Saturday, 3 September 2022

रोल्पा कांग्रेसमा प्रदेश सभाका आकांक्षी धेरै, अमरसिंह पुन दुवैतिर सिफारिस

१९ भाद्र, रोल्पा । नेपाली कांग्रेस रोल्पाले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाका लागि उम्मेदवार सिफारिस गरेको छ ।

प्रतिनिधि सभाको १ र प्रदेश सभामा २ निर्वाचन क्षेत्र रहेको रोल्पामा प्रत्यक्ष र समानुपातिकतर्फ उम्मेदवार सिफारिस भएका छन् ।

प्रतिनिधि सभाको प्रत्यक्षतर्फ अमरसिंह पुनमगर, टेकबहादुर बस्नेत र शंकवहादुर छन्त्यालको नाम सिफारिस गरेको छ ।

पुनमगर पार्टीका लुम्बिनी प्रदेश सभापति एवम् पूर्वराज्यमन्त्री हुन् भने बस्नेत र छन्त्याल पार्टीको लुम्बिनी प्रदेश समितिका सदस्य हुन् ।

समानुपातिक तर्फ सुरेन्द्र हमाल र भीमकुमारी बुढामगरलाई सिफारिस गरेको छ । हमाल र बढामगर संघीय सरकारका पूर्वसहायक मन्त्री हुन् । हमाल रोल्पा कांग्रेसका संस्थापक सभापति समेत हुन् ।

प्रदेश सभाको प्रत्यक्षतर्फ निर्वाचन क्षेत्र नंं क मा मानबहादुर खत्री, मनोजमणि आचार्य, दुर्गाबहादुर खडका, चन्द्रप्रकाश आचार्य, भीमकला बढाथोकी, पुष्पा श्रेष्ठ र नुर्जबहादुर खड्काको नाम प्राप्त भएको छ ।

प्रदेश सभा (क) को समानुपातिकतर्फ माधवप्रसाद आचार्य, मानबहादुर खत्री, श्रीकुमारी रोकामगर, देवा आचार्य, महेन्द्र पुनमगर, हुमादेवी भण्डारी, तीजा विष्ट, सीमबहादुर विष्ट, इन्द्रवहादुर खत्री, मनिकला रानामगर र लालकुमारी पुनमगरको नाम प्राप्त भएको छ ।

प्रदेश सभा (ख) को प्रत्यक्षतर्फ अमरसिंह पुनमगरको एकल नाम सिफारिस भएको छ । समानुपातिक तर्फ गोपाल घर्तीमगर र रती कामीको नाम सिफारिस भएको नेपाली कांग्रेस रोल्पाका सचिव शेरबहादुर थापाले जानकारी दिए ।

प्रदेश सभा (क) मा धेरै आकांक्षी देखिएकाले नाम मात्र प्राप्त भएको छ निर्णय भएको छैन । प्रतिनिधि सभा र प्रदेश सभा (ख) को भने निर्णय सहित सिफारिस भइसकेको छ सचिव थापाले भने ।



source https://www.onlinekhabar.com/2022/09/1185151

संगीतकार संघको अध्यक्षमा चेतन सापकोटा, यस्ता छन् उनका प्राथमिकता

काठमाडौं । संगीतकार संघ नेपालको अध्यक्षमा चेतन सापकोटा चुनिएका छन् । काठमाडौंमा शनिबार सम्पन्न ११ औं साधारण सभाले सापकोटाको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

वरिष्ठ उपाध्यक्षमा अष्ट लामा, प्रथम उपाध्यक्षमा सुदाम थापा र द्वितीय उपाध्यक्षमा राजन ईशान चयन भएका छन् ।

यसैगरी महासचिवमा महासचिव बसन्त सापकोटामा, सचिवमा प्रह्लाद बोगटी र कोषाध्यक्षमा राजेश थापा छन् ।

सदस्यहरुमा अर्जुन पोख्रेल, राजनराज सिवाकोटी, शंकर स्माइल र दिनेश बान्तवा चयन भएका छन् ।

कार्यक्रममा संगीतकार संघका संस्थापक अध्यक्ष एवं संघका संरक्षक शम्भुजित बास्कोटा, वरिष्ठ संगीतका दीपक जंगम, प्रकाश गुरुङ, बुलु मुकारुङ लगायतको सहभागीता थियो ।

कार्यक्रममा अनलाइनखबर डटकमका पत्रकार विष्णु शर्मालाई ११ हजार १११ रुपैयाँसहित पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो । यस्तै बाल प्रतिभा पुरस्कार यस बर्ष बाल गायिका पुजा देवकोटा र बाल गायक सुप्रिम मल्ल ठकुरीलाई प्रदान गरिएको छ ।

श्रष्टाका लागि दाउरा पनि माग्नुपर्ने स्थिति नआओस् भन्ने चाहान्छौं : सापकोटा

नवनिर्वाचित अध्यक्ष सापकोटाले संगीतकर्मी कल्याणकारी कोष वृद्धि गर्ने कामलाई मुख्य प्राथमिकतामा राखेर अघि बढ्ने बताए । ‘श्रष्टाहरुलाई आर्थिक संकटका कारण स्वास्थ्य उपचार लगायतका समस्या आइनपरोस् भनेर हामीले संगीतकर्मी कल्याणकारी कोष बनाएका छौं, सोही कोषबाट हामीले दीप श्रेष्ठलाई २ लाख रुपैयाँ सहयोग पनि गर्यौं,’ अध्यक्ष सापकोटाले भने, ‘यसैगरी अन्य श्रष्टाहरुलाई पनि सहयोग गर्न सकियोस् भनेर कल्याणकारी कोषलाई वृद्धि र व्यवस्थित गर्नुपर्ने छ ।’

उनले भने, ‘दिवंगत श्रष्टाहरुलाई आर्यघाटमा पुर्याइसकेपछि दाउरा पनि सहयोग माग्नुपर्ने स्थिति नआओस्, कल्याणकारी कोषबाटै खर्च गर्न सकियोस् भन्ने सोच छ ।’

रोयल्टी र प्रतिलिपि अधिकारलाई कडाइका साथ कार्यान्वयन गर्ने, साँस्कृतिक ग्राम बनाउने, संस्थापक अध्यक्ष शम्भुजित बास्कोटाको परिकल्पना अनुसार संगीत विकास बोर्ड गठन गर्ने लगायतका काम पनि प्राथमिकतामा राखेको उनले बताए ।

संगीतकार संघको भवन निर्माणका लागि सरकारले जग्गा उपलब्ध गराइदिनुपर्ने भन्दै उनले त्यसका लागि पनि आफूले पहल गर्ने बताए । ‘हामीसँग भवन बनाउने पैसा छ, सरकारले जग्गा उपलब्ध गराइदिनुपर्छ भन्ने हाम्रो माग हो,’ अध्यक्ष सापकोटाले भने ।



source https://www.onlinekhabar.com/2022/09/1185145

Friday, 2 September 2022

दिउँसो विमानस्थलको भीआईपी कक्षबाटै भागे अभियुक्त, राति होटलबाट समातिए

१८ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी कक्ष दुरुपयोग गरेर शुक्रबार दिउँसो ठगी मुद्दाका एक आरोपी प्रहरीबाट फुत्किएका छन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरको टोलीले शुक्रबार राति १० बजे त्यसरी भागेका अभियुक्त सुनसरीका ३० वर्षीय रिजवान आलमलाई नक्सालस्थित होटल मेरियटबाट पक्राउ गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयका प्रमुख डीआईजी श्याम ज्ञवालीका अुनसार शुक्रबार आएको फ्लाई दुबईको विमानबाट आएका आलमको पासपोर्टमा ‘अराइभल’ छाप लगाउने क्रममा शंकास्पद देखिएको थियो ।

‘कर्मचारीले प्रहरीलाई खबर गर्नसाथ उनी फरार भइसकेका थिए,’ ज्ञवालीले अनलाइनखबरसँग भने ।

उनी विमानस्थलबाट बाहिरिसकेकेा सूचना पाएपछि आलमको खोजीमा उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली परिचालित भएको थियो । राति होटलमै बसिरहेको अवस्थामा उनी पक्राउ परेका हुन् ।

विमानस्थल सुरक्षा स्रोतका अनुसार आलम दुबईबाट आएका त्यहाँका ‘भीआईपी डेलिगेट्स’हरुसँगै काठमाडौं आएका थिए । उनलाई दोभासेका रुपमा काठमाडौं ल्याइएको स्रोतले जनाएको छ । दुबईबाट उनीहरु मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीको निमन्त्रणमा आएका थिए ।

उनीहरुलाई रिसिभ गर्न आयोगका अध्यक्ष अन्सारी स्वयम् विमानस्थल पुगेका थिए । उनी गएपछि दुबईबाट आएका सबैको पासपोर्ट एकमुष्ठरुपमा ‘अराइभल’ छाप लगाउन दिइएको थियो । त्यसक्रममा आलमको पासपोर्ट कालोसूचीमा रहेको देखिएको थियो ।

‘तर प्रहरीलाई खबर गरेको सुइँको पाएका उनी केहिवेरमै फरार भइहाले’ एक अधिकृत भन्छन्, ‘पछि उनी डेलिगेट्ससँगै होटल मेरियटमा गएको भेटिएको छ ।’

प्रहरीका अनुसार रिजवानमाथि पाइलट पढाइदिने भन्दै एक करोड रुपैयाँ बढी ठगी गरेको अभियोग छ । दाउद हुसेन नामक व्यक्तिको जाहेरीले उनीसहित ११ जना रहेको मुद्दामा उनीहरुलाई पक्राउ गर्न भन्दै २७ फागुन २०७८ मा जिल्ला अदालत, काठमाडौंबाट पक्राउ पूर्जी जारी भएको छ ।

आलम यूएईमा बसेको थाहा पाएपछि उनलाई पक्राउ गर्न प्रहरीले अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) लाई पनि गुहारेको थियो । काठमाडौं प्रहरीले २ वैशाखमा इन्टरपोललाई पत्राचार गरेर रेड नोटिस जारी गराउने प्रक्रिया अघि बढाएको थियो ।

आलमलाई हाल प्रहरी वृत्त गौशालामा राखिएको छ ।



source https://www.onlinekhabar.com/2022/09/1185003

नेपालको मुहार : वन्यजन्तुदेखि जीवनशैलीसम्म

१८ भदौ, काठमाडौं । टिलपिल जलकुण्ड, जहाँ निलो आकाशको प्रतिछाया परेको छ । दुई छेउमा गगनचुम्बी टाकुरा । त्यसैको एकछेउमा उदाउँदै गरेको घाम । कम्ता मनमोहक छैन, फोक्सुन्डो तालको यो छायाचित्र ।

टासी आर घलेले आफ्नो क्यामेरामा कैद गरेको यही तस्वीर ‘प्रेजेन्टिङ नेपाल फोटो प्रतियोगिता-२०२२’ मा सर्वोत्कृट भएको छ ।

डोल्पा जिल्लामा अवस्थित नेपालको सबैभन्दा गहिरो ताल फोक्सुन्डोमा सूर्योदय हुँदै गरेको यो तस्वीरले अरु तस्वीरलाई पछि पारेको हो ।

प्रतियोगितामा कल्चर, नेचर, वाइल्ड लाइफ र लाइफ स्टाइल जस्ता विभिन्न विधा राखिएको थियो ।

यसअन्तर्गत संस्कृति विधामा रोजन महर्जनको पाटनमा मनाइने कात्तिक नाचको तस्वीरले उपाधि जित्यो भने वाइल्ड लाइफमा विनय रावलको बर्दिया राष्ट्रिय निकुन्जमा खिचिएको बाघको तस्वीर उत्कृष्ट ठहरियो ।

