Saturday, 28 May 2022

आज गणतन्त्र दिवस   

१५ जेठ, काठमाडौं । आज जेठ १५ गते । राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिन अर्थात् गणतन्त्र दिवस । निरङ्कुश एकात्मक राजतन्त्रको विधिवत् अन्त्य गर्दै मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ घोषणा भएको दिन ।

जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको थियो ।

हजारौँको बलिदान, लाखौँ नागरिक सडकमा उत्रिएर ल्याएको गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदैछ । विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्रबमोजिम विसं २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनःस्थापना गरेका थिए ।

गणतन्त्र स्थापनाका लागि यही आन्दोलन जगका रूपमा स्थापित भयो । संसद् विघटनपछि सशस्त्र द्वन्द्वका कारण निर्वाचन हुन सकेन । निर्वाचन नभएपछि राजाले इच्छा लागेका मानिसलाई प्रधानमन्त्री बनाउने र हटाउने शृङ्खला चल्यो ।

राजा ज्ञानेन्द्रले लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा र शेरबहादुर देउवा गरी तीन जनालाई प्रधानमन्त्री बनाउँदै हटाउँदै गरे । विसं २०६१ माघ १९ गते राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नै हातमा लिएपछि आन्दोलनरत सात दल र तत्कालीन सशस्त्र युद्धरत नेकपा (माओवादी)का बीच १२ बुँदे समझदारी भयो । पूर्ण लोकतन्त्र स्थापनाका लागि दुवै शक्तिबीच समझदारी भएको थियो ।

विसं २०६२ मङ्सिरमा १२ बुँदे समझदारीका माध्यमबाट तीन ध्रुवमा विभाजन भएका राजनीतिक शक्ति दुई ध्रुवमा आएपछि आन्दोलनले गति लियो । विसं २०६२ फागुनदेखि सुरु भएको निर्णायक आन्दोलनले चैतमा गति लियो ।

नयाँ वर्षसँगै लाखौँ जनता सडकमा आए । चक्रपथ मानवसागरले भरिएपछि राजा ज्ञानेन्द्र दलहरूको मार्गचित्रमा सहमत हुनुभयो । आन्दोलनरत दलले गरेकै मस्यौदाका आधारमा राजा ज्ञानेन्द्रले वैशाख ११ गते राति संसद् पुनःस्थापनाको घोषणा गरी बैठकसमेत आह्वान गरे । यसैले यस दिनलाई लोकतन्त्र दिवस भनिन्छ । यो दिन नै गणतन्त्रको जगका रूपमा स्थापित बन्यो ।

विसं २०६३ जेठ ४ गतेको संसद्ले राजदरबारको अधिकार कटौती गर्दै राजसंस्थालाई निलम्बन गर्‍यो । बैठकले माओवादीलाई शान्ति प्रक्रियामा ल्याई संविधानसभा निर्वाचन गर्ने सङ्कल्प प्रस्ताव पारित गरेको थियो । यसलाई नेपाली ‘म्याग्नाकार्टा’ पनि भनिन्छ ।

यसैको जगमा विसं २०६४ चैत २८ गते पहिलो संविधानसभा निर्वाचन भयो । संविधानसभाको २०६५ जेठ १५ गते बसेको पहिलो बैठकले २४० वर्षे राजसंस्थाको विधिवत् अन्त्य गर्‍यो । पहिलो संविधानसभाले संविधान जारी गर्न नसके पनि धेरै काम गरेको थियो ।

विसं २०७० मङ्सिर ४ गते सम्पन्न दोस्रो संविधानसभा निर्वाचनबाट निर्वाचित सभाले २०७२ असोज ३ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भयो । संविधानबमोजिम तीनै तहको निर्वाचन सम्पन्न भई आन्दोलनको बलमा बनेको संविधान कार्यान्वयन भयो । जसअनुसार सङ्घीय, प्रादेशिक र स्थानीय सरकारले शासन सञ्चालन गरेका छन् ।



source https://www.onlinekhabar.com/2022/05/1134459

Friday, 27 May 2022

यौन पिपासुको पञ्जा र गिद्दे आँखा

“बहिनी कति बेला जाने”, सोलिना दिदीले कोठाभित्र पस्दै सोधिन् ।

“अँ एकै छिनमा”, मैले भनें ।

“किन के काम छ ?”

“अलि डाटाको काम बाँकी छ, आज सिध्याउनुपर्नेछ । दिदी तपाईंलाई ढिला हुनेभए जाँदा हुन्छ नि !” मैले विस्तारै भनें ।

“हैन, बरु म पनि तिमीलाई सघाइदिन्छु अनि सँगै जाउला नि !” भन्दै दिदी सोफामा बसिन् । म भने अचम्म मान्दै उनको अनुहार चियाउन थालें । किन भने सधैं हतारमा हुने सोलिना दिदी यसरी निर्धक्क रूपमा बसेको आजै थियो ।

हुन त सोनिला दिदीसँग घुलमिल भएको त्यति धेरै भएको छैन, यस्तै ६ महिना जति भयो होला । पेशाले पनि उनी म्यानेजर, म अकाउन्टेन्ट । अफिस समय बाहेक म उनलाई दिदी भनेर सम्बोधन गर्छु । एक दिन उनले नै बोलाएर तपाईं आफ्नै बहिनी जस्तो लाग्नुहुन्छ, म तिमी भन्छु है भनेपछि मैले दिदी भन्न सुरु गरें ।

आज दिदी निराश हुनुहुन्छ के भएछ भनेर सोच्दै थिएँ उनले ‘ए’ भनेर बोलाउँदा म झस्किंदै उनीतिर फर्किएँ ।

“बहिनी छिटो गरन, तिमीसँग एउटा काम थियो ।”

“के काम दिदी ?”

“प्रश्न गर्न त खुब आउँछ” झर्किंदै  उनले भनिन्, “छिटो काम गर त खै म पनि गर्छु ।” उनले कम्प्युटरको किबोर्ड आफूतिर फर्काइन् ।

मैले धेरै डाटा तयार गर्नुपर्ने थियो त्यसैले विस्तारै भनें, “दिदी सात बजेसम्ममा मात्रै काम सिद्घएिला जस्तो छ ।”

“ठिकै छ, म पनि सघाउँछु । सिध्याएर त जान्छौ होला नि, कि कतै….” उनले जिस्क्याउँदै भनिन् ।

मलाई भने अचम्म लाग्यो । जहिले ५ बजे घर पुग्ने दिदी आज भने ७ बजेसम्म अफिसमै बस्न तयार । यसको कारण त पक्कै ठूलै होला । यही सोच्दै मैले सोधें, “दिदी सर घरमा हुनुहुन्न कि कसो ?”

“किन बहिनी”, उनी रोकिइन् । लामो सास फेरिन् र चुपचाप किबोर्डमा औंला चलाउन थालिन् ।

यो पहिलो पटक थियो जो मैले ती दिदीलाई रिसाएको देखें । हाँसो र मजाकले भरिने दिदीको अनुहार त्रास र रिसले भरिएको थियो । बाहिर र्झन सङ्कोच माने जस्ता देखिने आँशु आँखामै टलपल गरिरहे जस्तो लाग्थ्यो । कोठामा टाइपको टिक्टिक् आवाज मात्र बाँकी रहृयो । व्यस्तताले दुई घन्टाको समय त्यही सुनसान वातावरणसँगै कसरी बितेछ पत्तै भएन ।

“बहिनी काम सकिएछ, जाऊँ” सोनिला दिदीले हातको घडी हेर्दै भनिन् । घडीले पनि किन पर्खिन्थ्यो । उसले त बेलुकाको सात बजाइसकेछ । हामी दुवै जना नजिकैको रेस्टुरेन्टमा गयौं । दिदीले खानाको लागि अर्डर गरिन् । हामी बीच केही अफिसियल कुराहरू हुँदैथिए । यत्तिकैमा दिदीको फोन आयो तर उनले उठाइनन् र मलाई उठाउन भनिन् ।

‘हेलो’ उताबाट आवाज आयो ।

‘हजुर’ मैले भनें ।

‘सोलिना छ ?’

‘रेस्टरुम जानुभा’छ ।’

‘यति ढिला भइसक्यो, अबदेखि घर आउनुपर्दैन भन्दिनु । हम हम’ उताबाट मात्तिएको र आवेगमा बोलेको प्रष्ट थियो ।

दिदीले मोबाइल समात्दै फोन काटिदिइन् । ‘गति छाडा’ उनी भुतभुताइन् ।

दिदीले महिलाको हकहितका लागि काम र सहयोग गरेबापत भर्खरै फेमिनिष्ट राइट अवार्ड पाएकी थिइन् । तर, श्रीमान्का कारण तीन दिनयता तनावमा थिइन् । उनका बारेमा अलि अलि बुझेकी थिएँ ।

उनका श्रीमान् पहिले बैंकमा सँगै काम गर्थे । अलिकति रकम जोडेपछि उनले विभिन्न क्षेत्रमा लगानी गरे । प्रतिफल राम्रै आयो । अहिले सेयरमा र स्कुल कलेजमा लगानी छ । ठूला व्यापारी बनेका छन् । उच्चस्तरका नेताहरूसँग उठबस छ भन्ने हल्ला चल्छ बेला बेलामा ।

काठमाडौंमा चलेको, नाम र दाम कमाएको राम्रो कलेजमा त ५० प्रतिशत सेयर उनको मात्रै छ । एउटा छोरा, एउटा छोरी, श्रीमान् र श्रीमती दुवैको राम्रो कमाइ । बाहिरबाट हेर्दा सबै कुरा परिपूर्ण थियो । तर भनिन्छ नि, नयाँ पालुवा हावाको वेगसँग जोरी खोज्न थाल्छ । मै हुँ भन्ने दम्भ पालेर बस्छ र आफ्नो अस्तित्व गुमाउँछ । यो परिवार पनि त्यसकै उदाहण बनेको छ अहिले ।

यो विकराल परिस्थितिको सृजना तब भयो जब कलेजको पि्रन्सिपल र विश्वविद्यालयको गुरु भएका उनका श्रीमान्ले आफ्नो नैतिकता गुमाए । आफ्नै विद्यार्थीसँगको अन्तरङ्ग सम्बन्धको कुरा बाहिर आयो । तर, राजनैतिक पहँुच र पैसाले गरेको कर्तुत लुकाउन सफल भए । पास हुनका लागि छात्राले रचेको प्रपञ्च भनेर उल्टै छात्रा दोषी ठहरिइन् ।

