Thursday, 30 January 2020

नेकपा बैठकमा भाग लिन मन्त्री हिँडेपछि सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित

१७ माघ, धनगढी । नेकपा केन्द्रीय समिति बैठकमा सहभागी हुन मन्त्री हिँडेपछि सुदूरपश्चिम प्रदेशसभाको शुक्रबारका लागि तय बैठक स्थगित भएको छ ।

सुदूरपश्चिम प्रदेशसभाकाे शुक्रबारका लागि बाेलाइएकाे बैठकमा एफएम रेडियो र टेलिभिजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६’ लाई विषयगत समितिमा लैजाने कार्यसूची थियो । तर आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश शाह नेकपाको केन्द्रीय समिति बैठकमा सहभागी हुन काठमाडौं हिँडेपछि बैठक स्थगित गरिएको छ ।

आन्तरिक मामिला तथा कानूनमन्त्री नआउने भएपछि बैठक स्थगित गरिएको सुदूरपश्चिम प्रदेशसभा सचिवालयका सचिव रामसिंह धामीले जानकारी दिए । धामीका अनुसार, अर्को बैठक आगामी आइतबारका लागि डाकिएको छ ।

बैठक स्थगित गर्ने संसद् सचिवालयको निर्णयप्रति कांग्रेसले भने असन्तुष्टि जनाएको छ । नेपाली कांग्रेस संसदीय दलका नेता डा.रणबहादुर रावलले महत्त्वपूर्ण विषयमा छलफल चलिरहँदा  मन्त्री नै अनुपस्थित हुनु उपयुक्त नभएको बताए ।

‘यस्तो महत्त्वपूर्ण विषयमा मन्त्रीहरू नहुनु ठीक होइन,’ उनले भने, ‘सरकारले सदनलाई महत्त्व दिइरहेको छैन ।’

यसअघि पनि ‘रेडियो एफ.एम र टेलिभिजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६’ माथिको सामान्य छलफलमा उठेका प्रश्नहरूको जवाफ मन्त्री शाह नहुँदा भौतिक पूर्वाधार विकास मन्त्री पठान सिंह बोहराले दिएका थिए । कानूनमन्त्री मात्रै होइन, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अनुपस्थित हुँदा बुधबारको प्रदेशसभा बैठकमा सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले उद्योग, पर्यटन, वन तथा वातावरणका दुई विधेयक प्रदेशसभामा टेबल गरेका थिए ।

मन्त्री सुवेदीले विधेयकमात्रै टेबल गरेनन्, विधेयमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ पनि दिएका थिए । यसप्रति प्रतिपक्षी दलले असन्तुष्टि जनाउँदै आएका छन् ।



source https://www.onlinekhabar.com/2020/01/832674

ईयूबाट अलग्गियो बेलायत

१७ माघ, काठमाडौं । युरोपेली युनियन (ईयू) मा संगठित भएको ४७ वर्षपछि बेलायत यसबाट आज अलग हुँदैछ । बेलायती संसदसँगै युरोपेली संसद्ले समेत ईयूबाट बाहिरिने अनुमति दिएपछि शुक्रबार राति ११ बजे बेलायत इयूबाट अलग हुन लागेको हो ।

ब्रसेल्सस्थित युरोपेली संसद्मा बुधबार भएको मतदानमा ६ सय २१ सांसदले बहिर्गमन सम्झौता अनुमोदनको पक्षमा मत दिएका थिए ।

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले ईयूबाट बाहिरिएसँगै नयाँ बिहान सुरु हुने प्रतिक्रिया दिएका छन् । ‘ब्रेक्जिट अन्त्य नभएर सुरुवात हो,’ बहिर्गमनपूर्व आफ्नो धारणा सार्वजनिक गर्दै जोन्सनले भनेका छन् ।

ईयूबाट बाहिरिएपछि ११ महिना संक्रमणकाल रहनेछ ।

युरोपियन कमिसनकी अध्यक्ष युर्सुला भोन डेर लियनले ईयू र यूके असल मित्र र साझेदारका रूपमा रहिरहून भन्ने आफ्नो चाहना रहेको बताएकी छन् । बेलायत ईयूबाट बाहिरिएपछि पनि टाढा नहुने र माया गरिराख्ने उनको भनाइ छ ।

बेलायत (ब्रिटेन)ले गत वर्ष २९ मार्चदेखि यूरोपेली युनियनबाट अलग्गिने प्रक्रिया (ब्रेक्जिट) सुरु गरेको थियो । त्यसपछि २३ जूनमा जनमत संग्रह गरिएको थियो जसको परिणाम यूरोपेली युनियनबाट अलग हुने पक्षमा आएको थियो । ५१.९ प्रतिशत मतदाताहरुले अलग हुने पक्षमा मतदान गरेका थिए भने ४८.१ प्रतिशतले विपक्षमा । जनमत संग्रहको फैसलापछि डेभिड क्यामरुनले पद छोड्ने घोषणा गरेपछि पूर्वगृहमन्त्री टेरिजा मे नयाँ प्रधानमन्त्री बनेकी थिइन् ।

तर, संसदबाट अनुमोदन गराउन नसकेपछि तत्कालीन प्रधानमन्त्री टेरिजा मेले राजीनामा दिइन् । त्यसपछि बोरिस जोन्सन प्रधानमन्त्री बनेका थिए । जोनसनले पनि ‘नो–डिल ब्रेक्जिट’ अर्थात् विना कुनै सम्झौता ईयूबाट बेलायतको बहिर्गमनलाई अघि बढाएका थिए । उनको प्रस्ताव पनि पटक–पटक अस्वीकृत भएपछि ब्रेक्जिटको समयसीमा बढाएर ३१ जनवरीसम्म कायम गरिएको थियो ।

अब ब्रिटेनले ईयूको सदस्यता परित्याग गरेर उक्त गठबन्धनबाट बाहिरिने छ । यससँगै ब्रिटेन एकल युरोपेली बजार र संयुक्त भन्सार प्रणाली कस्टम्स युनियनबाट पनि अलग हुनेछ ।

त्यसैगरी औषधिदेखि ट्रेडमार्कसम्मका क्षेत्रलाई नियमन गर्ने ईयूका बिभिन्न प्रशासकीय निकायहरूको सदस्यता पनि अन्त्य हुनेछ । ईयूलाई ब्रिटेनले वार्षिक दिँदै आएको नौ अर्ब पाउन्ड बजेट पनि दिनुपर्ने छैन ।

छोटकरीमा ईयू भनिने युरोपेली युनियन २८ यूरोपेली देशहरुको एउटा संगठन हो । यसको निर्माण दोस्रो विश्वयुद्धपछि आर्थिक सहायता बढाउन गरिएको थियो । युरोपेली युनियनको आफ्नै मुद्रा छ यूरो, जुन १९ सदस्य राष्ट्रले प्रयोग गर्छन् । तर बेलायतको मुद्रा भने पाउन्ड नै छ ।

ईयूबाट अलग्गिनका लागि बेलायतले लिस्बन सन्धिको धारा ५० लागू गर्नुपर्छ । त्यसपछि दुवै पक्षले दुई वर्षभित्र अलग हुने शर्तमा सहमति जनाउनुपर्छ । सदस्यता छोड्ने शर्तमा २७ सदस्य राष्ट्रका संसदहरुको पनि सहमति लिनु जरुरी हुन्छ ।

के हो धारा ५० ?

