रिकेट म्यानेजरको काम ?

धेरै जसो देशमा क्रिकेट विकास गर्न योजना बनाउने डेभलपमेन्ट म्यानेजर राखिएको हुन्छ । नेपालमा पनि डेभलपमेन्ट म्यानेजर वा क्रिकेट डिरेक्टर राख्ने भन्ने कुरा भइरहेको थियो ।

तर नेपाल क्रिकेट संघ (क्यान) अहिले पनि आइसीसीको निलम्बनबाट पूर्णरुपमा उम्किनसकेकाले अहिलेका लागि क्रिकेट म्यानेजर पद राखिएको हो ।

क्यानका अध्यक्ष चतुर बहादुर चन्दले पहिला क्रिकेट डिरेक्टर वा डेभपलपमेन्ट म्यानेजर बनाउने कुरा चलेपनि पछि क्रिकेट म्यानेजरको पद बनाइएको बताए । जसमा काम समग्र क्रिकेट विकास हेर्ने नै हुन्छ ।

चन्दका अनुसार क्रिकेट म्यानेजरको काम पनि डेभलपमेन्ट म्यानेजरको जस्तै हुनेछ । ‘क्रिकेट म्यानेजरको काम राष्ट्रिय-अन्तर्राष्ट्रिय स्तरको प्रोग्रामहरु सेट गर्ने हो,’ चन्दले अनलाइनखबरसँग भने, ‘हामीसँग प्रशासनिक काम हेर्न जनरल म्यानेजर र बर्थिक पाटो हेर्न फाइनान्स म्यानेजर छन् । क्रिकेट म्यानेजरको काम क्रिकेट भित्र पर्ने सबै कुराको प्लानिङ गर्ने हो । समग्र क्रिकेटको म्यानेजमेन्ट पाटो हेर्ने हो ।’

यस्तै चन्दले ग्रासरुट लेभलदेखि जुनियर र सिनियर लेभलसम्मको लागि प्रोग्रामहरु सेट गर्ने काम पनि क्रिकेट म्यानेजरको हुने बताए । ‘जुनियर लेभलदेखि नेपाली टिमको प्रोग्राम सेटअप गर्ने । प्रापोजल बनाएर त्यसलाई इम्पलेमिन्ट गर्ने । डेभलपमेन्ट म्याजेरको रुपमा गर्नुपर्ने सबै काम गर्ने हो,’ चन्दले भने, ‘उदाहरणका लागि भोलि एउटा कुनै टिम बोलाएर सिरिज गर्ने कि भन्ने छ भने त्यसको तयारी गर्ने । प्रपोजल बनाउने लगायत काम गर्ने हो ।’

एक लाइनमा भन्नुपर्दा नेपाली क्रिकेटको ओभरअल डेभलपमेन्टको पाटो हेर्ने काम क्रिकेट म्यानेजरको हो ।

यस्तै अन्तर्राष्ट्रिय सिरिज भएका बेला प्राविधिक पाटाहरु हुन्छन् । त्यसमा क्रिकेट कमिटी र टेक्निकल कमिटीसँग समन्वय गर्ने काम क्रिकेट म्यानेजरको हुनेछ ।

क्यानले उपाध्यक्ष राजेश बाबु श्रेष्ठको संयोजकत्वमा क्रिकेट कमिटी समेत बनाएको छ । तर त्यस कमिटीमा सदस्यहरु भने नियुक्त हुन बाँकी छ ।

यस्तै क्यानले संजयराज सिंहको संयोजकत्वमा ५ सदस्यीय टेक्निकल कमिटी बनाएको छ । जसमा विरेन्द्रबहादुर चन्द, अमितबीर पाण्डे, अरुण कुमार अर्याल र सन्जय गुरुङ सदस्य छन् ।



source https://www.onlinekhabar.com/2021/01/920689

रक्षा विधेयक रोक्न ट्रम्पले लगाएको भिटो अमेरिकी सदनले गर्‍यो रद्द

१८ पुस, काठमाडौं । रक्षा विधेयक रोक्न राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको भिटो अमेरिकी कंग्रेसले रद्द गरिदिएको छ । यस्तो घटना ट्रम्पको राष्ट्रपति कार्यकालकै पहिलो हो ।