जीवनशैली विधा अन्तर्गत माटाको भाडा बनाउँदै गरेको शुशील श्रेष्ठको तस्वीरले उपाधि जितेको थियो ।

प्रत्येक विधामा विजेताहरूलाई पर्यटन तथा संस्कृति मन्त्री जीवनराम श्रेष्ठले जनही पचास हजार रुपैयाँसहित प्रमाण पत्र दिएका थिए ।

प्रतियोगितामा ७ सय जना फोटोग्राफरका २ हजार ७ सय फोटो सामेल थियो । जगदिश तिवारी, राजेन्द्र बाँनिया, मनोज ज्ञवाली, नन्दी नीलाह थापा र भरतबन्धु थापा निर्णयक रहेको प्रतियोगितामा सहभागीमध्ये उत्कृष्ट ५० वटा तस्वीर प्रदर्शन गरिएको थियो ।



source https://www.onlinekhabar.com/2022/09/1184984

नारायणगढको पूल्चोकदेखि बसपार्कचोक र आँपटारीसम्म विद्युत लाइन भूमिगत गरिने

१८ भदौ, चितवन । चितवनको पूल्चोक नारायणगढदेखि बसपार्क चोक तथा आँपटारीसम्म विद्युत लाइन भूमिगत गरिने भएको छ । त्यसका विद्युत प्राधिकरणले ठेक्का सम्झौतासमेत गरिसकेको छ ।

कास्कीको पोखरा महानगरपालिका र भरतपुर महानगरपालिकाको मुख्य बजार क्षेत्रमा ४९ करोड ६८ लाख ३१ हजार ८ सय ९९ रुपैयाँको लागतमा विद्युत लाइन भूमिगत गर्न प्राधिकरणले भारतीय कम्पनी टाटा प्रोजेक्ट्स लिमिटेडसँग सन् २०२२ जनवरी २० मा ठेक्का सम्झौता गरेको छ ।

विद्युत वितरण प्रणालीलाई भूमिगत तथा सुदृढीकरण र अटोमेसन गर्ने उद्देश्यले भरतपुर र पोखराका मुख्य चोक र सडक विद्युत भूमिगत गर्न लागिएको आयोजना प्रमुख विजयकुमार झाले जानकारी दिए ।

पोखरा भरतपुर वितरण प्रणाली सुदृढीकरण नाम दिइएको आयोजना सन् २०२४ को जनवरी १९ भित्र सक्ने लक्ष्य राखिएको छ । नेपाल सरकार, विद्युत प्राधिकरणको संयुक्त लगानी तथा एसियाली विकास बैंकको ऋण सहयोगमा भरतपुर र पोखरामा विद्युत लाइन भूमिगत गर्न लागिएको हो ।

भरतपुरमा नारायणगढको पूल्चोकदेखि बसपार्क चोक र बसपार्कचोकबाट आँपटारीचोकसम्म विद्युत लाइन भूमिगत गरिने छ ।

भरतपुरमा ३३ केभीएको ९ सर्किट किलोमिटर, ११ केभिएको ७५ सर्किट किलोमिटर, ४ सय भोल्टको ७० सर्किट किलोमिटरसहित २८ किलोमिटर अप्टिकल फाइबर बिछ्याउने योजना छ ।

सडक विभागले भरतपुरमा गोन्द्राङदेखि नारायणगढसम्म ६ लेनको सडक विस्तारको काम गरिरहेका छ । यहीँ सडक विस्तार भैरहेको बेला विद्युत लाइन भूमिगत गर्न लागिएको हो ।

पूल्चोकदेखि बसपार्कसम्म लाइन भूमिगत हुने भए पनि बसपार्कदेखि गोन्द्राङसम्म झण्डै २ किलोमिटर सडकमा ३३ केभिए प्रसारण लाइन मात्रै भूमिगत हुने विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका इन्जिनिय राजेन्द्र पौडेलले जानकारी दिए ।

विद्युत लाइन प्रसारण भूमिगत गर्ने आयोजनाको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिबार शिलान्साय गर्ने भएका छन् ।



source https://www.onlinekhabar.com/2022/09/1184957

काठमाडौं-४ बाट गगन थापा सर्वसम्मत सिफारिस

१८ भदौ, काठमाडौं । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि नेपाली कांग्रेसका महामन्त्री गगन थापा काठमाडौं क्षेत्र नम्बर ४ बाट सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन् ।

शुक्रबार साझ बसेको क्षेत्रीय समिति बैठकले गगन थापाको एकल नाम प्रतिनिधि सभा सदस्यको उम्मेदवारका लागि सिफारिस गरेको हो ।

‘काठमाडौं-४ बाट महामन्त्री गगन थापाको मात्रै नाम सिफारिस गर्‍यौं,’ क्षेत्रीय सभापति श्यामकृष्ण संगतले भने, ‘सर्वसहमतिले उहाँको नाम जिल्ला कार्यसमितिमा पठाएका छौं ।’

यसअघि कास्कीको क्षेत्र नम्बर १ बाट पनि महामन्त्री थापाको नाम सिफारिस भएको थियो । तर, थापाले आफू काठमाडौं ४ बाटै उम्मेदवारी दिने तयारी गरेको बताएका छन् ।

२०७४ सालको निर्वाचनमा पनि थापा यसै निर्वाचनबाट वाम गठबन्धनका उम्मेदवार एमालेका डा.राजन भट्टराईलाई पराजित गरि प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।



source https://www.onlinekhabar.com/2022/09/1184935

ललितपुर ३ बाट कांग्रेसका जितजंगसहित ४ जना सिफारिस

१८ भदौ, काठमाडौं । ललितपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कांग्रेस केन्द्रीय सदस्य जितजंग बस्नेतसहित चार जना सिफारिसमा परेका छन् ।

क्षेत्रीय समितिको बैठकले प्रत्यक्ष निर्वाचनका लागि पहिलो नम्बरमा बस्नेतलाई राखेर मदन बहादुर अमात्य, धना खतिवडा र विजया केसी श्रेष्ठको नाम सिफारिस गरेको हो । बस्नेत, अमात्य र खतिवडा कांग्रेस केन्द्रीय सदस्य हुन् । केसी प्रदेशसभा सदस्य छिन् ।

ललितपुर-३ मा कांग्रेसका केन्द्रीय सदस्यद्वय बस्नेत र अमात्यबीच प्रतिस्पर्धा छ । उनीहरु दुबै संस्थापन पक्षका भए पनि एकअर्कालाई स्वीकार्ने पक्षमा छैनन् ।

यसपटक सत्ता गठबन्धनबीच सिट बाँडफाँट हुँदा ललितपुर ३ कांग्रेसको भागमा परेमा टिकट पाउनका लागि बस्नेत र अमात्यबीच नै मुख्य प्रतिस्पर्धा हुने कांग्रेस नेताहरु बताउँछन् ।

तरुण दलका पूर्व अध्यक्षसमेत रहेका बस्नेतले यसपटकको निर्वाचनमा अरुका लागि नछोड्ने बताए । ‘ललितपुर-३ मा यसपटक उठ्ने म नै हो, अरुलाई छोडि्दनँ,’ बस्नेतले अनलाइनखबरसँग भने, ‘मैले निर्वाचनको तयारी सुरु गरिसकेको छु ।’ कांग्रेस स्रोतका अनुसार बस्नेतलाई ललितपुर-३ मा निर्वाचनको तयारी गर्न पार्टी सभापति शेरबहादुर देउवाले निर्देशन दिइसकेका छन् ।

अघिल्लो निर्वाचनमा ललितपुर ३ बाट माओवादी केन्द्रकी पम्फा भुसाल विजयी भएकी थिइन् । कांग्रेसका मदन अमात्य भुसालसँग पराजित भएका थिए ।



source https://www.onlinekhabar.com/2022/09/1184919

यौन दुर्व्यवहारमा किशोरीः ‘घरमा भन्यो भने मलाई नै गाली गर्छन्’

डा.राजेन्द्र बरालले धेरै वर्ष पहिले एउटा हृदयविदारक घटना सुनाउनुभएको थियो । ‘आजभन्दा १० वर्षअघि ८ कक्षामा पढ्ने किशोरी पनौती–१ (परिवर्तित नाम) मकहाँ आइन् । उनलाई के भएको हो भनेर सोधें, केही पनि बोलिनन् । झण्डै १५ मिनेटसम्म पनि केही नबोली बसिरहिन् । अनि मैले एकजना नर्सलाई बोलाएँ र उनलाई के भएको छ भनेर सोध्न भनें ।’

डा. बरालका अनुसार, पनौती–१ बल्ल बोलिन् । उनले तल दुख्छ भनिन् । यस्ती किशोरीलाई के भएको हुनसक्छ भनेर म छक्क परें । र नर्सको उपस्थितिमा उनलाई जाँच्ने कोसिस गरें । म स्तब्ध भएँ, उनलाई त पाठेघरको मुखको क्यान्सर भएको रहेछ ।

उनलाई कहिलेदेखि यौन सम्पर्क भयो भनेर सोध्दा उनले भनेको कुरा पत्याउनै नसकिने खालको थियो । बुवाले उनी ३ कक्षामा पढ्दादेखि नै बलात्कार गर्दै आएका थिए रे ! डरले आमालाई पनि भनेकी थिइनन् रे ! तर, उनी ७ कक्षामा पुगेपछि उनलाई समस्या भएर मात्रै आमालाई भनिन् ।

अनि आमाले तत्काल बुवासँग पारपाचुके गरिन् । बाबु चाहिं भागेर अमेरिका पुगे । भाग्यले ती किशोरीको समयमै उपचार भयो र अहिले उनी उच्च शिक्षा हासिल गर्दैछिन् । डा. राजेन्द्र बरालले भनेको यो स्थिति नेपाली समाजमा अहिले पनि छ ।

‘घरमा काका, मामा, काकाका छोराहरू वा अन्य कुनै पुरुषहरू छन् भने बालिका र किशोरीलाई उनीहरूबाट हुनसक्ने यौन दुर्व्यवहारको बारेमा सचेत गराउनै पर्छ’ मानसिक रोग विशेषज्ञ डा.विश्ववन्धु शर्मा भन्नुहुन्छ, ‘स्कुलमा शिक्षकहरूले यसरी सचेत गराउन सक्छन् ।’

‘घरमा बुवा वा दाजुका साथीहरू वा काकाहरूबाट यौन दुर्व्यवहार हुँदा कति बालिका र किशोरीले डराएर आमा वा बज्यैलाई भन्दैनन् । किनकि प्रायः हाम्रो समाजमा घरका दिदीबहिनी वा भतिजीलाई यौन दुर्व्यवहार गर्दैनन्, उनीहरूको बीचमा पवित्र सम्बन्ध हुन्छ भन्ने आम बुझाइ छ’ डा. शर्मा भन्नुहुन्छ, ‘तर यस्ता समस्याहरू बारम्बार समाजमा देखिएका छन् र यस्ता कुरा समाजमा बेइज्जत हुन्छ भन्ने डरले कसैले बाहिर ल्याउन पनि चाहँदैन ।’

काठमाडौंकी एकजना वरिष्ठ स्त्री रोग विशेषज्ञले कुनै बेला मलाई एउटा घटनाबारे बताएकी थिइन् ।