धारा ५० यूरोपेली युनियन छाड्न इच्छुक देशलाई ध्यानमा राखेर बनाइएको योजना हो । यो लिस्बन सन्धिको अंग हो जसमार्फत यूरोपेली संघलाई संवैधानिक मान्यता प्राप्त छ । यो सन्धि १ डिसेम्बर २००९ मा लागू भएको थियो । यसभन्दा अगाडि कुनै देश यूरोपेली युनियनबाट अलग हुने औपचारिक प्रक्रिया निर्धारण गरिएको थिएन ।

धारा ५० निकै सानो दस्तावेज हो । यसमा केवल ५ अनुच्छेद छन् । आजसम्म यसको प्रयोग भएको थिएन ।



source https://www.onlinekhabar.com/2020/01/832672

उखुकिसानले सरकारबाटै पाएनन् १ अर्ब ११ करोड, ८८ करोड भुक्तानीमा उद्योगीको अटेरी

१७ माघ, काठमाडौं । उखु किसानहरू उद्योगीबाट त ठगिए नै सरकारबाटसमेत ठगिएका छन् । किनभने सरकारले अनुदानबापत दिने रकम उखु किसानलाई दिएकै छैन ।

तराईमा उखु खेती गरिने ८ जिल्लाका ९ उद्योगबाट किसानले पाउनु पर्ने बक्यौता रकम ८८ करोड हाराहारी छ जबकि, सरकारले किसानलाई दिनुपर्ने अनुदानबापतको रकम भने एक अर्ब ११ करोड छ ।

सरकारले अनुदानबापत ६ महिनाअघि पठाएको रकम जिल्ला सदरमुकाममै थन्किएको छ । अझ अनौठो पक्ष त के छ भने आफ्नो जिल्ला सदरमुकाममा थन्किएको सरकारी अनुदान लिने कुरासमेत किसानलाई जानकारी छैन ।

बैंकको ब्याज र छोराछोरीको विद्यालयको शुल्कसमेत तिर्ने पैसा नभएको बताउने किसानहरू उद्योगीबाट त ठगिए नै राज्यले दिनु पर्ने रकमबाट समेत बञ्चित हुँदै आएका छन् ।

मंसिर दोस्रो साता उखुको समर्थन मूल्य र किसानहरूको बक्यौताबारे सरकारसँग छलफल गर्न आएका किसान प्रतिनिधिले उद्योगी र सरकार दुवैबाट आफूहरूले रकम नपाएको गुनासो गरेका थिए ।

तर पुस पहिलो सातादेखि चरणबद्ध आन्दोलन गरेका किसानहरूले केही उद्योग र उद्योगीले मात्रै आफूहरूलाई बक्यौता नदिएको बताए । यता सरकारी तथ्यांक हेर्दा उखु उत्पादन गरेर मिललाई बिक्री गरेबापत सरकारले किसानलाई उखुखेती प्रोत्साहन अनुदानबापत उपलब्ध गराउने प्रतिक्विन्टल ६५ रुपैयाँको दरले किसानले १ अर्ब ११ करोड रुपैयाँ अनुदान अझै प्राप्त गर्न नसकेको पाइन्छ ।

कृषि मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीका अनुसार पछिल्लो एक सातासम्म प्राप्त विवरणमा सुनसरी, सिराहा, नवलपरासी र कञ्चनपुरका किसानले २३ करोड रुपैयाँ सरकारी अनुदान लिएका छन् ।

उखु किसानलाई दिने अनुदानसम्बन्धी कार्यविधि २०७५ अनुसार सरकारले किसानलाई वितरण गर्नुपर्ने १ अर्ब ३४ करोड कुल अनुदानमध्ये ९२ करोड ८० लाख रुपैयाँ ६ महिनाअघि नै अर्थ मन्त्रालयले विनियोजन गरेको थियो । उक्त रकम उखु उत्पादन हुने जिल्लाका कोष तथा लेखा नियन्त्रण कार्यालयको खातामा पुगेको कृषि मन्त्रालयले जनाएको छ ।

किसानहरू सरकारी अनुदान नपाएर पनि पीडित बनेको समाचार पछि उद्योग मन्त्रालयले पुस २३ गते बाँकी अनुदान रकम निकासाका लागि अर्थ मन्त्रालयलाई पत्राचार ग¥यो । यस्तै मन्त्रालयले अनुदान वितरण प्रभावकारी बनाउन कृषि मन्त्रालयलाई पनि भन्यो । अर्थले पठाएको पहिलो किस्ता ९२ करोड ८० लाखपछि थप ४१ करोड २० लाख अनुदान पठाउन बाँकी थियो ।

उद्योगको पत्रपछि अर्थ मन्त्रालयले कृषि मन्त्रालयलाई पत्र लेख्दै पहिलो किस्ताको हिसाब मागेको थियो । दोस्रो किस्ता पठाउनुपूर्व अर्थले पहिले पठाएको ९२ करोड ८० लाखको हिसाब खोज्नु स्वाभाविक थियो । तर कृषिसँग २३ करोड रुपैयाँ मात्रै अनुदान वितरण भएको हिसाब छ । मन्त्रालयका एक अधिकारीका अनुसार भएको बाँड्न नसक्नेलाई थप रकम किन भन्ने प्रश्न अर्थको छ ? पहिलेकै रकम भुक्तानी नभएको पाइएपछि अर्थले थप रकम नपठाएको कृषि मन्त्रालयका एक अधिकारीले बताए ।

उद्योगीले पूरा गरेनन् बाचा

उद्योगीबाट रकम दिलाइदिने सरकारी आश्वासन पाएपछि काठमाडौंकेन्द्रित आन्दोलन स्थगित गरी गृह जिल्ला फर्किएका किसानहरूले सबै भुक्तानी अझै पाएका छैनन् । माघ ७ को भाका राखेर सरकारले उद्योगीसँग उठाइदिएको रकम उद्योग मन्त्रालयको विवरणअनुसार १७ करोडमात्रै हो ।

उद्योग मन्त्रालयले माघ ८ गते दिएको विवरणअनुसार माघ ५ गतसम्म महालक्ष्मी सुगर मिलले ११ करोड ५० लाख, अन्नपूर्ण र इन्दिराले ४ करोड ६४ लाख रकममात्र किसानलाई वितरण गरेका छन् ।

सो अवधिसम्म महालक्ष्मीको ९ करोड ९० लाख, अन्नपूर्ण र इन्दिराको साढे ३१ करोड, एभरेष्ट सुगर मिलको ७ करोड ९३ लाख, श्रीराम सुगर मिलको २६ करोड ७७ लाख, वागमती खाँडसारीको ८ करोड ४१ र लुम्बिनी सुगर मिलको १० करोड ७४ लाख रुपैयाँभन्दा धेरै रकम किसानलाई भुक्तानी हुन बाँकी थियो ।

माघ ८ पछि के–के प्रगति भयो ?

