Wednesday, 1 December 2021

संसद र सर्वोच्चको समस्या समाधानको उपाय खोज्छु : सभामुख सापकोटा

१६ मंसिर, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसदको गतिरोध र सर्वोच्च अदालतमा देखिएको समस्या समाधानका लागि उपाय खोज्ने बताएका छन् ।

स्पेनबाट बिहीबार बिहान स्वदेश फर्किएका सभामुख सापकोटाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा सो धारणा राखेका हुन् ।

स्पेनमा रहँदा पनि राष्ट्रिय राजनीतिको विषयमा सामान्य जानकारी राखेको बताउँदै उनले अब समस्या समाधानको उपाय खोज्ने बताए ।

सर्वोच्च र संसदको गतिरोधबारे सोधिएको प्रश्नमा उनले भने, ‘कसरी पहलकदमी लिने र धारणा कसरी बनाएर अगाडि जाने भन्ने कुरामा म यहाँ आइसकें, अब सोच्छु ।’

उनले अगाडि भने, ‘सर्वदलीय बैठक, अरु बैठक गरेर उपाय खोज्नका लागि म त्यसमै केन्द्रित भएर लाग्ने छु ।’

अन्तर व्यवस्थापिका संघ (आईपीयू)को १४३ औं सम्मेलनमा सहभागी हुन सभामुख सापकोटा यही मंसिर ८ गते स्पेनको म्याड्रिड गएका थिए । सम्मेलनलाई सभामुख सापकोटाले १२ गते सम्बोधन गरेका थिए ।

नेपाली संसदीय प्रतिनिधिमण्डलमा सभामुख सापकोटासहित प्रतिनिधि सभा सदस्य देव प्रसाद गुरुङ, लक्ष्मी कुमारी चौधरी तथा राष्ट्रिय सभा सदस्य प्रमिला कुमारी र अगम प्रसाद वान्तवा राई थिए । सोही प्रतिनिधिमण्डलमा संघीय संसदका महासचिव डा. भरतराज गौतम, प्रतिनिधिसभाका सचिव गोपालनाथ योगी, सभामुखका प्रमुख स्वकीय सचिव अर्जुन के.सी. र कम्प्युटर अधिकृत सुरेशराज सेढाईं पनि थिए ।



source https://www.onlinekhabar.com/2021/12/1046970

जापानका पूर्वप्रधानमन्त्री आबेको अभिव्यक्तिप्रति चीन रुष्ट, आपतकालीन बैठकमा जापानी राजदूतलाई बोलाइयो

१६ मंसिर, काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबोले ताइबानबारे दिएको पछिल्लो अभिव्यक्तिबाट रुष्ट चीनले जापानी राजदूतलाई आपतकालीन बैठकका लागि बोलाएको छ ।

चिनियाँ विदेश मन्त्रालयका अनुसार चीनका सहायक विदेशमन्त्री हुया चुनयिङ्गले जापानका राजदूत शुई हिदेओलाई बेइजिङ आयोजित आपतकालीन बैठकमा बोलाएको बीबीसीले जनाएको छ ।

जापानका पूर्वप्रधानमन्त्री आबेले बुधबार ताइवानका एक थिङ्क ट्यांकको भर्चुअल कार्यक्रममा यदि चीनले ताइवानमा आक्रमण गरेमा जापान र अमेरिकाले ताइवानको पक्ष लिने अभिव्यक्ति दिएका थिए ।

आबेको यस अभिव्यक्तिपछि चिनियाँ विदेश मन्त्रालयले भनेको छ, ‘यो चीनको सम्प्रभुतामा खुला चुनौती र स्वतन्त्र ताइवानप्रति निर्लज्ज समर्थन हो । चीन यसको कडा विरोध गर्दछ ।’

आबेले ताइवानमा चीनले आक्रमण गरेमा जापानको सुरक्षामा गम्भीर असर पर्ने अभिव्यक्ति दिएका थिए । आबेले गत वर्ष जापानको प्रधानमन्त्री पद त्यागेका थिए । उनी हाल जापानको सत्तारुढ लिबर डेमोक्रेटिक पार्टीका नेता हुन् र उनी पार्टीमा प्रभावशाली मानिन्छन् ।

(यसअघि यस समाचारमा असम्बन्धित तस्वीर असावधानीबस प्रयोग हुन गएकोमा क्षमाप्रार्थीसहित सच्याइएको छ । सं.)



source https://www.onlinekhabar.com/2021/12/1046965

‘बोजु’ बोक्नेहरूको कथा- नेपालीलाई जहाँ पनि दुःख नै लेखेको रहेछ

पीडा आ-आफ्नै छन् । देश घुम्दै जाँदा देखिन्छ । ती पीडाहरूलाई मल्हमपट्टी लगाउन नसके पनि,  तिनका वेदनालाई कोट्याउने गर्छु । राज्यले सम्बोधन गर्न सकोस् या नसकोस्, तर भुईंमान्छेहरूको भोगाइ र कर्मको साक्षी हुन म लेख्ने गर्छु । म घुम्छु देशलाई हेर्न । म घुम्छु बेला बेला देशको चित्र हेर्न । अनि लेख्छु भुईंमान्छेहरूको कथा ।

यसै सन्दर्भमा आज म महाकाली पार गरेर धार्चुलामा बोजु बोक्नेहरूको कथा पस्कँदैछु । ‘बोजु बोक्ने’ अर्थात् भारी बोक्नेहरूको कथा ।

दार्चुला यानिकी नेपालको सबैभन्दा सुदूरपश्चिमको जिल्ला । भारत र चीनसँग सीमा जोडिएको एउटा दूरदराजको नेपालको एउटा जिल्ला । लिपुलेक, लिम्पियाधुरा र कालापानीको बहसले बेलाबेलामा राष्ट्रिय मिडियाहरूमा चर्चा आइरहने एउटा जिल्ला । त्रि-देशीय नाका भएको जिल्ला । उत्तरपट्टिको सिमाना चीनसँग जोडिएको र जुन अग्ला हिमालहरूले छुट्याएको र भारतसँगको सीमा भने लिपुलेक, लिम्पियाधुरा र कालापानी उद्गमस्थल भएर आउने महाकाली नदीले छुट्याएको छ ।

माथि ब्यास उपत्यकामा महाकाली पारि र वारि सीता पुलबाट हुँदोरहेछ भने तल खलङ्गामा पारि र वारि आवतजावत महाकाली पुलबाट हुँदोरहेछ । महाकाली वारि नेपालको भूमि दार्चुला र महाकाली पारि भारतको भूमि धार्चुला नामले चिन्ने गरिन्छ ।