‘केही महिना अघि मकहाँ १५ वर्षकी किशोरीलाई गर्भपतन गर्न ल्याइयो । उनको ५ महिनाको गर्भ रहेछ । उनकी दिदीले ल्याएकी थिइन् । किशोरी साह्रै उदास देखिन्थिन् । दिदीलाई बाहिर पठाएर मैले किशोरीसँग कुराकानी गरें । थाहा भयो कि उनको फुपूको श्रीमान्ले ती किशोरीलाई बलात्कार गर्दा रहेछन् । बाहिरबाट फुपाजूले ती किशोरीलाई निकै माया गरेको देखाउने र घरका मानिसले पनि भन्ने गर्थे- ‘ऊ त फुपा र फुपूको छोरी नै भई ।’ त्यसैले किशोरीको फुपाजूले गरेको कुरा कसैलाई भन्यो भने पक्कै कसैले विश्वास गर्दैनन् भन्ने डरले उनी सबै कुरा सहेर बसेकी थिइन् ।’

ती स्त्री रोग विशेषज्ञले मलाई बताए अनुसार घटना पीडादायी छ ।

‘केही अघि उनको महिनावारी रोकियो । तर बढ्दो उमेरमा यस्तो भई नै रहन्छ भनेर आमाले भनेपछि उनी चुप लागिन् र अहिले पेट देखिएपछि पो उनको गर्भ रहेको कुरा आमा र दिदीलाई थाहा भयो भनेर किशोरीले रुँदै भनेकी थिइन् ।’

फुपाले यस्तो गरेको भनेपछि दिदी र आमाले उल्टै उनलाई गाली गरेर, बढाएर कुरा गरेकी भन्दै इज्जत बचाउन कसैलाई खबर नगरी उनको गर्भपतन गर्न ल्याएका रहेछन् । अनि मैले दिदीलाई बोलाएर यस्तो घटना त पुलिसमा खबर गर्नुपर्ने भन्दा दिदीले चाहिं ‘समाजमा इज्जत जाने र ती किशोरीको पनि जीवन बर्बाद हुने भएकोले पुलिसलाई खबर नगर्ने र जसरी भए पनि गर्भपतन गराइदिन’ भनेर आग्रह गरेकी रहिछन् ।

अहिले पनि हामी कतिपय स्कुलमा प्रधानाध्यापक वा अध्यापकले किशोरी वा बालबालिकालाई घरमा पढ्न बोलाएर वा स्कूलमा बढी समय राखेर यौन दुर्व्यवहार गरेको, चुम्बन गरेको र बलात्कार गरेको घटनाका समाचार पढ्छौं ।

किशोरीहरूलाई चुम्बन गर्दा, उनको स्तन छुँदा वा नजिक राखेर म्वाइँ ख्वाएको घटनालाई ‘घरमा भन्यो भने पक्कै पनि अभिभावकहरूले मलाई नै गाली गर्छन्’ भनेर डरले ती किशोरीहरू डराएर बस्छन् र यसरी जीउ छुने प्रक्रियाबाट यो अपराध बलात्कारसम्म पुग्न सक्छ । यसरी दुर्व्यवहार भोगेका किशोरीको बानी व्यवहारमा परिवर्तन हुने हुनाले अभिभावक पनि सजग हुनुपर्छ ।

बालबालिकालाई आफूलाई कसैले दुर्व्यवहार गरिरहेको छ भन्ने पनि थाहा हुँदैन । चकलेट दिएर वा मिठो खानेकुरा दिएर ‘कसैलाई पनि नभन’ भनेपछि बालबालिका पनि चुप लाग्ने सम्भावना रहन्छ । तर, उनीहरूको बानी–व्यवहारमा भने परिवर्तन हुँदै जान सक्छ । त्यसपछि बलात्कार हुने र किशोरीहरूमा गर्भ रहने स्थिति पनि आउँछ । त्यसैले डा.राजेन्द्र बरालले भन्नु भएजस्तो डरलाग्दो स्थिति आउन नदिन घरका महिला र पुरुष दुवै सचेत हुनुपर्छ ।

किशोरीहरूलाई आफ्नै उमेरका किशोर दाजुभाइहरूले पनि माया गर्ने निहुँमा अँगालो मार्ने, हातमा म्वाइँ खाने, शरीरका अन्य भागमा चुम्बन गर्ने, यौनिक क्रियाकलापहरू गरेको प्रशस्त पाइन्छ । किशोरीहरूलाई पहिले नै यस बारेमा ज्ञान दिनुपर्छ । घरका बाबुआमा कसैले उनलाई ‘अभद्र व्यवहार गरेमा, शरीरको कुनै पनि भाग छोएमा, चुम्बन गरेमा वा बलात्कार गर्न कोसिस गरेमा तुरुन्त कसैलाई भनिहाल्नु’ भन्नुपर्छ ।

किशोरीहरूलाई सानैदेखि यस्तो कुराको ज्ञान दियो भने उनीहरूमा आफूलाई यस्तो अवस्था परेमा घरका सदस्यलाई भन्नुपर्छ र यसरी भन्दा उनलाई कसैले पनि गाली गर्ने छैनन् भन्ने आत्मविश्वास जागृत हुन्छ । यसले गर्दा उनीहरू यस्ता समस्याबाट जोगिन सक्छन् ।

बालबालिका चाहिं कतिपय अवस्थामा आफूलाई कसले के गरिरहेको हो भनेर बुझ्न नसक्ने भएकोले उनीहरूले सायद कसैले चिमोटेको, गालामा यौनको दृष्टिकोणले म्वाइँ ख्वाएको आदि कुरा भन्न सक्दैनन् । त्यसैले बालिकाहरूलाई चाहिं विशेष सुरक्षा दिनुपर्छ नै । यस्ता समस्याहरू शहरमा मात्र होइन गाउँघरमा पनि हुन सक्छन् । गाउँघरमा त प्रायः घरमा कोही न कोही मानिस भइरहन्छ बज्यै, फुपू वा छिमेकी महिलाहरूले यस्ता काम हुनबाट रोक्न सक्छन् ।

तर, घरका मुख्य व्यक्तिहरूले घर र बाहिर हुने यस्ता दुर्घटना रोक्न र किशोरीहरूलाई भयरहित वातावरणमा आफ्नो कुरा राख्न प्रेरणा दिन सक्छन् र दिनुपर्छ । ‘यो कुरा त हाम्रो समाज वा हाम्रो घरमा त हुनै सक्दैन, यो त अरूको समस्या हो’ भनेर कहिल्यै पनि सोच्नुहुन्न ।

कहिलेकाहीं किशोरकिशोरीलाई यौन सम्बन्ध र प्रेम छुट्याउन गाह्रो हुन्छ । उनीहरूमा जसले यौन सम्बन्ध राख्छ, उसले आफूलाई प्रेम गर्छ र उसैसँग सम्पूर्ण जिन्दगी आनन्दसँग बित्छ भन्ने भावना हुन्छ । किशोरीहरूलाई यस्ता सम्बन्ध, प्रेम र यौन आदिको बारेमा जानकारी दिइयो भने उनीहरूले छुट्याउन सक्छन् कुन सम्बन्ध कस्तो हो भनेर ।

त्यसैले उनीहरूलाई सरसल्लाह दिने र भ्रम परेको बेलामा शंका निवारण गर्ने ठाउँ भएमा कतिपय किशोरीले आफ्ना समस्या केलाउन सक्छन् र घरका मानिसलाई भन्न सक्छन् । त्यसैले आमा, दिदी–बुवाहरू सजग भएर आफ्नी छोरी, बहिनीलाई यौन दुराचारबाट बचाउन सहयोग गर्नुपर्दछ ।

बालिकाहरू कलिलो अवस्थामा नै यौन दुराचारबाट पीडित हुनसक्ने हुँदा त्यो अवस्थामा उनीहरूलाई आफूलाई के भइरहेको हो भन्ने नै थाहा हुँदैन । विस्तारै आफूलाई के भइरहेको हो भन्ने थाहा पाएपछि पनि त्यो ठिकै हो भनेर स्वीकार गर्दै जान्छन् । तर जब ती किशोरीहरूको सामाजिक जीवन सुरु हुन्छ तब उनीहरूलाई आफूलाई के भइरहेको हो भन्ने थाहा हुन्छ । आफूलाई कति नकारात्मक प्रभाव परेको रहेछ भनेर पनि उनीहरूले थाहा पाउँछन् । मैले हेरेका कतिपय बिरामीमा कुनै धनी घरमा आफ्ना बालबालिकालाई साथीको रूपमा राखिएको भान्जाले पनि यौन दुराचार गरेको पाएको छु ।
डा. विश्ववन्धु शर्मा, मानसिक रोग विशेषज्ञ



source https://www.onlinekhabar.com/2022/09/1184485

Thursday, 1 September 2022

प्रदेश १ ले पाएन नाम, पहिलो कार्यकालको आज अन्तिम बैठक

१७ भदौ, विराटनगर । प्रदेश १ प्रदेश सभाको पहिलो कार्यकालको अन्तिम बैठक आज बस्दैछ । सभामुख प्रदीपकुमार भण्डारीले आज दिउँसो १ बजेका लागि प्रदेश सभा बैठक बोलाएका छन् । सो बैठकपछि आजै राति १२ बजेबाट अधिवेशन अन्त्य हुने छ ।

प्रदेशको नामको विषयमा छलफल नै नभई प्रदेश १ सभाको पहिलो कार्यकाल सकिएको छ । पाँच वर्षे पहिलो कार्यकालमा स्थायी राजधानी भने घोषणा भएको छ ।

प्रदेश १  सरकारले १० औं तथा पहिलो संसदको अन्तिम बजेट अधिवेशनमा नामको विषयमा संसदमा प्रतिनिधित्व गर्ने दलहरुसँग छलफल गरेको थियो । तर पहिचान कि भूगोलका आधारमा नाम राख्ने भन्ने विषयमा सहमति नजुटेपछि नामाकरणको विषयले प्रदेशसभामा प्रवेश नै पाएन । मंसिर ४ गतेका लागि प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन घोषणा भइसकेका कारण प्रदेशसभाबाट नाम आउने सम्भावना नरहेको आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो बताउँछन् । प्रदेशको नाम अब आउने प्रतिनिधिले टुङ्गो लगाउने उनको भनाइ छ ।

प्रदेश सरकारले शुक्रबारबाट अधिवेशन अन्त्य गर्ने निर्णय भदौ १२ गते नै गरेको थियो । प्रदेशसभा सचिवालयले सोही दिन प्रदेश सभा सचिवालयले पनि शुक्रबार दिनको १ बजे बैठक बस्ने गरी सूचना प्रकाशित गरेको थियो ।

नाम र स्थायी राजधानी तोक्ने मुख्य जिम्मेवारी पाएको प्रदेशसभाले २०७६ बैशाख २३ गते स्थायी राजधानी घोषणा गरेको थियो । शेरधन राई नेतृत्वको तत्कालिन दुई तिहाई बहुमतको सरकारले स्थायी राजधानी तोक्दै गर्दा सहमतिका लागि भन्दै नामकरणको विषय थाती राखेको थियो । त्यसयता संसदको शून्य समय र विशेष समयमा बोल्ने सांसदले पटक पटक नामकरण गर्नुपर्ने विषय उठाए पनि दलहरुको आ–आफ्नै अडानका कारण नाममाथि छलफल भएन ।

मुख्यमन्त्री राजेन्द्र राईले आफ्नो पहिलो प्राथमिकताको काम प्रदेश १ को नामाकरण भएको बताएका थिए । नामकरणका लागि छलफल गर्न स्वास्थ्य मन्त्री जयराम यादवको नेतृत्वको समिति गठन गरे । तर समितिले पनि एउटा मात्रै छलफल गरेको थियो ।