फ्लोरिडामा पत्नी मेलानियासँग छुट्टी मनाउन गएका ट्रम्प भिटो रद्द भएको सूचना पाएलगत्तै ह्वाइटहाउस फर्किएको बीबीसीले जनाएको छ ।

राष्ट्रपति ट्रम्पले अमेरिकाका दुवै सदनमा लामो छलफलपछि पारित भएको सुरक्षा खर्च सम्बन्धी सो विधेयक रोक्न गत बुधबार भिटो प्रयोग गरेका गरेका थिए । उनका सल्लाहकारहरुले उनलाई त्यसो नगर्न चेतावनीसमेत दिएका थिए । उनको भिटोलाई शुक्रबार माथिल्लो सदनले रद्द गरिदियो । यसअघि तल्लो सदनले पनि त्यसको विपक्षमा मत दिएको थियो ।

यो विधेयकमा अमेरिकाको रक्षा नीतिअनुसार आगामी वर्षसम्म ७४० अर्ब डलर खर्च गर्न सकिने व्यवस्था थियो ।

कंग्रेसबाट पारित विधेयकलाई कानुन बनाउनका लागि राष्ट्रपतिको हस्ताक्षर अनिवार्य चाहिन्छ । केही दुर्लभ परिस्थितिमा राष्ट्रपतिले विधेयकमा हस्ताक्षर गर्दैनन् र त्यसमा भिटो प्रयोग गर्दछन् । नीतिगत विषयमा विवाद भएपछि यस्तो हुने गर्दछ ।

तर सदनका सदस्यहरुले दुवै सदनबाट दुई तिहाईभन्दा बढी मतले विधेयक पारित गरेर राष्ट्रपतिको भिटो खारेज गर्न सक्छन् र विधेयकलाई कानुनको रुप दिन सक्छन् ।

अमेरिकी कंग्रेसमा डेमोक्रेटिक पार्टीकी सबैभन्दा शक्तिशाली सदस्य एवम् सभामुख न्यान्सी पलोसीले ट्रम्पले ल्याएको भिटोबाट अमेरिकाको राष्ट्रिय सुरक्षा खतरामा परेको टिप्पणी गरेकी थिइन् ।

यसअघि ट्रम्पले आठवटा विधेयकमा भिटो प्रयोग गरेका थिए । ती सबै पास भएका थिए ।

अमेरिकी राष्ट्रपतिको रुपमा ट्रम्पको कार्यकाल यही जनवरी २० मा समाप्त हुँदै छ । सोही दिन डेमोक्रेट पार्टीका नेता जो बाइडनले नयाँ अमेरिकी राष्ट्रपतिको रुपमा शपथ ग्रहण गर्नेछन् ।



source https://www.onlinekhabar.com/2021/01/920694

शीर्ष स्थानको लिभरपुलसँग म्यानचेष्टर युनाइटेडको अंक बराबरी

१८ पुस, काठमाडौं । प्रिमियर लिगमा एस्टन भिल्लालाई पराजित गर्दै म्यानचेष्टर युनाइटेडले लिग लिडर लिभरपुलसग अंक बराबरी गरेको छ । गएराति घरेलु मैदानमा भएको खेलमा युनाइटेडले एस्टन भिल्लालाई २-१ ले पराजित गरेको हो ।

ओल्ड ट्राफोर्डमा भएको खेलको ४०औं मिनेटमा एन्टोनी मार्सियलले आरोन विन बिसाकाको पासमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । ५८औं मिनेटमा बर्ट्रान्ट ट्राणरले ज्याक ग्रेगलिसको पसामा एस्टन भिल्लाका लागि बराबरी गोल पर्काए ।

६१औं मिनेटमा ब्रनो फर्नान्डेजले पेनाल्टीमा गोल गरेपछि युनाइटेडले फेरि अग्रता बनायो र त्यही अग्रता कायम राख्दै युनाइटेड २-१ ले विजयी भएको हो ।