यही नेपालको दार्चुला खलङ्गा र भारतको धार्चुला महाकाली नदीमा रहेको एउटा झोलुङ्गे पुलले जोडेको छ । यही महाकालीको झोलुङ्गे पुलले दुई देशलाई जोड्ने मात्र नभएर कैयौं परिवारको जीवन गुजाराको पुलको काम गरिरहेको रहेछ ।

जब बिहानको सात बज्छ अनि महाकालीको पुलमा रहेको हरियो रंगको जस्ताको गेटको चाबी नेपाल प्रहरीका दुई जवानहरूले खोल्छन् । अनि शुरु हुन्छ- आवतजावतको दिनचर्या । कोही पारि जाने, कोही वारि आउने, कोही भारी बोकेका त कोही खाली आउनेजाने क्रमहरू चलिरहन्छ । त्यही हुलभित्र केही यस्ता मानिसहरू पनि थिए जसको काँधमा जेउरो (नाम्लो) बोकेर पारि (भारत) जाँदै थिए । मैले केहीबेर त्यहाँको दृश्य हेरिरहें।

करीब आधा घण्टाको अवलोकन पछि म पनि महाकाली पुल तरेर पारि धार्चुला गएँ । पुल तरेपछि पारि भारत (धार्चुला) पुलको गेटमा भारतीय सुरक्षाकर्मीहरू तैनाथ थिए र सोधे- आप का ब्याग में क्या है ? देखाए जी ।

मैले झोला खोलेर देखाएँ र भनें- एक क्यामेरा है सर जी और कुछ नही । प्रहरी जवानले सोधे- ‘आप क्यों आया सर जी ?’

मैले भनें, ‘मे काठमाण्डौ से घुम्ने के लिए आया सर जी ।’ प्रहरीले भने- ‘ठिक है, उधर नाम लेखिए ।’

छेउमा दुई जना महिला पुलिसहरूले नाम टिपाउँदै थिए र मैले नाम टिपाएँ र अघि बढें ।

पिच गरेको बाटोलाई तेर्सो-उकालो फेरो लगाएपछि  केहीबेरमा एउटा चोकमा पुगियो, जहाँ गान्धीजीको सालिक थियो । गान्धीजी भारतीय स्वतन्त्रता आन्दोलनका एक प्रमुख राजनीतिक नेतृत्व तथा आध्यात्मिक नेता । उनी विश्वका महापुरूषहरू मध्ये गनिन्छन् । बेलायती सरकारको उपनिवेशका रूपमा रहेको दक्षिण अफ्रिकाको रङ्गभेद अन्त्य गर्न तथा भारतलाई स्वतन्त्र गराउन यिनको ठूलो योगदान रहेको थियो । त्यही सालिकको वरिपरिका पसल र ठेलाहरू कुनै खुलेका थिए त कोही खुल्दै थिए ।

अघि जेउरो (नाम्लो) बोकेर आएका नेपाली दाजुभाइहरू पनि यताउता सडकमा हिंडिरहेका थिए । मलाई लागिरहेको थियो- उनीहरू कामको खोजमा यताउति गरिरहेका थिए ।

त्यसैबेला एकजना अधबैंसे नेपाली टोपी लगाएकासँग मैले संवाद थालें ।

मैले परिचय गर्न चाहें । उनले भने, ‘मेरो नाम जगत सिंह धामी, मेरो घर नौगाड गाउँपालिका ।’ मैले यो काम कहिलेदेखि थाल्नुभएको भनेर सोधें । ‘बोजु बोक्न’ थालेको ९-१० वर्ष भएको उनको जवाफ थियो ।

‘अनि काम कस्तो छ त ?’

उनी मैले सोधेभन्दा धेरै जवाफ दिन थाले । यस्तो लाग्यो कि उनी आफ्नो कथा व्यथा भन्न चाहन्छन् । दुःख बाँडेर हल्का हुन चाहन्छन् । उनी बोलिरहे । म सुनिरहें ।

‘धोका हुन्छ सर, कहिले रातिसम्म हुन्छ । तर अब महीनौं महीना उता टाढा टाढा जानुभन्दा यहाँ नेपाल नजिक नै काम गरेको राम्रो । के गर्ने सर नेपालमा काम पाउँदैन । काम पाउन आफ्नो मान्छे चाहिन्छ । नेपालमा काम पाउने भए यता अर्काको देशमा किन आउनुपर्थ्यो । हाम्रो देशमा काम पाउँदैन । यसो दुई चार पैसा कमाउन यता नआई हुँदैन । पुसको महीना घर जान्छु, चिसो हुन्छ । यहाँ नजिक भएको कारण आउने जाने भइरहन्छ । घरमा पनि खेती किसानीको काम हुन्छ । खेती गर्ने बेला घरमा जाने । परिवारमा ७ जना छौं । कोभिडले गाह्रो गर्‍यो । काम गर्न पाएन । घरमै बसें । घरमा पनि काम गर्नुपर्छ । मेरो दुइटा छोरी र एउटा छोरा छ । बुवा अनि आमा, एउटा भाइ छ । कोभिडको बेला काम गर्न पाएन । गाह्रो भयो । यता नि बन्द भयो । दुःख भयो ।’

कुराकै सिलसिला उनले थपे- ‘मेरो परिवार दुलिगाडमा छ । म बिहान ७ बजे आउँछु र दिनभरि बोजु बोकेर बेलुका ५ बजे फर्किन्छु । धार्चुलाबाट दार्चुला बोजु बोक्नुपर्छ । पारि नेपालबाट भन्दा यता भारतबाट उता (नेपाल) बोजु बोक्नुपर्छ । खासगरी चामल, तेल, चिनी, नुन, प्याज, तरकारी खानेकुरा, प्लास्टिकका चप्पलहरू यस्तै यस्तै ।’

जगत सिंह धामीसँग केहीबेर गफिएपछि म नगर घुम्दै गएँ । एउटा ट्रकबाट प्याजको बोरा बोकेर केही हूल नेपालीहरू पोल्टी गर्दै थिए । ती हूलमा थिए युवादेखि पाको उमेरसम्मका पुरुषहरू र केही महिलाहरू पनि । त्यसैको केही पर अर्को ट्रकबाट पनि नेपाली दाजुभाइहरू चामलको बोरा पोल्टी गर्दै थिए ।

