Monday, 29 November 2021

कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिंदै, एमाले सहभागी नहुने

१४ मंसिर, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आज बस्ने प्रदेश सभाको बैठकबाट विश्वासको मत लिने तयारी गरेका छन् । बैठक दिउँसो १ बजे बोलाइएको छ ।

मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र संसद्बाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री शाहीले नियुक्त भएको २८औं दिनमा विश्वासको मत लिन लागेका हुन् ।

पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सत्ताको नेतृत्व हस्तान्तरण गरेपछि कांग्रेस संसदीय दलका नेता शाही कात्तिक १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

बैठकमा मुख्यमन्त्रीले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफलपछि आजै मत विभाजन गर्ने कार्यसूची रहेको छ ।
सत्तारुढ गठबन्धन नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी)ले मुख्यमन्त्रीलाई विश्वासको मत दिने छन् । प्रदेशसभामा कायम रहेका ३५ सदस्यमध्ये मुख्यमन्त्रीलाई १८ जनाको विश्वासको मत आवश्यक पर्छ । तर सत्तारुढ गठबन्धनसँग २३ मत रहेका छ । माओवादी केन्द्रको १२, कांग्रेसको ६ र समाजवादीका ३ जना सांसद छन् ।

एमाले सहभागी नहुने

आज बस्ने प्रदेश सभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने अनुपस्थित हुने भएको छ ।सबै सांसदहरू पार्टीको १०औं राष्ट्रिय महाधिवेशनमा चितवन भएकोले बैठकमा सहभागी हुन् नसक्ने एमाले संसदीय दलका प्रमुख सचेतक गुलावजंग शाहले जानकारी दिए ।

‘हामी सबै माननियहरू चितवनमा छौं, यहाँ मतदान चलिरहेको अवस्था छ । भोट हालेर पनि सहभागी हुने स्थिति छैन्,’ प्रमुख सचेतक शाहले भने ।

एमाले अनुपस्थित भए पनि संसद् बैठक चल्ने सभामुख राजबहादुर शाहीले बताए । ‘एमालेले बैठकमा सहभागी नहुने आधिकारीक जानकारी त गराएको छैन् तर मुख्यमन्त्रीले विश्वासको मत नलिँदा संवैधानिक जटिलता आउने भएकाले एमाले सहभागी नभए पनि बैठक चल्छ,’ सभामुख शाहीले भने ।

विश्वासको मत लिएर मात्र मन्त्रिपरिषद् विस्तार

मुख्यमन्त्री शाहीले विश्वासको मत पाएपछि मात्रै मन्त्रालयको भागबन्डा टुङ्गो लगाउने भएका छन् । मन्त्रालयको भागबन्डा नमिल्दा २८ दिनसम्म पनि कर्णाली प्रदेश सरकारले पूर्णता पाउन सकेको छैन ।

आज विश्वसको मत पाएपछि सत्ता साझेदार दलबाट मन्त्री नियुक्त गर्ने तयारी गरेको नेपाली कांग्रेस प्रदेश संसदीय दलका सचेतक हिमबहादुर शाहीले बताए । हाल प्रदेशको मन्त्रिपरिषद्मा मुख्यमन्त्री र एक जना मन्त्री मात्र छन् ।

कात्तिक १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका शाहीले कात्तिक ३० गते एक जना मन्त्री नियुक्त गरेका थिए । नेकपा (एकीकृत समाजवादी) सांसद चन्द्रबहादुर शाहीलाई उनले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नियुक्त गरेका छन् ।

आठ सदस्यीय मन्त्रिपरिषद् रहेको कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेसले मुख्यमन्त्रीसहित तीन, माओवादीले चार र सामाजवादीले तीन मन्त्रालयको दाबी कायम राखेका छन् । यसैले गर्दा मन्त्रिपरिषद् विस्तारमा सकस देखिएको छ ।



source https://www.onlinekhabar.com/2021/11/1046098

नेतृत्व चयनमा धाँधली भयो : नरबहादुर बिक

१४ मंसिर, काठमाडौं । नेकपा एमालेका नेता नरबहादुर बिकले नेतृत्व चयनमा धाँधली भएको बताएका छन् ।

प्यान नबनाउने, हात जोडेर भोट माग्ने पार्टीको निर्णय उल्लंघन भएको भन्दै उनले चुनाव निश्पक्ष नभएको बताए । ‘जब पार्टीले निर्णय गरेको छ, हामी प्यानल बनाउँदैनौं, इन्डिभिजुअलरुपमा उम्मेदवार घोषणा गरेर कार्यकर्तालाई चुन्ने अधिकार स्वतन्त्र राख्ने । त्यसैले यो त सरासर धाँधली हो,’ उनले भने ।

अध्यक्षका उम्मेदवार भीम रावल पक्षका नेता नरबहादुरले केपी ओली पक्षले खुलमखुल्ला प्यानल बनाएर भीम रावल र उनका मान्छेलाई भोट नदिनू भनेर मतदाताको स्वतन्त्र  निर्णय गर्ने अधिकारमै बन्देज गरी राजनीतिक अपराधीकरण गरेको आरोपसमेत लगाए ।

उनले अनलाइनखबरसँग भने, ‘अहिले खासगरी कमरेड केपी ओलीको पक्षधरले कमरेड भीम रावललाई भोट नदिनू र भीम रावलसँग जोडिएकाहरूलाई भोट नदिनू भनेर पर्चामा समेत कट गरेर बाँडेको पाइँदाखेरि यो सरासर पार्टीको निर्णयविरुद्ध हो, पार्टीका नेता कार्यकर्ताको भावनाविरुद्ध हो, जनमतको विरुद्ध हो, यो एउटा राजनीतिक अपराधीकरण हो भन्ने मैले बुझेको छु ।’



source https://www.onlinekhabar.com/2021/11/1046092

कोरोनापछि फस्टाए तयारी पोशाक उद्योग, वर्षमा १६ अर्बको कारोबार

१४ मंसिर, काठमाडौं । नेपालमा तयारी पोशाक उत्पादन गर्ने उद्योगहरुको वार्षिक कारोबार १६ अर्ब रुपैयाँ नाघेको छ । कोरोना महामारीको समयमा विदेशबाट तयारी पोशाक नआएका बेला फस्टाएका यी उद्योगको कारोबार बढ्दै गएको नेपाल स्थानीय तयारी पोशाक उत्पादक संघले जनाएको छ ।