गत आइतबारसम्म महालक्ष्मी सुगर मिलले किसानहरूलाई २ करोड ५५ लाख रुपैयाँ थप बक्यौता तिरेको विवरण मन्त्रालयलाई बुझाएको छ । यस्तै, अन्नपूर्ण र इन्दिरा सुगर मिलले किसानलाई ५० लाखको चेक र थप रकमसहित डेढ करोड रुपैयाँ दिएको थियो । तर मन्त्रालयको विवरणमा नदेखिएको दाबी गरेको छ । उसले आफ्नो थप बक्यौता चुक्ता गर्न सरकारले चिनी बिक्री गर्न सहयोग नगरेको तथा भुक्तानी सरल बनाएर टुग्यांउनभन्दा पनि थप झन्झटिलो बनाएको बताएको छ ।

उता, श्रीराम सुगर मिलले २६ करोड ७७ लाख ७८ हजारभन्दा धेरै बक्यौता तिर्नका लागि जग्गा बेच्ने प्रक्रिया भूमि सुधार मन्त्रालयमार्फत उद्योग मन्त्रालयले अघि बढाएको बताएको छ । तर त्यसमा उल्लेख्य प्रगति भएको छैन । उक्त मिलको पूरै भुक्तानी किसानले पाउन बाँकी छ । बाबा बैजुनाथ र वागमती खाँडसारी चिनी मिलका सञ्चालक अझै उद्योग मन्त्रालयको सम्पर्कमा आएका छैनन् । उनीहरूको बक्यौता पनि उस्तै छ ।

यस्तै सञ्चालकको मृत्यु भए पनि महालक्ष्मी सुगर मिलका तर्फबाट एक प्रतिनिधि मन्त्रालयको सम्पर्कमा आएका छन् । मिल आफन्तको तर्फबाट मन्त्रालयमा सम्पर्क गरेका कैलाशचन्द्र गोयलले भुक्तानीका लागि पहल गर्ने बताएका छन्, तर ठोस प्रगति केही भएको छैन ।

यता, चिनी उत्पादक संघका अध्यक्ष शशिकान्त अग्रवालले किसानको बैंक खाता नभएका कारण ७ करोड ९३ लाख रुपैयाँ वितरण गर्न नसकेको बताएका छन् ।

माघ १७ गतेसम्म उद्योगीबाट किसानले पाउने पर्ने रकम महालक्ष्मीबाट ५ करोड ५० लाख, अन्नपूर्ण र इन्दिराबाट २९ करोड, एभरेष्टबाट ७ करोड ९३ लाख, श्रीरामबाट २६ करोड ७७ लाख, वागमती खाँडसारीबाट ८ करोड ४१ लाख, महाकालीबाट ६२ हजार र लुम्बिनीबाट चिनी मिलबाट १० करोड ७४ लाख रहेको उद्योग मन्त्रालयले जनाएको छ । अब किसानले उद्योगबाट लिनुपर्ने र लिने प्रक्रियामा रहेको रकम ८८ करोड २४ लाख हाराहारी छ ।

उद्योगीको जग्गा बेच्ने, सरकारको बैंक खाताको पैसा नलिने ?

सर्लाहीलगायतका जिल्लाका उखु किसानहरू अहिले पनि उद्योगी र सरकारबिरुद्ध आन्दोलनमा छन् । सरकारले बाचा गरेको माघ ७ को समय सीमामा सबै भुक्तानी नपाएको भन्दै हातमा कालोपट्टी बाँधेर खेतमा काम गरिरहेको उखु किसान संघर्ष समिति सर्लाहीका सचिव हरिश्याम रायले अनलाइनखबरलाई बताए । ‘हामीहरू माघ १८ गतेदेखि झनै सशक्त आन्दोलन गर्ने तयारी गरेका छौं,’ उनले भने ।

सरकारी अनुदान जिल्ला सदरमुकामको खातामा आएको कुरा आफूहरूलाई थाहा नभएको रायले प्रतिक्रिया दिए । ‘हामीलाई कसैले भनेकै छैन, कसरी थाहा पाउने ?’ उनले प्रतिप्रश्न गर्दै भने, ‘मन्त्रीजीले खातामै पैसा आउँछ भनेका छन्, तर आएको छैन ।’

सर्लाहीमा वितरण गर्नुपर्ने ३८ करोड अनुदान रकममध्ये २३ करोड रुपैयाँमात्र कोष तथा लेखा नियन्त्रणको खातामा प्राप्त भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले बताए । तर अनुदान वितरणको कार्यविधिलाई देखाएर किसानहरू प्रक्रिया पु¥याएर रकम लिन नआएको उनले बताए ।

विगतका वर्षहरूमा बिचौलियाले किसानसँग सस्तोमा उखु किनेर मिललाई महँगोमा बेच्दै अनुदान समेत खाइदिएपछि कृषि मन्त्रालयले कार्यविधि संशोधन गरेको छ । पहिले मिलमा जाने अनुदान अहिले किसानको खातामा जान्छ । ‘कार्यविधिले किसानले नै सरकारी अनुदान पाउने निश्चित गरेको छ, तर किसानहरू आएका छैनन्,’ प्रजिअ जिसीले भने ।

उनकाअनुसार किसानले आफूले उखु खेती गरेको जमिनको लालपूर्जा अथवा भाडा सम्झौता र मिलमा बेचेको उखुको स्लिप मिलबाट प्रमाणित गराएर ल्याएपछि उनीहरूकै खातामा कोलनिकाले पैसा पठाइदिन्छ, तर किसानहरू यसरी कमै आएका छन् ।

अनुदान लिन नआउनुको कारण खोजिँदै

कार्यविधिलाई सहज बनाउन स्थानीय तहले पनि किसानले खेती गरेको जमिनको प्रमाणित गरिदिन सक्ने व्यवस्था रहेको प्रजिअ जीसी बताउँछन् । सरकारी अनुदान लिन नआउने कारणबारे आफूहरूले खोजी गरिरहेको उनले बताए ।