जितपछि युनाइटेडले १६ खेलबाट लिभरपुलसँग समान ३-३  अंक जोडेको छ । गोलअन्तरका आधारमा लिभरपुल शीर्ष स्थानमै कायम रहँदा युनाइटेड दोस्रो स्थानमा छ । १५ खेलबाट २६ अंक रहेको एस्टन भिल्ला छैटौं स्थानमा छ ।

उता चौथो स्थानको एभरटन वेष्टहमसँग १-० ले पराजित भएको छ । टोमस साउसेकले ८६औं मिनेटमा गरेको निर्णायक गोलको मद्दतमा वेष्टहमले ३ अंक जोड्न सफल भएको हो ।

पराजित एभरटन १६ खेलबाट २९ अंकसहित चौथो स्थानमै यथावत छ । वेष्टहम १७ खेलबाट २६ अंक जोड्दै १०औं स्थानमा छ



source https://www.onlinekhabar.com/2021/01/920687

१५ दिनमा काठमाडौंमा ८ जना पैदलयात्रीको दुर्घटनामा मृत्यु, दोषी को ?

१८ पुस, काठमाडौं । पछिल्लो एक सातामा काठमाडौं उपत्यकामा बाटो काट्ने क्रममा ३ जनाको निधन भयो । ट्राफिक प्रहरी महाशाखाका अनुसार ललितपुरको सातदोबाटो–ग्वार्काे सडकखण्डको बीएण्डबी अस्पताल अगाडि दुईजना र भक्तपुरमा एक जनाको ज्यान गएको हो ।

योसँगै सवारी दुर्घटनासहित जोड्दा पछिल्लो १५ दिनमा सडक दुर्घटनामा ज्यान गुमाउनेको संख्या ८ पुगेको छ ।

गत बिहीबार ग्वार्काेको बीएण्डबी अस्पताल अगाडि आकाशेपुल मुनिबाट बाटो काटिरहेका अस्पतालका दुईजना कर्मचारीले टाटा सुमोको ठक्करबाट ज्यान गुमाए । बत्तीविहीन आकाशे पुलमा हिँड्न असुविधा भएपछि सो ठाउँमा अधिकांश त्यसमुनिबाट सडक पार गर्छन् ।

माइतीघर–बानेश्वर, रत्नपार्क–भद्रकाली–सिंहदरबार खण्डको भद्रकाली लगायतको आकाशेपुल छेउबाट धेरैले असुरक्षित रुपमा बाटो काट्ने गरेको देखिन्छ । काठमाडौं उपत्यकाका अधिकांश आकाशेपुल खाली हुन्छन् । रत्नपार्क लगायत क्षेत्रका आकाशेपुल व्यापारिक अड्डा बनेका छन् ।

जेब्रा क्रसिङमा कम जोखिम

ट्राफिक प्रहरी महाशाखाका अनुसार जेब्रा क्रसिङ र आकाशेपुल जथाभावी बाटो काट्नेहरूमाथि असुरक्षा बढेको छ । बिहीबारको दुर्घटनामा चाहिँ बत्ती नभएकाले पैदलयात्रुले आकाशेपुल प्रयोग नगरेको ट्राफिक प्रहरीको ठहर छ ।

त्यसो त काठमाडौंका सडकमा पैदलयात्रीको सुविधालाई ध्यानमा राखिएको छैन । त्यसमाथि पैदलयात्रीहरु आफैंले लापरबाही गर्छन् । यसबाट दुर्घटना बढेको सडक सुरक्षासम्बन्धी जानकारहरू बताउँछन् । काठमाडौंका चौडा सडकमा सवारीको गति तीव्र हुन्छ । त्यसैबीचमा पैदलयात्रुले लापरबाही गर्दै बाटो काट्दा धेरै दुर्घटना हुने गरेको उनीहरु बताउँछन् ।