गालीगलौज गरेको कसूरमा सामान्य जरिवाना तिरेर उम्किएका थिए उनी । श्रीमान्को गल्ती थाहा पाएर पनि त्यसका लागि साथ दिएकी थिइन् दिदीले । जसले गर्दा, श्रीमान्को खुट्टाले उनको माथ टेक्न थालेछ । समाजमा लजाएर हिंड्नु परेन उनलाई । दिदीले आफ्नो परिवारको कहानी सुनाउँदै गइन् ।

‘हेरन दैवको लीला पनि कस्तो ?’ सुस्केरा हाल्दै उनले एउटा किताब दिंदै भनिन्, ‘यो पुस्तकको पेज १५ मा पत्र छ पढेर सुझाव देऊ है । मेरो श्रीमान्बाट पीडित छात्राले आफ्नो बारेमा किताब लेखिछन् ।’

पुस्तकको नाम थियो पापी स्तन र योनीे । किताबलाई ओल्टाई-पल्टाई हेरें । अचम्म मान्दै दिदीतिर हेरें ।

अचम्म नमान तिमीले सोचे जस्तो यौन उत्तेजित किताब हैन यो । म यो पढेर स्तब्ध छु । मेरो श्रीमान्बाट पीडित भएकी छात्राले आफ्नो बारेमा लेखेको किताब हो । वायोग्राफी भनेको यही हो क्या । मैले पत्र भएको पाना पल्टाएँ ।

नमस्कार, सोलिना

म त्यही तपाईंको श्रीमान्बाट पीडित छात्रा हुँ । मैले मागेका हरेक हारगुहार विफल भएपछि मैले कलमको सहारा लिएँ ! मैले जसरी यौन हिंसाबाट अरूले पीडित हुन नपरोस् भनेर । मेरो दुर्भाग्य भन्नुस्, आफ्नो बारेमा किताब लेखें तर, प्रकाशित गर्न कसैले मानेन । किन थाहा छ ? मैले जुन प्रकाशकसँग किताब छाप्नका लागि कुरा गर्थें तिनीहरूले तपाईंको श्रीमान्सँग बार्गेनिङ गर्ने गर्थे । तर, सबैको मुख थुन्न सकिन्न नि हैन । कोही पैसामा नबिक्ने प्रकाशक पनि त हुँदा रहेछन् नि !

अन्ततः किताब निस्कियो । उक्त सम्बन्ध पछि मैले पाएका मानसिक यातनाहरू मानवीयता भए तपाईंलाई पढ्न कठिन हुनेछ । तपाईंको श्रीमान्बाट कोपिलामै निचोरिएपछि सहारा खोज्न धेरैलाई विश्वास गरें । थाहा छ ! मैले के पाए ? आघात र बलात्कार ।

त्यति मात्रै कहाँ हो र तपाईंका श्रीमान्को अरूसँगका सम्बन्ध, होटलमा विताएका दिन र रातका कथा सबै समेटेकी छु । त्यसैले तपाईंलाई प्रमाण सहित किताब पनि पठाएकी हुँ । र, अन्त्यमा, केही प्रश्न सोधेकी छु । उत्तर अवश्य दिनुहोला ।

तपाईंले छोरालाई त बचाउन सक्नुहोला तर याद राख्नुस् तपाईंको पनि छोरी छ । एकचोटि गएको इज्जत फेरि फर्किंदैन । सायद, तपाईंलाई थाहा छैन होला मानसिक तनावबाट बाहिर आउन कति कठिन हुन्छ भनेर ।

तपाईंका श्रीमान् जस्ता यौन पिपासुको पञ्जा र गिद्दे आँखा राजनीति, शिक्षा, बैंक, मेडिकल, मनोरञ्जन सबै सबैतिर व्याप्त छ । तर, कुरा के हो भने साथ दिने भन्दा पनि सबैले दुत्कार्ने, समाज र परिवारबाट बहिष्कार हुने डरले पीडितहरू मौन छन् । यसको मतलब यो होइन कि खुसी छन् । पलपल मर्दै बाँचेका छन् र पलपल बाँच्दै मरेका छन् ।

मानसिक पीडामा छट्पटिएका छन् । जसरी, सुरुमा झुक्याएर र पछि धम्की दिएर मेरो इच्छाविपरीत तपाईंको श्रीमान्ले पटक-पटक मेरो बलात्कार गरे । कहिले शारीरिक त कहिले मानसिक रूपले । तपाईंले थाहा नपाए जस्तो गर्नुभएको म कहाँ भुल्न सक्छु र ? जसरी राजनैतिक आडमा तपाईंको श्रीमान्ले पाप जति मेरै थाप्लोमा पारेर उम्किए र स्वच्छ पत्नीव्रता पति बनिदिए । त्यसरी नै कोही कुमार बनिदिन्छन् । भङ्ग हुन्छ त केवल कुमारीत्व र, पाप जति यी निरीह दुई थान स्तन र एक थान योनीले बोक्नुपर्ने । तपाईं भन्नुहोला कि महिलाले पुरुषलाई फसाएका घटना पनि छन् भनेर त्यसमा म अहिले कुरा गर्न चाहन्नँ । प्रत्यक्ष भेट भयो भने यो विषयमा पनि कुरा गरौंला ।

अँ साँच्चै, यी प्रश्नको उत्तर सकेसम्म दिनुहोला है ।

“तपाईंलाई कहिल्यै आफ्नो श्रीमान् प्रति घृणा लागेन ? उनका रासलीलाका बारेमा कहिल्यै प्रश्न गर्नु भएन ?” खैर, यस्ता शकका प्रश्न सोधेर तपाईं आफ्नो पारिवारिक सम्बन्ध नबिगार्नुस् । तर, थाहा छ, मेरो बिगि्रयो नि ! विवाह गर्नु त परको कुरा मानिसहरू बाटो बिराएर हिंड्छन् ।

र, मेरो अन्तिम प्रश्न- “के तपाईंले यस्तो अनैतिक सम्बन्ध राख्नुभएको भए उनले यति सहजै तपाईंलाई स्वीकार्थे ?”



source https://www.onlinekhabar.com/2022/05/1134207

त्रियुगाको मेयरमा कांग्रेसका बसन्तकुमारले बढाए अग्रता

१४ जेठ, काठमाडौं । त्रियुगाको मेयरमा नेपाली कांग्रेसका बसन्तकुमार बस्नेतले अग्रता बढाएका छन् । २३ हजार ९७५ मत गणना हुँदा बस्नेतको प्रतिस्पर्धीहरूसँग करिब २००० को मतान्तर छ ।

बस्नेत ८२०० मतका साथ अग्रस्थानमा छन् भने एमालेका भागवत राउतले ६३७७ मत पाएका छन् । एकीकृत समाजवादीका बलदेव चौधरीले ६३०२ मतका साथ पछ्याइरहेका छन् ।

यस्तै उपमेयरमा पनि नेपाली कांग्रेसकै सरिता राई ७४१० मतका साथ अग्रस्थानमा छन् । एमालेकी महेश्वरी राईले ७०५४ मतका साथ उनलाई पछ्याइरहेकी छन् । माओवादीकी गीता खड्का (कार्की)को ४८२५ मत छ ।

अझैं १६ हजार २०४ मत गणना हुँन बाँकी रहेको छ ।



source https://www.onlinekhabar.com/2022/05/1134213

अब पालो युवाको : नेतृत्वमा जोशिला पंक्ति

नेपाली राजनीतिले रुचाएको एउटा भाष्य छ, युवा नेता । उमेरले डाँडा काटेको किन नहोस् उनीहरूको नाम अघिल्तिर जोडिने विशेषण हो यो । त्यसैले त हामीकहाँ कतिपय नेतालाई सम्बोधन गर्दा भनिन्छ, ‘युवा नेता फलानो ।’

तर, यसपालिको निर्वाचनले युवा नेताको व्याकरण सच्याइदिएको छ । नेतृत्वमा साँच्चै नै युवापंक्ति उभिएका छन् । र, स्थानीय तहको परिदृश्य केही फेरबदल गरिदिएका छन् । ‘राजनीति भनेको फोहोरी खेल हो’ भन्ने पुस्तामा बेग्लै उत्साह अनि उमंग संचार गराइदिएका छन् ।

‘परिवर्तन’ खोजिरहेका आम युवाको भावना यसपटक मतपेटिकाबाट प्रकट भएको छ । भीड जम्मा गरेर, भड्किलो प्रचारबाजी अपनाएर, मासु र मदिराको भोज खुवाएर, अनेक प्रलोभन देखाएर नेतृत्वमा पुग्ने काइते जुक्तिलाई मतदाताले बदर गरिदिएका छन् । सुस्त, भ्रष्ट र अराजक सत्ताप्रतिको वितृष्णासँगै पुरातन ढर्राको कार्यशैली सच्याउन दिएको तोडिलो सन्देश पनि हो यो ।

लौरोको झट्का

लौरो, सहाराको प्रतीक । दण्डको प्रतीक । मार्गदर्शनको प्रतीक । त्यही लौरोले यसपालि नराम्ररी झट्का दिएका छन्, कतिपय नेता-कार्यकर्तालाई । चाहे त्यो बालेन साहहरूले उठाएका लौरो होस् वा हर्क साम्पाङहरूले ।

बालेन्द्र साह

३२ वर्षीय बालेन्द्र साह मुलुककै जेठो तथा संघीय राजधानीसमेत रहेको काठमाडौं महानगरपालिकाको मेयर निर्वाचित भएका छन् ।

पेसाले इन्जिनियर र रुचिले गायक तथा र्‍यापरसमेत हुन् बालेन । मधेशी मूलका साह काठमाडौंको गैह्रीगाउँमा जन्मेका हुन् । उनी आयुर्वेदिक चिकित्सक डा. रामनारायण साह र “ुवदेवी साहका छोरा हुन् । हृवाइट हाउस इन्स्टिच्युट अफ टेक्नोलोजीबाट सिभिल इन्जिनियरिङमा स्नातक र भारतको कर्नाटक विश्वेश्वरैया राष्ट्रिय प्रौद्योगिक संस्थानबाट स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर उनी पेशाको क्रममा देशका ६५ जिल्ला पुगेको बताउँछन् ।