सरकारले ६ महिनाअघि पठाएको अनुदान वितरण हुन नसकेको कारणबारे बुझ्न उद्योग मन्त्रालयले बनाएको एक टोली जिल्ला अनुगमनमा निस्किएको कृषि मन्त्रालयले जनाएको छ । उद्योग मन्त्रालय, कृषि मन्त्रालय र गृह मन्त्रालयका प्रतिनिधि रहेको उक्त टोलीले विभिन्न जिल्ला पुगेर अनुसन्धान गरिरहेको कृषि मन्त्रालयका प्रवक्ता केसीले बताए ।



source https://www.onlinekhabar.com/2020/01/832671

राजाको महलबाट चोरिए ३६ घडी, मूल्य ८ करोड

कुनै राजमहलको सुरक्षा व्यवस्था निकै कडा हुनु स्वभाविकै हो । तर यस्तो कडा सुरक्षामा रहेको राजदरबारभित्रबाटै राजाका ३६ वटा घडी चोरी भए ।

यो घटना अफ्रिकी मुलुक मोरक्कोको हो । मोरक्कोका राजा मोहम्मद छैटौंका ३६ वटा घडी राजमहलबाटै चोरी भए ।

राजाका ती घडी कुनै चानचुने घडी थिएनन् । एउटा घडीको मूल्य २२ लाख रुपैयाँभन्दा धेरै पर्दछ ।

राजाका करोडौंका घडी चोरेको आरोपमा राजदरबारमै सरसफाइको काम गर्ने एक महिला पक्राउ परिन् । उनैले घडी चोरेको प्रमाणित भएसँगै उनलाई गत शनिबार १५ वर्षको जेल सजाय सुनाइएको छ ।

४५ वर्षीया ती महिलाको नाम भने खुलाइएको छैन ।

राजदरबारबाट चोरिएका ती घडीहरू खरीद गर्ने सुन व्यापारीलगायतका १४ जना व्यक्तिहरूलाई समेत ४–४ वर्षको जेल सजाय भएको छ । अदालतमा सुनुवाइका क्रममा ती महिलाले दरबारको घडी चोरेको तथा अन्य १४ जनाले ती महिलाबाट चोरीका घडी किनेको स्वीकारेका थिए ।

समाचार अनुसार, ती महिलाले राजदरबारबाट घडी चोरेर त्यसलाई घरमा लगी पगालेर त्यसमा जडित बहुमूल्य पत्थरहरू निकालेकी थिइन र ती पत्थरहरू सुन व्यापारी तथा अन्य व्यक्तिहरूलाई बेचेकी थिइन् । त्यसरी कमाएको रकमबाट ती महिलाले लाखौं रुपैयाँको गल्फ खेल्ने चौर नै खरीद गरेकी थिइन् । साथै आफ्नी बहिनीको नाममा एउटा अपार्टमेन्टसमेत किनेकी थिइन् ।

स्मरणरहोस् मोरक्कोका राजा मोहम्मद छैटौं लग्जरी घडी लगाउने, महँगा पेन्टिंग खरीद गर्ने तथा नयाँ कारमा घुम्नका लागि सौखिन छन् । सन् २०१८ मा उनको एउटा तस्वीर भाइरल बनेको थियो, जसमा उनले त्यस समय झण्डै १४ करोड रुपैयाँ बराबरको मूल्य पर्ने घडी लगाएको देखिएको थियो ।

एजेन्सी



source https://www.onlinekhabar.com/2020/01/832667

गोरखामा क्रसर उद्योगको टिपरले ठक्कर दिँदा महिलाको मृत्यु

१७ माघ, गोरखा । गोरखा नगरपालिका-१० स्थित गोरखकाली क्रसर उद्योगको टिपरले ठक्कर दिँदा स्थानीय एक महिलाको मृत्यु भएको छ । स्थानीय एक विद्यालयमा दूध पुर्‍याउन जाँदै गरेकी ५२ वर्षीया मनमाया तामाङलाई शुक्रबार विहान ग १ ख ८०२७ नम्बरको टिपरले ठक्कर दिएको थियो ।

गोरखा नगरपालिका १० अमलापानी घर भएकी मनमाया भुइँमा लडेपछि ब्याक गरेर किचेर मारेको स्थानीयको दाबी छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घटनापछि आक्रोशित समूहले ठक्कर दिने सो टिपरमा आगजनी गरेका छन् । क्रसर उद्योगका अन्य चार-पाँच वटा टिपरमा तोडफोड पनि गरेका छन् ।

उनीहरुले उक्त क्रसर उद्योग बन्द गराउन र पीडितलाई उचित राहत दिन माग गर्दै शव उठाएका छैनन् । उक्त क्रसर उद्योग अवैध भएको दाबी स्थानीयको छ । गोरखा नगरपालिका वडानम्बर १३ मा दर्ता भएको, तर वडानम्बर १० स्थापना गरेर सञ्चालन गरिएकाले सो क्रसर उद्योग बन्द गराउनुपर्ने स्थानीयको माग छ ।

स्थानीय प्रशासनले पीडित पक्ष र क्रसर सञ्चालकबीच वार्ताको पहल भइरहेको जनाएको छ ।



source https://www.onlinekhabar.com/2020/01/832665

गुगलले ह्याकरलाई दियो ८० करोड पुरस्कार !

संसारको सबैभन्दा ठूलो इन्टरनेट कम्पनी गुगलले एक वर्षमा झण्डै ८० करोड रुपैयाँ बराबरको रकम ह्याकरहरूलाई पुरस्कार दिएको छ ।

ह्याकरहरूलाई सजाय गर्नुको साटो गुगलले किन पुरस्कार दियो त ? वास्तवमा इन्टरनेटलाई सुरक्षित बनाउन सहयोग गरेको भन्दै गुगलले सन् २०१९ मा ह्याकरहरूका निम्ति ६५ लाख डलर खर्चिएको हो ।

गुगलका विभिन्न प्रडक्टहरूमा रहेका सेक्योरिटीसम्बन्धी कमजोरी तथा बगहरू पत्ता लगाइ दिएबापत गुगलले आफ्नो भल्नेरेबिलिटी रिवार्ड प्रोग्राम अर्थात् जोखिम पुरस्कार कार्यक्रमअन्तर्गत ह्याकरहरूलाई पुरस्कृत गर्दै आएको छ । ह्याकरहरूले गुगलका क्रोम ब्राउजरदेखि एन्ड्रोइडसम्मका सेवाहरूमा रहेका साइबर सुरक्षा कमजोरी तथा बगहरू पत्ता लगाइदिएर पुरस्कार जित्ने गरेका छन् । यसले गुगललाई प्रयोगकर्ताका लागि बढी सुरक्षित बनाउनका लागि सहयोग पुग्ने गरेको छ ।