पैदल यात्रुमैत्री पूर्वाधार नबनेको सडकमा यात्रुहरूले पनि लापरबाही गर्ने गरेको सडक सुरक्षासम्बन्धी जानकार पदमबहादुर शाही बताउँछन् । पैदलयात्री र सवारी चालकको लापरबाहीले सडक दुर्घटना बढेको उनले बताए ।

‘दुर्घटनामा ज्यान गुमाउनेको संख्या बढीरहँदा सरकारी स्तरबाट कमीकमजोरीको कारण खोजी नहुनु अर्को दुःखद् पक्ष छ’, शाही भन्छन्, ‘पैदल यात्रु त सबै पैदलयात्रु नै हुन्, सवारी धनीहरू पनि तरकारी किन्न जाँदा पैदलयात्री नै हुन्छन् ।’

सरकारले सडक र सवारीमा जति लगानी गरे पनि पैदलयात्रीको सुरक्षालाई बेवास्ता गरेको उनी बताउँछन् ।

२० वर्ष पहिले फुटपाथको प्रावधान नै नरहेको सम्झदै शाही भन्छन् ‘अहिले फुटपाथ बनाउँदै गइयो तर खाल्डोमा पुर्याएर फुटपाथको अन्त्य गरिएको छ । यो पनि सडक दुर्घटनाको मुख्य कारण हो ।’

आकाशेपुल वा जेब्रा क्रसिङबाट बाटो नकाट्ने पैदलयात्रीको प्रवृत्ती पनि ठूलै समस्या भएको उनी बताउँछन् । भन्छन्, ‘पैदलयात्रुकै सुविधाका लागि बनाइएका संरचनाहरु चाहिँ कि रित्ता रहन्छन् कि त त्यहाँ व्यापार चलेको हुन्छ ।’

सहरी पूर्वाधार विज्ञ डा. किशोर थापा काठमाडौंमा जथाभावी बाटो काट्नु पैदलयात्रीको बाध्यता भएको बताउँछन् । स्थानीय सरकारले जेब्राक्रसिङको साटो आकाशेपुल बनाएका छन्, जुन तन्नेरीहरूबाहेक अरूलाई उपयुक्त नहुँदा धेरैजना सीधा सडकतिर लाग्ने गरेको उनी बताउँछन् ।

अर्काेतर्फ चालकहरू पनि आकाशेपुल भएपछि पैदलयात्रीहरू त्यतैबाट मात्र जान्छन् भन्ने हिसाबले तीव्र गतिमा सवारी चलाउँछन् । त्यसैले सबैलाई उपयुक्त हुनेगरी जेब्रा क्रसिङ बनाउन थापाको सुझाव छ ।



source https://www.onlinekhabar.com/2021/01/920683

ओलम्पिक तोकिएको समयमै हुन्छ : जापानी प्रधानमन्त्री सुगा

१८ पुस, काठमाडौं । जापानी प्रधानमन्त्री योशिहिदे सुगाले टोकियो ओलम्पिक २०२० र पारा ओलम्पिक तोकिएकै समयमा हुने बताएका छन् । कोरोनाभाइरस महामारीको संक्रमण बढिरहेको बेला पनि उनले योजना अनुसार ओलम्पिक हुने बताए ।

टोकियो ओलम्पिक २०२१ जुलाई २३ देखि सुरु हुनेछ भने पारा ओलम्पिक अगष्ट २४ मा सुरु हुनेछ । पछिल्ला दिनमा जापानमा कोरोना केस बढ्दो छ र टोकियोमा दैनिक एक हजार संकमित रिपोर्ट गरिएको छ ।

तर प्रधानमन्त्री योशीहिडे सुगाले भने, ‘खेलहरू यस समरमा हुनेछन् र सुरक्षित र सुरक्षित हुनेछन् ।’

प्रधानमन्त्री सुगाले शुक्रबार नयाँ वर्षको अवसरमा बोल्दै कवरोना भाइरसलाई कन्ट्रोल गर्दै समरमा ओलम्पिक गर्नका लागि जापानी सरकारले जस्तोसुकै काम गर्न तयार रहेको बताए ।