प्रदेशसभामा प्रतिनिधित्व गर्ने ठूलो दल नेकपा एमाले भूगोलका आधारमा नाम राख्नुपर्ने पक्षमा थियो । माओवादी केन्द्रसहित तीन दलले पहिचानको आधारमा नाम राख्नुपर्ने बताइरहँदा नेपाली कांग्रेसले सहमतिको बिन्दु खोज्नुपर्ने बताएको थियो ।

यस्तो छ कार्यसूची

प्रदेश सभाको शुक्रबारको अन्तिम बैठकको प्रस्तावित कार्यसूचीमा प्रदेशको उद्योग, पर्यटन तथा वातावरण समितिले आर्थिक वर्ष ०७८÷७९ को वार्षिक प्रतिवेदन प्रदेश सभामा पेस हुनेछ ।

प्रदेश प्रज्ञा प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७८ माथि सोही समितिले तयार पारेको प्रतिवेदन पेस हुनेछ । अन्त्यमा सभामुख प्रदीपकुमार भण्डारीले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त दशौं अधिवशेन अन्त्य भएको पत्र पढेर सुनाउनेछन् ।



source https://www.onlinekhabar.com/2022/09/1184435

वीरगञ्ज महानगरले ‘वीरगञ्ज विकास प्राधिकरण’ गठन गर्ने

१७ भदौ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले ‘वीरगञ्ज विकास प्राधिकरण’ गर्ने भएको छ । महानगरपालिकाको बिहीबार बसेको कार्यपालिका (बोर्ड) बैठकले वीरगञ्ज विकास प्राधिकरण गठन गर्ने निर्णय गरेको हो ।

बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचन पछि गठन भएको कार्यपालिकाको ७ औं बैठक बिहीबार बसेको थियो । मेयर राजेशमान सिंहको अध्यक्षतामा बसेको बैठकले भौतिक पूर्वाधार विकास, योजनावद्ध सहरीकरण र ल्याण्ड पुलिङ गरेर विकासका आयोजना सञ्चालन गर्न ‘वीरगञ्ज विकास प्राधिकरण’ गठन गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलले जानकारी दिए ।

‘काठमाडौंमा काठमाडौं उपत्यका विकास प्राधिकरण गठन भएको छ । त्यसले काठमाडौं उपत्यकाको विकासका लागि विभिन्न काम गर्दै आएको छ,’ उनले भने, ‘वीरगञ्जमा पनि अध्ययन अनुसन्धान गरेर योजनाबद्ध भौतिक पूर्वाधार विकासका काम सञ्चालन गर्न वीरगञ्ज विकास प्राधिकरण गठन गर्न लागिएको हो ।’

मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्यमा ‘वीरगञ्ज विकास प्राधिकरण गठन’ गर्नका लागि ३० करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

करार कर्मचारीको म्याद ३ महिना थप

बैठकले वीरगञ्ज महानगरपालिकाको खरिद नियमावली २०७७ संशोधन गर्ने, करारका कर्मचारीहरुको म्याद ३ महिना थप्ने, बीपी उद्यानको मुद्दामा महानगरपालिकाले बहस पैरवी गर्ने, दलित सूचीकरणमा छुट भएकाहरुको नाम सूचीकरणका लागि पठाउने लगायतका निर्णय गर्नुको साथै नगर दररेट समेत पास गरेको छ ।

वीरगञ्ज महानगरपालिका लेखा समिति कार्य सञ्चालन कार्यविधि २०७९, सुशासन समिति कार्य सञ्चालन कार्यविधि २०७९ पनि कार्यपालिकाको बैठकले पास गरेको आन्तरिक लेखा प्रमुख अधिकृत हरिशंकर कुर्मीले जानकारी दिए ।



source https://www.onlinekhabar.com/2022/09/1184405

सन्दीप सीपीएल खेल्न जाँदा रोहितलाई जुरेको अवसर

१७ भदौ, काठमाडौं । सन्दीप लामिछाने नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान मात्र नभएर महत्वपूर्ण सदस्य समेत हुन् । सन्दीप कप्तान बनेपछि नेपालले टी-२० विश्वकप छनोटदेखि क्रिकेट विश्वकप लिग टुमा तीन वटा शृखंला खेलिसकेका छ । तर उनको अनुपस्थितमा नेपालले केन्यासँग आज (शुक्रबार) एकदिवसीय क्रिकेट खेल्दै छ ।

सन्दीप नभएपछि अब हालका उपकप्तान २० वर्षीय रोहितकुमार पौडेलले एकदिवसीय खेलमा नेपालको कप्तानी गर्नेछन् ।

उमेर समुहको नेपाली टिमको कप्तानी गरिसकेका रोहितले पहिलो पटक सिनियर टिमको कप्तानी गर्न लागेका हुन् । नेपाली टिममा पूर्व कप्तान ज्ञानेन्द्र मल्लको सबैभन्दा अनुभवी सदस्यका रुपमा छन् ।

यस्तै पूर्व उपकप्तान दीपेन्द्र सिंह ऐरी र फ्रेन्चाइज क्रिकेटमा कप्तानी गरिसकेका सोमपाल कामी, करण केसी लगायत अनुभवी खेलाडी पनि टिममा छन् । उमेर समुहमै कप्तानी गर्नेमा रोहित र दीपेन्द्रसँगै आसिफ शेख र यू-१९ राष्ट्रिय टिमका वर्तमान कप्तान देव खनालसम्म टोलीमा छन् । यस मानेमा रोहितले अनुभवी खेलाडीको साथ पाउनेछन् ।

सन् २०१६ मा पहिलो पटक यू-१९ टिममा परेका रोहितले सन् २०१८ देखि सिनियर टिममा खेल्दै आएका छन् । उनले सन् २०१८ मा नेपालले नेदरल्याण्ड्स विरुद्ध खेलेको ऐतिहासिक पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाको दोस्रो खेल खेल्दै डेब्यु गरेका थिए । तर चार खेलपछि नै एकदिवसीय टिमबाट ड्रप भएका रोहितले गत वर्ष पुनरागमन गरे ।

उनले २०२१ सेप्टेम्बरमा ओमान भ्रमणका क्रममा पपुवा न्युगिनी विरुद्धको एकदिवसीय शृंखलाबाट नेपाली टिममा पुनरागमन गरेका थिए । त्यसयता उनले पछाडि पर्कनुपरेको छैन । नेपालका लागि उत्कृष्ट प्रदर्शन गर्दे आएका छन् ।

रोहितले नेपालका लागि एकदिवसीयमा १ शतक र ५ अर्धशतक प्रहार गरिसकेका छन् । उनले मार्चमा कीर्तिपुर मैदानमा पपुवा न्यु गिनी विरुद्ध नै १२६ रन बनाएका थिए । केन्या विरुद्धको पाँच खेलको टी-२० शृंखलामा पनि रोहितले उत्कृष्ट प्रदर्शन गरेका थिए । दुई खेलमा अर्धशतक नजिक पुगेर पनि आउट भएका उनले दुवै खेलमा ४७ रन बनाएका थिए । पाँच खेलमा उनले सर्वाधिक १५६ रन बनाएका थिए ।

यसअघि भएको पाँच खेलको टी-२० शृखंला नेपालले ३-२ ले जितेको थियो । टी-२० शृंखला जिते पनि पाँच खेलपछि नेपालको टी-२० वरीयता दुई स्थान तल झरेको छ । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत आगामी नोभेम्बरमा नामिबिया हुने शृंखलाको तयारीका रुपमा नेपालले केन्या भ्रमण गरेको हो ।

हेड टु हेड

५० ओभरमा नेपाल र केन्याबीचको पछिल्ला पाँच खेलमा केन्याले ३ खेल जित्दा नेपालले २ खेल मात्र जितेको छ ।

सन् २०१५ मा नामिबियामै भएको डिभिजन टु मा नेपाल केन्यासँग लिग चरण र तेस्रो स्थानका लागि भएको खेलमा पराजित भएको थियो ।

विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत सन् २०१७ मा कीर्तिपुरमै भएको दुई खेलमा पहिलो खेल केन्याले जितेको थियो । दोस्रो खेल भने नेपालले जितेको थियो ।

पछिल्लो पल्ट सन् २०१८ मा नामिबियामा भएको विश्व क्रिकेट लिग डिभिजन टु मा नेपाल र केन्या खेलेका थिए । उक्त खेल नेपालले अन्तिम ओभरमा जितेको थियो । अन्तिम बलमा सोमपाल कामीले दुई रन लिएपछि नेपालले केन्यालाई ३ विकेटले पराजित गरेको थियो ।

त्यस खेलमा रोहित पौडेलले सर्वाधिक ४७ रन बनाएका थिए । रोहित र आरिफ शेखले छैटौं विकेटका लागि ८७ रनको महत्वपूर्ण साझेदारी गरेका थिए ।



source https://www.onlinekhabar.com/2022/09/1184297

चोलेन्द्रसँग प्रतिपक्ष नरम, सत्तापक्ष गरम (सवाल–जवाफसहित)

१६ भदौ, काठमाडौं । संसदको महाअभियोग सिफारिस समितिमा निलम्बित प्रधान्यायाधीश चोलेन्द्र शमशेर जबराको बयान जारी छ । ४३ वटा प्रश्न तयार पारेर सुरु भएको बयान बुधबार र बिहीबारसम्म प्रश्न नम्बर ६ वरिपरीसम्म पुगेको छ ।

दुई दिनको बयान नियाल्दा जबराप्रति प्रमुख प्रतिपक्ष नरम र सत्तापक्ष गरम रुपमा प्रस्तुत भएको स्वमं समितिका सदस्यहरु स्वीकार्छन् ।

सत्तारुढ सांसदहरु भ्रष्टाचारका विषयमा समेत एमाले जबरालाई साथ दिने गरी प्रस्तुत हुनु गलत भएको बताउँछन् । सिफारिस समितिका एक सांसदले भने, ‘एमालेले आफुलाई सच्याउने आश गर्न सकिन्छ ।’

एमाले सांसदहरु भने आफुहरुले जे देखेको हो, त्यही बोलिरहेको र कोही कसैसँग मिल्न गए संयोग मात्र हुने’ बताउँछन् । एमालेका एक सांसद भन्छन्, ‘एमालेले जबराविरुद्ध महाअभियोग आएपछि जे बोलेको थियो, अहिले पनि त्यही बोलिरहेको छ । यसमा जबराको कुरा मिल्न गयो भने त्यो उहाँको कुरा भयो ।’

महाअभियोग प्रस्तावकै बैधानिकता विवाद

दुबै दिनको बयानका क्रममा चोलेन्द्रले उठाइएको विषय हो– महाअिभयोगको कानुनी हैसियत र महाअभियोग अगाडि बढाउने प्रक्रिया ।

बिहीबार समितिको अध्यक्षता गरिरहेका जेष्ठ सदस्य रामबहादुर विष्टले स्वतन्त्र, सक्षम, निश्पक्ष र जवाफदेशी न्यायपालिकाको संवैधानिक परिकल्पना भताभुङ्ग बनाएको आरोपबारे धारणा मागेका थिए ।

तर जबराले महाअभियोग प्रस्ताव स्वतः निश्क्रिय भइसकेको दाबी गरे । संसदको एउटा अधिवेशनमा दर्ता भएको प्रस्ताव अर्को अधिवेशनमा नजाने भएकाले महाअभियोग प्रस्ताव निश्क्रिय भइसकेको भन्दै जबराले भनेका छन्, ‘निष्कृय भइसकेको प्रस्तावलाई छलफल गरेर अगाडि बढाइरहनुपर्ने औचित्ययता छैन भन्ने पुनः जिकिर गर्दछु ।’