स्वदेशी मागको ठूलो हिस्सा नेपाली तयारी पोशाकले नै धानेको संघका अध्यक्ष किशोर नेपालले बताए । नेपाली ब्राण्डका तयारी पोशाक उत्पादन गर्ने करिब चार सय उद्योग सञ्चालनमा रहेको उनले बताए । यस्ता उद्योगमा एक करोडदेखि अर्बसम्म लगानी भएको संघको दावी छ ।

‘तीन वर्ष अघिसम्म हात मुख जोड्न धौ धौ पर्ने उद्योगहरु अहिले कर्मचारी थपेर क्षमता विस्तारमा लागेका छन्, समग्र यस क्षेत्रका उद्योगहरुको वार्षिक कारोबार १६ अर्ब नाघेको छ,’ अध्यक्ष नेपालले भने । नेपाली तयारी पोशाक उत्पादकले कच्चा पदार्थ भने विदेशबाटै ल्याउने गरेका छन् ।

एउटा उद्योगको सरदर ४ करोडको कारोबार

पछिल्लो एक वर्षमा एउटा उद्योगले औसतमा ४ करोड रुपैयाँको कारोबार गरेको अध्यक्ष नेपालले बताए ।

२०७६ चैतमा कोरोना महामारी नियन्त्रणका लागि सरकारले लकडाउन ग¥यो र सीमा नाकाहरु पनि बन्द गर्‍यो । यातायातका साधन नचलेको र सीमा नाका बन्द भएको कारण चीन, भारत, बंगलादेश, थाइल्याण्डबाट तयारी पोशाक आयात रोकिएको थियो ।

त्यही बेला स्वदेशी तयारी पोशाकको उत्पादनले बजार पाएको हो । पहिले गर्मीयाम र विवाह समारोहका लागि लक्षित गरी तयारी पोशाक उत्पादन गर्ने नेपाली उद्योगले यो दुई वर्षमा भने सबै सिजनका लागि आवश्यक कपडा उत्पादन गरेका छन् ।

काठमाडौंमा जग्गा खोज्दै उद्योगी

देशभर चार सयको संख्यामा रहेको तयारी पोशाक उद्योगको ८० प्रतिशत काठमाडौं उपत्यकामै छन् । सुरुमा जीविकोपार्जनका लागि सानो लगानीमा सुरु भएका यस्ता उद्योग अहिले फैलिन चाहेको तर काठमाडौंमा जग्गा पाउन मुश्किल भएको संघले बताएको छ ।

घर, फ्याल्ट र सटर भाडामा लिएर सञ्चालन भएका स्वदेशी तयारी पोशाकलाई अहिले ठूलो क्षेत्र चाहिएको अध्यक्ष नेपाल बताउँछन् । उद्योगीहरुले काठमाडौं नजिक विशेष औद्योगिक क्षेत्र उपलब्ध गराइदिन सरकारसंग मागसमेत गरेका छन् ।

काठमाडौंमा घर भाडा महँगो भएको र कपडा बुन्ने थान राख्नसमेत ठाउँ अभाव भएपछि सरकारसँग जग्गा उपलब्ध गराइदिन माग गरेको संघका अध्यक्ष किशोर नेपालले बताए ।

‘काठमाडौंमा साँघुरा घर र महँगो भाडाका साथै जमिनसमेत अभाव भएको गुनासो अर्थमन्त्री र अर्थसचिवलाई राखेका छौं, हामीलाई यो अति जरुरी भइसकेको छ’ उनले भने ।

काठमाडौं नजिक कतै विशेष औद्योगिक क्षेत्रको विकास गरेर तयारी पोशाक उद्योग सञचालन र कच्चा पदार्थ आयातमा भन्सार छुट गरिदिन संघले सरकारसँग आग्रह गरेको छ ।



source https://www.onlinekhabar.com/2021/11/1045948

कांग्रेसको कपिलवस्तु सभापतिमा पौडेल पक्षका अब्दुल कलाम विजयी

१४ मंसिर, बुटवल । नेपाली कांग्रेसको कपिलवस्तु जिल्ला सभापतिमा अब्दुल कलाम विजयी भएका छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका कलामले संस्स्थापन पक्षका उम्मेदवार राजेश आचार्यलाई १०९ मतान्तरले पराजित गर्दै विजयी भउका हुन् । खसेको कुल एक हजार ७६५ मतमध्ये कलामले ९२८ र राजेश आचार्यले ८१९ मत प्राप्त गरे ।

यस्तै दुई जना उपसभापतिमा रजतराज आचार्य र हुमकान्त खनाल, दुई सचिवमा शक्तिसिंह ठकुरी र प्रेमबहादुर सिंह रायमाझी विजयी भएका छन् ।

जिल्ला कार्यसमिति समितिको पदाधिकारी र सदस्यमा रामचन्ऽ पौडेल प्यानलको वर्चश्व रहेको छ ।



source https://www.onlinekhabar.com/2021/11/1046087

मेस्सी भन्छन् : २०२० को बालोन डे ओर लेवान्डोस्कीलाई दिनुपर्छ

१४ मंसिर, काठमाडौं । सातौं पटक बालोन डे ओर अवार्ड जितेका लिओनल मेस्सीले २०२० को बालोन डे ओर अवार्ड रोवर्ट लेवान्डोस्कीलाई दिनुपर्ने धारणा राखेका छन् ।

मेस्सीले सोमबार राति २०२१ को बालोन डे ओर जितेपछि फ्रान्स फुटबल म्यागेजिनलाई २०२० को अवार्ड लेवान्डोस्कीलाई दिनुपर्ने बताएका हुन् ।

लेवान्डोस्कीले २०१९-२० को सिजन ५५ गोल गरेका थिए । यस्तै २०२०-२१ को सिजनमा पनि ४८ गोल गरेका थिए ।

फ्रान्स फुटबल म्यागेजिनले कोभिड १९ को कारण २०२० मा अवार्ड वितरण गरेको थिएन ।
लेवान्डोस्कीलाई २०२१ को स्ट्राइकर अफ दि इअर अवार्ड प्रदान गरिएको थियो ।