टोकियोका गभर्नर युरिको कोइकेले संक्रमणको संख्या विष्फोट हुन सक्ने चेतावनी दिएका छन् ।

डिसेम्बर ३१ मा टोकियोमा १ हजार ३३७ संक्रमित रेकर्ड गरिएको थियो र शुक्रबार ७८३ नयाँ संक्रमित थपिए।

जोन हप्किन्स युनिभर्सिटीका अनुसार यस महामारीका बेला जापानमा अहिलेसम्म २ लाख ३९ हजार ४१ कोरोनाभाइरसको केस देखिएको छ भने ३ हजार ३३७ जनाको मृत्यु भएको छ ।

कोरोनाभाइरसको फैलावटलाई रोक्नका लागि ओलम्पिकको लागत खर्च २.१ बिलियन पाउण्डले वृद्धि भएको छ तर आयोजकले यसलाई अस्वीकार गरे ।

टोकियो ओलम्पिक ओलम्पिकको इतिहासमै सबैभन्दा महंगो ग्रीष्मकालिन ओलम्पिक हुन सक्छ ।

राष्ट्रिय प्रसारक एनएचकेले गरेको एक सर्वेक्षणले देखाएको छ कि २०२१ मा खेल गर्नका लागि जापानिज सर्वसाधारण विरोध गरेका छन् । ओलम्पिक अझ ढिलाइ गर्न र इभेन्ट नै रद्द गर्न समर्थन गरेका छन् ।

प्रधानमन्त्री सुगाका अनुसार खेल अघि बढेमा यसले ‘विश्वव्यापी एकताको प्रतीक’ को रूपमा काम गर्न सक्दछ ।



source https://www.onlinekhabar.com/2021/01/920680

चेल्सीविरुद्धको खेलमा म्यानचेष्टर सिटीका ५ खेलाडी बाहिर

१८ पुस, काठमाडौं । प्रिमियर लिगमा आइतबार चेल्सी र म्यानचेष्टर सिटी बीचको खेल हुँदैछ । तर लण्डन क्लबविरुद्ध खेल्दा सिटीका ५ खेलाडी भने टिम बाहिर रहनेछन् । कोरोना रिपोर्ट पोजेटिभ आएपछि ती खेलाडीहरु सिटीको टिममा हुने छैनन् ।

केल वाल्कर र गाब्रीएल जेसस र अन्य तीन खेलाडी अहिले आइसोलेसनमा छन् ।

सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले अहिले नाम भन्न नमिल्ने बताए । ‘मलाई लाग्दैन कि प्रिमियर लिगले हामीलाई नाम भन्न दिन्छ तर आइतबार तपाईलाई नाम थाहा हुनेछ,’ ग्वार्डिओलाले भने ।

२०२० डिसेम्बर २८ मा एभरटनविरुद्ध तय भएको सिटीको खेल खेलाडीमा कोरोना पोजेटिभ देखिएकै कारण स्थगित गरिएको थियो । तीबाहेक अन्य खेलाडीहरुको परीक्षण भने नेगेटिभ आएको बीबीसीले जनाएको छ ।

ग्वार्डिओलाले गुडिसन पार्कमा एभरटनविरुद्ध खेल्न सिटीसँग पर्याप्त खेलाडी रहेको तर कोरोना परीक्षणको रिपोर्ट त्यही दिन आएकाले स्थगित भएको बताए । ‘हामी खेल्न चाहन्थ्यौँ तर खेलको दिन अरु नयाँ पोजेटिभ केस आएपछि हामीले प्रिमियर लिगलाई जानकारी गरायौँ,’ ग्वार्डिओलाले भने, ‘मैले व्यक्तिगत रुपमा एभरटनका म्यानेजर कार्लो एन्सेलोट्टीलाई फोन गरेर अवस्थाको बारेमा भनेको थिएँ किनकी अघिल्लो दिन हामीसँगै थियौँ ।’