महाअभियोग प्रस्तावमाथि नै प्रश्न उठाएपछि सांसद प्रमोद साहले के प्रश्न गर्ने पन्छिए भने नेपाली कांग्रेस सचेतक मीन विश्वकर्माले ‘निष्कृय भइसकेको हुनाले म उपस्थित हुन्न भनेर हिजै अनुपस्थित भइदिनुभएको भए हुन्थ्यो’ भनेका छन् ।

एमाले सांसद कृष्णभक्त पोखरेलले चोलेन्द्रशम्शर जबराले उठाएको प्रश्न जस्तै संवैधानिक, कानुन त्रुटि हुनुका साथै गलत नजिर बसेको बताएको बताए । आफूहरुले पनि पहिलो दिनकै बैठकमा प्रश्न उठाएको भन्दै उनले भने, ‘हामीले पनि चुनौती दिएर यो छलफल हुन सक्दैन भनेर संसदमा भन्ने अवस्था रहेन । हजुरले पनि नयाँ नआएर म प्रधानन्यायाधीशकै रुपमा जान्छु भन्ने अवस्था रहेन ।’

माओवादी केन्द्रकी सांसद यशोदा सुवेदी गुरुङले भने त्यसको प्रतिवाद गरिन् । सामान्य प्रस्ताव र महाअभियोग प्रस्ताव छुट्टाछुट्टै भएको भन्दै उनले भनिन्, ‘काम्लोमा सातु मिसाए जस्तो गरेर मिसाएर गज्याङमज्याङ पार्यो भने विषयवस्तुमा निष्कर्षमा पुग्न सकिन्न । काम्लोमा सातु मिसाए छुट्याउन सकिन्न ।’

एमाले सांसद विष्णु पौडेलले भने महाअभियोग प्रस्ताव जिवित नै नरहेको भन्दै जबराको दाबी जस्तै प्रश्न आफूहरुले पनि उठाएको बताए । उनले भने, ‘यो विषय इग्नोर गर्ने खालको विषय रहेन । अब यहाँ उठेको प्रश्नका विषयमा समितिको तर्फबाट सभामुखसँग बसेर छलफल गर्नुपर्ने अवस्था रह्यो ।’

एकीकृत समाजवादीकी सांसद कल्याणीकुमारी खड्काले महाअभियोग र समितिको वैधानिकताका साथसाथै प्रक्रियाको विषयमाथि छलफल गर्ने उचित समय नरहेको बताउँछिन् । ‘जुन बेला प्रवेश गर्नुपर्ने हो त्यतिबेला प्रवेश नगर्ने, काम अगाडि बढाउने र त्यसपछि फेरि पछाडि फर्किने जस्तो भयो । फर्किएर फेरि छलफल गर्ने कुराले हामी कहाँ पुग्छौं ? यसकारण अब अगाडि बढ्नुपर्छ ।’

माओवादी केन्द्रकी सांसद रेखा शर्मा प्रतिनिधिसभा नियमावलीको नियम १६७ मा महाअभियोग निष्कृय हुने व्यवस्था नरहेको भन्दै जबराले उठाएको विषय नोट गरेर अघि बढ्नुपर्ने बताइन् । त्यसपछि बैठकको सभापतित्व गरिरहेका जेष्ठ सदस्य बिस्टले निलम्बित प्रधानन्यायाधीश जबरालाई बोल्न समय दिए ।

सांसदहरुमाथि उठाए प्रश्न

जवाफका क्रममा जबरा समितिको वैधानिकतामा प्रश्न गरे । चेक एण्ड ब्यालेन्स गर्न नसकेको भनेर आफूलाई महाअभियोग लगाइएको भन्दै उनले प्रश्न गरे, ‘न्यायपालिकाले चाहीँ चेक एण्ड ब्यालेन्स गनुपर्ने, संसदले चाहीँ गर्नुपनपर्ने ?’

आफ्नो राजीनामा माग्दै नेपाल बार एशोसिएसनले सार्वजनिक गरेको २१ बुँदे मागपत्रमै (सांसदहरु)ले सहीछाप गरेर महाअभियोग दर्ता गरेको भन्दै उनले भने, यस्तो निरर्थक, औचित्यहीन, कुनै पनि आधार र कारणबाट पुष्टि नहुने …।’

जबरालाई रोक्दै कांग्रेस सांसद मीन विश्वकर्माले ‘संविधानको धारा १०१ ले महाअभियोग प्रस्ताव संसदमा दर्ता भएपछि कारबाही प्रक्रिया शुरु भएको मानेको’ भन्दै थप व्याख्या नगर्न आग्रह गरे । त्यसपछि जबराले ‘महाअभियोग प्रस्तावमा आफूमाथि लगाएको आरोपहरु पुष्टि हुने आधार र प्रमाणहरु पेश नभएको तथा प्रक्रिया नै गैरकानुनी र पुर्ण रुपमा गलत भएको बताए ।

तर एमाले सांसदले बयानका लागि उपस्थित जबरा होइन, समितिका सदस्यकर्तालाई आरोपित गर्ने बयानलाई जोड दिए । भन्छन्, ‘नेपाल बार यस (महाअभियोग)को अगुवा र माननीय सदस्यहरु ज्युहरु बारको भारी भोक्नुभो भन्ने चाहीँ देखियो ।’

जबराले अघिल्लो दिन सर्वोच्चकै कतिपय न्यायाधीश, बारका कतिपय पदाधिकारी र वकिलहरुले संविधान तथा कानुनले बर्जित गरेका कुरा आश गरेको र उनीहरु दण्डित हुनुपर्छ भनेको भन्दै उनलाई सोधे, केके दण्ड गर्दा न्यायलयभित्र सुद्धता, बारभित्र सुद्धता र यस्तो गलत कामको पछाडि कोही लाग्ने छैन ?

जबराले सैद्धान्तिक आरोप लगाएकाले आफुले पनि सैद्धान्तिक जवाफ नै दिइरहेको बताउँछन् । तर फेरि एमाले सांसद कृष्णभक्त पोखरेलले चेक एण्ड ब्यालेन्सको विषय उठाएपछि भने सत्तारुढ सांसदहरु थप अक्रोसित भएका छन् ।

‘बारको कुरा ल्याएर यहाँ पेश गरिएको भन्ने जे कुरा ल्याइएको छ यसमा पनि एक खालको अपमान मैले महसुस गर्छु । किनभन, कुनै कुरा मिल्लान, कुनै बुँदा मिल्लान, कुनै भाषा मिल्लान । रेफ्रेन्स विभिन्न ठाउँको पनि हुन सक्ला । बिभिन्न कारण पनि हुन सक्लान । तर यहाँबाट सारिएको भन्ने जस्ता खालका आरोपहरु लगाइएको छ यो गम्भीर प्रकारकै आरोपहरु हुन्’ सांसद रेखा शर्मा भन्छिन् ।

अर्का सांसद कल्याणी खड्का प्रधानन्याायधीश जबरालाई पढाउने काम बन्द गर्न आग्रह गर्छिन् । ‘यहाँले संविधान पढाउनुभयो, कानुन पढाउन थाल्नुभयो, नियमावलीहरु पढाउन थाल्नुभयो । नेपाल बार, सर्वोच्च बार भनेको यो भनेर भरिभाषा दिन थाल्नुभयो । न्यायलय भनेको यस्तो हो भनेर पढाउन थाल्नुभयो,’ उनले भनिन्, ‘हामी वैधानिक हो कि होइन भनेर बहस गर्ने हो ?’

माओवादी केन्द्रकी सांसद यशोदा सुवेदीले पनि जबरालाई ‘हाम्रो कुरा हामी समितिमा गरौंला, संसदमा गर्नपर्ने भए हामी गरौंला, जनताका अदालतमा गएर दिनुपर्ने जवाफ दिउँला तर, यहाँको कुरा यहाँले नै राख्नुस्’ भनेकी छन ।

समितिका जेष्ठ सदस्य रामबहादुर बिष्टले पनि ‘बयान दिने क्रममा कसैलाइ आक्षेप लगाउने, बिभिन्न बाहिरका कुराहरु, विवाद हुने कुराहरु भन्दा म निर्दोष छु भनेर सफाई लिने कुरामा ध्यान दिन जबरालाई आग्रह गरेका छन् ।

सवालजवाफको अंश

चोलेन्द्र शमशेर जबरा : प्रतिनिधिसभा नियमावली २०७५ को नियम ६५ लाई अझ म पढेरै राख्न चाहन्छु – प्रस्ताव निष्क्रय हुने र पुनः पेश गर्न नपाइने । ‘बैठकमा प्रस्ताव पेश गर्ने अनुमति प्राप्त भइसकेपछि पनि पेश नगरिएको प्रस्ताव स्वतः निष्क्रिय हुनेछ’ उपनियम १ मा छ । उपनियम २ मा – यस नियमावलीमा अन्यथा लेखिएकोमा बाहेक प्रतिनिधि सभाको चालू अधिवेशनमाकुनै प्रस्तावद्वारा छलफल गरिएको वा निर्णय भइसकेको वस्तुतः उही विषय कुनै अन्य प्रस्ताव वा संशोधनद्वारा पुनः पेश गर्न पाइने छैन । उपनियम ३ मा ‘चालू अधिवेशनमा दर्ता भएको प्रस्तावमाथि छलफल नभएमा स्वतः निष्क्रिय हुनेछ ।’ यसकारण यो प्रस्ताव (महाअभियोग) जुन अधिवेशनमा आएको थियो त्यो अधिवेशनमा छलफल हुन सकेन । त्यसकारण यो महाअभियोगको प्रस्ताव निष्कृय भइसकेको भन्ने कुरा नियमावलीको ६५ (३)को व्यवस्था हो । यसकारण निष्कृय भइसकेको प्रस्तावलाई छलफल गरेर अगाडि बढाइरहनुपर्ने औचित्ययता छैन भन्ने कुराको पुन जिकिर गर्दछु ।

मीन बहादुर विश्वकर्मा : यो प्रस्ताव संसदमा पेश भएर, छलफल भएर समितिमा आएको हो । यहाँ प्रधानन्यायाधीश ज्युले भन्नुभयो छलफल नै भएको छैन, निष्कृय भइसक्यो । हामी बयानको दोस्रो दिनमा छौैं । निष्कृय भइसकेको हुनाले म उपस्थित हुन्न भनेर हिजै अनुपस्थित भइदिनुभएको भए अनि यो विषय उठाउन मिल्थ्यो होला नैतिक रुपमा । घरबाटै जिकिर गर्नुभएको भए हुन्थ्यो । अर्को कुरा यो सिंगै संसदमाथि अभियोग हो । शक्ति सन्तुलनको सिद्धान्तमा हाम्रो आरोप पनि छ – कार्यपालिका र व्यवस्थापिकामा हस्तक्षेप गर्नुभयो भन्ने अभियोग छ । त्यो अभियोगलाई पुष्टी गर्ने गरी यहाँ पनि आएर दोहो¥याइदिनुभयो कि – संसदमा छलफल नभइ यहाँ समितिमा आएकै छैन् । छलफल भएर, समितिमा पठाउने निर्णय भएर आएर समिति प्रक्रियामा अगाडि बढेको यो प्रस्तावलाई सो भन्नुभएको हुनाले यसलाई नोट गरौं ।