‘म रोवर्टलाई भन्न चाहन्छु कि उनीसँग प्रतिस्पर्धा गर्नु मेरो लागि सम्मान हो’ मेस्सीले भने , ‘तपाईं आफ्नो बालो डे ओरको हकदार हुनुहुन्छ । गत वर्ष सबैले मानेका थिए कि तपाईँ विजेता हुनुहुन्छ । मेरो विचारमा फ्रान्स फुटबलले तपाईँको हक लाग्ने बालोन डे ओर दिनुपर्छ।’



source https://www.onlinekhabar.com/2021/11/1046084

ए डिभिजन लिग : दोस्रो चरणका ६ विशेषता

दोस्रो चरणको खेलमा पहिलो पटक ए डिभिजन लिग खेलिरहेको नवप्रवेशी सातदोबाटोले पूर्वविजेता तथा उपाधिको दाबेदार मानिएकै थ्री स्टारलाई हराएर सनसनपूर्ण जित हात पार्‍यो भने साविक विजेता र उपविजेता मछिन्द्र र आर्मीबीचको खेल गोलरहित बराबरीमै रोकियो ।

१४ मंसिर, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत म्याच विक टु का खेलहरू सोमबार सकिएका छन् ।

दोस्रो चरणमा लिगकै प्रतिक्षित खेलमध्ये एक साविक विजेता मछिन्द्र फुटबल क्लब र साविक उपविजेता त्रिभुवन आर्मी फुटबल क्लबबीचको खेल पनि भयो ।

यस्तै नवप्रवेशी सातदोबाटोले यही चरणमा ए डिभिजनको पहिलो जित हात पार्‍यो । दोस्रो चरणमा दुई खेल गोलरहित बराबरीमा सकिँदा जम्मा ७ गोल मात्र भए । जबकि पहिलो चरणमा कुल १६ गोल भएको थियो ।

दोस्रो चरणमा सातदोबाटोले थ्री स्टारलाई पराजित गर्नै सबैभन्दा सनसनीपूर्ण नतिजा बन्यो ।

यस्तै मछिन्द्र र आर्मीबीचको खेल प्रतिस्पर्धात्मक बने पनि फरवार्डले गोल गर्न नसक्दा गोलरहित बराबरीमै सकियो ।

संकटाले प्रेण्ड्सविरुद्ध एक गोलले पछि परेको अवस्था उल्टाउँदै पुनरागमन जित हात पार्‍यो ।

दोस्रो चरणका केही विशेषताहरू –

सातदोबाटोको सनसनीपूर्ण जित

पहिलो पटक ए डिभिजन लिग खेलिरहेको नवप्रवेशी सातदोबाटोले पूर्वविजेता तथा उपाधिको दाबेदार मानिएकै थ्री स्टारलाई हरायो । यस हारले थ्री स्टारलाई उपाधि यात्राको बाटोमा धक्का लागेको छ ।

थ्री स्टारले पहिलो खेलमा च्यासल युथ क्लबलाई ३-० ले पराजित गर्दै शानदार सुरुआत गरेको थियो । तर दोस्रो खेलमा भने त्यसको केही छनक देखिएन । थ्री स्टारको प्रदर्शन राम्रो रहन सकेन ।

बी डिभजन च्याम्पियन बनेर ए डिभजनमा बढुवा भएको सातदोबाटोले भने पहिलो लिगमै उत्कृष्ट प्रदर्शन गर्‍यो । सिजनको उद्घाटन खेलमै फ्रेण्ड्सससँग गोलरहित बराबरी खेल्दै लिग सुरुआत गरेको सातदोबाटोले थ्री स्टारलाई हराएर लिगमा पहिलो जित दर्ता गर्‍यो । दुई खेलमै क्लिनसिट राखेको सातदोबाटोले चार अंक जोडेको छ ।

मनाङ र पुलिसको भाग्य

मनाङ र पुलिसले दोस्रो चरणमा समान १-० को जित हात पार्दा भाग्यमानी रहे ।

मनाङले हिमालयन शेर्पा क्लबलाई र पुलिसले जावलाखेल युथ क्लबलाई पराजित गर्दै ३ अंक जोडेका हुन् । मनाङको लगातार दोस्रो जित हो भने पुलिसले पहिलो जित हात पारेको हो ।

मनाङले ओलावाले आफिजले ८४औं मिनेटमा गरेको गोलमा जित निकाल्दा पुलिसका लागि वैकल्पिक  खेलाडीको रुपमा मैदान प्रवेश गरेका सुमन लामाले ७०औं मिनेटमा उत्कृष्ट गोल गरे ।

मनाङविरुद्ध हिमालयन शेर्पाले उत्कृष्ट खेले पनि भाग्यको साथ पाएन । मनाङ भने भाग्यमानी बन्यो ।

यस्तै पुलिसविरुद्ध जावलाखेल युथ क्लबले पहिलो हाफमा दबाब बनायो । दुवैले गोल गर्ने केही अवसरसमेत गुमाए । जावलाखेलका दुई प्रहारमा पोष्ट बाधक बन्यो ।

तर पुलिसले भने काउन्टर अट्याकमा उत्कृष्ट गोल गर्दै खेल जित्यो । सुमन लामाले निर्णायक गोल गरे ।

मनाङको क्लिनसिट

सर्वाधिक ८ पटकको विजेता मनाङले लगातार दोस्रो खेल जित्यो । जारी लिगमा शतप्रतिशत नतिजासहित गोल नखाने एक्लो टिम मनाङ मात्रै हो । क्लिनसिट राख्ने अर्को टिम भने नवप्रवेशी सातदोबाटो युथ क्लब हो । मनाङले पहिलो खेलमा जावलाखेललाई १-० ले नै पराजित गरेको थियो ।

यसै सिजन मात्र मनाङ आएका युवा गोलकिपर विशाल सुनारले दुवै खेलमा क्लिन सिट राखे । उनले पछिल्लो पटक ब्रिगेड ब्वाइज क्लबबाट ए डिभिजन लिग खेलेका थिए । गत वैशाख-जेठमा नेपाल सुपर लिग एनएसएल खेलेका उनी पहिलो पटक राष्ट्रिय टिममा समेत परेका थिए । विश्वकप छनोटका लागि कुवेत भ्रमणमा टोलीमा रहे पनि उनले राष्ट्रिय टिममा डेब्यु गर्न भने पाएनन् ।

यस्तै ताजिकस्तानमा भएको एएफसी यू-२३ एसियन कप छनोटमा उनी नेपाली यू-२३ टिममा थिए । तर कप्तान अर्पण कार्की पहिलो रोजाईको गोलकिपर रहेकोले उनले त्यहाँ पनि खेल्ने मौका पाएनन् ।