गुगलले आफ्नो आधिकारिक ब्लग पोष्टमा भनेको छ, ‘सन् २०१० देखि हामीले आफ्नो भल्नेरेबिलिटी रिवार्ड प्रोगामलाई गुगलका थप प्रडक्टहरूमा पनि विस्तार गरेका छौं । यसमा क्रोम, एन्ड्रोइड तथा अन्य प्रडक्टहरूको गलत प्रयोगलाई पनि सामेल गरिएको छ । गुगल प्लेस्टोरमा विद्यमान लोकप्रिय थर्ड पार्टी एपहरू समेत यसमा समेटिन्छन् ।

यसको सहयोगले कुनै पनि एपमा फेला पर्ने सुरक्षा त्रुटि तथा कमजोरीहरूका बारेमा एप डेभलपर्सलाई बताउन सकिनेछ र त्यस्तो कमजोरीलाई सच्चाउन सकिनेछ । अहिलेसम्म हामीले ह्याकरहरूलाई २ करोड १० लाख डलर पुरस्कार दिइसकेका छौं ।’

गुगलका अनुसार, अनुसन्धानकर्ताहरूका तर्फबाट अहिलेसम्म सबैभन्दा धेरै ५ लाख डलर रकम च्यारिटीलाई दिइएको छ । पुरस्कारको रूपमा गुगलले अधिकतम सीमा क्रोमका लागि ५ हजार डलरबाट बढाएर १५ हजार डलर पुराइएको छ ।

त्यस्तै, हाई क्वालिटी रिपोर्टका लागि अधिकतम पुरस्कारको राशि १५ हजार डलरबाट बढाएर ३० हजार डलर बनाइएको छ ।

ब्लगमा गुगलले लेखेको छ, ‘क्रोम फज्जर प्रोग्राममा फज्जर्सका तर्फबाट फेला पारिने बग्सका लागि अतिरिक्त बोनस पनि दोब्बर पारेर १ हजार डलर बनाइएको छ ।’

एन्ड्रोइड सेक्योरिटी रिवार्डअन्तर्गत फूल चेन रिमोट कोड तथा गुगलका पिक्सेल डिभाइसको टाइटन एम सेक्योरिटी एलिमेन्टस ह्याक गर्न सक्नेलाई १० लाख डलरसम्मको पुरस्कार राशि तोकिएको छ । गुगलको नयाँ पिक्सेल डिभाइसमा रहेको टाइटन एम चिप वास्तवमा एक इन्टरप्राइज ग्रेड सेक्योरिटी चिप हो । जसलाई गुगल स्मार्टफोनका लागि कस्टम बिल्ड गरिएको छ । यसको सहयोगबाट डिभाइसमा रहेको सेन्सिटिभ तथा अपरेटिङ सिस्टमसँग सम्बन्धित डाटालाई सुरक्षित राखिन्छ । टाइटन एपलाई सबै पिक्सेल डिभाइसको बिल्ट इन सेक्योरिटी सिस्टमको सबैभन्दा शक्तिशाली प्रणाली मानिन्छ ।

गुगलका अनुसार, सन् २०१९ मा ह्याकरहरूलाई दिइएको ६५ लाख डलर पुरस्कार कुनै पनि एक वर्षमा दिइएको अहिलेसम्मकै ठूलो रकम हो । त्यसरी दिइएको पुरस्कार मध्ये ५ लाख त ह्याकरहरूले उल्टै विभिन्न च्यारिटी संस्थाहरूलाई दान गरेका छन् । सन् २०१९ मा एकजना ह्याकरले प्राप्त गरेको अधिकतम पुरस्कार राशि २ लाख १ हजार डलर रहेको छ । कूल ४ सय ६१ जना ह्याकरहरूले गत वर्ष गुगलबाट पुरस्कार पाएको बताइएको छ ।

एजेन्सीको सहयोगमा



source https://www.onlinekhabar.com/2020/01/832666

कोरोना भाइरस : डब्लुएचओद्वारा विश्वव्यापी आपतकाल घोषणा

१७ माघ, काठमाडौं । चीनमा फैलिरहेको नयाँ कोरोना भाइरसले विश्वव्यापी स्वास्थ्य आपतकाल निम्त्याएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले घोषणा गरेको छ ।

चीन हुँदै अन्य देशमा समेत कोरोना भाइरसको संक्रमण फैलन थालेपछि डब्लूएचओले विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको हो ।

‘यो घोषणाको मुख्य कारण चीनमा के भइरहेको छ भन्ने होइन कि अन्य देशमा के भइरहेको छ भन्ने हो,’ विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणाबारे डब्लूएचओका प्रमुख टेड्रोस एड्हानाेमले भने ।

बिभिन्न भाइरसका संक्रमणले विश्वव्यापी संकट निम्ताएपछि डम्बलुएचओले आपतकाल घोषणा गर्ने गरेको छ । यसअघि पाँच पटकसम्म आपतकाल घोषणा गरिसकिएको बीबीसीले जनाएको छ ।

यो पनि पढ्नुहोस डब्लूएचओले भन्यो– कोरोना भाइरसबाट विश्व समुदाय सतर्क रहौं

विश्व स्वास्थ्य संगठनले कमजोर स्वास्थ्य प्रणाली रहेका मुलुकमा कोरोना भाइरस फैलनसक्ने त्रास रहेको भन्दै चिन्ता व्यक्त गरेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार, कोरोना भाइरसका कारण चीनमा हालसम्म कम्तीमा २१३ जनाको ज्यान गइसकेको छ । चीनसहित विश्वका अन्य १८ देशमा पनि यसका बिरामी भेटिएका छन् । चीनको वुहान सहरको यात्रा गर्नेहरुमा यो भाइरस फेला परेको छ । यद्यपि, चीनबाहिर ९८ जनामा यस्तो संक्रमण भेटिए पनि मृत्यु भने भएको छैन ।



source https://www.onlinekhabar.com/2020/01/832663

सडक डिभाइडरमा गाडी ठोक्किँदा १ जनाको मृत्यु, तीन जना घाइते

१७ माघ, वीरगञ्ज । वीरगञ्जमा बिहीबार मध्यरातमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् ।

दुर्घटनामा परी बाराको परवानीपुर गाउँपालिका-५ बहुअरी बस्ने १६ वर्षीय आकाश पटेलको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले जनाएको छ ।

फेटा गाउँपालिका १ भलुही बस्ने १७ वर्षीय धिरेन्द्र दास, वीरगञ्ज-१० रानीघाट बस्ने १६ वर्षीय सोनु साह र वीरगञ्ज-१० आदर्शनगर बस्ने १८ वर्षीय ओम पुरी घाइते भएका छन् ।