कृष्णभक्त पोखरेल : प्रधानन्यायाधीशले जे कानुनी प्रश्न उठाउनुभएको छ । यस विषयमा हामीले पनि गम्भीर भएर छलफल गरेको हो । महाअभियोग प्रस्ताव सदन नचलेको अवस्थामा पनि १५ दिनभित्र सदन उ गर्नुपर्ने, ३ दिनभित्र छलफल गर्नुपर्ने, सदन चलेको अवस्थामा सात दिन भित्र छलफल गरे समितिमा पठाउनुपर्ने हुन्छ । म नियमावली समितिको सभापति पनि हो । कि समितिमा आउँदै आउँदैन होला भन्ने परिकल्पना गर्छ र ? अर्थात, ३ महिनाभित्र सांगोपागों होस भन्ने स्पिृटका साथ लेखेको हो । यसमा दुविधै छैन् । तर, साढे पाँच महिना जति लगाएर महाअभियोग सिफारिस समितिमा पठाइयो । हामीले सुरुवात गर्दा ६ महिनाको दिन सुरुवात गर्यौं । यस नाताले यसमा गम्भीर, संवैधानिक, कानुनी त्रुटी र गलत नजिर बसेको छ । यसमा दुविधै छैन् । तर, हामी प्रक्रियाको हकमा प्रतिनिधिसभा नियमावलीको नियम ६५ (१) अनुसार बैठकमा प्रस्ताव पेश गर्ने अनुमति प्राप्त भइसकेपछि पनि पेश नगरिएको प्रस्ताव स्वतः निष्कृय हनेछ । अब यसमा त्यो सेसनमा यो प्रस्तावउपर कुनै छलफल भएको छैन् । दोस्रो सेसनमा आएर मात्रै छलफल भयो । छलफलमा हामीले भाग लियौं । यहाँ बोलाउने भनेर निर्णय ग¥यौं । नोट उहाँले गराउनुभयो । अब हामी अन्तिममा निर्णय गर्ने बेलामा पनि यस विषयमा … प्रवेश त पहिलो दिन नै प्रक्रियाका सन्दर्भमा र डिले गरेर आउने कुरा कानुनको सिद्धान्तभन्दा बिपरित छ भनेर नोट गरेका छौं । यस विषयमा आज कल्ले प्रस्ताव ल्यायौं भन्दा पनि भोलिका दिनका यस्तो त्रुटी गर्न नहुने कुरा छ । तर, बाइ कन्डक्ट – एउटा लिपिवद्ध र अर्को आचरणद्धारा कुनै व्यवहार भएपछि स्वीकार गरेको हुन्छ भन्छ । आचरणद्धारा हामीले पनि यो कुनै हालतमा छलफल हुन सक्दैन, निष्कउय भयो भनेर संसदमा भन्ने अवस्था रहेन । आचरणद्धारा हिजो नै हजुर पनि नआएर म डिनाइए गर्छु, प्रधानन्यायाधीशकै अवस्थामा जान्छु भन्ने अवस्था रहेन । यसको प्रोसेस अगाडि बढाइएको छ । तर, यो विषयमा समितिले गम्भीरतापुर्वक छलफल गरेर एउटा निर्णयमा पुग्नुपर्छ भन्ने मेरो स्ट्रोङ राय छ ।

यशोदा सुवेदी गुरुङ : यो नियमावलीको जनरल प्रस्ताव र महाअभियोग प्रस्ताव भनेर दुइटा विषय छ । दुइटा विषयलाई अरु संसदीय कामकारबाहीको बारेमा प्रश्न उठाउन पाइँदैन, प्रश्न उठ्दैन । जहाँसम्म सांसदहरुले नै छलफल गर्ने कुरा हो, त्यो हामीले संसदमा छलफल गरेकै छौं । के भयो ढिलो आदि इत्यादीका कुरा संसदमा छलफल भएकै छन् । जनरल र महाअभियोग प्रस्ताव भनी दुइटा छन् । काम्लोमा सातु मिसाए जस्तो गरेर मिसाएर गज्याङमज्याङ पार्यो भने विषयवस्तुमा निष्कर्षमा पुग्न सकिन्न । काम्लोमा सातु मिसाए छुट्याउन सकिन्न । दालभात तरकारी मिसाइसकेपछि छुट्याउन सकिन्न । त्यसकारण विषयवस्तुलाई मिसाउन हुँदैन ।

जलरल प्रस्तावमा प्रधानन्यायाधीज्युले भन्नुभएको विषय नै हो । महाअभियोग प्रस्ताव भनेर विशेष व्यवस्था छ । महाअभियोग प्रस्ताव कसरी गर्ने, निष्कर्षसम्म कसरी पुग्ने भनेर नियमावलीले गाइडलाइन दिएको छ । त्यो गाइडलाइनमा कहीँ कतै यसरी निष्कृय हुने प्रावधान छैन । १४ वटा दफा यसमा उल्लेख छन् । त्यसैले यो १४ दफा भित्रबाट यो गाइडेड हुन्छ । यो दफा ६५ बाट यो गाइडेड हुँदैन । यसको गाइडलाइन भनेको संविधान हो । दोस्रो गाइडलाइन ऐन हो । महाअभियोग कार्यविधि ऐन छ । तेस्रो गाइडलाइन प्रतिनिधिसभा नियमावलीको दफा १५४ बाट शुरु भएर १४ वटा दफामा समेटिएको छ ।

मैले हिजो पनि संकेत गरेको थिएँ– अहिले जे छलफल गर्दैछौं सामान्य सार्वजनिक महत्वको प्रस्ताव, संकल्प प्रस्ताव जस्तो प्रस्ताव होइन । यो महाअभियोग प्रस्ताव हो । यो बिरलै लाग्ने प्रस्ताव हो । जसलाई पायो त्यसलाई छ्यापछ्याप्ती लगाउँदै हिड्ने प्रस्ताव होइन । यो प्रस्तावको निष्कर्षमा जाँदा सकारात्मक, नकारात्मक जे निष्कर्षमा पुगिएला यसको संदेश राष्ट्रिय-अन्तर्राष्ट्रिय रुपमा रहन्छ । यसकारण गम्भीर बनौं ।

विष्णु पौडेल : महाअभियोगका सम्बन्धमा संविधानको व्यवस्था के छ – एक । दोस्रो– ऐनमा के व्यवस्था छ । तेस्रो– प्रतिनिधिसभा निममावलीमा के व्यवस्था छ । यी तिनटा चिजहरुमा सम्बन्धित छन् । संविधानको व्यवस्था ऐन बमोजिम कार्यान्वयन हुन्छ भने ऐन बमोजिम कार्यान्वयन गर्न नै कठिन हुने स्थिति यहाँ देखिएको छ । महाअभियोग समिति भन्छ संविधानले तर, यहाँ ऐनले महाअभियोग जाँचबुझ समिति भन्छ । जाँचबुझ समितिमा एउटा न्यायीक क्षेत्रको मान्छे राख्नुपर्छ भन्छ । महाअभियोग समितिमा संसदका सदस्यहरुमात्रै रहन्छन् । यस्तो खालको जिकज्याक छ । यो जिकज्याकका बाबजुत अगाडि बढौं न त भनेर हामी अगाडि बढेका छौं ।
माननीय यसोदाजीले जे भननुभयो– अमुक प्रस्तावका सम्बन्धमा यो अरुका निम्ति यो भनेर त्यस्तो थियो भने किटानी नै गरिन्थ्यो नि त । त्यस्तो त मलाई लाग्दैन् । तर, जे होस सिरियस कन्सर्न उठ्यो । हामी सिरियसली प्रश्न सोधिरहेका छौं । जवाफ पनि दिइरहनुभएको छ । हामीले निलम्बित प्रधानन्यायाधीशको हैसयतमा बोलाएको यहाँले त नागरिकका हैसियतमा उपस्थित छु भन्नुभयो । नियमावलीले यो प्रस्ताव नै जीवित नरहेको भन्ने खालको कुरा गर्नुभयो । मैले पनि यो विषय उठाइरहेको थिएँ । यसकारण या विषय इग्नोर गर्ने खालको विषय त रहेन । अब यहाँ उठेको प्रश्नका विषयमा हाउसको लिडरसँग कन्सलटेसन गरौं समितिको तर्फबाट । समितिको तर्फबाट सभामुखसँग बसे छलफल गर्नुपर्ने अवस्था त रह्यो । अहिले प्रधानन्यायाधीशले उठाउनुभएको विषयलाई नोटिसमा राखेर अगाडि बढौं ।

कल्याणी कुमारी खड्का : जुन विषय जुन बेला प्रवेश गर्नुपर्ने हो त्यतिबेला प्रवेश नगर्ने । काम अगाडि बढाउने र त्यसपछि फेरि पछाडि फर्किने जस्तो भयो । यसको औचित्य छैन त्यसकारण उपस्थित हुन्न भन्ने कुरा, अथवा मैले बयान किन दिनपर्छ ? भन्ने कुरा भएन । यहाँसम्म हामी आइपुगेका छौं, यसकै विषयमा छलफल गर्ने वातावरण बन्छ कि बन्दैन ? कृष्णभक्त माननीयज्युले ने जस्तो नियम कानुन कार्यानवयन गर्नुपर्ने महत्वपुर्ण विषय हो । कसैले पनि नियम कानुनलाई इग्नोर गर्न मिल्दैन । तर, यो गम्भीर छ, थाहा पाउँदा पाउँदै धेरै पटक बहस भएर यहाँ आइपुगेका छौं यसकारण यो विषय गम्भीर छ, फेरि अर्को नजिर नबसोस् भन्नका निम्ति फेरि अन्तिममा हामी एउटा निष्कर्षमा पुग्नु पर्ला । तर, फेरि फर्किएर फेरि छलफल गर्ने कुराले हामी कहाँ पुग्छौं ? यसकारण अब अगाडि बढ्नुपर्छ ।

हिजो हामी ४ नम्बर प्रश्नसम्म पुगिसक्यौं । कि त यो विषय उठिसक्यो अब अगाडि बढ्दैन भन्ने स्थितिमा पुग्न पर्यो । होइन भने यति अगाडि बढिसकेपछि अब हाम्रा नियमावली, संविधानहरुले पनि कुनै ठाउँमा एकथोक चीज बोलेको छ, कुनै ठाउँमा अर्को चीज बोलेको छ । यहाँ आइसकेपछि जुन बुँदालाई टेकेर अगाडि बढिएको छ त्यही बुँदा अनुसार अगाडि बढ्नुपर्छ । बढ्ने ठाउँ नै नभएको भए यहाँ आइपुग्दैनथ्यौं । यसकारण हिजो के भन्नुभयो र आज के भन्नुभयो भन्ने कुरा नोटिसमा रहने भयो ।

लालबाबु पण्डित : अहिले उठेका प्रश्नको सन्दर्भमा प्रतिनिधिसभा नयमावलीको नियम १६७ तिर आर्कषित गर्न चाहन्छु – प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि महाभियोग सम्बन्धी कारबाही यसै परिच्छेदमा व्यवस्था भए बमोजिम हुनेछ । भनिसकेपछि अन्यत्र के कुरा लेखिएको छ त्यो कुरालाई यो १६७ ले काट्ने भएको हुँदा प्रश्न त उठेको छ, बाझिएको स्थिति हो तर, महाअभियोग सम्बन्धी १६७ ले महाअभियोग सम्बन्धी नियमावलीमा जे व्यवस्था गरेको छ यो बाहेक अरु बाझे नि यसै अनुसार गर्ने गरी लेखिएको कुरा ध्यानाकर्षण गर्न चाहन्छु ।

रेखा शर्मा : म पनि प्रतिनिधिसभा नियमावलीको नियम १६७ नै पढिराखेको थिएँ । हामी अहिले छलफल गर्ने, महाअभियोग निष्कृय भयो कि भएन भनेर आजका दिनमा हामी समितिका सदस्यले बहस गर्ने बेला हो जस्तो लाग्दैन् । संसदमा पनि हामीले यस्तो कुरा उठाएनौं, समितिमा पनि सुरुमा नोट गराएको कुरा हो – ढिलो भयो । तर, प्रस्ताव निष्कृय भइसक्यो त्यसकारण भन्ने चाहीँ थिएन । यसकारण हामी समितिका सदस्यले यो उठाउने विषय होइन । महाअभियोग सम्बन्धी परिच्छेदमा महाअभियोग निष्कृय हुने व्यवस्था छैन् । यसलाई नेट गर्दै अगाडि बढ्ने कुरा नै उपयुक्त हुन्छ ।