२०७२ सालको महाभूकम्पपछि उनले उद्धार र राहतको काममा सक्रिय भएर समाजसेवीको छवि पनि बनाए ।

काठमाडौं महानगरपालिकामा पुराना राजनीतिक दलको धङधङी मात्रै तोडेका छैनन् बालेनले देशभरका युवामा जागरण र काठमाडौंका मतदातामा नयाँ युवा लहर ल्याइदिएका छन् ।

काठमाडौंको नगरप्रमुखमा कांग्रेस र एमालेलाई बालेनले दोब्बर मतले पछि पारेर जित हासिल गरेका छन् ।

बालेननले ६१ हजार ७६७ मत पाए भने निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी सिर्जनाले ३८ हजार ३४१ र एमालेका केशव स्थापितले ३८ हजार ११७ मत पाए ।

बालेेनको चुनाव चिहृनको प्रभाव यतिसम्म पर्‍यो कि उम्मेदवारी नै नपरेको लौरोमा समेत मत आयो । यो युवाको जोश-जाँगर, भिजन र मिसनका कारण आएको हो ।

हर्क साम्पाङ

स्थानीय चुनाव २०७८ मा सबैको ध्यान तानेका र चर्चित पात्र हुन् धरानका हर्क साम्पाङ राई ।
करिब १० वर्षदेखि धरानका जनसरोकारका मुद्दा उठाएर आन्दोलन गरिरहेका थिए उनी । कहिले खानेपानीको, कहिले स्वास्थ्य संस्थानमा भएका विकृतिको, कहिले बेरोजगारी, कहिले सरकारी सेवा-सुविधाका बारेमा राईले निरन्तर आवाज उठाइरहे ।

उनी धरानका समस्यालाई पन्छाउनका लागि एक्लै भए पनि लडिरहे, आन्दोलन गरिरहे ।
यहाँसम्म आइपुग्न साम्पाङले निकै संघर्ष गरेका छन् । सधैं प्रश्न गर्ने ठाउँबाट आज उनी उत्तर दिने ठाउँमा पुगेका छन् ।

चुनावको प्रचारप्रसार गर्न उनी एक्लै कुदिरहे । उनका अघि-पछि कुनै कार्यकर्ता र युवाको लहर थिएन । उनले अटो भाडामा लिएर एक्लै बोलिरहे । धरानका समस्या र समाधानका बारेमा निरन्तर बोलिरहे ।

चुनाव चिह्न लौरो पाएका उनलाई धराने जनताले महानगरको पिता बनाइदिए । एक्लै निरन्तर, लगनशील भएर भिडिरहेका साम्पाङलाई धराने जनताले पत्याए ।

२०७६ सालको स्थानीय तह उपनिर्वाचनमा मेयरको उम्मेदवार बनेका उनले ४२२ मत पाएका थिए । तर अहिले उनी २० हजार ८२१ मत ल्याएर विजयी भएका छन् ।

दुई ठूला राजनीतिक दललाई पछि पारेर एक आम मान्छे धरानको नगरपिता बनेका छन् । तर, उनको काम हेर्न भने बाँकी नै छ ।

काँध थाम्ने युवा

काठमाडौं महानगर होस् वा धरान नगरपालिका, युवापुस्ता नेतृत्वमा पुगेका छन् । यसैगरी मुलुकका अन्य स्थानीय निकायमा पनि युवाहरूलाई जनताले पत्याएका छन् । विश्वास गरेका छन् ।

बुलिङटारका २८ वर्षीय दीपेन्द्र सुनारी मगर

पूर्वी नवलपरासीको बुलिङटार गाउँपालिकामा २८ वर्षीय मेकानिकल इन्जिनियर सुनारी मगर निर्वाचित भएका छन् ।

२०४८ सालदेखि निरन्तर स्थानीय तह जित्दै आएको नेपाली कांग्रेसका गढ तोड्दै सुनारीले अध्यक्ष जितेका हुन् । उनले कांग्रेसका शशिकिरण बस्ताकोटीलाई १५९ मतले पराजित गरेका छन् ।
दीपेन्द्रले चीनको हाउझोङ विश्वविद्यालयबाट मेकानिकल इन्जिनियरिङमा मास्टर गरेका छन् ।

डडेल्धुराका परशुरामका २८ वर्षे भरत

डडेल्धुराको परशुराम नगरपालिकमा २८ वर्षे युवा भरत वडायर जोशी निर्वाचित भएका छन् । नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका उनले माओवादी केन्द्रका शेरसिंह माललाई पराजित गरेका थिए ।

भरतले भौतिकशास्त्रमा स्नातकोत्तर गरेका छन् । उनी नेपाली कांग्रेसका १४औं महाधिवेशनमा नगरसभापति निर्वाचित भएका थिए ।

भरतले ५ हजार ९४१ मत ल्याएका छन् भने मालले ५ हजार ८०५ मत ।

रामनगरका २२ वर्षे राजाबाबु

सर्लाहीको रामनगर गाउँपालिकामा २२ वर्षे राजाबाबु यादव निर्वाचित भए । काठमाडौंमा बसेर बीबीएस पढिरहेका उनलाई बुवा शिवपुजन राय यादवले उम्मेदवारी दिन लगाएका थिए ।

राजाबाबुले ४ हजार ८१ मत पाएका छन् भने उनले प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हरिनन्दनप्रसाद यादवलाई १ हजार ६८९ मतले पराजित गरेका छन् । राजाबाबु माओवादी केन्द्रबाट उम्मेदवार बनेका थिए ।

कालिकामाईका २१ वर्षीय वशिष्ठ

पर्साको कालिकामाई गाउँपालिकाको अध्यक्षमा २१ वर्षे युवा वशिष्ठ कुमार निर्वाचित भएका छन् ।
जनता समाजवादी पार्टीबाट चुनाव लडेका उनले कांग्रेसका ४२ वषर्ीय अजयकुमारलाई १०८ मतले पराजित गरेका हुन् । वशिष्ठले ३ हजार ७१९ मत ल्याए भने अजयकुमारले ३ हजार ६०५ । वशिष्ठ एमबीए अध्ययनको तयारी गरिरहेकै बेला गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका हुन् ।

को हुन् युवा ?

ओशो भन्छन्, युवा हुनु उमेरसँग खास अर्थ राख्दैन । युवा त्यही हो, जसमा जोश हुन्छ, ऊर्जा हुन्छ, उत्साह हुन्छ, उमंग हुन्छ, सकारात्मक चेत हुन्छ, चिन्तन हुन्छ । तीव्रता हुन्छ, गतिशीलता हुन्छ ।

यही जोश, ऊर्जा, उत्साह, उमंग, सकारात्मक चेत-चिन्तन, तीव्रता र गतिशीलतालाई जनताले एकपटक अजमाउन चाहेका छन् । यो नै युवा उमेरको उपहार हो ।

युवा त्यो उमेर समूह हो जसमा राष्ट्रको भविष्य, वर्तमानका साझेदार तथा समृद्धिको अग्रसंवाहक बन्ने सामथ्र्य लुकेको हुन्छ । यसैलाई साथ दिएका हुन् जनताले ।



source https://www.onlinekhabar.com/2022/05/1134200

राजस्थान रोयल्स आईपीएलको फाइनलमा

१४ जेठ, काठमाडौं । राजस्थान रोयल्स इन्डियन प्रिमियर लिग (आईपीएल)को फाइनलमा प्रवेश गरेको छ । राजस्थानले शुक्रबार राति भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ७ विकेटले हराउँदै फाइनलको यात्रा तय गरेको हो ।

राजस्थानले फाइनलमा नवप्रवेशी गुजरात टाइटान्सको सामना गर्नेछ । गुजरात पहिलो क्वालिफायरमा राजस्थानलाई नै हराएर फाइनल पुगेको टोली हो ।

फाइनलको यात्रा तय गर्ने क्रममा राजस्थानले बैंगलोरले दिएको १५८ रनको लक्ष्य १८.१ बलमा ३ विकेटकफ क्षतिमा भेटायो ।

जोस बट्लरको नटआउट १०६ रनको मद्दतमा राजस्थानले लक्ष्य भेटाएको हो । यस्तै, कप्तान सन्जु सामसनले २३, याशभी जैशवालले २१, देबदुत पडीकल ९ र शिम्रन हेटमायरले २ रन जोडे ।

बलिङतर्फ बेंगलोरका जोश हाजलउडले २ र वानिन्दु हसरंगा डी सिल्भाले एक विकेट लिए ।

पहिले ब्याटिङ गरेको बेंगलोरले २० ओभरमा ८ विकेट गुमाएर १५७ रन बनाएको थियो ।

रजत पटीदारले ५८, कप्तान फाफ डु प्लेसिसले २५, ग्लेन म्याक्सवेलले २४ र साहबाज अहमेद १२ रनको योगदान गरे ।

राजस्थानका प्रसिद्ध कृष्ण र ओबेड म्याककोयले समाना तीन/तीन विकेट लिए ।

फाइनल खेल आइतबार राति सवा ८ बजे हुँदैछ ।



source https://www.onlinekhabar.com/2022/05/1134197

च्याम्पियन्प लिग फाइनल : लिभरपुलका लागि खास हुनसक्छ यो सिजन

१४ जेठ, काठमाडौं । शनिबार राती पेरिसमा हुने च्याम्पियन्स लिग फाइनलमा उपाधिका लागि लिभरपुलले रियल मड्रिडसँग खेल्नेछ । यहि सिजन लिग कप र एफए कप जितेको लिभरपुल च्याम्पियन्स लिगमा प्रमुख दावेदारका रुपमा छ ।

प्रिमियर लिगमा उपाधी जित्न चुकेको लिभरपुल सिजनको सबैभन्दा ठूलो प्रतियोगिता च्याम्पियन्स लिगमा रियललाई हराएर अलग्गै तरिकाले सिजनको अन्त्य गर्न चाहन्छ ।

प्रिमियर लिगमा वर्षकै उत्कृष्ट प्रशिक्षकको उपाधि पाएका जर्गेन क्लोपले यस खेलमा आफ्नो उत्कृष्ट दिने प्रयास गर्नेछन् । उनले यस सिजनको १० महिनामा लिभरपुलको पहिचानलाई परिवर्तन गरेका छन् ।