एपीएफ र जावलाखेलको लगातार दोस्रो हार

विभागीय टोली एपीएफ र जावालाखेल युथ क्लबले लिगमा लगातार दुई खेल हारिसकेको छ । एपीएफले पहिलो खेलमा ब्रिगेडसंग ३-२ ले पराजित भएको थियो । दोस्रो खेलमा च्यासलसँग १-० ले पराजित भयो । अहिलेसम्म एपीएफले २ गोल गरेपनि अंक भने जोड्न सकेको छैन ।

अर्कोतर्फ जावालखेल भने लगातार दोस्रो खेलमा पनि गोल गर्न सकेन र १-० ले पराजित भयो । पहिलो खेलमा मनाङ मर्स्याङ्दीसँग पनि १-० ले नै पराजित भएको थियो ।

घट्यो गोल

यस पटक लिग विकेन्ड अर्थात सप्तान्हमा खेलाइएको छ । यसले गर्दा हप्तामा जम्मा चार दिन खेल हुन्छ । तीन दिन पूर्णरुपमा ब्रेक गरिएको छ । यस्तो गर्दा एक टिमले कम्तीमा पनि चार दिन आराम पाउने छन् भने बढीमा ६ दिन आराम पाउनेछन् । जसले गर्दा तयारी गर्ने र खेलाडीहरूको फिटनेसमा समेत ध्यान दिने समय हुन्छ ।

तर लिगमा गोलको संख्या भने घटेको छ । पहिलो चरणमा ७ खेलमा कुल १६ गोल हुँदा दोस्रो चरणमा जम्मा ७ गोल मात्र भयो । त्यो पनि पाँच खेलमा मात्र गोल भयो । दुई खेल गोलरहित बराबरीमा सकियो ।

पहिलो चरणमा गोल औसत २.२८५ थियो । तर दोस्रो चरणमा त्यो घटेर जम्मा १ मा आयो । अर्थात औसतमा एक म्याचमा एक गोल ।

राष्ट्रिय टिमका खेलाडीहरू संगै केही राम्रा विदेशी खेलाडी रहेपनि लिगमा फरवार्डहरू गोल गर्न चुकिरहेका छन् । गोल गर्न सक्ने स्ट्राइकरहरुको कमी देखिएको छ ।

साविक विजेता मछिन्द्र र उपविजेता आर्मी भिड्दा गोल हेर्ने अपेक्षामा दशरथ रंगशालमा उल्लेख्य दर्शक उपस्थित थिए । एन्फाले आड्ढिकारिक म्याच रिपोर्ट अनुसार उक्त खेल हेर्न चार हजार उपस्थित रहेको जनाएको छ ।

तर लिगको उपाधि रक्षा गर्न फरवार्डहरूको भेला गरेको मछिन्द्रले समेत गोल हान्न सकेन । मछिन्द्रले कप्तान सुजल श्रेष्ठदेखि राष्ट्रिय टिमका मनिष डाँगी अनी विमल घर्ती मगरसम्मलाई खेलाए पनि गोल भएन ।

सेन्ट्रल फरवार्डको रुपमा अनुबन्ध गरिएका रेजिन सुब्बा घाइते हुँदा मछिन्द्रले गोल हान्न सक्ने फरवार्ड पाएन । आर्मीविरुद्धको खेलपछि मछिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले समेत गोल गर्ने फरवार्डको कमी भएको बताए ।

प्रशिक्षक अनन्त थापाको सेलेब्रेसन

जावालखेलविरुद्ध १-० को जितपछि नेपाल पुलिस क्लबका प्रशिक्ष अनन्त थापाले दिल खोलेर सेलेब्रेसन गरे । खेल सकिएको सिट्टी रेफ्रीले फुकेपछि पुलिसका प्रशिक्षक अनन्त थापाले खुलेर सेलेब्रेसन गरेका थिए । खासमा त्यो ३ अंक हात पार्दाको खुशी थियो र त्यसलाई उनले खुलेर खुशी मनाए ।

पुलिसका प्रशिक्षक थापा टचलाइनमा अन्य प्रशिक्षकको तुलनामा धेरै कराइरहेका हुन्छन् र एग्रेसिभ देखिन्छन् । यस विषयमा सोध्दा थापाले लिगको खेलहरू नै प्रतिस्पर्धात्मक हुने भएकोले त्यस्तो देखिएको बताए । ‘लिग क्रुसिएल छ । को रेलिगेट हुन्छ को च्याम्पियन हुन्छ थाहा हुँदैन । त्यही भएर त्यस्तो देखिएको हो ।’

खेलका दौरान पनि उनी खेलाडीहरूलाई बारम्बार निर्देशन दिइरहेका हुन्छ । अन्य प्रशिक्षकभन्दा उनी धेरै कराइरहेको देखिन्छन् र सुखद नतिजा आउँदा खुशी पनि हुन्छ । उनी यसलाई पार्ट अफ गेम जस्तै मान्छन् र प्रशिक्षकले गर्नुपर्ने काम जस्तै ठान्छन् ।

दोस्रो चरणको खेलको नतिजा र गोलकर्ता

सातदोबाटो युथ क्लब १ (सुदिप गुरुङ) – ० थ्री स्टार क्लब

संकटा क्लब २ (निरज बस्नेत, फोडे फोफाना) – १ फ्रेण्ड्स क्लब (प्रकाश बुढाथोकी)

च्यासल युथ क्लब १-० एपीएफ एफसी (रुमेश बर्तौला)

मनाङ मर्स्याङ्दी क्लब (ओलावाले आफिज) १-० हिमालयन शेर्पा

जावलाखेल युथ क्बल ०-१ (सुमन लामा) नेपाल पुलिस क्लब

एनआरटी ०-० ब्रिगेड ब्वाइज क्लब

मछिन्द्र एफसी ०–० त्रिभुवन आर्मी एफसी



source https://www.onlinekhabar.com/2021/11/1046052

भीम रावललाई भोट नहाल्न भन्दै एमाले प्रतिनिधिहरुलाई बाँडियो पर्चा

१४ मंसिर, चितवन । नेकपा एमालेको महाधिवेशनस्थल सौरहामा नयाँ नेतृत्व चयन गर्न मतदान भइरहेको बेला अध्यक्षका प्रत्यासी भीम रावललगायतका उम्मेदवारहरूलाई भोट नहाल्न भन्दै प्रतिनिधिहरूलाई पर्चा बाँडेको भेटिएको छ ।