घाइतेमध्ये धिरेन्द्रको टाउकोमा चोट लागेको छ भने सोनुको हात भाँचिएको नारायणी अस्पतालस्थित प्रहरी बिटले जनाएको छ । उनीहरुलाई नारायणीमा प्रारम्भिक उपचारपछि क्रमशः पानी ट्यांकीस्थित न्युरो अस्पताल र अलि अर्थो अस्पतालमा लगिएको छ । सामान्य घाइते ओम उपचारपछि घर फर्किएका छन् ।

घण्टाघरबाट पावरहाउसतर्फ जाँदै गरेको बा १५ च ७७७१ नम्बरको स्कारपियो गाडी राति साढे १२ बजेतिर मुर्लीचोक-नेपाल टेलिकम क्षेत्रिय कार्यालय सडकखण्डको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको थियो ।



source https://www.onlinekhabar.com/2020/01/832659

जेलमा कस्तो छ महराको दैनिकी ? १० हजारले भेटे, शीर्ष नेता गएनन्

१७ माघ, काठमाडौं । बुधबारदेखि सुरु नेकपा बैठकमा उठेका विषयले आजका दैनिक पत्रिकाहरूमा प्राथमिकता पाएका छन् । त्यस्तै, कोरोना भाइरस संक्रमण, छाउगोठ भत्काउने सरकारको निर्णयको प्रभावकारितामाथि पनि अखबारहरूले नजर लगाएका छन् । त्यसो त क्रिकेटर क्रिस गेल नेपाल आउन लागेको खबरले पनि आज महत्त्व पाएको छ ।

‘यस्तो छ कारागारमा महराको दैनिकी’ शीर्षक दिएर नागरिकले पूर्वसभामुख कृष्णबहादुर महराको कारागार दैनिकी उतारेको छ । नागरिकका अनुसार गत कात्तिक २५ गतेदेखि डिल्लीबजार कारागारमा रहेका उनलाई भेट्न जानेहरूको लर्को नै लाग्ने गरेको छ । अहिलेसम्म उनलाई भेट्न १० हजार बढी आफन्त र कार्यकर्ता पुगेको कारागारको भनाइ छ । तर उनलाई सामान्य कार्यकर्ता र आफन्तबाहेक भीआईपी भने जाँदैनन् ।

‘अरू कैदीलाई भेट्न फाट्टफुट्ट रूपमा भए पनि शीर्ष नेता नेताहरू आइरहेका,’ कारागारका एक कर्मचारीले नागरिकसँग भनेका छन्, ‘तर महराज्यूलाई भेट्न शीर्ष नेताहरू कोही नआएको देख्दा अनौठो लागेको छ ।’

त्यसो त महरा आफैं पनि सञ्चारकर्मी र कर्मचारीसँग भेट्न अनिच्छुक छन् । कारागार चलान भएलगत्तैदेखि उनले कर्मचारीसँग पत्रकार आए भेट्न नदिनू भनेको नागरिक समाचारमा उल्लेख छ ।

सन्चोबिसन्चो सोध्ने कर्मचारीलाई उनले ठीक छ भनेर टाउको हल्लाउने गरेका छन् । समाचार अनुसार महराको दायाँ बाया २५/३० जना कैदी छन् । तर उनी ती कैदीहरूसँग पनि खासै बोल्दैनन् ।

नयाँ पत्रिका आज नेकपा बैठकमाथि केन्द्रित छ । समाचार अनुसार, बैठकमा केन्द्रीय सदस्यहहरूले भ्रष्टाचारबारे चर्को आलोचना गरेका छन् । त्यस्तै, एमसीसीबारे पनि अधिकांशले प्रश्न उठाएका छन् ।

चीनमा कोरोना भाइरसको महामारी फैलिरहँदा जापान र अमेरिकाले जहाज लगेर आफ्ना नागरिक फर्काएका छन् । भारतले पनि जहाज लैजाने तयारी गरेको छट । तर नेपाल भने ढुक्कसँग बसेको भन्दै नयाँ पत्रिकाले सरकारी रवैयामाथि प्रश्न उठाएको छ ।

अन्नपूर्ण र गोरखापत्रले छाउगोठ भत्काउने निर्णयपछिको अवस्थाबारे स्थलगत रिपोर्ट गरेका छन् । तर, दुवैको समाचार आपसमा बाझिएको छ । गोरखापत्रले छाउगोठ भत्काउने अभियानमा सफलता हात लागेको दाबी गरे पनि त्यो प्रभावकारी नभएको अन्नपूर्ण समाचारको सार छ । प्रशासनले भत्काए पनि स्थानीयले पुनः बनाउने गरेको अन्नपूर्ण समाचारमा उल्लेख छ ।

अख्तियारबाटै भ्रष्टाचारसम्बन्धी अनुसन्धान फाइल गायब भएको खबर राजधानीमा छापिएको छ । नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक युवराज शर्माको भ्रष्टाचारसम्बन्धी फाइल अख्तियारबाटै गायब भएको हो ।

सर्वोच्चले पटक पटक निर्णयको फाइल झिकाउन दिएको आदेश अख्तियारले अटेरी गरेपछि पुनः अर्को आदेश दिएको छ ।



source https://www.onlinekhabar.com/2020/01/832651

Wednesday, 29 January 2020

राष्ट्रपतिबाट वसन्त श्रवण, उपराष्ट्रपति अनुपस्थित

१६ माघ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले हनुमानढोका दरबार गइ वसन्त श्रवण गरेकी छन् । बिहीबार बिहान ९ बजेर ५ मिनेटको साइतमा राष्ट्रपति भण्डारीले वसन्त श्रवण गरेकी हुन् ।

वसन्त श्रवण कार्यक्रममा सहभागी हुन राष्ट्रपति भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, सभामुख अग्नि सापकोटा र मन्त्रीहरु वसन्तपुरस्थित नासल चोक पुगेका थिए । हनुमानढोका दरबारका पुरोहित देवराज अर्यालले वसन्त श्रवण गराएका थिए ।

उपराष्ट्रपति नन्दबहादुर पुन भने यस वर्ष वसन्त श्रवणमा अनुपस्थित भए । पूर्वनिर्धारित कार्यक्रमअनुसार उनी बिहीबारै महोत्तरी गएकाले वसन्त श्रवणमा सहभागी हुन नसकेको उनका प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिए ।