त्यहाँको दृश्य अवलोकन पश्चात् गान्धी चोकको बायाँपट्टि सडक पेटीमा उभिइरहेका अर्को नेपाली दाजुसँग संवाद गरें ।

तुर्माखाँद गाउँपालिका-२ का ५० वर्षीय वीरसिंह धामी रहेछन् उनी ।

उनले भने, ‘बोजु बोक्न थालेको २५ वर्ष भयो । परिवारमा दुई छोरा र दुई छोरी छन् । हामी बूढाबूढी गरेर ६ जना छौं । परिवार घरमा गाईभैंसी हेर्ने गर्छिन् ।’

मलाई जान्न मन लाग्यो भारी कत्तिको पाइन्छ र दिनमा कतिपटकसम्म बोक्नुपर्छ ? उनले भने, ‘हजुर पायो भने दिनभरि बोक्छु । कहिले पाउँछ कहिले पाउँदैन । दुई चार महीना घरमा जान्छु र दुई चार महीना यता आउँछु । नेपालमा काम पाउँदैन । यता काम चाहिं धेरथोरै जे भए पनि पाउँछ । छोराछोरी पढ्छन्, तिनको खर्चपर्चको लागि पैसा चाहिन्छ अनि यता आएर काम नगरी पैसा देख्न पाउँदैन । हामी त यसरी अर्काको देशमा काम गरेका छौं । छोराछोरी राम्रोसँग पढेर यस्तो काम गर्न नपरोस् भनेर दुःख गरिरहेको छु हजुर । कोही १२ मा पढ्छन्, कोही १० मा पढ्छन् । कोही पढिसकेको छ । हाम्रो नोकरीचाकरी केही छैन, नोकरी भन्नु नै यही भयो ।’

गफिंदै जाँदा उनले आफ्ना समस्याबारे भन्न थाले । ‘यता आएपछि कहिले लकडाउन हुन्छ, वारिपारि गर्न दिंदैन । कहिले काम पाउँदैन । यस्तै यस्तै छ । कोही लेबर काम गर्छन्, कोही दिनभरि काम गर्छन् । आफूखुशी काम गर्छन् । दिनभरि काम गर्नु भन्दा ‘बोजु बोक्ने’ काम राम्रो छ । घर जान पनि पायो । पैसा पनि हाताहात पाउँछ । दिनभरिको काममा यताउता कराउने काम हुन्छ । बोजु बोक्दा काम गर्‍यो पैसा थाप्यो । बोजु त आफ्नो मन लागे बोक्यो । मन नलागे नबोके नि हुन्छ । दिनभरिको काममा साहुको काम दिनभर गर्नु पर्‍यो । ठेकेदारले ६ महीनाको काम गरे एक महीनाको पैसा दिन्छ । फसाउँछ । त्यसैले यही राम्रो छ । मेरो गाउँबाट १५ जना जति छन् । शुरुमा २५ वर्ष अगाडि त यता यस्तो ठूलो बजार थिएन । केही वर्ष यता मात्र बजार ठूलो भएको हो ।’

मुखबाट निस्किरहेको शब्दलाई उछिनेर उनका आँखाबाट आँसु बग्न थाले । रुञ्चे स्वरमा उनले भने, ‘मलाई त धेरै पीडा छ । मेरो एउटा मात्र छोरा थियो, त्यो पनि कोभिडले लग्यो । छोरालाई हुर्काएँ, बोजु बोकेरै पढाएँ र विद्युतमा नोकरी लाग्यो तर यो कोभिडले लग्यो । दुई नातिनातिना छन् । उनीहरूको मुख हेरेर बाँच्नै पर्‍यो, मर्न सकिंदैन रहेछ

विस्तारै बजारको चहलपहल निकै बढिरहेको थियो । मानिसहरू यताउति गरिरहेका थिए । बिहानीको घामको पहिलो किरण धर्तीमा परिसकेको थियो । गान्धी चोकको प्राङ्गणमा मानिसहरू घाम ताप्न पनि बसेका थिए । गान्धी चोकको पूर्वपट्टिको रोडमा बोलेरो जीपहरूको लावालस्कर थियो । बोजु बोक्नेहरू कोही खाली जेउरो र नाम्लो बोकी यताउति डुलिरहेका थिए भने कोही बोजु बोकेर हिंडिरहेका थिए । म पनि यताउतिको दृश्य अवलोकन गर्दै थिएँ । गान्धी चोकको पश्चिम पट्टि सडकपेटीको एउटा कुना तीनचार जना बोजु बोक्नेहरू बसिरहेका थिए र म त्यतै लागें ।

चार जना बोजु बोक्नेमध्ये एक जना बूढो बा थिए । एक जना बूढी आमै र दुई अन्य युवा तन्नेरीहरू । त्यहाँ पुगेपछि मैले सबैलाई अभिवादन टक्राएँ र सामान्य गफगाफ शुरु भयो । मैले आफ्नो परिचय दिएँ । उनी रहिछिन् पुर्चौडी गाउँपालिका-२ की ४९ वर्षीया मनमती बडाल ।

म उनलाई सुन्न थालेँ- ‘म नयाँ हुँ । काम त पाउँछ । तर कहिलेकाहीं कसैले ठग्छ । जहान परिवार सबै छुट्टै छुट्टै छौं । बुढा बिते पहिला नै । दुई छोरा छन् । एक चेलो धनगढी छ । एक चेलो बेङ्लोर छ । सेकुरेटीमा काम गर्छ । उनीहरू सबै आफ्नो परिवारसँग बसेका छन् ।

उनीहरूले आफ्नो जहान पाल्छन् । मुन को दिन्याँ (मलाई कस्ले दिन्छ) । त्यसैले यता काम पाइजाला भनी आया हुँ । यस्तै छोराछोरी पाले ठूला भए, उनीहरू आआफ्ना बाटा लागे । खानु त पर्‍यो । काम गरे पो खान पाइएला हेहे’ उनले हाँस्दै भनिन् ।

उनको भारी बोक्दाका अनुभव त्यति मीठो छैन । एकातिर भारीको बोझ अर्कोतिर ग्राहकले दिने धोका । उनी भन्छिन्, ‘बोजु बोक्दा पैसा ठीकै दिन्छ । कहिलेकाहीं ठग्छन् । ५० रुपैयाँ दिन्छु भनी बोजु बोकाउँछ अनि ३० रुपैयाँ मात्र दिन्छ । अघि भर्खर ४० रुपैयाँ दिन्छु भने र बोजु बोकें, पछि ३० रुपैयाँ मात्र दियो ।’