भोट नहाल्न भन्दै प्रतिनिधिहरूलाई बाँडिएको पर्चामा पूर्वमाओवादीका नेता टोपबहादुर रायमाझी, लेखराज भट्टलगायतको नामसमेत छ ।

एमाले महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास असफल भएपछि आज बिहानबाट मतदान सुरु भएको छ । मतदानमा सहभागी प्रतिनिधिहरूलाई ‘भोट नहाल्ने नामावली’ लेखिएको पर्चा बाँडिएको छ । त्यसमा अध्यक्षका उम्मेदवार भीम रावलको नाम सबैभन्दा माथि छ ।

अध्यक्षमा केपी शर्मा ओलीसँग रावलको प्रतिस्पर्धा छ । यसअघि रावलको पक्षमा भोट माग्दै पर्चा बाँड्ने कार्यकर्ताहरुलाई एमालेका स्वयंसेवकहरुले बन्दसत्र हलको परिसरबाट बाहिर निकालेका थिए ।

भोट नहाल्न भन्दै बाँडिएको पर्चामा अरु कसको नाम छ ?

यसैगरी, उपाध्यक्षमा उम्मेदवारी दिएका घनश्याम भुसाल, खुला सचिवका उम्मेदवार टंकप्रसाद कार्की र भीमप्रसाद आचार्यलाई पनि भोट नहाल्न भन्दै पर्चा बाँडिएको छ ।

यसैगरी प्रदेश १ खुला सदस्यमा भाष्कर काफ्ले, प्रदेश १ महिला सदस्यमा नीरा खनाल, सुदूरपश्चिम प्रदेश महिला सदस्यमा पशुपति कुँवर र मञ्जु मलासी, दलित खुला सदस्यमा नरबहादुर विक र थारु खुला सदस्यमा जयप्रकाश थारु तथा पिछडिएको क्षेत्रबाट सदस्यका उम्मेदवार भरत साउदलाई पनि भोट नहाल्न भनिएको छ ।



source https://www.onlinekhabar.com/2021/11/1046053

म्याग्दीमा जिप दुर्घटना : वडा सदस्यसहित ४ जनाको मृत्यु

१४ मंसिर, बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा जिप दुर्घटना हुँदा एक जना वडा सदस्यसहित चार जनाको मृत्यु भएको छ ।

बेनीबाट बेगको सिमतर्फ जाँदै गरेको ग १ ज ७२५१ नम्बरको जिप सोमबार साँझ पाँच बजेतिर औंलामा दुर्घटना हुँदा एक महिला र तीन पुरुषको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ३० वर्षीया गौमाया विक, जिप चालक ३५ वर्षीय दुतबहादुर थापा, ३० वर्षीय खिमु पुन र ४५ वर्षीय खिमानन्द शर्मा रहेको प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङले जानकारी दिए । प्रहरीका अनुसार गौमाया विक रघुगंगा गाउँपालिका–१ बेगकी निर्वाचित वडा सदस्यसमेत हुन् । पुन र शर्माको घटनास्थलमा तथा चालक थापा र विकको उपचारका लागि बेनी ल्याउँदा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ५४ वर्षीय बलबहादुर विक, २३ वर्षीय मनोज पुन, २० वर्षीय भीम फगामी र ३० वर्षीय ज्ञानबहादुर शेरपुञ्जा घाइते भएका छन् । उनीहरुलाई बेनी अस्पतालबाट थप उपचारका लागि कास्कीको पोखरास्थित मणिपाल शिक्षण अस्पताल लगिएको छ ।

निलगिरी यातायात प्रालिको जिप सडकबाट करिब तीन सय मिटर तल खोल्सामा खसेको छ ।



source https://www.onlinekhabar.com/2021/11/1046048

मेस्सीले सातौं पटक जिते बालोन डि’ओर अवार्ड

काठमाडौं । प्रतिष्ठित बालोन डि’ओर अवार्ड अर्जेन्टिनाका स्टार फुटबलर लिओनल मेस्सीले जितेका छन् । उनले यो अवार्ड कीर्तिमानी सातौ पटक जितेका हुन् ।

यो सिजन बार्सिलोनाबाट पेरिस सेन्ट जर्मेन गएका उनले बार्यन म्युनिख तथा पोल्याण्डका रोबर्ट लेभान्डोस्की, चेल्सी तथा इटलीका जोर्जिन्हो र रियल मड्डि तथा फ्रान्सका करिम बेन्जिमालाई पछि पारे ।

३४ वर्षका मेस्सीले यो वर्ष अर्जेन्टिनालाई कोपा अमेरिकाको उपाधि जिताउन मदत गरेका थिए । उनले सिनियर टिमबाट देशका लागि जितको यो अन्तराष्टिय उपाधि समेत हो । साथै ४० यो वर्ष उनले ४० गोल समेत गरेका थिए ।

विश्वभरका १८० पत्रकारहरुको मतदान गर्ने यो अवार्ड, २००८ देखि लगातार सम्म कि त मेस्सीले पाए कि क्रिष्टियानो रोनाल्डोले । २०१८ मा लुका मोडरिकले त्यो क्रमलाई भंग गरे । २०१९ मा मेस्सीले पाए भने २०२० मा कोरोना महामारीका कारण हुन सकेन । यो वर्ष फेरि मेस्सीले जितेका छन् ।

उननले २००९, २०१०, २०११, २०१२, १०१५, २०१९ र २०२१ गरी सात पटक यो अवार्ड पाएका हुन् । पेरिसमा आयोजित अवार्ड समारोहमा मेस्सीले भनेका छन्, दुई वर्ष पहिले नै यो अन्तिम होला जस्तो लागेको थियो । मानिसहरुले पनि कहिले सन्यास लिने भनेर सोध्न थालेका थिए । तर मे पेरिसमा छु र खुसी छु ।’

यो वर्ष अर्जेन्टिनाका लागि उपाधि जित्न पाएको खुसी रहेको भन्दै उनले भनेका छन्, ‘मेरो लामो करियर छ, त्यसैले यो (ब्राजिललाई हराउँदै उपाधि जित्नु) मेरो जीवनको उत्कृष्ट क्षण हो कि होइन भन्ने थाहा छैन । तर अर्जेन्टिनाका लागि उपाधि जित्नु उत्कृष्ट क्षणहरुमा एक हो ।’



source https://www.onlinekhabar.com/2021/11/1046041

मतदानपछि रावलले भने- परिणामलाई सहज रुपमा लिन्छु

१४ मंसिर, चितवन । नेकपा एमालेको अध्यक्षका उम्मेदवार भीम रावलले निर्वाचन परिणामलाई सहज रुपमा स्वीकार गर्ने बताएका छन् ।