उनको लागि शनिबार राति हुने खेल कतिको महत्वपूर्ण हुनेछ र कुन तरिकाको खेल प्रदर्शन गर्नेछन् भन्ने कुरा उनले गत १० महिनामा गरेको कामबाट प्रतिविम्वित हुन्छ ।

लिभरपुलका लागि धेरै कुराहरु एकैपटक भए । अगष्टमा सिजन सुरु हुँदाको समयमा फर्किने हो भने यो क्लबले एउटा पनि उपाधि जित्नेमा शंका गर्नेहरु धेरै थिए । अहिले दुई उपाधि जितिसकेको छ, प्रिमियर लिगमा एक अंकले चुकेको लिभरपुल चार वर्षमा दोस्रोपल्ट च्याम्पियन्स लिग उपाधि नजिक छ ।

लिभरपुलको जित सिलसिला

हुन त हरेक ठूला क्लबले एक न एक पटक आलोचना र हारको सिलसिलाको नमिठो स्वाद चाखेकै हुन्छन् । लिभरपुलले पनि अघिल्लो १२ महिना अगाडिसम्म इन्जुरी र लगातार हारको सिलसिला भोगेको थियो । प्रमुख खेलाडीहरुको चोट कम पीडादायी थिएन ।

अहिले हेर्दा एकै सिजनमा तीन उपाधिको दुर्लभ सफलताको अवसर उसलाई छ । यस्तो सफलता अहिलेसम्म कुनै पनि इंग्लिस क्लबले पाएका छैनन् ।

अहिलेको च्याम्पियन्स लिगको फाइनलको बारेमा सोच्ने हो भने पनि जुन तरिकाले लिभरपुलको खेलको गुणस्तर सुधार भइरहेको छ, यसरी हेर्दा जित्ने आशा गर्न सकिन्छ ।

उनीहरुले अघिल्लो सिजन शीर्ष चारमासमेत स्थान बनाउन सकेका थिएनन् । अहिलेको सिजनमा सबै खेलाडीले राम्रो गरिरहेका छन्, ती मध्ये ब्राजिली गोलरक्षकले निकै नै उत्कृष्ट प्रदर्शन गरेका छन् । लिगको पछिल्लो १० खेलमा लिभरपुलले ८ खेल जितेको छ भने २ खेल बराबरीमा अन्त्य गरेको छ ।

भिर्जिल भान डाइकको पुनरागमन

गएको अगष्टमा लिभरपुलका सेन्टर ब्याक भिर्जिल भान डाइक आठ महिना लामो घुँडाको चोटबाट सञ्चो भएर टिममा फर्किए । उनले टिममा फर्किएपछि रक्षापंक्तिमा क्लोपको टाउको दुखाई हटेको छ ।
सबैले क्लोपको खेलाउने तरिकाको तारिफ गरिरहेका बेला भान डाइकले पनि उनको हिस्साको तारिफको हकदार छन् ।

क्लोपले युवा खेलाडीलाई मौका दिएर खेलाइरहेका बेला ३० वर्षीय डाइकले उत्कृष्ट प्रदर्शन गरे ।

लिभरपुलको पछिल्लो सफलतामा क्लोप र उनका प्रशिक्षण टिमलाई प्रशंशा गर्दै गर्दा डाइक पनि त्यसको मुख्य हकदार हुन् । उनले युरो–२०२० त्यागेर लिभरपुलका लागि तयार हुने निर्णय यसै लिएका होइनन् ।

टिमको सामुहिक प्रयास– सबै खेलाडी हरपल तयार

कुन खेलाडीलाई कतिबेला मैदानमा उत्रार्ने भन्नेमा प्रशिक्षक क्लोपको निर्णय क्षमताले नै हाल लिभरपुलले एकै सिजन यति धेरै सफलता हात पारेको हो । पछिल्लो सिजन उनले लिएको निर्णयमा भने समर्थकले नै आलोचना गर्न थालेका थिए ।

अझै पनि थियागो आल्कान्तारा उत्कृष्ट खेल देखिएको छैन । जर्जिनो वेज्नाल्डम पिएसजीमा गएपछि लिभरपुलको मिडफिल्डमा समस्या थियो । त्यसको कारण थियो जर्जिनोको फिटनेस । उनी जुन खेलका लागि पनि तयार रहन्थे । उनी पीएसजी गए पनि लिभरपुलको टिमलाई भने खासै फरक परेन ।

सलह र माने नभएको खण्डमा पनि फेब्रुवरीमा उनीहरुले ६ वटै खेल जितेका थिए । यसको मतलब लिभरपुलमा रहेका हरेक खेलाडी टिमका लागि खेल्न तयार रहने क्षमता हो । यी दुई खेलाडी पुन ड्रेसिङ रुममा फर्केपछि टिमका अन्य खेलाडीलाई हामी अझ बलियो भयो ।

बलियो, आक्रमक र बहादुर

लुइस डियाजलाई लिभरपुलमा ल्याउनु क्लोपको एक महत्वपूर्ण निर्णय हो । उनले लिभरपुलको आक्रमक खेल शैलीमा फरकपन भित्र्याए ।

केही वर्ष अगाडीको कुरा हो, लिभरपुलले प्रतिस्पर्धीलाई आफ्नो प्रभुत्वमा राख्थ्यो तर अहिले लिभरपुलको जित्ने शैली निकै फरक छ ।

अहिले उनीहरुको खेल्ने तरिका निकै खुला छ, निकै स्तरीय फुटबल खेल्छन् । उनीहरुलाई आवश्यक परेको खण्डमा रक्षात्मक र आक्रामक दुवै खेल्न सक्ने टिम बनेको छ । मैदानमा विपक्षीलाई नियन्त्रणमा राखेर खेल्ने लिभरपुलको शैली अद्भूत छ ।

अर्को भनेको गोलरक्षक एलिसनको क्षमता हो । उनको गोलरक्षण क्षमताले टिम धेरैपल्ट हारबाट जोगिएको छ । विपक्षीलाई कब्जामा राख्दै आफ्नो खेल देखाउनु निकै बहादुरीको काम हो । लिभरपुलले यहि काम निकै सहजताका साथ गरिरहेको देखिन्छ ।

लिभपुलसँग खेल्न बलिया बलिया टिमलाई हम्मेहम्मे पर्ने गरेको छ । लिभरपुलसँग धैर्य हुने र संयमितताका साथ खेल्ने शक्ति छ । उनीहरु आफ्नो लक्ष्यप्राप्तिको लागि निकै कडा मिहिनेत गर्छन ।
लिभरपुलका प्रशंसक पनि उहि किसिमका छन् । लिभरपुलले प्रिमियर लिगमा सिटीलाई दिएको चुनौती पश्चात र खेलमा अहिले आएको परिवर्तनका कारण यदि लिभरपुलले शनिबार राती रियललाई हराएमा कोहीलाई अचम्म लाग्ने छैन ।

रियल मडिङ र लिभरपुल च्याम्पियन्स लिगमा हालसम्म आठ पटक भेटेकामा ४ पटक रियलले जित हात पारेको छ भने ३ पटक लिभरपुलले जितेको छ । २०२०÷२१ मा भएको क्वाटरफाइनलको दोस्रो लेगमा गोलरहित बराबरी भएको थियो ।

१९८०/८१ फाइनल
लिभरपुल १–० रियल मड्रिड

२००८/०९ राउण्ड १६को पहिलो लेग
लिभरपुल १–० रियल मड्रिड

२००८/०९ राउण्ड १६को दोस्रो लेग
लिभरपुल ४–० रियल मड्रिड

२०१४/१५ समुह बी
लिभरपुल ०–३ रियल मड्रिड

२०१४/२०१५ समुह बी
लिभरपुल ०–१ रियल मड्रिड

२०१७/१८ फाइनल
लिभरपुल १–३ रियल मड्रिड

२ं०२०/२१– क्वाटरफाइनल पहिलो लेग
लिभरपुल १–३ रियल मड्रिड

२०२०/२१ क्वाटरफाइनल दोस्रो लेग
लिभरपुल ०–० रियल मड्रिड



source https://www.onlinekhabar.com/2022/05/1134152

Thursday, 26 May 2022

स्थानीय तहमा महिला प्रतिनिधित्व घट्यो

१२ जेठ, काठमाडौं । स्थानीय तह निर्वाचनको मतगणनाका क्रममा बुधबार अपराह्नसम्म ७४८ स्थानको नतिजा सार्वजनिक भएको छ । पछिल्लो विवरण अनुसार, स्थानीय तहमा महिलाको नेतृत्व सख्याँ बढेको छ । तर समग्र प्रतिनिधित्वचाहिँ घटेको छ ।

२०७४ सालको स्थानीय निर्वाचनमा नगरपालिकामा ७ जनामात्रै मेयर निर्वाचित भएकोमा यसपाली १३ जना निर्वाचित भएका छन् । अघिल्लोपटक गाउँपालिकाहरुमा ११ जना महिला नेतृत्वमा चुनिएका थिए भने यसपटक यो सख्याँ १२ छ । नेतृत्व (अध्यक्ष र मेयर) दुवै पदमा अघिल्लोपटक १८ जना निर्वाचित भएकोमा यसपटक २५ जना निर्वाचित भएका छन् । नेतृत्वको विकासको दृष्टिले यो सकारात्मक भएको तर अपेक्षाकृत नभएको वरिष्ठ अधिवक्ता उषा मल्ल पाठकको टिप्पणी छ ।

‘अहिले नेतृत्वमा आउनुभएकोमध्ये धेरैजना अघिल्लोपटक दोस्रो पदमा हुनुहुन्थ्यो, त्यहाँ काम गर्दा उहाँहरुको क्षमताविकास र विश्वासले गर्दा नेतृत्वविकास सम्भव भयो’ नेपाल बार एसोसिएसनकी पूर्व-उपाध्यक्ष पाठकले भनिन्, ‘तर अघिल्लोपटक जुन उत्साहले दोस्रो (उपाध्यक्ष/उपप्रमुख) पदमा महिला प्रतिनिधित्व भएको थियो, त्यही शैलीमा अहिले उम्मेद्वारी दिन दलहरुले कञ्चुस्याई गरे । हामीले योभन्दा बढी नेतृत्वमा आउलान भन्ने अपेक्षा गरेका थियौं ।’

सत्तारुढ दलहरुले गरेको गठबन्धनका कारण दोस्रो पद (उपाध्यक्ष/उपमेयर) मा महिला प्रतिनिधित्व स्वात्तै घटेको देखिन्छ । अघिल्लोको तुलनामा कम्तिमा पनि डेढ सय संख्या घटेको छ । २०७४ सालमा ७ सय जना महिला दोस्रो पद (उपाध्यक्ष/उपप्रमुख) मा निर्वाचित भएकोमा यसपटक ५६२ जनामात्रै निर्वाचित भएका छन् । केही ठाँउमा मतगणना जारी भएकाले ३/४ स्थान यताउता हुनसक्ला । तर समग्रमा भने प्रतिनिधित्व घटेको छ । वडाध्यक्ष पदमा अघिल्लोपटक ६१ जना निर्वाचित भएकोमा अहिले त्यो संख्या ६९ पुगेको छ ।

पद २०७४ २०७९
प्रमुख ७ १३
अध्यक्ष ११ १२
दुवै पदमा १८ २५
उपप्रमुख २७६ २२७
उपाध्यक्ष ४२४ ३३५
दुवै पदमा ७०० ५६२
वडाध्यक्ष ६१ ६९

कस्तो छ अनुपात ?