जेष्ठ सदस्य राम बहादुर बिष्ट : निकासको बाटो आयो अब अगाडि बढौं ।

चोलेन्द्र शमशेर जबरा : व्यक्ति भन्दा संविधान, कानुन र नियम माथि हुन्छ । सबै पदाधिकारीले मान्नुपर्छ । यो अगाडि बढ्यो, पछाडि हट्यो भन्नेसँग कुनै सरोकार राख्दैन् । यो हिसाबले मात्रै मैले अनुरोध गरेको हुँ । कानुनको जुन विषय वस्तु छ त्यो जुनसुकै समय र अवस्थामा पनि क्षेत्राधिकारको विषयमा, कानुनले तोकेको विषयमा, हदम्यादको विषयमा प्रश्न उठाउन पाइन्छ । यो मेरो कानुनी हक भएको हुनाले सम्मानित समिति समक्ष पेश गरेको हुँ ।

यसपछि महाअभियोग समितिको बैठक अन्य प्रश्नहरुको बयानमा केन्द्रित हुन्छ । तर, चेक एण्ड ब्यालेन्सको प्रश्न आएपछि फेरि पनि निलम्बित प्रधानन्यायाधीश जबरा संसदले चेक एण्ड ब्यालेन्स गरेको छ कि छैन भनी प्रश्न गर्छन ।

चोलेन्द्र शमशेर जबरा : …. न्यायपालिकाले चाहीँ चेक एण्ड ब्यालेन्स गनुपर्ने, संसदले चाहीँ गर्नुपनपर्ने ? जे २१ बुँदे भनेर कानुन व्यावसायीले सार्वजनिक गरेको थियो प्रधानन्यायाधीशको राजीनामाका लागि माग गरेर यसैमा उहाँहरु (सांसदहरु)ले सहीछाप गरेर (महाअभियोग) लिएर आउनुभएको छ । यस्तो निरर्थक, औचित्यहीन, कुनै पनि आधार र कारणबाट पुष्टि नहुने र यसमा पुष्टि गर्ने कुनै आधारै नदिइकन यति लेखेर ल्याएको भरमा आज प्रधानन्यायाधीशलाई साढे ६ महिना निलम्बनमा राखियो । हिजो पनि मैले भनेको छु– संविधानले निलम्बन गर्ने प्रक्रिया कठिन र गहनतन तरिकाले राखेको छ । त्यसलाई यति नेग्लिजेन्टल्ली महाअभियोग सभामुखकहाँ गयो । मलाई पठाइएकोमा आका भनेर लेख्नुभएको छ, के हो आका भनेको ? यस पछाडि गएर महासचिवले पठाउँदा तपाईंलाई काम गर्न रोकिएको भनेर पठाउनुभएको छ । कहाँ छ यसरी लेखेर पठाउने चलन ? संविधानको धारा १०१सहित हरेक व्यवस्थालाई हेरम त कहाँनेर छ ।

कुनै व्यक्तिको विरुद्धमा महाअभियोग पेश गर्ने आधार र कारण विद्ययमान भए नभएको छानविन गरी सिफारिस गर्ने प्रयोजनका लागि एक महाअभियोग सिफारिस समिति रहनेछ । उपधारा ३ मा छ । उपधारा ४ मा उपधारा (३) बमोजिमको समितिमा प्रतिनिधि सभाका एघार जना सदस्य रहनेछन् । उपधारा ५ मा ‘महाभियोगबाट पदमुक्त हुने व्यक्तिले संविधानको गम्भीर उल्लंघन गरेको वा कार्यक्षमताको अभाव वा खराब आचरण वा पदीय दायित्वको पालन इमानदारीपूर्वक नगरेको वा आचार संहिताको गम्भीर उल्लंघन गरेको भन्ने आधारमा प्राप्त सूचना, जानकारी वा उजुरी ग्राह्य रहेको भनी प्रतिनिधि सभाका कम्तीमा तीन जना सदस्यले प्रमाणित गरी पेश गरेमा उपधारा (३) बमोजिमको समितिले त्यस्तो उजुरीमाथि संघीय कानून बमोजिम छानबिन गरी महाभियोग सम्बन्धी कारबाहीका लागि प्रतिनिधि सभा समक्ष सिफारिस गरेमा उपधारा (२) बमोजिम महाभियोगको प्रस्ताव पेश हुन सक्नेछ’ भनिएको छ ।
उपधारा ६ मा –उपधारा (२) बमोजिम महाभियोगको कारबाही प्रारम्भ भएपछि नेपालको प्रधान न्यायाधीश वा सर्वोच्च अदालतका न्यायाधीश, न्यायपरिषदका सदस्य, संवैधानिक निकायका प्रमुख वा पदाधिकारीले त्यस्तो कारबाहीको टुंगो नलागेसम्म आफ्नो पदको कार्य सम्पादन गर्न पाउने छैन ।

मीनबहादुर विश्वकर्मा : उपधारा ६ ले नै प्रष्ट पारिहाल्यो नि अरु समय किन खेर फाल्ने ?

चोलेन्द्र शमशेर जबरा : मैले भन्न खोजेको यो प्रस्ताव (महाअभियोग) समितिमा जान्छ । समितिले छानबिन गर्छ । समितिले महाअभियोग लगाउन उपयुक्त छ भनेर प्रतिवेदन दिएपछि बल्ल …

मीनबहादुर विश्वकर्मा : जुन प्रक्रियाबाट अगाडि बढिसक्यौं । फेरि पनि प्रक्रियामै घुमीफिरी जाने गरेका छौं । प्रधानन्यायाधीशको जिकिर खाली प्रक्रियामा गइरहनुभएको छ । यस्तो अभ्यास यो भन्दा अगाडि पनि भइसकेको छ । संविधानको धारा १०१ ले महाअभियोग प्रस्ताव संसदमा दर्ता भएपछि कारबाही प्रक्रिया शुरु भएको मानेको छ । यसमा थप ब्याख्या नगरौं ।

चोलेन्द्र शमशेर जबरा : महाअभियोगलाई पुष्टि हुने आधार र प्रमणहरु पेश भएका छैनन् । यसकारण यो दर्ता प्रक्रियादेखि गैरकानुनी र पुर्ण रुपमा गलत छ ।

यसपछि बयान अलिक फरक ढंगले अगाडि बढ्छ । केही प्रश्नोत्तर भएपछि फेरि एमाले सांसद कृष्णभक्त पोखरेलले चेक एण्ड ब्यालेन्सको विषय उठाउँछन् ।

रेखा शर्मा : प्रधानन्यायाधीशबाट यो प्रस्तावकै विषयमा निष्कृय भैसक्यो भनेर हिजो र आज पनि उठ्यो । आज आएर फेरि आरोप लगाउने सांसदहरु नै यो समितिमा भएपछि भन्ने प्रश्न पनि उहाँको आशंका पनि उठेको छ । हामी जो समितिमा छौं, हामी हाम्रो संविधान र नियमावलीको व्यवस्था अनुसार छौं । संविधान र नियमावलीको व्यवस्था अनुसार भइसकेपछि … कित पहिले नै महाअभियोग सिफारिस समिति गठन हुनुपर्दथ्यो त्यो भएन । यसकारण जसरी प्रस्तावै बेठीक भन्ने जिकिर गर्दा गर्दै समिति नै बेठीक छ भन्ने कुरा आएको छ यसमा गम्भीर असहमति राख्न चाहन्छु । यो विषयमा समितिमा छुट्टै छलफल गर्नुपर्ने विषय जस्तो पनि लाग्यो ।

अर्को बारको कुरा ल्याएर यहाँ पेश गरिएको भन्ने जे कुरा ल्याइएको छ यसमा पनि एक खालको अपमान मैले महसुस गर्छु । किनभने, कुनै कुरा मिल्लान, कुनै बुँदा मिल्लान, कुनै भाषा मिल्लान । रेफ्रेन्स बिभिन्न ठाउँको पनि हुन सक्लान । बिभिन्न कारण पनि हुन सक्लान । तर, यहाँबाट सारिएको भन्ने जस्ता खालका आरोपहरु लगाइएको छ यो गम्भीर प्रकारकै आरोपहरु हुन ।

प्रमाण किन दिइएन ? भन्ने छ प्रमाण सबै समितिले उहाँलाई पठाइदिने होइन होला । हामी बयान लिने चरणमा छौं । बयान लिइसकेपछि प्रमाणले पुग्यो, आधार दियो भने यो सफल हुन्छ । प्रमाणले दिएन भन असफल हुन्छ । यो त छँदैछ । यो त समितिको क्षेत्राधिकारभित्रको कुरा हो । समितिको क्षेत्राधिकारभित्रको कुरालाई मलाई प्रमाण नपठाईकन भन्ने कुराको आरोप लगाउन मिल्दैन । पछाडि बिभिन्न खालका प्रश्नहरु छन जसले प्रमाणको माग गर्दछन् । ऐनसेलका कुरा, रञ्जन कोइरालाका कुरा थुप्रै छन् । न्यायलयको सार्वभामिकता प्रधानन्यायाधीशले जेगाउन सकेनन् भन्ने आरोप अहिले आरोपको कुरा हो । अन्यथा, छलफललाई डाइभर्ट गर्ने, बहसलाई डाइभर्ट गर्ने त्यताबाट अगाडि बढ्नु उपयुक्त हुन्न । यहाँले जसरी सबै कोपरकल्पित, सबै खराब भनेर आरोप लगाइराख्नुभएके छ । मेरो आग्रह– सबै खराब त्यसकारण म ठीक भन्ने कुरा भन्दा प्रधानमन्त्री, सरकारको समस्या, मन्त्रीहरु खराब भए भने त्यो मन्त्रीको कुरा भयो, प्रधानमन्त्रीको कुरा कहाँ हो भनेर प्रधानमन्त्री उम्किन पाइँदैन् । किनभने उसको क्याबिनेट हो । न्यायलय पनि हामीले बुझेको– न्यायलयका न्यायाधीशहरु खराब हुन्छन् भने प्रधानन्यायाधीश के हेरेर बस्यो त ? सुधार्न के के ग¥यो ? प्रश्नको अन्त¥य यो हो । त्यसकारण तपाईं त्यहाँको नेतृत्व हो । नेतृत्वको हिसाबले कतिपय तपाईंका कारणल भए होलान, कतिपय अन्य न्यायाधीशको कारणले भएन होलान । ति विषयमा सुधार गर्न पहल गर्न के के गर्नुभयो ? पहल नगरिसकेपछि असक्षमताको आरोप लागेको हो ।

कल्याणी खड्का : यो त सिंगो संसदलाई, सिंगो समितिलाई तपाईंहरुले ल्याएको प्रस्ताव यसकारण ठीक छैन् । हिजो हामी ४ नम्बरसम्म आउादा प्रश्नोत्तर गरिराखेका थियौं । आज पाँच नम्बर प्रवेश गरेपछि यो भेग छ, यो प्रश्नको औचित्य छैन, मैले कुरा बुझेको छैन, मैले उत्तर दिनुु पनि कुनै अर्थ छैन् भनेको अवस्थामा यो लम्बियो । रेखा माननीय ज्युल भनेको कुरामा मेरो समर्थन छ । पाँच नम्बरकै औचित्य छैन् भने ६ नम्बरमा गएर किन छलफल गर्ने भनेर प्रश्न गर्न खोसजरहनुभएको छ यहाँ (प्रधानन्यायाधीश) ।

यहाँले संविधान पढाउनुभयो, कानुन पढाउन थाल्नुभयो, नियमावलीहरु पढाउन थाल्नुभयो । नेपाल बार, सर्वोच्च बार भनेको यो भनेर भरिभाषा दिन थाल्नुभयो । न्यायलय भनेको यस्तो हो भनेर पढाउन थाल्नुभयो । पहिला यो ठेगान गर्नुपर्ने भयो । पहिला प्रश्न ठीक छ कि छैन ? हामी वैधानिक हो कि होइन भनेर बहस गर्ने हो ? या हामी प्रश्नमा प्रवेश गरेर उत्रर लिने हो ?