हनुमानढोका दरबारको नासल चोकमा राष्ट्राध्यक्षले वसन्त श्रवण गर्ने चलन छ । श्रीमदभागवत पुराणमा उल्लेख भएअनुसार भगवान श्रीकृष्णको खोजीमा रहेका प्रेमिका राधा लगायतका गोपिनीहरुले बसन्त ऋतुको आगमन भएको भन्दै बसन्त रागमा गाएको गीतलाई वसन्त श्रवणको रुपमा सुन्ने/सुनाउने चलन छ ।



source https://www.onlinekhabar.com/2020/01/832400

दम्पतीको यौन-व्यवहार उमेरसँगै बद्लिन्छ

दम्पतीको यौन-जीवनले उनीहरुको  आपसी सम्बन्धलाई पनि प्रभाव पार्छ । जसरी यौन जीवनले उनीहरुको सम्बन्धलाई अरु प्रगाढ बनाउँछ, त्यसैगरी दूरी बढाउने निहुँ पनि ।

कतिपय दम्पतीबीच मनमुटाव, झैझगडा हुनुको कारण नै उनीहरुको यौन-व्यवहार हुनेगर्छ । बालबालिका हुर्किएपछि भएपछि श्रीमान्-श्रीमतीलाई एकान्त प्राप्त हुँदैन । त्यस्तो अवस्थामा श्रीमान्-श्रीमतीमा विस्तारै-विस्तारै मनमुटाव हुन थाल्छ, जसले कहिलेकाहिं ठुलो झगडाको रुप लिन्छ । कहिलेकाहिं त यहि कारणले दम्पतीबीच सम्बन्ध विच्छेद पनि हुन सक्छ ।

उमेर अनुसार श्रीमान्-श्रीमतीमा यौनबारेमा भिन्दा-भिन्दै विचार हुन्छ । यही भिन्दा-भिन्दै विचारहले कहिलेकाहिं उनीहरुमा दुरी बढाउँछ । श्रीमान्-श्रीमतीमा यौन सम्बन्धमा तालमेललाई बुझ्नका लागि यसप्रति एक-अर्काको धारणा बुझ्न अति नै आश्यक छ । श्रीमान्-श्रीमतीमध्ये कसैको यौनप्रति इच्छा धेरै हुन्छ भने कसैको थोरै । कहिलेकाहिं आफ्नो श्रीमान्मा यौन इच्छा कम भयो भने श्रीमतीहरु आफ्नो श्रीमान्को बाहिर अरु महिलासंग सम्बन्ध छ कि भन्ने शंका गर्न थाल्छन् ।

विवाह अगाडि

हिजोआज महिलाहरुको विवाह गर्ने उमेर भनेको २५ देखि ३५ वर्षबीचको भएको छ । त्यस्तै खानपान र परिवर्तित परिवेशमा महिला-पुरुषलाई १५ वर्षको उमेरमा नै यौनको बारेमा ज्ञान हुन थालेको छ । १५ देखि ३० वर्ष उमेरसम्म महिलाहरुमा नियमित महिनावारी हुन्छ, जसले उनीहरुको हार्मोनल परिर्वतन हुन थाल्छ । त्यस्तो अवस्थामा उनीहरु भित्र यौन चाहना उत्पन्न हुन थाल्छ । उनीहरु आफु भित्र उत्पन्न यस्तो चाहनालाई दबाउने प्रयास गर्छन् । उनीहरुमा सामाजिक र घरेलु दवाव त हुन्छ नै, करियर र विवाहका लागि सही पुरुषको खोजी पनि मनमा हावी हुन्छ । जसका कारण उनीहरु भित्रको यौन चाहना हराउँछ ।

यही उमेरका पुरुषहरुमा यौनका लागि जोश भरिन्छ । केही नयाँ गर्ने इच्छा मनमा हावी हुन्छ । उनीहरुको स्वास्थ राम्रो हुन्छ । उनीहरु हरेक प्रकारले फिट हुन्छन् । त्यस्तो अवस्थामा विवाह, सम्बन्धको कल्पनाले उनीहरुमा नयाँ उर्जा भरिदिन्छ । उनीहरु यौनका लागि तयार रहन्छन् भने महिलाहरु त्यहि उमेरमा पनि आफ्नो यौन इच्छालाई दबाउन तिर लाग्छन् ।

३० वर्षपछि सबै कुरा परिर्वतन हुन्छ

महिलाहरुको स्थिति

३० वर्षपछि विवाह हुँदा महिलाहरुमा यौन सम्बन्धि कुनै समस्या हुँदैन । उनीहरुले चरम सुख प्राप्त गर्नका लागि पूर्ण रुपले तयार रहन्छन् । महिलाहरुमा करियर बनाउने दवाव हुँदैन । घर परिवारको धेरै जिम्मेवारी पनि हुँदैन । त्यसैले उनीहरुमा यौन इच्छा तिव्र गतिमा उत्पन्न हुन्छ । जब महिलाहरुले बच्चा जन्माउँछन्, उनीहरुको शरीर पूर्णरुपले परिर्वतन हुन्छ, जसका कारण महिलाहरुले आफु भित्रको यौन भावनालाई बुझ्न सजिलो हुन्छ । उनीहरु कुनै पनि किसिमको अफ्ट्यारो नमानि त्यस्तो सम्बन्धको स्वागत गर्नका लागि तयार हुन्छन ।

पुरुषहरुको स्थिति

३० वर्षपछिको उमेरमा पुरुषहरु विभिन्न किसिमको समस्याहरुको सामना गरिरहेका हुन्छन् । विवाहपछि बालबच्चा र परिवारमा हुने खर्च, करियर विकास आदि कुराहरु मनमा हावी हुन थाल्छ । जसका कराण उनीहरु आफुलाई थाकेको अनुभव गर्न थाल्छन् । पुरुषहरु यही क्रममा रक्सि सेवन गर्न थाल्छन् । त्यसैले उनीहरुमा यौन इच्छा कम हुँदै जान्छ ।

पुरुषहरुमा त्यस्ता कुराहरुको यति धेरै प्रभाव पर्छ, जसका कारण उनीहरु सन्तान सुखबाट पनि वञ्चित हुन पुग्छन् । विशेषज्ञहरुका अनुसार हिजोआज जति पनि महिलाहरुमा बाँझोपनको समस्या आएको छ, त्यसको प्रमुख कारण उनीहरुको श्रीमान्मा शुक्राणुहरु गुणस्तर नहुनु हो । पुरुषहरुमा सही शुक्राणुको कमी हुने कारण उनीहरुको मानसिक तनाव र कामको बोझ रहेको पाइन्छ । यस कारण पुरुषहरु आफ्नी श्रीमतीसंग सही तरिकाले यौनसम्बन्ध स्थापित गर्न सक्दैनन् ।