मनमती बडालसँगको कुराकानी पछि उनकै छेउमा बसेका बुढा बासँग बात मारें ।

उनी रहेछन् पुर्चौडी गाउँपालिका-९, बैतडीका ६९ वर्षीय उदयसिंह बोहोरा ।

‘छोरा छोरीले अब बूढो हुनुभयो, काम गर्न नजानुस् भन्दैनन् ?’ मेरो प्रश्न भुईंमा नखस्दै उनले भने, ‘भनेर पुग्दैन हजुर, भनेर कहाँ हुन्छ, पुग्नु पर्‍यो नि । भनेर पुग्न्या भए म कहाँ आउँदो हुँ ।’  उनले अगाडि थपे, ‘म त लकडाउनको बेला नौ महीना यतै बसें । त्यतिबेला गाई चराउने, बोजु बोक्ने, बच्चा बोक्ने काम गरियो ।’ उनले १०-१२ वर्षदेखि बोजु बोक्न थालेका रहेछन् ।

भारी बोक्न चाहेर मात्र हुँदैन । कहिलेकाहीं त भारी नै पाइन्न । ‘यसै भन्या कहाँ पाइन्छ त, कही दिन एक बोजो पाइन्छ, कही दिन दुई बोजो पाइन्छ, कही दिन चार पाँच बोजो पाइन्छ, कही दिन आठ दश बोजो पाइन्छ । ठ्याक्कै यति नै भन्ने छैन । कही दिन एकह ना मिल्न्याँ हो । कहिले राम्रो कमाइ हुन्छ । कोही कोहीले बूढो मान्छे भनेर बढी पैसा पनि दिन्छन् ।’

ज्यानले सक्ने उमेरसम्म भारी बोक्नुपर्ने बाध्यता छ उनलाई । ‘जबसम्म ज्यानले सकिन्छ त्यसबेलासम्म भारी बोक्न्या छु । यो ज्यानको के भर छ, भोलि पनि जान सक्छ, ८०-९० सम्म पनि बाँच्न सकिन्छ । जाँडरक्सी त खाने गरेको छैन तर बिंडी चाहिं खान्छु । थकाइ लाग्यो भने चाहियो बिंडी’, उनले भने ।

गफ गरें । कुरा सुनें । कुरा सुनाएँ । अनि म बिदा माग्दै फर्किएँ । बाटामा अर्का पाका उमेरका बा भेटें ।  दुहुँ हिकिलाका ६५ वर्षीय जनक सिंह बडाल उर्फ जस्सुवा रहेछन् उनी ।

अरुको भन्दा खासै फरक अनुभूति उनको पनि थिएन । उनले भने, ‘यहाँ नेपालमा काम नै पाउँदैन । अन्न उब्जनीले जीविका चल्दैन । त्यसैले पारि (भारत) काम गर्न जानुपर्छ । अरुको देशमा काम गर्दाको पीडा छ नि । के गर्ने पैसा कम दिन्छ, अलि अलि हेप्छ । काम गरेर जति दियो त्यत्ति नै समायो आयो र त्यत्तिमै चित्त बुझाउनुपर्छ । कम भन्न पाउँदैन । हामी त ८-१० वर्ष भयो चिनेको जानेको छ । नयाँ मान्छेलाई त झनै गाह्रो हुन्छ । म त धेरैलाई चिन्छु । अस्ति भर्खर पुर्छौडी गाउँपालिकाका एक जना र दुहुँ गाउँपालिकाका एकजना गरी दुई जना माथि जडीबुटी खन्न गएकाहरू हराए । तिनीहरूको अहिलेसम्म पत्तो पाएको छैन । के गर्ने यस्तै छ, यहाँ नआई गुजारा चल्दैन । यहाँ घाटमा कहिले के भन्छ कहिले के भन्छ । कहिले नागरिकता ल्याउ भन्छ कहिले पास ल्याउ भन्छ । कहिले खोप लगायो कि लगाएन, खोप कार्ड ल्याउ भन्छ । के गर्ने हामी नेपाली भएर जहीं पनि दु:ख पाउन लेखेको रहेछ ।’

मुखबाट निस्किरहेको शब्दलाई उछिनेर उनका आँखाबाट आँसु बग्न थाले । रुञ्चे स्वरमा उनले भने, ‘मलाई त धेरै पीडा छ । मेरो एउटा मात्र छोरा थियो, त्यो पनि कोभिडले लग्यो । छोरालाई हुर्काएँ, बोजु बोकेरै पढाएँ र विद्युतमा नोकरी लाग्यो तर यो कोभिडले लग्यो । दुई नातिनातिना छन् । उनीहरूको मुख हेर बाँच्नै पर्‍यो, मर्न सकिंदैन रहेछ । म र बुहारी अनि दुई नाति खलंगामा बस्छौं । बुहारी बच्चाको स्याहारसुसार गर्छिन्, नानीहरूलाई स्कूल ल्याउने पुर्‍याउने काम गर्छिन् । म बिहान यता (भारत) आएर दिनभरि बोजु बोक्छु र साँझ खलंगा फर्किन्छु । यसो दिनको कहिले ४००-५०० र ज्यादा कमाइ भए हजारसम्म हुन्छ । मेरो परिवार माथि गाउँमा छिन् । एउटा गाई छ र घरको रेखदेख गर्छिन् । बोजु बोकेरै छोरालाई १२ सम्म पढाएँ । विवाहवारी गराएँ र नोकरी पनि लाग्यो । अब राम्रो होला, सुख पाउँला भनेको कोरोनाले लग्यो । के गर्नु यो उमेरमा आएर यस्तो विपत्ति आइपर्‍यो ।’

यी र यावत् कुराहरू सुनिरहँदा मन भित्र प्रश्नहरूको भेल आए । प्रधानमन्त्री स्वरोजगार कार्यक्रम र मुख्यमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत प्रत्येक स्थानीय तहहरूमा करोडौंको रकम जान्छ । तर रोजगार पाउनै पर्नेहरूले पाइरहेका छैनन् । दलका कार्यकर्तालाई बाटोमा कुचो लगाएर बाँड्ने अभ्यास भइरहेको छ ।