चेल्सीका विंगर हाकिम जियाचले ह्यामस्ट्रिङ चोटपछि पहिलो पटक खेल्ने सम्भावना रहेको छ । तर सोही उस्तै समस्याका कारण डिफेण्डर रिस जेम्सले पनि खेल गुमाउनेछन् ।



source https://www.onlinekhabar.com/2021/01/920678

पाकिस्तानमा हिन्दु मन्दिर भत्काइएकोप्रति भारतको आपत्ती

१८ पुस, काठमाडौं । पाकिस्तानको खैबर प्रान्तमा अवस्थित एक हिन्दु मन्दिर भत्काइएकोमा भारतले आपत्ती जनाएको छ ।

भारतीय विदेश मन्त्रालयले नयाँ दिल्लीस्थित पाकिस्तानी राजदूतलाई बोलाएर विरोध पत्र दिएको भारतीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।

सो घटनाको विस्तृतमा छानविन गरी कारबाही गर्न भारतले आग्रह गरेको छ । पाकिस्तानको अतिवादी इस्लामिक पार्टीले पहिले आगो लगाएर भत्काएका थिए ।

पाकिस्तानमा हिन्दु समुदयाको जनसंख्या एकदमै कम रहेको र उनीहरुमाथि हिंसा हुने गरेको छ ।



source https://www.onlinekhabar.com/2021/01/920677

प्रतिनिधि सभा विघटनमा मूकदर्शक बने राष्ट्रिय सभाका समिति

१८ पुस, काठमाडौं । यसभन्दा पहिला प्रतिनिधिसभाको विषयगत समितिमा छलफल चलिरहेको विषयलाई नै आफ्नो बैठकको एजेण्डा बनाउन तँछाडमछाड गर्ने राष्ट्रिय सभाका विषयगत समिति यतिबेला निष्क्रिय छन् ।

कुनै पनि समितिले प्रतिनिधिसभा विघटनको बारेमा बोलेका छैनन् । संकटको समयमा बोल्ने म्यान्डेट पाएको विधायन व्यवस्थापन समिति प्रतिनिधिसभा विघटन हुँदा मूकदर्शक बनेको छ ।

कुनै सहयोग र प्रायोजन भएमा जुनसुकै र जस्तोसुकै विषयमा छलफल चलाउने गरेको आरोप विधायन समितिलाई लाग्ने गर्छ ।

कानुन निर्माणसँग जोडिएका हरेक विषय यो समितिको कार्यक्षेत्रभित्र पर्ने गर्दछ । तर, प्रतिनिधिसभा विघटन भएको विषयमा भने सो समिति मौन छ ।

समिति सभापति परशुराम मेघी गुरुङ भन्छन्, ‘विधायन समितिले संविधान, कानुनको विषयमा छलफल गराउन त सक्छ तर यो अदालतमा विचाराधीन विषय हो । तथापि, संवैधानिक व्याख्या गर्ने गरी विज्ञहरुसँग बस्न सक्छौं ।’

आफूहरुले एकपटक अनौपचारिक छलफलसमेत चलाएको भन्दै गुरुङले आफ्ना अप्ठ्यारा सुनाए । उनले भने, ‘हामी आफैँ एउटा विपक्ष जस्तो भयौं । विपक्षले छलफल चलायो भन्लान् भनेर पनि हो । केही समय हेरौं भन्ने छ ।’ सभापति गुरुङ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहमा छन् ।

त्यस्तै प्रतिनिधिसभा विघटनको विषयमा छलफल चलाउन सक्ने राष्ट्रियसभाको अर्को समिति हो– राष्ट्रिय सरोकार तथा समन्वय समिति । तर, यो समिति पनि प्रतिनिधिसभा विघनपछि सो विषयमा सो समितिलाई कुनै सरोकार छैन ।

तीन तहको अन्तरसम्बन्ध, संविधान बमोजिमको अधिकार बाँडफाँटको कार्यान्वयन जस्ता विषयलाई लिएर स्थानीय तहसम्म छलफलमा पुगेको यो समिति प्रतिनिधिसभा विघटनका सम्बन्धमा केही बोलेको छैन ।