निर्वाचन आयोगको पछिल्लो तथ्यांक हेर्दा प्रमुख तथा अध्यक्ष पदमा २५ जना मात्रै महिला निर्वाचित भएका छन् । यो केवल ३ दशमलब ३४ प्रतिशत हो । अघिल्लो निर्वाचनको तुलनामा यो प्रतिनिधित्व करिव एक प्रतिशतमात्रै बढी हो । हालसम्म ७ सय ४७ स्थानीय तहको परिणाम सार्वजनिक भएकोमा ७२२ तहको प्रमुख पदमा पुरुष निर्वाचित भएका छन् ।

दोस्रो पद अर्थात उपप्रमुख वा उपाध्यक्षमा महिलाहरुको प्रतिनिधित्व अघिल्लो तुलनामा घटेको छ । अघिल्लोपटक २ सय ७६ जना महिला उपप्रमुख निर्वाचित भएकोमा यसपाली करिव ५० पद घटेर २२६ मा सीमित भएको छ । उपाध्यक्ष पदमा ४ सय २४ रहेकोमा यसपाली ३ सय ३५ मात्रै भएको छ । यसरी अघिल्लोपटक ७ सय महिला उपप्रमुख/उपाध्यक्ष निर्वाचित भएकोमा यसपाली यो सख्याँ ५ सय ६२ मात्र छ । समग्रमा यो पदमा अघिल्लो पटक ९३ प्रतिशत हाराहारी महिला प्रतिनिधित्व भएकोमा यसपाली त्यो अनुपात घटेर ७५ दशमलब २३ प्रतिशतमा सीमित भएको छ ।

‘राजनीतिक दलहरुमा पुरुषहरुको बाहुल्य छ, नेतृत्वमा झनै उनीहरुको एकाधिकार छ । यसपटक त दलहरुले गठबन्धनका नाममा उम्मेद्वारी नै दिन चाहेनन्’ वरिष्ठ अधिवक्ता मल्ल भन्छिन्, ‘उम्मेद्वारी नै कम भएपछि प्रतिनिधित्व घट्नु स्वभाविकै हो । गठबन्धन भएपनि महिला उम्मेद्वार अघि सार्न कुनै कठिनाई थिएन । कानूनमा भएको छिद्रको लाभ लिए ।’

वडामा खोज्नै कठिन

देशभरका ६ हजार ७४३ वडामध्ये हालसम्म निर्वाचन आयोगले ६ हजार ७०४ वडाहरुको नतिजा मात्रै सार्वजनिक गरेको छ । सार्वजनिक भएको विवरण अनुसार, ६९ वटामा महिला बाहेक अरु सबैमा पुरुष वडाध्यक्ष निर्वाचित भएका छन् । यो केवल १ दशमलब ०२ प्रतिशत मात्रै हो । अघिल्लोपटक ६१ जना महिला वडाध्यक्ष निर्वाचित भएका थिए ।

स्थानीय तहका हरेक वडामा दुईजना सदस्य हुन्छन् । १३ हजार ४८६ जना वडा सदस्यहरुमध्ये अघिल्लोपटक महिलाहरुको प्रतिनिधित्व नभएको निर्वाचन आयोगको विवरणबाट स्पष्ट हुन्छ । तर यसपाली वडा सदस्यमा ४ सय ४० जना महिला निर्वाचित भएका छन् । यो कुल प्रतिनिधित्वको ३ दशमलब २६ प्रतिशत हो । यस बाहेक हरेक वडामा महिला र दलित महिला वडा सदस्य अनिवार्य गरिएका कारण यी पदमा १३ हजार ४८६ महिला स्वतः निर्वाचित हुन्छन ।

समग्र प्रतिनिधित्व कति ?

कुल संख्याका आधारमा हेर्ने हो भने हालसम्म सार्वजनिक ३४ हजार ८८८ पदमध्ये १४ हजार ३७९ पदमा महिला निर्वाचित भए । यो ४१ दशमलब २१ प्रतिशत हो । महिला र दलित महिला वडा सदस्यमा अनिवार्य महिला प्रतिनिधित्व हुने भएकाले कुल ३५ हजारमध्ये १३ हजार ४८६ पदमा महिलाको अनिवार्य प्रतिनिधित्व हुन्छ र प्रतिशत बढ्छ । खुला प्रतिस्पर्धा हुने पदमा यो अनुपात घटेको देखिन्छ ।

हामीले यो तथ्यांकमा वडाको महिला र दलित महिला सदस्यको पदको संख्या घटाएर हेर्‍यौं । किनभने यी दुई पदमा बाहेक अरुमा महिलाहरु खुला प्रतिस्पर्धाबाट निर्वाचित हुन्छन् । यसरी हेर्दा २१ हजार ६०५ पदमा १ हजार ९६ महिला निर्वाचित भएको देखिन्छ । यो अनुपात करिव ५ दशमलब ०७ प्रतिशत मात्रै हो ।

अघिल्लो निर्वाचनमा छिटफुट बाहेक हरेक दलहरु आ-आफ्नै ढंगले प्रतिस्पर्धामा रहेकाले उनीहरुले प्रमुख र उपप्रमुख पदमध्ये एउटामा अनिवार्य महिला उम्मेद्वार अघि सारे ।

स्थानीय तह निर्वाचन ऐन २०७३ मा हरेक दलबाट प्रमुख दुई पदमध्ये एउटामा अनिवार्य महिला उम्मेद्वार हुनुपर्ने व्यवस्था छ ।

यसपाली सत्तारुढ दलहरुले गठबन्धन गरेका थिए । गठबन्धन गर्दा एउटा दलले एउटा र अर्कोले अर्को पदमा उम्मेद्वारी दिएकाले महिला उम्मेवारी अनिवार्य भएन । एउटामात्रै पदमा मनोनयन दर्ता गर्दा महिला उम्मेद्वारी ‘अनिवार्य हुनुपर्ने’ भनेको निर्वाचन आयोगले पछि भने त्यसलाई संशोधन गरेर ‘प्राथमिकता दिनु’ मात्रै भनेको थियो ।

‘नेतृत्व क्षमता र दक्षताजस्ता कारण भन्दापनि राजनीतिक दलभित्रको सोच र इच्छाशक्तिको अभावले प्रतिनिधित्व घटेको छ । प्रमुख र उपप्रमुख चलाउन सक्छन भने महिलाले वडाको नेतृत्व गर्न नसक्ने सम्भावना थिएन ।

तर कानूनमा नभएकाले दलहरु बाध्य भएनन्’ वरिष्ठ अधिवक्ता मल्ल भन्छिन्, ‘कानूनले बाध्यकारी नबनाउने हो भने दलहरुले महिलालाई उम्मेद्वार नै बनाउने रहेनछन् भन्ने देखिन्छ ।’

उनले प्रमुख र उपप्रमुखजस्तै वडाका पदहरुमा पनि निश्चित अनुपातमा अनिवार्य उम्मेद्वारीको व्यवस्था हुनुपर्ने बताइन । कतिपय ठाँउमा भने उम्मेद्वारी नै पाउन कठिन भएको र प्रतिकुलता भएको अवस्थामा महिलालाई अघि सारिएको उनको भनाइ छ । वडा सदस्यहरुमा महिला प्रतिनिधित्व बढ्नुमा त्यो पाटो पनि कारक रहेको उनी बताउँछिन् ।

कुन दलमा कति महिला प्रतिनिधित्व ?

नेकपा एमाले

प्रमुख र अध्यक्ष पदमा २०४ स्थान जितेको एमालेमा यो पदमा जम्मा १० जना महिला निर्वाचित भएका छन् । यो करिव ४ दशमलब ९ प्रतिशत हुन आउँछ । उपप्रमुख वा उपाध्यक्षमा एमालेबाट २ सय ३७ जना उम्मेदवार निर्वाचित भएका छन् । त्यसमध्ये २ सय १३ जना महिला छन् । यो ८९ दशमलब ८७ प्रतिशत हो ।

नेपाली कांग्रेस

प्रमुख र अध्यक्ष पदमा ३२६ स्थान जितेको नेपाली कांग्रेसमा यो पदमा जम्मा ९ जना महिला निर्वाचित भएका छन् । यो करिव २ दशमलब ७६ प्रतिशत हुन आउँछ । कांग्रेसले उपप्रमुख वा उपाध्यक्षमध्ये २ सय ९८ स्थानमा आफ्ना उम्मेदवारलाई निर्वाचित बनाएको छ । त्यसमध्ये २ सय २५ जना महिला छन् । यो ७५ दशमलब ५ प्रतिशत हो ।

माओवादी केन्द्र

प्रमुख र अध्यक्ष पदमा १२१ स्थानमा निर्वाचित भएको माओवादी केन्द्रमा यो पदमा ४ जना महिला निर्वाचित भएका छन् । यो करिव ३ दशमलब ३ प्रतिशत हुन आउँछ । माओवादी केन्द्रले उपप्रमुख वा उपाध्यक्षमध्ये १ सय २८ स्थानमा आफ्ना उम्मेदवारलाई जिताएको छ । त्यसमध्ये ६३ जना महिला छन् । यो ४९ दशमलब २२ प्रतिशत हो ।



source https://www.onlinekhabar.com/2022/05/1133710

एमाले महासचिव पोखरेलको टिप्पणी : कार्यकारी भूमिकामाथि सर्वोच्चको हस्तक्षेप

१३ जेठ, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्मान नगर्न सर्वोच्चले जारी गरेको परमादेश कार्यकारी भूमिकामाथिको हस्तक्षेप भएको टिप्पणी गरेका छन् ।