स्थानीय तहहरु विकासको रकम आ-आफ्ना कार्यकर्ता र आफ्ना मान्छेलाई पोस्न खर्च गरेका समाचारहरु आइरहेका छन् । उपभोक्ता समितिमा कार्यकर्ता भर्ती गर्ने, किर्ते हस्ताक्षर गरी योजनाको समापन नै नगरी कर्मचारीसँगको मिलेमतोमा लाखौंको बजेट कुम्ल्याउने काम भइरहेको छ । पूर्व जाउँ वा पश्चिम जहाँ गए पनि गाउँबस्तीका समस्या आफ्नै आँखाले देख्दा मन पोल्छ । अवस्था कहालीलाग्दो छ ।

देशको ढुकुटीमा केही हुनेखाने वर्गको हालीमुहाली छ । गरीब दिनानुदिन झनझन् गरीब र धनी र पहुँचवालाहरू दिनानुदिन झन् धनी बनिरहेका छन् । तर भुईंमान्छेहरूको अवस्था झनै नाजुक बन्दै गइरहेको छ । गाउँ बस्तीहरूमा छोटे राजाहरूको बोलवाला बढिरहेको छ । बोजु बोक्नेहरू सधैं बोजुले भारले थिचिएर त्रासदीपूर्ण जीवन बाँचिरहेका छन् ।

हिजो २५ वर्षदेखि बोजु बोक्नेहरूको जीवनमा परिवर्तन आउनुपर्ने हो तर आएको रहेनछ । देशमा धेरै राजनीतिक परिवर्तनहरू भए पनि बोजु बोक्नेहरूको जीवनमा कुनै परिवर्तन आएको छैन । २५ वर्षको दौरानमा देशमा कैयौं नेताको जीवनमा आमूल परिवर्तन आए पनि बोजु बोक्नेहरूको जीवन भने जहाँको त्यहीं रहेको देखिन्छ । ६५ वर्षका जनकसिंह बडाल होस् या ६९ वर्षीय उदयसिंह बोहोरा, उनीहरूको जीवनमा परिवर्तन कहिले आउने ?

के उनीहरुले बाँचुञ्जेल भारी बोकिरहनुपर्ने हो ? भारी बोक्न नसक्नासाथ भोकले मृत्यु मर्नुपर्ने हो ? नेताहरूले भन्ने गरेको समाजवाद र समृद्धिको लहर कता पुगेको छ ?  यो त केवल महाकालीको एउटा सानो नाकाको दृष्टान्त मात्रै हो । यस्ता लाखौंको संख्यामा आफ्नो देश छोडेर कर्म गर्न विदेशिनुपर्ने नागरिकहरूले आफ्नो देशमा रोजगारीको अवसर कहिले पाउने ?

प्रश्नहरु प्रशस्तै छन् । जवाफ छैनन् । भएका जवाफहरुले पनि हाम्रो जमीन चिन्दैन ।

(लेखक मानवशास्त्री हुन् ।)



source https://www.onlinekhabar.com/2021/12/1046934

राप्रपा एकता महाधिवेशन : नेतृत्व चयन प्रक्रिया आजदेखि

१६ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नयाँ नेतृत्व चयनको प्रक्रिया बिहीबारदेखि सुरु हुँदै छ । राप्रपाको एकता बुधबारबाट सुरु भएको एकता महाधिवेशनअन्तर्गत बिहीबार निर्वाचन प्रक्रिया सुरु हुन लागेको हो ।

भावी अध्यक्षमा कमल थापा र राजेन्द्र लिङदेनले उम्मेदवारी घोषणा गरेका छन् । राप्रपाका अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले लिङ्देनलाई समर्थन गरेका छन् । अर्का अध्यक्ष पशुपतिशम्शेर जबरा भने पार्टी एकताका लागि सहमतिको आधारमा नेतृत्व चयन गर्नुपर्ने भन्दै कतै खुलेका छैनन् ।

अध्यक्षका दावेदार थापा र लिङ्देन दुवैले राजसंस्था र हिन्दुराज्य पुनर्स्थापना तथा संघीयता खारेजीको एजेन्डा अघि सारेका छन् ।

उदघाटन सत्र सकिएलगत्तै काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्र सुरु भएको थियो । देशभरबाट ४२ सय प्रतिनिधिहरू सहभागी रहेको बन्दसत्रमा अध्यक्ष थापाले राजनीतिक कार्यपत्र, अर्का अध्यक्ष जबराले सामाजिक कार्यपत्र र डा. लोहनीले आर्थिक कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रहरुमाथि बुधबारदेखि नै छलफल सुरु भएको थियो । छलफल बिहीबार पनि जारी रहने र त्यो सकेर नेतृत्व चयन प्रक्रिया सुरु हुने राप्रपाका नेताहरुले जनाएका छन् ।

महाधिवेशनबाट अध्यक्ष, उपाध्यक्ष, महामन्त्रीसहित एक सय ४१ जना निर्वाचित हुनेछन् । पार्टी अध्यक्षले सातजना सहमहामन्त्री, सातजना सहायक महामन्त्री, एकजना कोषाध्यक्ष, प्रवक्ता, सहप्रवक्ता, सहायक कोषाध्यक्षसहित ५० जना मनोनित गर्न पाउने राप्रपाको विधानमा व्यवस्था छ । राप्रपामा अध्यक्षबाहेकका पदाधिकारीमा निर्वाचन हुन लागेको पहिलोपटक हो ।



source https://www.onlinekhabar.com/2021/12/1046959

पीएसजी बराबरीमा रोकियो

१६ मंसिर, काठमाडौं । फ्रेन्च लिग वानको शीर्ष स्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पीएसजी) निससंग बराबरीमा रोकिएको छ ।

बुधबार राति भएको खेलमा पीएसजीले निससँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो ।

घरेलु मैदानमा पीएसजीले गोल गर्ने अवसर पाए पनि सदुपयोग गर्न नसक्दा एक अंकमै चित्त बुझाएको हो ।

एन्जल डि मारिया र किलिएन एमबाप्पेल गोल गर्ने अवस रगुमाएका थिए । खेलमा पीएसजीले गोलका लागि २० सट प्रहार गरेपनि सफल हुन सकेन ।

खेलअघि पीएसकीका लिओनल मेस्सीको बालोन डे’ओर अवार्ड र गोलकिपर जियानलुगी डोनारुम्माको यासिन ट्रफी सार्वजनिक गरिएको थियो । यसै सिजन पीएसजी आएका मेस्सीले कीर्तिमानी सातौ पटम बालोन डे ओर जितेका हुन् । यस्तै डोनारुम्माले पहिलो पटक उत्कृष्ट गोलकिपरको अवार्ड जिते ।