दशौं राष्ट्रिय महाधिवशनमा अध्यक्षसहित केही पदाधिकारी र केन्द्रीय सदस्य चयनका लागि मंगलबार विहान करिव ४ बजेतिर मतदान सुरु भएको थियो । मतदानपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै रावलले पार्टीको नीति र सिद्धान्त बमोजिमको यो अभ्यासले लोकतन्त्रलाई बलियो बनाउने बताए ।

उनले भने, सदस्य नविकरण, वितरण र प्रतिनिधि प्रतिनिधि चयनमा ब्यापक रुपमा गलत काम भएका छन् भनेर यसअघि नै भनेको छु । यति हुँदाहुँदै पनि म परिणामलाई सहज रुपमा लिन्छु ।’

उनले आफूले केन्द्रीय सदस्यमा उम्मेदवार नभएको भन्दै त्यसलाई सच्याउन समेत निर्वाचन अधिकृतहरुलाई आग्रह गरेका छन् ।

अध्यक्षमा केपी शर्मा ओली र भीम रावल उम्मेदवार छन् भने ६ उपाध्यक्षका जागि अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णु पौडेल, सुरेन्द्र पाण्डे र सुवास नेम्वाङ उम्मेदवार छन्  ।

सात सचिवका लागि गोकर्ण विष्ट, छविलाल विश्वकर्मा, टंक कार्की, टोपबहादुर रायमाझी, पद्मा अर्याल, भीम आचार्य, योगेश भट्टराई, रघुवीर महासेठ र लेखराज भट्ट चुनावी मैदानमा छन् ।

यस्तै केन्द्रीय सदस्यतर्फ खुला ८४ सदस्यका लागि चुनाव हुनेछ । प्रदेश १ को खुला ६ तथा महिला ३ सदस्यका लागि चुनाव हुनेछ । सुदूर पश्चिम प्रदेशको महिला ३ सदस्यका लागि पनि चुनाव हुनेछ । दलित खुला ८, थारु खुला ५ र पिछडिएको क्षेत्र खुला ३ सदस्यका लागि पनि चुनाव भइरहेको निर्वाचन आयोगले जनाएको छ ।



source https://www.onlinekhabar.com/2021/11/1046032

एमाले महाधिवेशन : नेतृत्व चयनका लागि सुरू भयो मतदान

१४ मंसिर, चितवन । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवशनमा अध्यक्षसहित केही पदाधिकारी र केन्द्रीय सदस्यहरू चयनका लागि मतदान सुरु भएको छ ।

मंगलबार विहान करिव ४ बजेतिर सुरु भएको मतदानको सुरुमै अध्यक्षका उम्मेदवारद्धय केपी शर्मा ओली,भीम रावलका साथै अरु नेताहरुले मतदान गरे ।

मतदानपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै रावलले पार्टीको नीति र सिद्धान्त बमोजिमको यो अभ्यासले लोकतन्त्रलाई बलियो बनाउने बताए । उनले भने, ‘सदस्य नवीकरण, वितरण र प्रतिनिधि प्रतिनिधि चयनमा ब्यापक रुपमा गलत काम भएका छन् भनेर यसअघि नै भनेको छु । यति हुँदाहुँदै पनि म परिणामलाई सहज रुपमा लिन्छु ।’

निर्वाचन आयोगका अनुसार यसअनुसार अब अध्यक्ष, उपाध्यक्ष र सचिवका साथै ७ वटा क्लस्टरका केन्द्रीय सदस्यहरुका लागि चुनाव भइरहेको छ ।

अध्यक्षमा केपी शर्मा ओली र भीम रावल उम्मेदवार छन् भने ६ उपाध्यक्षका जागि अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णु पौडेल, सुरेन्द्र पाण्डे र सुवास नेम्वाङ उम्मेदवार छन् ।

सात सचिवका लागि गोकर्ण विष्ट, छविलाल विश्वकर्मा, टंक कार्की, टोपबहादुर रायमाझी, पद्मा अर्याल, भीम आचार्य, योगेश भट्टराई, रघुवीर महासेठ र लेखराज भट्ट चुनावी मैदानमा छन् ।

यस्तै केन्द्रीय सदस्यतर्फ खुला ८४ सदस्यका लागि चुनाव हुनेछ । प्रदेश १ को खुला ६ तथा महिला ३ सदस्यका लागि चुनाव हुनेछ । सुदूर पश्चिम प्रदेशको महिला ३ सदस्यका लागि पनि चुनाव हुनेछ । दलित खुला ८, थारु खुला ५ र पिछडिएको क्षेत्र खुला ३ सदस्यका लागि पनि चुनाव भइरहेको निर्वाचन आयोगले जनाएको छ ।

उपमहासचिवमा निर्विरोध भएका प्रदीप ज्ञवालीले सर्वसम्मतिको प्रयत्न गर्दा मतदान सुरु गर्न ढिला भएको बताए । अध्यक्षका उम्मेदवार भीम रावल पछाडि हट्न तयार नभएकाले सबैमा सर्वसम्मति हुन नसकेको भन्दै उनले भने, ‘सर्वसम्मति नभएकाले लोकतान्त्रिक प्रतिस्पर्धा भयो, यसलाई सहज र स्वभाविक ढंगले लिनुपर्छ ।’

 



source https://www.onlinekhabar.com/2021/11/1046019

ओलीले मञ्चमै तयार पारेका थिए पदाधिकारीको लिष्ट

१३ मंसिर, काठमाडौं । नेकपा एमालेको दशौं राष्टिय महाधिवेशनको लागि होटल सेभेन स्टार परिसरमा बन्दसत्र हल तयार गरिएको थियो । तर महाधिवेशन उद्घाटन भएको भोलिपल्टदेखि सौराहको पार्क सफारी होटेलले ‘शक्तिकेन्द्र’को रुप लिएको थियो, किनकी एमालेका अध्यक्ष केपी शर्मा ओली बसेका थिए ।

आइतबार त बन्दसत्र हलमा भन्दा त्यहाँ चहलपहल बढी रह्यो । नेताहरुको ओहोदोहोर चलिरह्यो । अध्यक्ष ओलीसँग सिधा पहुँच हुनेहरुले उनलाई भेट्न पाउनु नयाँ भएन । सिधा पहुँच नपुगेका, तर नेतृत्वमा पुग्ने आकांक्षा पालेका नेताहरु आफ्नो कुरा शीर्ष नेताहरुका स्वकीय सचिवसम्मलाई राखिरहेका हुन्थे ।