सर्वोच्च अदालतले बिहीबारमात्रै विमानस्थल निर्माण नगर्न सरकारका नाममा परमादेश जारी गरेको थियो । सोही विषयमा टिप्पणी गर्दै महासचिव पोखरेलले यो फैसला न्यायिक दृष्ट्रिले त्रुटिपूर्ण रहेको जिकिर गरेका हुन ।

वातावरणमा पर्ने असरको प्रतिस्थापन गर्ने कानुनी व्यवस्थाको पालनामा ध्यान दिनुको साटो कार्यकारी भूमिकामै हस्तक्षेप गर्नुले न्यायिक प्रणालीप्रतिको आस्था कमजोर बनाउने उनको भनाइ छ ।

‘वातावरणमा पर्ने असरको प्रतिस्थापनगर्ने कानुनी व्यवस्थाको पालनामा ध्यानदिनुको साटो कार्यकारीको भुमिकामा नै हस्तक्षेप गरी निर्माण कार्यमा नै रोक लगाउनु वुझिनसक्नुको न्यायिक सकृयता हो,’  महासचिव पोखरेलले भनेका छन्, ‘ यसप्रकारको फैसलाले न्यायिक प्रणालीप्रतिको आस्था र विश्वासलाई कमजोर बनाउछ । राष्ट्रिय सामर्थ्यको निर्माणको संकल्पमा समेत वाधा पुर्‍याउँछ ।’



source https://www.onlinekhabar.com/2022/05/1133708

बालेनलाई बधाई दिंदै सिर्जना सिंहले भनिन् -मत जित्न सकिनँ, नगरवासीको मन जितें

१३ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरकी प्रत्यासी सिर्जना सिंहले मतदातालाई धन्यवाद दिंदै आफूले मत जित्न नसके पनि नगरवासीको मन जितेको बताएकी छिन् ।

महानगरपालिकाको मतगणनाको नतिजा सार्वजनिक भएपश्चात मेयरमा निर्वाचित बालेन्द्र साह (बालेन) लाई बधाई दिंदै सिंहले भनेकी छन्, ‘विजयी हुने गरी निश्चय नै मत जित्न सकिन तर नगरवासी आमाबुबा, दिदिबहिनी, दाजुभाइको मन जित्न सकें ।’

उनले लोकतान्त्रिक अभ्यासको यो परिणामलाई हार्दिकतापुर्वक स्वीकार गर्ने र निर्वाचित मेयरलाई रचनात्मक साथ र सहयोग गर्ने प्रतिबद्धता पनि गरेकी छन् ।

मेयरकी प्रत्यासी सिंह ३८३४१ मतका साथ  दोस्रो भएकी छन् । मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले ६१७६७ मतका साथ निर्वाचित भएका छन् ।



source https://www.onlinekhabar.com/2022/05/1133701

तिलोत्तमाको मेयरमा कांग्रेसका रामकृष्ण खाँण निर्वाचित

१३ जेठ, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका रामकृष्ण खाँण निर्वाचित भएका छन् ।

एमालेका मोहन चापागाईलाई ७६५ मतान्तरले पराजित गर्दै खाँण मेयरमा निर्वाचित भएका हुन् । खाँणले २४ हजार ३९६ मत पाएर निर्वाचित हुंँदा चापागाईले २३ हजार ६३१ मत पाए ।

मेयरमा निर्वाचित खाँण २०७४ को चुनावमा एमालेका बासुदेव घिमिरेसँग पराजित भएका थिए । अघिल्लो चुनावमा राष्ट्रिय जनमुक्ति पार्टींसँग गठबन्धन गरेको कांग्रेसले यसपटक माओवादी केन्द्रसँग गठबन्धन गरेको थियो ।

उपमेयरमा भने एमालेकी जगेश्वरी चौधरी निर्वाचित भएकी छन् । चौधरीले माओवादी केन्द्रका हेमन्त पाण्डेलाई दोब्बर मतान्तरले पराजित गरेकी हुन् । चौधरीले २३ हजार ८६ मत पाएर निर्वाचित हुँदा पाण्डेले ११ हजार ५४६ मत पाए ।

१७ वटा  वडा रहेको तिलोत्तमामा  नेपाली कांग्रेसले ९ र नेकपा एमालेले ८ वटा वडा जितेको छ । ८५ हजार ७४७ मतदाता रहेको तिलोत्तमामा ६४ हजार ७३६ मत खसेको थियो ।

वडा नं १ मा एमालेका फर्सुराम गिरी, २ मा कांग्रेसका  डिलबहादुर भट्टराई,  ३  मा कांग्रेसकै  कल्याण पौडेल,  ४ मा एमालेका  हरिबहादुर क्षेत्री र ५ मा कांग्रेसका  रमेश डुम्रे बिजयी भएका छन् ।

यस्तै तिलोत्तमा वडा नं ६ मा कांग्रेसका  गणेश पाठक, ७ मा एमालेका देवी पंगेनी, ८ मा एमालेका कृष्ण पौडेल, ९ मा कांग्रेसका ध्रुव न्यौपाने, १०  मा एमालेका गेपालप्रसाद घिमिरे, ११ मा एमालेका विष्णु बराल, १२ मा एमालेकै  सहदेव थारु निर्वाचित भएका छन् ।

वडा नं.  १३ मा कांग्रेसका  नारायण ढकाल, १४ मा कांग्रेसका  अश्विन पौडेल, १५ मा  एमालेका  खेमराज गुरुङ, १६ मा कांग्रेसका  झविलाल भुषाल  र १७ मा पनि कांग्रेसकै  दानबहादुर चौधरी विजयी भएका छन् ।

को हुन् रामकृष्ण ?

रामकृष्ण गृहमन्त्री बालकृष्ण खाँणका सहोदार भाइ पनि हुन् । तर उनी आफूलाई बालकृष्णको भाइ मात्रै भन्दा अन्याय हुने गुनासो गर्छन् । उनको आफ्नै राजनीतिक इतिहास छ । बुबा नोइन्द्रबहादुर खाँण बीपी कोइरालाका साथी भएकाले बाल्यकालदेखि नै राजनीतिमा जोडिएका हुन्, रामकृष्ण ।

स्याङजाको रिसिङकोटबाट उनको परिवार २०१७ सालमा रुपन्देही  झरेको थियो । २०२२ सालमा रुपन्देहीको मणिग्राम चार नम्बरमा जन्मिएका रामकृष्ण पञ्चायत विरोधी आन्दोलनमा सक्रिय बुबा नोइन्द्रकै पदचाप पछ्याउँदै २०३५ सालदेखि पञ्चायत विरोधी आन्दोलनमा लागे । २०३८ मा मेलमिलाप दिवस मनाउने क्रममा बुटवलमा प्रहरीको धरपकडमा मात्र परे ।

२०४० सालमा रुपन्देही सुरजपुरा घटनामा स्वर्गीय गिरिजाप्रसाद कोइरालालगायतका नेताहरूको सुरक्षार्थ खटिएर नेताहरूलाई भगाएर बचाउन सफल भएका थिए । २०४२ को सत्याग्रहका बेला अग्रमोर्चामै खटिएका थिए ।

२०४६ को जनआन्दोलनमा भैरहवा उत्तरका सबै गाविसका युवाहरूको नेतृत्व गर्दै आन्दोलनमा सक्रिय थिए । २०४७ सालमा बुटवल बहुमुखी क्याम्पसमा स्ववियु इकाइको कोषाध्यक्ष, २०५४ सालमा पार्टीको जिल्ला कार्यसमिति सदस्य भएका उनी त्यसयता निरन्तर जिल्ला समितिमा काम गर्दै आएका छन् ।

२०६६ मा पार्टीको जिल्ला सचिव भएका उनी दुई कार्यकाल सचिव भएर काम गर्दै हाल रुपन्देही जिल्ला सभापति हुन् ।



source https://www.onlinekhabar.com/2022/05/1133694

उदाए बालेन

१२ जेठ, काठमाडौं । २०७४ सालमा स्थानीय तह निर्वाचन हुँदा काठमाडौं महानगरका मतदाता बालेन (बालेन्द्र) साहले भोट हालेनन् । उनको भनाइमा त्यतिवेला उठेका उम्मेदवारहरूप्रति उनलाई भरोसा थिएन । त्यसैले उनले ३१ वैशाख २०७४ मा सामाजिक सञ्जाल फेसबुकमा स्टाटस नै लेखेका थिए, ‘म अर्कोचोटि भोट हाल्नेछु र आफैंलाई हाल्नेछु, देश कसरी विकास गर्ने मलाई थाहा छ ।’

सिभिल इञ्जिनियरिङमा स्नातक तहको अध्ययन पूरा गरेका साहले त्यतिवेला स्ट्रकचरल इञ्जिनियरिङमा स्नातकोत्तर तह अध्ययन गरिरहेका थिए । त्यही पृष्ठभूमिका आधारमा देश कसरी बनाउनुपर्छ भन्ने आफूलाई थाहा भएको उनको भनाइ थियो । काठमाडौं महानगरको मेयर बन्ने हुटहुटी उनलाई अहिले अचानक जागेको होइन भन्ने कुरा साहले पाँच वर्षअघि फेसबुकमा गरेको यही पोष्टले जनाउँछ ।

बालेन निकटस्थहरूका अनुसार २०७२ सालमा भूकम्प आएका वेला पुनर्निर्माणका काममा सरिक हुँदा उनलाई राज्य प्रणाली र संरचनाप्रति चित्त बुझेको थिएन, त्यसले यसलाई सुधार गर्न एउटा भरपर्दो विकल्पको खाँचो छ भन्ने उनलाई लागेको थियो । त्यही विकल्प बन्ने हुटहुटी लिएर गरेको तयारीपछि पाँच वर्षअघि भनेजस्तै साहले यसपालिको निर्वाचनमा काठमाडौं महानगरको मेयरमा आफैं उम्मेदवार बने, आफूले आफैलाई भोट हाले ।