समिति सभापति दिल कुमारी रावल थापा भन्छिन्, ‘यो विषय अदालतमा विचाराधीन छ तथापि छलफल गर्न सक्छौं । राष्ट्रियसभाको  अधिवेशन शुरु भयो अब माननीयहरुसँग भेट हुन्छ, प्रतिनिधिसभा विघटनको विषयमा छलफल चलाउने सन्दर्भमा छलफल गर्छु ।’ रावल नेकपा ओली समूहमा छिन् ।

यस्तै, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले पनि प्रतिनिधिसभा विघटनको विषयलाई समितिको छलफलको विषय बनाउन सक्छ ।

के कस्ता विषयमा कानुन बनाउन के कस्ता विषय मात्रै प्रत्यायोजन गर्नु उपयुक्त हुन्छ र गर्नुपर्छ भने यति गहिरोसँग हेर्ने यो समितिले संवैधानिक व्यवस्थाको व्याख्या फरक–फरक भयो भनेर विज्ञहरुलाई बोलाउन सक्छ । तर, यो समिति पनि प्रतिनिधिसभा विघटनसँगै निष्क्रिय छ ।

समिति सभापति रामनारायण बिडारी भन्छन्, ‘अप्रत्यासित राजनैतिक उतारचढाव भएकाले सांसदहरुलाई यसको प्रत्यक्ष प्रभाव पर्यो, कोही निराश भए, कोही अक्रोशित भए, कोही चिन्तित भए जसका कारणले समितिका बैठकहरु हुन सकेन । अब सदन चलेपछि सबै समितिले आ–आफ्ना काम गर्छन् ।’

बिडारी राष्ट्रपतिबाट मनोनित सांसद हुन् । उनी नेकपा प्रचण्ड–माधव समूहमा खुलेरै लागेका छन् । यस्तै, दिगो विकास तथा सुशासन समितिले पनि प्रतिनिधिसभा विघटनको विषयलाई छलफलको विषय बनाउन सक्छ ।

प्रतिनिधिसभा विघटन भएसँगै देशमा अस्थिरता देखा पर्यो, यसले दिगो विकास र सुशासन कायम गर्नमा बाधा उत्पन्न गर्यो भन्ने यो समितिको तर्क हुन सक्छ ।

किनभने यो समितिले आफूलाई मन लागेका विषयमा यसैगरी, हरेक विषय दिगो विकाससँग जोडिन्छ, सुशासनसँग जोडिन्छ भनेर तर्क गर्ने गरेको छ । यो समितिकी सभापति तारादेवी भट्ट नेपाली कांग्रेसकी हुन् ।

‘सदनमा कुरा उठेपछि ढोका खुल्छ !’ राष्ट्रियसभाका सदस्यहरु सदनमा कुरा उठेपछि विषयगत समितिमा प्रतिनिधिसभा विघटनको विषयलाई छलफल गर्न सहज हुने बताउँछन् ।

‘हामीले सभापतिलाई दवाव दिने कुरा त छँदैछ, अदालतमा बिचाराधीन भन्ने जुन कुरा थियो सदनमा उठेपछि हामीलाई छलफल गर्न ढोका खुल्ला,’ विधायन व्यवस्थापन समिति सदस्य ठगेन्द्र प्रकाश पुरीले अनलाइनखबरसँग भने ।

यसअघि नै समितिमा उठाउन सकेको भए यसरी कुरा उठ्यो भन्ने हुने भए पनि अब सदनमा कुरा उठेपछि विषयगत समितिलाई छलफलको विषय बनाउन सहज हुने राष्ट्रिय सभा सदस्य महेश कुमार महराको धारणा छ ।