बराबरीपछि शीर्ष स्थानको पीएसीले १६ खेलबाट ४१ अंक जोडेको छ । पीएसजीले एक खेल कम खेलेको दोस्रो स्थानको मार्सेस माथि १२ अंकको अग्रता बनाएको छ । निस १६ खेलबाट २७ अंक जोडेर चौथो स्थानमा छ ।



source https://www.onlinekhabar.com/2021/12/1046956

नापोली बराबरीमा रोकियो, एसी मिलानको सहज जित

१६ मंसिर, काठमाडौं । इटालियन सिरी ए मा शीर्ष स्थानको नापोली बराबरीमा रोकिँदा दोस्रो स्थानको एसी मिलानले सहज जित हात पारेको छ ।

नापोलीले दुई गोलको अग्रता लिए पनि कायम राख्न नसक्दा ससुलोसँग २-२ को बराबरी खेल्दै अंक बाँडेको छ ।

फाबियन र ड्राइ मर्टेन्सको गोलमा नापोलीले ६० मिनेट भित्र दुई गोलको अग्रता बनाएको थियो । तर ससुलोले पुनरागमन गर्दै दुई गोल फर्कायो ।

ससुलोका लागि जियानलुका स्माक्का र जियन मार्को फेरारीले अन्तिम २० मिनेट भित्र गोल गर्दै अंक खोसेका थिए ।

बराबरीपछि १५ खेलबाट ३६ अंक जोडेर नापोली शीर्ष स्थानमै छ ।

तर दोस्रो स्थानमो मिलानले जेनओअलाई ३-० ले पराजित गर्दै अंकदूरी १ मा झारेको छ ।

मिलानको जितमा जुनियर मेस्सीएसले दुई तथा ज्लाटन इब्राहिमोभिचले गोल गरे ।

जितपछि मिलानले १५ खेलबाट ३५ अंक जोडेको छ । जेनोअ १० अंक जोडेर १८ औं स्थानमा छ ।



source https://www.onlinekhabar.com/2021/12/1046953

पेङ प्रकरण : चीनमा हुने टेनिस प्रतियोगिता स्थगित

१६ मंसिर, काठमाडौं । विश्वभर महिला टेनिसलाई नियन्त्रण गर्ने संस्था महिला टेनिस एशोसिएसनले चीनमा हुने सबै टुर्नामेन्ट तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको छ ।

चिनियाँ टेनिस खेलाडी पेङ सुआईको सुरक्षामा चिन्ता व्यक्त गर्दै एशोसिएसनले प्रतियोगिताहरु स्थगित गर्ने निर्णय गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

एशोसिएसनका प्रमुख स्टिभ साइमनले भनेका छन्, पेङ स्वतन्त्र र सुरक्षित छिन् भन्ने कुरामा मलाई गम्भीर आशंका छ । यस्तो अवस्थामा आफ्ना खेलाडीहरुलाई त्यहाँ खेल भनेर कसरी भन्न सक्छु ?’

उनले सन् २०२२ मा चीनमा हुने प्रतियोगितामा खेलाडी तथा कर्मचारीहरुलाई हुनसक्ने खतराबाट आफू चिन्तित रहेको उल्लेख गरेका छन् ।

महिला डबल टेनिसकी पूर्व नम्बर १ खेलाडीसमेत रहेकी पेङले नोभेम्बर २ मा चीनका एकजना भूतपूर्व उपप्रधानमन्त्री झाङ गाओलीमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् । त्यसयता ३५ वर्षीया पेङ कुनै पनि सार्वजनिक स्थानमा देखिएकी छैनन् ।

पेङको अवस्था सार्वजनिक गर्न भन्दै विश्वव्यापी दबाब बढिरहेका बेला गत आइतबार चिनियाँ सरकारी समाचार माध्यम ग्लोबल टाइम्सले उनको एक भिडियो सार्वजनिक गरेको थियो । उक्त ३० मिनेट लामो भिडिओमा पेङले ओलम्पिक कमिटीका अध्यक्षसँग भिडिओ कलमार्फत् कुराकानी गरेको देखिन्छ । भिडिओमा उनले आफू सुरक्षित र सकुशल रहेको बताएकी छन् ।

गत मंगलबार चिनियाँ विदेश मन्त्रालयले पेङको विषयलाई केही मानिसले ‘गलत नियत राखेर चर्काइरहेको’ र ‘राजनीतीकरण गरिएको’ जनाएको थियो । तर एशोसिएनले पेङ सुरक्षित रहेको भन्ने कुरामा पर्याप्त प्रमाण नरहेको जनाएको छ ।



source https://www.onlinekhabar.com/2021/12/1046944

प्रिमियर लिगमा चेल्सी, सिटी र लिभरपुल विजयी

१६ मंसिर, काठमाडौं । प्रिमियर लिगमा शीर्ष तीन स्थानमा रहेका चेल्सी, म्यानचेष्टर सिटी र लिभरपुल विजयी भएका छन् ।

बुधबार राति भएको खेलमा शीर्ष स्थानको चेल्सीले वाटफोर्डलाई २-१ ले हरायो । चेल्सीका लागि हाकिम जियाचले ७२औं मिनेटमा निर्णायक गोल गरेका थिए । त्यसअघि २९औं मिनेटमा मसन माउन्टले गोल गर्दै अग्रता दिलाएका थिए भने वाटफोर्डका डेनिसले ४३औं मिनेटमा बराबरी गोल फर्काएका थिए ।

जितपछि चेल्सी १४ खेलबाट ३३ अंक जोड्दै शीर्ष स्थानमै छ । वाटफोर्ड १४ खेलबाट १३ अंकसहित १७औं स्थानमा छ ।

यसैगरी दोस्रो स्थानको सिटीले एस्टन भिल्लालाई पनि २-१ ले नै पराजित गरेको छ । सिटीका लागि रुबेन डियाजले २७औं र बर्नार्डो शिल्भाले ४३औं मिनेटमा गोल गरेका थिए । ओली वाट्किन्सले दोस्रो हाफमा एस्टन भिल्लाका लागि एक गोल फर्काएपनि हार टार्न सकेनन् ।

सिटीले जितपछि १४ खेलबाट ३२ अंक जोडेको छ । एस्टन भिल्ला १४ खेलबाट १६ अंकसहित १३औं स्थानमा छ ।