बुधबार बेलुकीदेखि चाहिँ बालेन उम्मेदवार मात्र रहेनन्, लामो राजनीतिक पृष्ठभूमि र विरासत बोकेको पार्टीहरूलाई पराजित गर्दै महानगरको मेयरमा निर्वाचित भएका छन् । काठमाडौं महानगर चलाउने चाबी पाँच वर्षका लागि हात पारेका छन् । साहले ६१ हजार ७६७ मत ल्याउँदै काठमाडौं महानगरको मेयरमा निर्वाचित हुँदा उनका निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३८ हजार ३४१ मत ल्याइन् । नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३८ हजार ११७ मत ल्याएका छन् ।

राजनीतिक दललाई चुनौती

चुनावका वेला वाचाका चाङ लगाउने र निर्वाचित भइसकेपछि त्यसलाई भुल्ने दलहरुका प्रवृत्तिका कारण मतदाता वाक्क भइसकेका थिए । जनप्रतिनिधिले पनि अपेक्षा अनुसारको काम गर्न नसकेको भन्दै असन्तुष्टि स्वर सार्वजनिक भइरहेका थिए । यसपालि त्यही असन्तुष्टिको आवाज काठमाडौंमा प्रकट भएको राजनीतिक विश्लेषक सुरेन्द्र लाभ बताउँछन् ।

उनको बुझाइमा काठमाडौं महानगरको मेयरमा साह निर्वाचित हुनु भनेको नागरिक राजनीतिक दलको क्रियाकलापबाट वाक्कदिक्क भइसके र विकल्प खोजी गरिरहेका छन् भन्ने सन्देश हो । ‘जनताले विकल्पको खोजी गरिरहेका थिए, त्यो विकल्प बालेनको अनुहारमा देखे’ उनले भने, ‘राजनीतिक दलप्रति निराशा र बालेनमा आशा देखिएको छ ।’ उनको बुझाइमा यो दलहरूलाई सच्चिनका लागि जनताले गरेको खबरदारी पनि हो ।

पछिल्लो समयमा सामाजिक सञ्जाल र सार्वजनिक वृत्तमा बालेनको पक्षमा जुन किसिमको माहोल बन्यो, त्यसले बालेनको फरक व्यक्तित्व निर्माण गराएको लाभ बताउँछन् । उनी भन्छन्, ‘फेरि मुख्य राजनीतिक दलले राम्रो उम्मेदवार उठाउन नसक्नु पनि बालेन उदयको आधार बन्यो ।’

उम्मेदवारी मनोनयको वेलासम्म बालेनलाई मुख्य राजनीतिक दलहरुले प्रतिस्पर्धी नै मानेका थिएनन् । नेकपा एमालेबाट मेयरका उम्मेदवार बनेका केशव स्थापित आफ्नो जीत सुनिश्चित भएको भन्दै कसरी उत्सव मनाउने भनेर भाषण गरिरहेका थिए । तर साहचाहिँ चुपचाप चुनावी तयारी गरिरहेका थिए ।

त्यतिवेला साहबारे स्थापितले दिएको विवादास्पद अभिव्यक्तिले उनलाई चुनावी प्रचारमा झनै मद्दत पुग्यो । स्थापितले साहविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिइरहँदा साहले उनको भनाइलाई प्रतिकार गरेनन्, बरु स्थापितलाई ‘बाबु’ भन्दै आफ्नो ब्राण्ड एम्बेसडरको रुपमा काम गरिरहेको बताइदिए । स्थापित एकपछि अर्को गर्दै आपत्तिजनक अभिव्यक्ति दिँदै गए, तर साहले चुपचाप नै रहे ।

स्थापित २०५४ सालको निर्वाचनमा युवा अवस्थामा थिए, त्यतिवेला लोकप्रिय पनि थिए । तर बदलिएको समय उनको पक्षमा थिएन । यसबारे दलले आकांलन गर्न नसक्नु पनि बालेनका लागि फाइदाजनक भनेको विश्लेषकहरु बताउँछन् ।

हुन पनि ०५४ पछि स्थापितको जीवन अस्थिर बन्दै आयो, उनी कम्युनिष्ट पार्टी छाडेर दरबारको जागिर खान गए, प्रजा परिषद्को अध्यक्ष पनि भए, पछि संघीय समाजवादी पार्टीमा लागे । त्यसता पनि उनी बोलीका कारण बारम्बार विवादमा आइराख्थे ।

नेपाली कांग्रेसले उम्मेदवार बनाएकी सिर्जना सिंहलाई पनि मतदाताले उत्तम विकल्प मान्न सकेनन् । विश्लेषक डम्बर खतिवडा पनि भन्छन्, ‘खासमा काठमाडौंमा दलहरुले यसपालि राम्रो उम्मेदवार नै दिन सकेनन्, जसले बालेनलाई उदाउन परिस्थिति सहज बन्यो ।’

वैकल्पिक विकल्पहीन बनेपछि रोजाइमा स्वतन्त्र

अघिल्लो स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरमा विवकेशील साझा पार्टीकी उम्मेदवार रञ्जु दर्शना चर्चाको शिखरमा थिइन् । उनले २३ हजार ४३९ मत ल्याउँदा साझा पार्टीका उम्मेदवार किशोर थापाले १८ हजार ४९२ मत ल्याए । खासमा काठमाडौंवासीले मुख्य राजनीतिक दलहरुको विकल्प खोजी गरिरहेको सन्देश त्यसबेलै दिएका थिए ।

तर यो पाँच वर्षमा दर्शना र थापाले काठमाडौंवासी मतदाताको मनमा बसिराख्ने काम गर्न सकेनन् । पार्टी पनि दुईभागमा विभाजित भयो, विकल्प भनिएको पार्टीमा राजनीतिक लाइनका कारण दुई भागमा बाँडियो । विवकेशील साझा पार्टीका संस्थापक नेतामध्येका एक केशव दाहाल भन्छन्, ‘मैले यो कुरा स्वीकार्नै पर्छ, यसपालिको चुनावले वैकल्पिक भनिएको पार्टीलाई पनि जनताले विकल्प भन्ने सोचेनन्, पार्टी विचार र सिद्धान्तको कुरामा फस्दा जनताले स्वतन्त्र व्यक्तिलाई विकल्पको रुपमा चुनेका छन् ।’

उनको बुझाइमा स्थानीय तहमा चाहिने कुरा भनेको प्रभावकारी सेवा प्रवाह, सामाजिक न्याय र इमान्दार नेतृत्व हो । ‘विगतमा यही कुरा मतदाताले विवकेशील साझाका उम्मेदवारमा देखेका थिए, तर अहिले पार्टीका विवादले गर्दा स्वतन्त्र उम्मेदवार विजयी हुनुभयो’ दाहाल भन्छन् ।

त्यसो त केही अघिबाटै स्थानीय निकाय गैरदलीय हुनुपर्ने बहस पनि चलिरहेको थियो । ‘स्थानीय तह दलीय आग्रह पूर्वाग्रहमा फस्दा जस्तोसुके मान्छेले पनि काम गर्न सकेनन् भन्ने आम बुझाइ रह्यो’ दाहालले थपे, ‘स्थानीय सरकार सेवाप्रवाहको सरकार भएकाले दलीयभन्दा पनि गैरदलीय र क्षमतावान हुनुपर्छ भन्ने मतदाताले सोच्दा, त्यो विकल्प बालेनमा देखिएको हुनुपर्छ ।’

बालेन साह र्‍यापरका रुपमा युवा पुस्ता माँझ पहिल्यै चिनिएका थिए । तर पुराना पुस्ताका मतदातासँग चाहिँ उनी सुनिएका नाम थिएनन् । चुनावमा मनोनय दर्ता गराएपछि सञ्चारमाध्यमहरूका अन्तरवार्तामा आउन थालेपछि मात्रै पुराना पुस्ताका धेरैको नजरमा परेका थिए ।

भर्चुअल समर्थन जोगाइराख्ने चुनौती

मेयरका रुपमा उम्मेदवारी दिंदै गर्दा उनले आफ्नो प्रमुख प्राथमिकताका रुपमा ‘काठमाडौंलाई बस्न लायक सहर’ बनाउने योजना अघि सारेका थिए ।

‘काठमाडौं म आफैं बस्ने ठाउँ पनि हो, म माफैं मास्क लगाएर धुलोमा हिँड्नु परेको छ, खाल्डाखुल्डीमा म आफैं परेको छु’ उनले केहीअघि अनलाइनखबरसँग अन्तरवार्ता दिंदै भनेका थिए, ‘जताजातै फोहोर आफैंले देखेको छु, दुर्गन्धका कारण खुला रुपमा हिँड्न सकिन्न, त्यसैले बस्न लायक सहर आफैंले बनाउनुपर्छ भनेर लागेको छु ।’

नागरिक अगुवा श्याम श्रेष्ठ पनि बालेनको मुख्य चुनौती यही हुने बताउँछन् । ‘अहिले बालेनको पक्षमा एक्कासी लहर सिर्जना भएर जनमत जुटेको छ, उनीप्रति धेरै अपेक्षाहरु छन्’ उनी भन्छन्, ‘तर भोलिका दिन उनी मेयर भएर पनि फोहोर नउठ्ने जस्ता समस्या देखिए पनि एक महिना पनि नभइ बालेनप्रति पनि नागरिकमा फ्रस्टेसन सुरु हुनसक्छ ।’

विश्लेषक खतिवडाको बुझाइमा पनि साहको इञ्जिनियरिङ पृष्ठभूमिका कारण पनि मतदाता लोभिएका छन् । ‘तर उनी कस्तो काम गर्छन् भन्ने विषयमा टेस्टेड मान्छे होइनन्’ खतिवडा भन्छन्, ‘मतदाताको अपेक्षा अनुसार गर्न सके उनका लागि यो अवसर हो, नभए आगामी दिन उत्तिकै चुनौतीपूर्ण पनि छ ।’

उनका अनुसार मेयर भनेको व्यवस्थापकीय पद पनि हो । सीमित स्रोतका बीच उनले अघि सारेका महत्वकांक्षी योजनाहरुलाई कसरी पूरा गर्छन् भन्ने पनि देखिइनसकेको खतिवडा बताउँछन् । ‘योजना पूरा गर्न आम्दानीको योजना के हो भन्ने अहिलेसम्म स्प्ष्ट छैन, त्यसैले नागरिकमाझ सिर्जित अपेक्षा र बजेटको सीमितता बीच दूरि बढ्नसक्छ’ उनी भन्छन्, ‘यो उनको व्यवस्थापनमा भर पर्ने कुरा हो ।’