नेताहरुले सहमतिमा घोषणा गर्ने केन्द्रीय सदस्यहरुको नाममाथि निकै ‘दहलफसल’ गरे । तर पदाधिकारीबारे चुईंक्क पनि बोल्न सकेनन्, किनभने केन्द्रीय सदस्यहरुको नामावली तयार पार्ने नेताहरु विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरुङ चारै जना पदाधिकारीको आकांक्षी थिए ।

त्यसैले पौडेलले घरीघरी प्रिन्ट गरेको केन्द्रीय सस्यहरुको सूचिमा पदाधिकारीको पद थियो, नाम थिएन । पदाधिकारीको नाम खाली राखिएको केन्द्रीय सदस्यहरुको त्यही लिष्ट बोकेर ओली राति पौने १० बजेतिर महाधिवेशनको बन्दसत्र चलिरहेको हलतिर गए, जहाँ विहान १० बजेदेखि पार्टीका प्रतिनिधिहरु पर्खिरहेका थिए । ओली अध्यक्षमण्डलको बैठकमा सहभागी हुन अर्काे बैठककक्षमा प्रवेश गरे । त्यहाँ ओली र अध्यक्षका अर्का प्रत्यासी भीम रावलबीच उम्मेद्वारी फिर्ता लिने र नलिने भन्ने विषयमा बहस भयो ।

ओलीले अध्यक्ष पदका दर्ता गराएको उम्मेद्वारी फिर्ता गर्न रावललाई पटकपटक आग्रह गरे । एकपटक त उनले उमेद्वारी फिर्ता लिन निर्देशन नै दिन्छु समेत भनेका थिए । तर पार्टीको केन्द्रीय अध्यक्षका लागि ओलीको प्रतिष्पर्धी बनेर उभिएका रावल टसकामस भएनन् । झण्डै दुई घण्टा छलफल गर्दा पनि निकास ननिस्किएपछि अध्यक्षमण्डलको बैठकबाट ओली जुरुक्कै उठे र भने, ‘अब निर्वाचन प्रक्रिया सुरु गरौं, प्रतिष्पर्धामार्फत् चुनाव जितेर नेतृत्वमा आऔं ।’

केन्द्रीय निर्वाचन आयोगले बेलुकी ८ बजेदेखि नै निर्वाचनको कार्यक्रम सुरु गरिसकेको थियो, ओलीले यो घोषणा गरेको खबर पाउनासाथ बन्दसत्रमा पर्खिएर बसेकाहरु उम्मेदवारी दर्ताका लगि दर्ता गर्न दौडिए । अध्यक्षमण्डलको सदस्य समेत रहेका रावलले पनि अध्यक्ष पदका लागि उम्मेदवारी फारम लिएर भरे । त्यही बेला ओली बन्दसत्र हलमा पुगे र सहमतिका लागि कमिटी प्रस्ताव गर्छु भन्दै केन्द्रीय सदस्यहरुको नामावली पढ्न थालेपछि मनोनयन दर्ता गर्न चौरमा पुगेका प्रतिनिधिहरु फेरि हुरुरु बन्दशत्र कक्षभित्र छिर्न थाले ।

३०१ जना केन्द्रीय सदस्यको नाम घोषणा भइसकेपछि ओलीले मञ्चमै बसेर पदाधिकारीका लागि खाली रहेको ठाउँ भर्न थाले । ‘हामीसित छलफल गर्ने यसो गरौं है भन्ने केहीे थिए,’ ओलीले पदाधिकारीको सूचिमा चढाएका एक नेताले भने, ‘केपी कमरेडले गरेको कुरामा हामीले बिद्रोह गरेर किन अप्ठ्यारो पार्नू भनेर केही असहमति हुँदा पनि प्रतिक्रिया जनाएका छैनौं ।’

उनी अघि भन्छन्, ‘फेरि हामीले नै सहमतिको खाका ल्याउने म्यान्डेट उहाँलार्ई नै दिएका हौं ।’ उनका अनुसार ओलीले मञ्चमै बसेर पदाधिकारीको लिष्ट तयार पार्दा आसपासमा भएका नेताहरुले कसकसका नाम लेख्छन् भनेर चियो गरेका थिए । त्यसो हुँदासम्म बिहानीको झण्डै साढे २ बजिसकेको थियो । अध्यक्षमा ओलीको नाम विष्णु पौडेलले प्रिन्ट गरेको कागजमा पहिलेदेखिकै थियो । वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेलको नाम राखे, उपाध्यक्षमा युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यको नाम लेखिसकेपछि एकछिन अलमलिए, अनि लेखे भीम रावल ।

त्यसपछि उनले रावललाई ‘उपाध्यक्षमा तपाईंको नाम राखें है कमरेड’ भनेका थिए । तर उनले मानेनन् । रावलले अध्यक्षमै उमेद्वारी दिन्छु भनेपछि उनको नाम काटे र सुरेन्द्र पाण्डे थपे ।

‘बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, उपाध्यक्ष रामबहादुर थापा, विष्णु पौडेल, सुवास नेम्वाङ भनेर तयार पार्नुभएको थियो । भीम रावल मान्दै मान्नुभएन,’ स्रोतले भन्यो, ‘भीम रावल नमानेपछिसुरेन्द्र पाण्डे भनेर घोषणा गर्नुभयो । उहाँ त स्थायी कमिटी सदस्य हो । उपमहासचिव हुनपर्छ, महासचिव हुनपर्छ, अनि उपाध्यक्ष हुन्छ । तीन पोष्ट बढुवा भयो, रावलको नाम काटेकाले पहिले सुरेन्द्रजीको नाम आयो । मन्चमै नाम लेखेकाले अध्यक्ष कमरेडले मेसो पाउनुभएन ।’