यस्तै मोहम्मद सलाहको दुई गोलमा लिभरपुलले सर्सिसाइड डर्बीमा एभरटनलाई ४-१ ले पराजित गरेको छ । लिभरपुलका जोर्डन हेन्डरसन र डिएगो जोटाले पनि एक-एक गोल गरे । एभरटनका लागि डेमाराइ ग्रेले एक गोल फर्काए ।

जितपछि लिभरपुलले १४ खेलबाट ३१ अंक जोडेको छ । एभरटन १४ खेलबाट १५ अंकसहित १४औं स्थानमा छ ।



source https://www.onlinekhabar.com/2021/12/1046623

सहाना प्रधान स्मृति महिला राष्ट्रिय हक्की प्रतियोगिता हेटौंडामा हुने

१६ मंसिर, काठमाडौं । नेपाल हक्की संघको आयोजनामा तथा जिल्ला हक्की संघ मकवानपुरको सह-आयोजनामा चौथो सहाना प्रधान स्मृति महिला राष्ट्रिय हक्की प्रतियोगिता हुने भएको छ ।

प्रतियोगिता आगामी पुस महिनाको १३ देखि १७ गते सम्म बागमती प्रदेशको राजधानी हेटौडामा हुने भएको छ ।

प्रतियोगितामा ६ प्रदेशका टोलीहरू सहित एक विभागीय टोली (नेपाल आर्मी) ले सहभागिता जनाउने भएका छन् । राष्ट्रिय खेलकुद परिषद्, प्रदेश खेलकुद परिषद् बागमती, हेटौडा उप–महानगरपालिका, जिल्ला समन्वय समिति मकवानपुर र बिभिन्न संघ संस्थाहरुको सहयोगमा प्रतियोगिता आयोजनामा हुने जिल्ला हक्की संघ मकवानपुरका अध्यक्ष प्रताप सिंहले जनाएका छन् । उनका अनुसार शनीवार संघको बैठक बसी प्रतियोगिताको तयारीको सुरुआत हुनेछ ।

स्वर्गीय सहाना प्रधानको स्मृति दिवसको अवसर पारेर नेपाल हक्की संघले विगत तीन वर्षदेखि महिला राष्ट्रिय प्रतियोगिता आयोजना गर्दै आएको छ ।

प्रतियोगिताको पहिलो संस्करण नेपाल आर्मीको महिला टोलीले जितेको थियो भने दोस्रो संस्करणको उपाधि लुम्बिनी प्रदेशले हात पारेको थियो । त्यस्तै गत माघ महिनामा सुदूरपश्चिम प्रदेशको महेन्द्र नगरमा भएको तेस्रो संस्करणको उपाधि वभागीय टोली नेपाल आर्मीले जितेको थियो ।

प्रतियोगिताको पहिलो संस्करण सफलतापूर्वक आयोजना गरेको मकवानपुरले पुनः प्रतियोगिता आयोजना गर्ने अवसर पाएको छ ।



source https://www.onlinekhabar.com/2021/12/1046941

बेन्जामाको गोलमा रियलको जित, ७ अंकको अग्रता

१६ मंसिर, काठमाडौं । स्पानिस ला लिगामा शीर्ष स्थानको रियल मड्रिडले एथ्लेटिक विल्वाओलाई १-० ले पराजित गरेको छ ।

रियलको लागि करिम बेन्जामाले एक मात्र गोल गरे । उनले खेलको ४०औं मिनेटमा लुका मोडरिचको पासमा गरेको गोल नै रियलाई जिताउन निर्णायक बन्यो ।

जितपछि रियलले दोस्रो स्थानमा रहेको छिमेकी एट्लेटिको मड्रिडमाथि ७ अंकको अग्रता बनाएको छ । रियलले १५ खेलबाट ३६ अंक जोडेको छ । एक खेल कम खेलेको एट्लेटिकोको २९ अंक छ ।

विल्वाओ १५ खेलबाट २० अंकसहित आठौं स्थानमा छ ।



source https://www.onlinekhabar.com/2021/12/1046937

मुस्ताङ प्रवेश गर्न पीसीआर रिपोर्ट वा पूर्ण खोप अनिवार्य

१६ मङ्सिर, गलेश्वर । कोरोना सङ्क्रमणको नयाँ भेरियन्ट ओमिक्रोनलाई मध्यनजर राख्दै हिमालपारिको जिल्ला मुस्ताङ प्रवेश गर्न पीसीआर रिपोर्ट वा कोरोना विरुद्धको पूर्ण मात्रा खोप अनिवार्य गरिएको छ ।

कोरोना सङ्क्रमणको दोस्रो लहरपछि सामान्य बन्दै गएको मुस्ताङमा पछिल्लो समय घुम्न जाने आन्तरिक तथा बाह्य पर्यटक बढेका थिए । हालै विश्वका कतिपय देशमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन देखिएको भन्दै यसको जोखिमलाई मध्यनजर गर्दै मुस्ताङ प्रवेशमा कडाइ गरिएको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए ।

उनका अनुसार विशेष गरी पर्यटकका लागि सात दिनभित्रको पीसीआर नेगेटिभ रिपोर्ट वा पूर्ण मात्राको खोप कार्ड वा पछिल्लो ७२ घण्टाभित्रको एन्टिजेन परीक्षण रिपोर्ट नभएका व्यक्तिलाई प्रवेशमा रोक लगाइएको हो ।

मुस्ताङमा स्थायी बसोबास गर्दै आएकाहरू तथा पूर्ण खोप लगाएका कर्मचारी, शिक्षक र सुरक्षाकर्मीहरूका लागि भने यो सर्त लागू नहुने जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको बैठकले निर्णय गरेको छ ।

“मङ्सिर १५ गते राति १२ बजेदेखि २९ गते राति १२ बजेसम्म लागू हुने गरी मुस्ताङ घुम्न आउनेहरूका लागि कडाइ गरेका छौँ, त्यसबाहेक जिल्लाभित्रका विभिन्न क्रियाकलापहरूमा पनि कडाइ गर्दै आदेश जारी भएको छ,” प्रजिअ शर्माले भने “नेपाल भित्रिएका बाह्य तथा आन्तरिक पर्यटकहरु एक पटक मुस्ताङ पुग्ने योजनामा हुन्छन् । अहिले विभिन्न देशमा नयाँ भेरियन्ट फैलिँदै गएको खबर आइरहेकाले पर्यटकका माध्यमबाट मुस्ताङसम्म पुग्न सक्ने जोखिमका कारण कडाइ गरिएको हो ।”

जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको बैठकले सार्वजनिक स्थलमा मेला, जात्रा, महोत्सव, भोजभतेर, हाटबजारलगायतका भीडभाड हुने खालका कार्यक्रम नगर्न पनि आदेश दिएको छ । त्यसैगरी विवाह, व्रतबन्ध, मृत्यु संस्कारलगायतका अनिवार्य कार्य गर्नु परेमा भने २५ जनाभन्दा बढी भेला हुन नपाउने आदेश जारी गरिएको छ ।



source https://www.onlinekhabar.com/2021/12/1046925

Tuesday, 30 November 2021

‘ओमिक्रोनका कारण धेरै नआत्तिनुस्, खोपले गम्भीर संक्रमणबाट बचाउँछ’

१५ मंसिर, काठमाडौं । खोप निर्माता कम्पनी बायोइन्टेकका प्रमुख कार्यकारी अधिकृतले नयाँ कोभिड भेरियन्टका कारण धेरै नआत्तिन आग्रह गरेका छन् ।

बायोइन्टेकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) उगुर सहिनले एक अन्तर्वार्तामा नयाँ ओमिक्रोन भेरियन्टका कारण धेरै नआत्तिन आग्रह गरेका हुन् । ‘धेरै नआत्तिनु होला, योजना यथावत छ , तेस्रो बुस्टर डोजलाई तीब्रता दिनुहोस्’, वाल स्ट्रिट जर्नलसँगको अन्तर्वार्तामा सहिनले भने, ‘हालका लागि हाम्रो सन्देश यही हो ।’

बायोइन्टेकका सह-संस्थापक र कोभिड खोप आविष्कार समेत गरेका सहिनले खोप लगाएका मानिसलाई ओमिक्रोनले संक्रमण गर्न सक्ने संभावना भए पनि खोप लगाएका मानिसहरू गम्भीर संक्रमणबाट सुरक्षित हुने समेत बताए ।

ओमिक्रोनको उत्परिवर्तन उच्च भएका कारण खोप लगाएपछि विकास हुने एन्टिबडीलाई यसले छल्न सक्ने तर संक्रमणविरुद्ध ‘टी-सेल’ले प्रदान गर्ने सुरक्षा छल्ने संभावना कम रहेको सहिनको भनाइ थियो ।

‘ओमिक्रोनविरुद्ध खोपले काम गर्ने हाम्रो विश्वास विज्ञानमा आधारित छ’, सहिनले भने, ‘यदि भाइरसले इम्युनिटी छल्ने क्षमता विकास गर्‍यो भने एन्टिबडीलाई मात्रै छल्न सक्छ र गम्भीर रोगबाट बचाउने इम्युनिटिको दोस्रो तह अर्थात् टी-सेल पनि हाम्रो शरीरमा हुन्छ ।’

सहिनले अन्तर्वार्ताका क्रममा ओमिक्रोनलाई लक्षित गरी बनाइने परिमार्जित खोप बजारमा आउन सय दिन लाग्ने तर त्यस्तो खोप आवश्यक नपर्न सक्ने पनि बताए ।
हिजो मात्रै मोडेर्नाका सीईओ स्टेफाने बान्सेलले ओमिक्रोनविरुद्ध विद्यमान खोप कम प्रभावकारी हुने बताएका थिए । बान्सेलको उक्त अभिव्यक्तिपछि युरोप र एसियाका बजारमा हलचल मच्चिएको थियो ।



source https://www.onlinekhabar.com/2021/12/1046610

आईपीएल २०२२ मा २७ खेलाडी रिटेन, कुन टिममा को-को ?

१५ मंसिर, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ का लागि पुराना ८ फ्रेन्चाइजले कुल २७ खेलाडी रिटेन गरेका छन् ।

१५औं संस्करणको आईपीएलमा लागि मेगा अक्सन हुँदैछ र त्यसअघि फ्रेन्चाइजलाई बढीमा चार खेलाडी रिटेन गर्न दिइएको छ । नोभेम्बर ३० सम्मको डेडलाइनमा ८ फ्रेन्चाइजले आफ्नो अनुकूल अनुसार खेलाडी रिटेन गरेका छन् । जसमा चार टिमले चार/चार खेलाडी रिटेन गर्दा तीन टिमले समान तीन र एक टिमले २ खेलाडी मात्र रिटेन गरेका छन् ।

चार खेलाडी रिटेन गर्ने टिमको ४२ करोड तलब खर्च हुनेछ । यस्तै तीन खेलाडी रिटेन गर्नेको ३३ करोड र दुई खेलाडी रिटेन गर्ने टिमको १८ करोड खर्च हुनेछ ।

यस पटक खेलाडीको लागि एक टिमले कुल ९० करोड भारु खर्च गर्न पाउनेछ । अक्सनअघि पञ्जाव किंग्ससँग सबैभन्दा धेरै ७२ करोड रकम बाँकी छ ।

आईपीएलमा दुई नयाँ टिम थपिएपछि नयाँ सिजन १० टिमबीच प्रतिस्पर्धा हुने छ । दुई नयाँ टिम लखनउ र अहेमदावादले भने रिटेन गरेका बाहेकका खेलाडीबाट अक्सन अघि तीन/तीन खेलाडी राख्न पाउनेछन् । जसमा बढीमा दुई भारतीय र एक विदेशी खेलाडी रहनेछन् ।

कुन टिमले कुन-कुन खेलाडी रिटेन गरे ?

चेन्नाई सुपर किंग्स : रवीन्द्र जडेजा, महेन्द्र सिंह धोनी, मोइन अली, रुतुजा गायकवाड ।

मुम्बई इन्डियन्स : रोहित शर्मा, जसपि्रत बुमराह, सूर्य कुमार यादव, कायरन पोलार्ड ।

दिल्ली : ऋषभ पन्त, अक्षर पटेल, पृथ्वी शा, एनरिक नोर्किअ ।

कोलकता नाइट राइडर्स : आन्द्रे रसेल, बेनकाटेस अयेर, वरुण चक्रवर्ती, सुनिल नारिन ।

रोयल च्यालेन्जर्स बैंगलोर : विराट कोहली, ग्लेन म्याक्सवेल, मोहम्मद सिराज ।

राजस्थान रोयल्स : सन्जु सामसन, जोस बटलर, यशस्वी जैशवाल ।

सनराइजर्स हैदरावाद : केन विलियम्सन, अब्दुल सामद, उर्मान मलिक ।

पञ्जाब किंग्स : मायांक अग्रवाल, अर्शदी सिंह ।



source https://www.onlinekhabar.com/2021/12/1046605

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More