महाअभियोग प्रस्ताव ल्याउनुको अर्थ छैन भनेर जवाफ दिने । हामी अर्थ थियो भनेर हामीले बहस गर्ने हो कि ! यहाँ आइपुग्दा एक एक प्रश्नको उत्तर दिने होला । प्रमण के छ र ? भन्नुभयो । इतिहासमा नभएको कुरा चा महिनासम्म न्यायलय अवरुद्ध हुनु भनेको त्यो भन्दा ठूलो प्रमाण के चाहिन्छ ? राज्यमा थुप्रै मान्छेहरु, कतिपयको सजायको म्याद सकिन्छ फैसला नभएको कारणले दुई वर्ष चार वर्ष बस्नुपर्ने न्यायलयमा छ । यी कुराहरु सुधार्नु भएको भए, यो सु्िरधएर आएको भए । चार चार महिनासम्म चलेन । यो भन्दा अगाडि पनि न्यायलय थियो, राजनीतिक दलहरु थिए, बार थियो । अहिले आएर चार चार महिना न्यायलय चल्न नसकको हामी गएर अवरोध गरेर त होइन । यो स्थिति आइसकेपछि न्यायलयले जुन न्याय दिनुपर्ने हो त्यो न्याय नदिएपछि, जुन खालको अवरोध आयो त्यसबेलामा यी प्रश्नहरु उठ्दैनन ?
असारको कति गतेसम्म राम्रो हुने, त्यहाँबाट किन महाअभियोग प्रस्ताव आयो भनेर भन्नुुहुन्छ । कसैले कसैलाई उजुरी हाल्नुभन्दा अगाडि, मुद्दा हाल्ने वा विमत्ति राख्ने कुरा घटनाक्रमले जोडेर यो परिस्थितिमा आएको हो । चार महिना अवरोध हुनु भनदा अगाडि पनि थुप्रै परिस्थिति भए होला त्यसपछि यो महाअभियोग आउने परिस्थिति बन्यो । यहाँले जसरी पढाउनुभएको छ त्यही कुरा हो, हामीले होइन रहेछ भनेर उठेर हिड्ने खालको जुन परिस्थिति होला भनेर यहाँ भाषण भइराखेको छ यो मलाई त्यति उपयुक्त लागेको छैन् । यो कामै नलाग्ने चीज पो गरिएछ कि भनने खालको जुन खालको अपमान भएको छ, पढ्नुपर्यो, नियम बुझ्नुभएन, कानुनका भाषा बुझ्नुभएन, कानुनको भाषा पढाउने हो हामीलाई यहाँ ? तपाईंले जुन भनिराख्नुभएको छ हामी सम्मान गर्छौं, सम्माननीय हो यहाँ अहिले आरोप मात्रै लागेको हो । निलम्बित मात्रै हुनुभएको छ, दोषी करार हुनुभएको छैन् । हामी न्यायलयको सम्मान, इज्जत गर्न चाहन्छँैं, तर, यहाँले संसदप्रति, माननीयका प्रति जुन खालको कुरा उठाइरहनुभएको छ यो उपयुक्त कुरा हो ? घोर आपत्ति छ यस्तो कुरामा । यस्तो कुरा गर्न पाइन्छ ? हामी सम्मान गरिराख्या छौं । यहाँ थुप्रै कुराहरु आएका छन् । प्रमाण पुग्ने कुराहरु हामी देखिरहेका छौं। तर, हामीले यो भनिरहेका छैनौं नि । प्रमाण पुग्छ यसकारण तपाईं अपराधी हुनुहुन्छ हामीले भनेर हामीले नाराम्रो कुरा गरिरहेका छैनौं नि । हामीले मान सम्मान गरेर बोलिरहेको बेलामा पुरै माननीयहरु केही काम छैन, केही थाहा नपाउने मान्छेहरु आएको जस्तो गरेर सिकाउने प्रयास गरिरहनुभएको छ यो विलकुल ठीक छैन, मलाई ठीक लागेको छैन्, यस्तोमा त रुलिङ पनि हुनुपर्छ सभापति ज्यु ।
चोलेन्द्र शमशेर जबरा ः माननीय ज्युहरु मेरो हकमा गम्भीर निर्णय गर्न बस्नुभएको हो । यो जति पनि अभियोग प्रस्ताव छ, माननीय ज्युहरुले पनि सही गर्नुभएको छ भनेको यो प्रक्रिया हो । जति पनि अभियोग लागेको छ, मैले यो कारणले मैले यो कारणबाट अभियोग लाग्नुपर्ने छैन, यो आधारबाट पुष्टि हुँदैन, यो गलत छ, जुन आरोपहरु लागेका छन् यी कानुनत गलत छन्, यी झुटा छन् भनेर भन्न पाउने त अभियोग लागेको मान्छेको अधिकार हो । माननीय जयुहरुको मान सम्मानमा आँच आओस् भनेर व्यक्त गरेको होइन ।

यशोदा सुवेदी : प्रधानन्यायाधीशज्युलाई जृ जति आरोपहरु लागेका छन्, जे जति उजुरीहरु आएक छन् त्यस आधारमा गम्भीर हुन आग्रह गर्दछु । त्यो गाम्भीर्यता अझै भएन की भन्ने महसुस भएको छ यो आग्रह गर्न मिल्छ कि मिल्दैन मलाई थाहा छैन तर, मलाई लागेको छ ।

पहिलो कुरा– तपाईंले हाम्रो सहभागितालाई प्रश्न उठाउनुभयो । यो जवाफ दिनुपर्ने विषय होइन । तर,क्लियर गर्नुपर्ने हुन्छ । हामी हाम्रो जिम्मेवारीप्रति गम्भीर छौं । जे जस्तो परिस्थिति भएपनि यो हाम्रो समितिको विषय हो । यो संसदको विषय हो यतातिर तपाईंको चासो चिन्ताको विषय भएन । मात्रै तपाईंको विषय– मेरो पक्षमा न्याय हुन्छ कि हुँदैन भन्ने कुरामा हामी जनताको अदालतमा जाँदा खरो उत्रिन सकौं, जनताको अदालतमा जानु छ नि त हामीलाई । तपाईंलाई न्याय दिनु र नदिनुको प्रश्नसँग थजोडिएर हामी जनताको अदालतमा जानुपर्छ । तपाईं संसदको अदालतमा आउनुभयो, हामी जनताको अदालतमा जानुपर्छ । यसैले हामी अदालतबाहिर छैनौं । आत्मसाक्षी राखी मन वचन कर्मले सेवा गरौं भन्ने कुरमा जानुपर्यो ।

यहाँलाई सोधिएका प्रश्नहरु यद्धपि सैद्धान्तिक रुपमा छन् । पछाडि, पछाडि जाँदा प्राक्टिकल पनि छन । यहाालाई सोधिएका प्रश्नहरु हचुवा छेनन्, एकदम बुझिराख्नुहोला प्रश्नहरु हचुवा छैनन् । यहाालाई आर्थिक रुपमा पनि गम्भीर रुपमा चार्ज लागेका छन् । आर्थिक अपचलनका मुद्दाहरु, बिभिन्न मुद्दामा सेटिङका कुराहरु छन् । कतिपय घुस खाएका कुराहरुमा यहाँको संलग्नताको संवादका कुराहरु पनि छन् । अदालतभित्रकै भवन निर्माणमा यहाँको संलग्नताका कुराहरु छन् । चलखेलको कुराहरु छन् । यसकारण गम्भीरतापुर्वक आफ्ना कुराहरु राख्नुस् । हाम्रो कुरा हामी समितिमा गरौंला, संसदमा गर्नपर्ने भए हामी गरौंला, जनताका अदालतमा गएर दिनपर्ने कुरा हामी दिउँला तर, यहाँको कुरा यहाँले नै राख्नुस् । यहाँको समय होयो, हाम्रो समय बाँकी नै छ । हामी कहाँ कहाँ के के प्रमाण खोज्न पर्छ खोजौंला, सफाई पेश गर्ने मौका दिएर पनि काम गरौंला तर, अहिले यहाँको कुरा राख्नुस् । विषय गम्भीर छन, चानचुने छैनन् । क्लियर हुने गरेर जवाफ दिनुस् ।

शिवमाया तुम्बाहाम्फे : यहाँले जवाफ दिने क्रममा मैले कहाँ भ्रष्टाचार गरेँ भन्नुभएको छ । अधिवक्त शम्भु थापाको एउटा अभिव्यक्ति जुन इम्बोस्ट नम्बर प्लेटसँग जोडिन्छ । त्यो सन्र्दभमा अभिव्यक्तिमा निर्णयलाई सदर गरिरहँदा घुस खाएर सदर गरियो भन्ने अभिव्ययक्तिमा यहाँको भनाई के छ ?

जेष्ठ सदस्य रामबहादुर बिष्ट : हामी बयान लिने क्रममा छौं । प्रधानन्यायाधीश यहीँ हुनुहुन्छ । बयान दिने क्रममा कसैलाइ आक्षेप लगाउने, बिभिन्न बाहिरका कुराहरु, विवाद हुने कुराहरु भन्दा हामीले त तथ्यगत कुरा पत्ता लगाउने हो । हजुरले म निर्दोष छु भनेर सफाई लिने हो । सफाई हुने कुरा हजुरले बोल्ने हो । प्रश्नभित्र केन्द्रित भएर हजुरले जवाफ दिनुहोला भनेर अनुरोध गर्न चाहन्छु ।



source https://www.onlinekhabar.com/2022/09/1184387

Wednesday, 31 August 2022

बालकलाई यौन दुर्व्यवहार आरोपमा गैसस महासंघ मोरङका अध्यक्ष पक्राउ

१५ भदौ, विराटनगर । बालकमाथि अप्राकृतिक यौन दुर्व्यवहार गरेको आरोपमा गैरसरकारी संस्था महासंघ मोरङको अध्यक्ष राजेन्द्र ढकाल पक्राउ परेका छन् ।

१३ वर्षीय बालकलाई पटक-पटक अप्राकृतिक यौन दुर्व्यवहार गरेको आरोपमा बुधबार साँझ पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी  कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठका अनुसार उजुरी परेपछि ढकाललाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो ।

विराटनगर १२ बाट पक्राउ परेका ढकालमाथि सोधपुछ भइरहेको श्रेष्ठले बताए । ‘बालकलाई अप्राकृतिक यौन दुर्व्यवहार गरेको आरोप छ’ उनले भने, ‘अनुसन्धान जारी छ ।’

ढकाल एजुकेशन हेल्पलाइनका अध्यक्ष हुन् । उनीलाई बिहीबार म्याद थप गरि अनुसन्धान गर्ने तयारी रहेको प्रहरीले बताएको छ ।



source https://www.onlinekhabar.com/2022/09/1183787

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More