उपाध्यक्षमा थापा र पौडेलको नाम लेखिसकेपछि ओलीले फेरि एकछिन नेता सुवास नेम्वाङतिर हेरे र, कुरा गरे । नेम्वाङ उनै हुन्, जसले वरिष्ठ उपाध्यक्षमा दिएको उमेदवारी फिर्ता नलिने अडान राखेका कारण सौराहको एमाले राजनीति घाम झुल्केदेखि डुबुन्जेलसम्म तरंगित थियो । नेम्वाङले आफूले केपी ओलीबाहेक अरुलाई नेता मान्न नसक्ने सन्देश पठाउँदै समझदारीका तीन सुत्र नि बुझाएका थिए । तर ओलीले उपाध्यक्षमा नाम राखौं है भन्दा अस्वीकार गर्न नेम्वाङलाई निकै कठिन भयो, मञ्चमा त्यतिधेरै प्रतिनिधिहरुका अघिल्तिर ओलीले लिष्ट तयार पारिदिएपछि नेम्वाङले प्रतिवाद गर्न सकेनन ।

‘सर्वसम्मत नेतृत्व चयनको प्रक्रिया अगाडि बढ्यो । र, मलाई पार्टीले आदेश दियो, अध्यक्ष कमरेडले राख्नु भएको प्रस्तावलाई हलले थपडी बजाएर जब पास ग¥यो,त्योप्रक्रियाबाट मलाई अहिले तपाईं उपाध्यक्षमा लड्नुस् भनियो,’ नेम्वाङले भने,‘मलाई लागेको कुरा अध्यक्षलाई भनेको छु, तर पार्टीको आदेश र महाधिवेशनको म्याण्डेटलाई ध्यानमा राखेर उपाध्यक्षमा उम्मेदवारी दिएको छु ।’

उपाध्यक्षहरुको नाम घोषणा गरेपछि ओलीले महासचिवमा शंकर पोखरेल र उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमालको नाम घोषणा गरे । रिमालको नाम आउँदा धेरैलाई आश्चर्य लागेको नेताहरु बताउँछन् । ‘हामीले उपमहाचिवमा घनश्याम भूसाल नै दोहोरिने गरी उहाँलाई कन्भिन्स गरौँ भनेका थियौं, तर मान्नुभएन, बाटो नै फरक प¥यो,’ पदाधिकारीमा सर्वसम्मत बनाउन प्रयास गरिरहेका एक नेताले भने, ‘उहाँले सल्लाह नै गर्नुहुन्न र यस्तै गर्नुहुन्छ भन्ने पहिलेदेखि लागेको थियो ।’

एकाथरीको आकलन चाँहि शंकर पोखरेल महासचिव भए भने उपमहाचिव विष्णु रिमाल हुन्छन् भन्ने थियो । ‘शंकर पोखरेल महासचिव हुँदा प्राविधिक तयारीका हिसाबले पनि विष्णु रिमाल उपमहाचिव बन्नुहुन्छ भन्ने गाँईंगुँई हाम्रो समूहमा पहिलेदेखि नै थियो,’ पोखरेल निकट एक नेताले भने, ‘सैद्धान्तिक रुपमा पोखरेल बलियो भएपनि त्यसलाई प्राविधिक रुपमा बलियोसँग प्रस्तुत गर्न सक्ने खुबी रिमालको छ ।’

तर अर्काे समूहलाई भने रिमालको नाम आउँछ भन्ने कल्पनासम्म पनि थिएन । ‘भीमजीले मन्चमै कुरा गर्नुभयो, मिलेन । सुवासजीले मञ्चमै कुरा गर्नुभयो उहाँले उपाध्यक्ष नै हुन्छु भन्ने संकेत पाउनुभएको थियो,’ एक नेताले भने, ‘ईश्वर पोखरेल, विष्णु पौडेल र पृथ्वी सुब्बासित कुराकानी नै गर्नुभएन ।’ बरिष्ठ उपाध्यक्ष र महासचिव हुँ भनेर दिनभर दावी गरिरहेका नेताहरुसँग मञ्चमा गएर मात्रै ओलीले तपाईँको पद यो है भनिदिए । ‘बिरोध गर्दा आफ्नै टिम भत्किएको म्यासेज जाने डर, बिरोध नगरौं भने चित्त बुझेको छैन,’ एक पदाधिरी भन्छन्, ‘अध्यक्षज्यूले अप्ठ्यारोमा पार्नुभयो ।’

पार्टीका उपमहासचिवमा निर्बिरोध निर्वाचित भएका पृथ्वीसुब्बा गुरुङ चाँहि त्यसरी मञ्चमै गएरमात्रै फाइनल नाम तयार पारिएको भएता पनि अध्यक्ष ओलीले भावानात्मक रुपमा सबैलाई समेट्न खोजेको देखिएको टिप्पणी गर्छन् । भावनात्मक रुपले पार्टीलाई एकताबद्ध बनाउन खोजेकोजस्तो देखिन्छ, सबैलाई समेट्नुपर्छ भन्नेमा उहाँ अलिकति सचेत पनि देखिनुभयो,’ गुरुङले भने ।



source https://www.onlinekhabar.com/2021/11/1046017

Sunday, 28 November 2021

एमाले अध्यक्षमा भीम रावलले दर्ता गरे उम्मेदवारी

१३ मंसिर, चितवन । नेकपा (एमाले)को अध्यक्ष पदका लागि नेता भीम रावलले उम्मेदवारी दर्ता गराएका छन् ।

निर्वाचन प्रकिया सुरु भएलगत्तै बज बिहान रावलले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन् । रावललाई महादेव बजगाईंले प्रस्ताव गरेका छन् भने दुधकला बिष्टले समर्थन गरेकी छन् ।

सोमबार राति अबेर केपी शर्मा ओलीले सर्वसम्मतका लागि आफूलाई अध्यक्ष प्रस्ताव गर्दै पदाधिकारी र केन्द्रीय कमिटी प्रस्ताव गरे पनि रावलले अस्वीकार गरेका थिए ।

महाधिवेशन उद्घाटनअघि नै अध्यक्षमा उम्मेदवार दिने घोषणा गरेका रावलले सहमतिको प्रयास भए पनि चुनावी मैदानमै उत्रिएका हुन् । रावलको प्रतिस्पर्धा केपी ओलीसँग हुनेछ ।

रावल ओलीले प्रस्ताव गरेको पदाधिकारीमा परेका थिएनन् । उनीसँगै नेता घनश्याम भूषाल र भीम आचार्यसमेत ओलीले प्रस्ताव गरेको  पदाधिकारी सूचीमा परेका छैनन् ।

भीम रावलले उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएसँगै अर्का नेता घनश्याम भूषालले उपाध्यक्ष र भीम आचार्यले सचिवमा उम्मेदवारी दर्ता गराएका छन् ।



source https://www.onlinekhabar.com/2021/11/1045529

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More