४० वर्षपछि

४० वर्षको उमेर पछि आयु सीमाले एक पटक फेरी शारीरिक परिर्वतनको अनुभव गराउँछ । महिलाहरुमा यो उमेरमा हार्मोनको स्तर कम हुन शुरु हुन्छ । उनीहरुमा यौन इच्छा पुनः जागि्रत हुन थाल्छ । प्रायः महिलाहरु आफुलाई यो उमेरमा बालबच्चाको जिम्मेवारीहरुबाट मुक्त भएको महसुस गर्छन्, जसका कराण उनीहरुमा यौन इच्छा बढ्न थाल्छ । तर यस्तो परिर्वतन त्यस्ता महिलाहरुमा देखिन्छ, जुन महिलाहरु पूर्णरुपमा स्वास्थ्य हुन्छन् । जुन महिला कुनै रोगको शिकार अथवा भद्दा शरीर हुन्छ, उनीहरु यौन सम्बन्धबाट बच्ने प्रयास गर्छन् ।

४० वर्ष भन्दा माथिका उमेर भएका पुरुषहरुले पनि आफुमा नयाँ परिर्वतन भएको अनुभव गर्छन् । उनीहरुको करियर व्यवस्थित भैसकेको हुन्छ । उनीहरु यो समयलाई आफु अनुसार नै महसुस गर्न थाल्छन् । जुन पुरुष स्वस्थ हुन्छन्, कुनै पनि स्वास्थ समस्या हँुदैन, उनीहरु पहिला भन्दा धेरै शक्तिशाली भएको अनुभव गर्न थाल्छन् । उनीहरुका लागि यौनमा नयाँपन ल्याउने विचार तिव्र गतिमा बढ्न थाल्छ ।

५० वर्षपछि महिलाहरुमा महिनावारीको बोझ सकिन्छ । उनीहरु यौनप्रति राम्रो अनुभव गर्न थाल्छन् । तर पनि उनीहरुको मनमा विभिन्न किसिमका  प्रश्नहरु उत्पन्न हुन्छन् । बालबच्चा सम्बन्धि प्रश्नहरु, हार्मोनल परिर्वतनका कारण शरीरमा विभिन्न समस्याहरु उत्पन्न हुनु । घुँडा सम्बन्धि समस्याहरु उत्पन्न हुन थाल्छन् । यी समस्याका कारण यौन चाहना घट्दै जान्छ ।

यो उमेरमा पुरुषमा पनि ब्लडप्रेशर, डाइबिटीज, कोलेस्ट्रोल जस्ता रोगहरु र यी रोगहरुलाई कम गर्न सेवन गर्ने औषधिहरुका कारण यौन इच्छा घट्न थाल्छ । शरीरमा हुने यस्तो यौन गणितले नै श्रीमान्-श्रीमतीबीच यौनले सम्बन्धमा उत्पन्न हुने दुरीको प्रमुख कारण बन्छ ।

यौनको यस्तो गणितलाई मनमा हावी हुन दिनु हुँदैन, त्यसो हुँदा यौन जीवनलाई सही प्रकारले चलाउन सकिन्छ ।

सम्बन्धमा यौनको आफ्नो भिन्दै महत्व हुन्छ । हाम्रो समाजमा यौनको बारेमा कुरा गर्नु नराम्रो मानिन्छ, जसका कारण वैवाहिक जीवनमा विभिन्न प्रकारको समस्याहरु उत्पन्न हुन थाल्छन् । यी समस्याहरुका लागि औषधि खोज्नु भन्दा एकअर्कासंग कुराकानी गरेर समाधान निकाल्नु पर्छ, जसले तपाईंहरुको समस्या सजिलै समाधान हुन सक्छ ।

महिला-पुरुषले विवाहपछि नै यौन जीवनको आनन्द उठाउन सक्छन् । दुवैले एउटै मानसिक स्तरमा हरेक कुराहरुलाई हेर्नु पर्छ र एकअर्कालाई सहयोग गर्नु आवश्यक छ । यसले आपसी दुरि कम हुन्छ र वैवाहिक जीवनलाई सुचारु रुपले चलाउन सहयोग पुग्छ ।



source https://www.onlinekhabar.com/2020/01/832407

‘ए’ डिभिजन लिगमा आज नवौं चरणका अन्तिम दुई खेल हुँदै

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत आज नवौं चरणका अन्तिम दुई खेल हुँदैछन् । अंक तालिकामा मध्य स्थानतिर रहेको चार टोली आज मैदान उत्रँदैछन् ।

मध्याह्न १२ बजे हुने खेलमा च्यासल युथ क्लब र फ्रेण्ड्स कलब भिड्नेछन् । यस्तै, दिउँसो ३ बजे एनआरटी र ब्रिगेड ब्वाइज क्लबबीच खेल हुनेछ । दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा हुनेछ ।

८ खेलबाट १२ अंक रहेको एनआरटी छैटौं स्थानमा छ । ब्रिगेडलाई हराउन सके एनआरटीलाई चौथो स्थानमा उक्लने अवसर छ । ब्रिगेड ८ खेलबाट ८ अंकसहित दशौं स्थानमा छ । यस्तै ब्रिगेड समान नै ८ अंक रहेको फ्रेण्ड्स गोलअन्तरमा पछि पर्दै ११ औं स्थानमा छ । ९ अंक जोडेको च्यासल नवौं स्थानमा छ ।



source https://www.onlinekhabar.com/2020/01/832406

जारागोजाको पोष्टमा चार गोल गर्दै रियल मड्रिड क्वाटरफाइनलमा

काठमाडौं । स्पानिस जायन्ट क्लब रियल मड्रिड कोपा डेल रे फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । दोस्रो श्रेणीको क्लब जारागोजामाथि ४–० को शानदार जितसिहत रियलले अन्तिम आठमा स्थान बनाएको हो ।

जारागोजाको मैदानमा भएको खेलमा रियलले पहिलो र दोस्रो हाफमा २/२ गोल गर्दै ४ बनायो । छैटौँ मिनेटमा राफेल भरानेलरले पहिलो गोल गरे । ३२ औं मिनेटमा लुकास भजक्वेजले गोल गर्दै रियलको अग्रता दोब्बर पारे । ७२ औं मिनेटमा भिनिसियस जुनियर र ७९ औं मिनेटमा करिम बेन्जामाले गोल गरेपछि रियलल फराकिलो जित हात पारेको हो ।

रियलसँगै ला लिगका क्लबहरु भ्यालेन्सिया, भियारियाल, ग्रानाडा, एथ्लेटिक विल्वाओ र रियल सोसिडाडले पनि अन्तिम आठमा स्थान बनाएको छ । आज अन्तिम दुई प्रिक्वाटरफाइनलमा बार्सिलोनाले ला लिगाकै लेगानेस र सेभियाले दोस्रो श्रेणीकोमिरन्डाससँग खेल्नेछ ।



source https://www.onlinekhabar.com/2020/01/832403

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More