उनी दिगो विकास तथा सुशासन समितिमा छन् । उनले सदनमा कसरी कुरा उठ्छ सोही अनुसार समितिमा छलफलको माग गरिने जानकारी दिए ।



source https://www.onlinekhabar.com/2021/01/920674

Thursday, 31 December 2020

पूरा भएन डिसेम्बरमा दुई करोड मानिसलाई कोरोना खोप दिने अमेरिकाको लक्ष्य

१७ पुस, काठमाडौं । अमेरिकामा डिसेम्बर महिना सकिँदासम्म २८ लाख मानिसहरुले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाएका छन् । अमेरिकाले डिसेम्बर महिनामा दुई करोड मानिलाई कोरोना खोप लगाउने लक्ष्य राखेको थियो । अमेरिकाको अन्य क्षेत्रका साथै नर्सिङ होममा पनि कोरोना खोप कार्यक्रम निकै सुस्त गतिमा अघि बढिरहेको पाइएको छ । जबकी फ्रन्टलाइनमा काम गर्ने मानिसमा कोरोनाको जोखिम बढी हुन्छ ।

अमेरिकाको लङ टर्म केयरमा एक लाख ७० हजारलाई कोरोना खोप दिइएको छ । अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी)ले दिएको जानकारी अनुसार अहिलेसम्म २२ लाख खोप त्यहाँका मानिसहरुका लागि वितरण गरिसकिएको छ । अहिलेसम्म अमेरिकामा फाइजरको एक करोड ४० लाख डोज कोरोना खोप वितरण गरिएको छ । डिसेम्बर महिनामा फाइजरको २ करोड डोज खोप वितरण गर्ने लक्ष्य राखिएको थियो ।

अमेरिकी अधिकारीहरुले डिसेम्बर महिनाको अन्तिमसम्ममा चार करोड डोज कोरोना खोप उपलब्ध हुने बताएका थिए । एकजना मानिसलाई दुई डोज दिँदा यो खोपले दुई करोड मानिसलाई पुग्छ । स्थानीय अधिकारीहरुका अनुसार संघीय सरकारसँग कोरोना खोप वितरणको लागि पर्याप्त रकम नभएको कारण पनि अमेरिकामा कोरोना खोप कार्यक्रममा ढिलाइ भएको हो ।

यसअघि राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडनले पनि अमेरिकामा खोप कार्यक्रम निकै सुस्त गतिमा चलिरहेको भन्दै चिन्ता व्यक्त गरेका थिए ।



source https://www.onlinekhabar.com/2021/01/920473

प्रदेश २ का नेकपा संसदीय दलका नेताविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

१७ पुस, जनकपुरधाम । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन भएसँगै प्रचण्ड-नेपाल समूहले प्रदेश २ का संसदीय दलका नेता सत्यनारायण मण्डललाई हटाउने तयारी गरेको छ ।

ओली पक्षबाट नेकपा संसदीय दलका नेता बनेका मण्डललाई दलको नेताबाट हटाउने तयारी गरिएको प्रचण्ड-नेपाल समूहका सांसद शत्रुघन महतोले जानकारी दिए ।

प्रदेश २ मा नेकपाको ३२ जना सांसद छन् । यसमध्ये २० जना आफूहरुको पक्षमा रहको प्रचण्ड-नेपाल पक्षको दाबी छ ।

‘दलका नेता मण्डलविरुद्व अविश्वासको प्रस्ताव दर्ता भइसकेको छ,’ सांसद शत्रुघन महतोले भने, ‘आइतबार बैठक बसी उनलाई पदबाट हटाइनेछ ।’

कुल ३२ जना सांसदमध्ये १७ जना सांसदले हस्ताक्षर गरी दलका उपनेता रामकुमार यादवसमक्ष मण्डलविरुद्व अविश्वासको प्रस्ताव दर्ता गराइसकिएको सांसद महतोले जानकारी दिए ।

‘अविश्वासको प्रस्ताव दर्ता गराउन एक चौथाइ आवश्यक पर्छ तर हामीले आधाभन्दा बढी सांसद हस्ताक्षर गरिसकेका छौं,’ सांसद महतोले भने ।

आइतबार बस्ने संसदीय दलको बैठकमा अविश्वास प्रस्ताव दर्ता हुने र नेता मण्डलले त्यसमा फेस गर्न नसके तत्कालै हटाइने सांसद महतोले शुक्रबार पत्रकारहरु समक्ष बताएका छन् ।



source https://www.onlinekhabar.com/2021/01/920471

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More