खतिवाडाको बुझाइमा अहिलेसम्म बालेन स्वयम् कस्ता व्यक्ति हुन् भन्ने स्पष्ट भइसकेको छैन । उनको विशेष दखल र्‍याप, इञ्जिनियरिङ, व्यवस्थापन वा कुन विधामा हो भन्ने देखिएको छैन । त्यसैले कर्मचारी प्रशासन चलाउनेदेखि लिएर विभिन्न राजनीतिकसँग समन्वय गर्नेसम्मका विषयले बालेनको भविष्य निर्धारण गर्ने खतिवडा बताउँछन् ।



source https://www.onlinekhabar.com/2022/05/1133688

काठमाडौं महानगरको मेयरमा बालेन साह निर्वाचित

१२ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा बालेन्द्र साह (बालेन) निर्वाचित भएका छन् । स्वतन्त्र उम्मेदवार साह ६१ हजार ७६७ मत ल्याउँदै काठमाडौं महानगरको मेयरमा निर्वाचित भएका हुन् ।

साहका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३८ हजार ३४१ मत ल्याइन् । नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३८ हजार ११७ मत ल्याए ।

उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोल विजयी भइन् । उनले ६८ हजार ६१२ मत ल्याउँदा निकटम प्रतिद्वन्द्वी नेकपा समाजवादीका रामेश्वर श्रेष्ठले २३ हजार ८०६ मत ल्याए ।



source https://www.onlinekhabar.com/2022/05/1133677

Wednesday, 25 May 2022

सौन्दर्यको सत्ता र बलात्कारको दलदल

यतिबेला दुईवटा मुद्दा चर्चामा छन्- स्थानीय निर्वाचनको मत परिणाम र ८ वर्ष अगाडि एक बालिका बलात्कृत भएको घटना । एक नाबालिग गायिकाको बलात्कार काण्डसम्बन्धी अदालती फैसला आउन नपाउँदै फेरि अर्को यौन हिंसाको डरलाग्दो घटना बाहिर आएको छ । यस घटनाले अरू बलात्कारका घटना पनि सार्वजनिक हुनेक्रम बढेको छ । प्रकृति फरक भए पनि दुवै युवती यौन हिंसा पीडित देखिन्छन् ।

उनीहरूले न्याय पाउने नपाउने कानुनी पाटो कति सजिलो वा कठिन होला, त्यसका लागि समय पर्खनु नै पर्नेछ । तर यी घटनाले आम मानिसको मानसिकता खल्बल्याइदिएको छ । हाम्रा सामाजिक र कानुनी प्रबन्धहरूलाई महिलामैत्री बनाउने मात्र होइन, यौन हिंसालाई प्रेरित गर्ने आर्थिक, सामाजिक संरचना बदल्नुपर्ने आवाज पनि उठिरहेका छन् ।

यी त प्रतिनिधि घटना मात्र भए । दिनहुँजसो यस्ता कुकृत्य भइरहेका छन् जुन सामाजिक प्रतिष्ठा एवं अन्य विभिन्न कारणले बाहिर आउन सकेका छैनन् । तर जे-जति घटना बाहिर आएका छन्, त्यतिबाट नेपाली समाज महिलाद्वेषी मात्रै छैन, महिलालाई उपभोग्य वस्तुको रूपमा विनिमय बजारमा लगिरहेको पुँजीवादी बजारको दुष्चक्र प्रष्ट देखिन्छ । र, त्यो उपभोगवादी मनोविज्ञानले यौनजन्य हिंसालाई बल दिइरहेको सजिलै बुझ्न सकिन्छ ।

खासगरी यसको प्रभाव नेपालको ग्ल्यामर क्षेत्रमा प्रष्ट रूपमा देखिन्छ । जोसुकै युवा सिल्भर स्त्रिmनको शानसौकतलाई पछ्याउन र त्यसमा आफ्नो भविष्य खोज्न लालायित हुन्छ । तर त्यही लालसालाई कमजोरी बनाएर ग्ल्यामर क्षेत्रका लगानीकर्ता र वर्चस्वशाली व्यक्तिले युवतीहरूको करियर ट्रयापमा पार्ने र शारीरिक शोषण गर्ने घटना सामान्य जस्तै भएका छन् । जो एउटा सभ्य समाजका लागि कल्पना गर्न नसकिने कुरा हो ।

यी घटनाहरूले केही महत्वपूर्ण प्रश्नहरू उठाएका छन् । के हाम्रो सामाजिक जीवनमा पुरुषहरूले स्त्रीलाई भोग्य वस्तुको रूपमा हेर्ने मनोविज्ञान तयार हुँदै गएको हो ? के कुनै स्वास्नी मानिस आफ्नो स्कुल, कलेज, कार्यालय वा अन्य कार्यक्षेत्रमा सुरक्षित हुन सम्भव नभएकै हो ? समाज किन यति विदीर्ण बन्दैछ ? एउटा स्त्रीलाई पुरुष मानसिकताले किन यौन खेलौना मात्र देख्न खोज्छ ? घरमा श्रीमती हुँदाहँुदै उक्त पुरुषमा यस्तो क्रूर मनोवृत्तिको विकास कुन चैं तत्वले गरिरहेको छ ? प्रश्न अनेक छन् । यसो हुनुका पछाडि हाम्रा परम्परागत मान्यताहरूमा समस्या छ या कानुनी प्रबन्धहरू कति जिम्मेवार छन् ? यी प्रश्नहरूमाथि पर्याप्त बहस आवश्यक छ ।

अक्सर महिलाहरूले लगाउने लुगाको लम्बाइलाई, उनीहरूको श्रृंगार सोख वा फेशनलाई बलात्कारका जिम्मेवार तत्व भन्ने गरिएको छ । तर यो एकदमै महिलाद्वेषी, एकांकी र पुरुषवादी चिन्तनको भाष्य मात्र हो । यो भाष्यले महिला सौन्दर्य र बढ्दो यौन हिंसाबीच कस्तो प्रकारको सम्बन्ध छ त भन्ने अर्को महत्वपूर्ण प्रश्नको उत्तर खोजाउँछ ।

यो प्रश्नको उत्तर खोज्न त्यति धेरै पर गइरहनु नै पर्दैन । यसमा बिल्कुलै सत्यता छैन भन्ने कुरा ६ महिनाकी शिशुदेखि ७५ वर्षकी वृद्धा समेत बलात्कृत भएका घटनाहरूले पुष्टि गर्छन् । उनीहरूलाई बलात्कार गर्ने आँखालाई कस्तो सुन्दरताको आँकडामा प्रस्तुत गर्ने ? मलाई लाग्दैन पहिरन वा उत्तेजक मानिएका सौन्दर्य प्रसाधन नै यौन हिंसाको प्रमुख कारक हो । किनकि हाम्रो समाजमा नाबालक शिशु होस् या वयोवृद्धा, घरमा काम गर्न राखिएकी मजदुर होस् या शारीरिक अपाङ्गता भएका महिला सबै यौन हिंसामा पर्ने गरेका छन् ।

होचा, अग्ला, पातला, मोटा, गोरा र काला सबै खालका शारीरिक बनावट भएका महिला यौन हिंसाबाट प्रताडित छन् । यो हुनाको प्रमुख कारण पुरुषहरू अझै पनि आर्थिक र राजनैतिक शक्तिको केन्द्रमा हुनु नै हो भन्ने बुझ्न जरूरी छ । पुरुष सत्तालाई नरिझाइकन अपवाद बाहेक न राजनीतिमा, न व्यवसायमा, न कलाकारितामा, महिलाले टिक्न र सफलता प्राप्त गर्न सक्ने अवस्था छ ।

‘जब कोही व्यक्ति कुनै वस्तुको संसर्गमा आउँछ, तब त्यो गुण वा दोषको प्रभाव उसका इन्दि्रयहरूमा अंकित हुन थाल्छ । फलस्वरूप उसमा इन्दि्रय संवेदना उत्पन्न हुन्छन् । त्यही इन्दि्रयसंवेदना मनको संसर्गमा पुगेपछि मानससंवेदनाको रूप धारण गर्छ र समाजकै पूर्वसंचित संस्कारसँग मेल खान्छ र तयार हुन्छ अनुभूतिको विशाल रूप । त्यहाँ मानिसले कहिले सुन्दरतालाई जन्मदिन्छ कहिले कुरुपतालाई र त्यही आधारमा उसले आफ्ना निर्णयहरू लिने गर्छ ।’

यो एउटा वैज्ञानिक तथ्य हो । यो तथ्यलाई एकातिर पन्छाएर महिलाको शारीरिक अथवा कस्मेटिक सौन्दर्य नै यौन हिंसाको कारक हो भनिनु आफैंमा अन्याय हुन जान्छ । छोटो लुगा लगाएकै कारण कुनै महिला बलात्कार भई भनिनु झनै हास्यास्पद कुरा हुन्छ । यदि त्यस्तै हुने हो भने सर्टको टाँक फुकालेर नाङ्गै हिंड्ने केटाहरू बलात्कारको सिकार हुनुपर्ने थियो । कछ्छा र बनियानमा जनेन्द्रीयको आकारप्रकार देखाउँदै सडकमा नुहाइरहेका पुरुषलाई महिलाहरूको समूहले जिस्काउँदै ढुंगा हानेर खेद्नुपर्ने थियो । तर खोइ त्यस्तो भएको ? हाम्रो सामाजिक चेतना, आत्मिक सोचको सौन्दर्य होइन, कस्मेटिक सौन्दर्यमा अल्भिmएको देखिन्छ ।

भर्खरैको स्थानीय चुनावलाई नै हेरौं न कति महिलाले वर्चश्वशाली मेयर वा वडा अध्यक्ष पदमा टिकट पाए ? पाएका अपवादहरू पनि पुरुषसत्ताको, परिवारको लिगेसीको आधारमा दिइएको छ कि छैन ? हाम्रो समाजमा स्कुल खोल्ने पनि पुरुष । अस्पताल खोल्ने पनि पुरुष । प्रकाशन गृह र पत्रिका चलाउने पनि पुरुष । राजनीतिमा टिकट र पद बाँड्ने पनि पुरुष । सिनेमा निर्माता र निर्देशक पनि पुरुष । ब्युटी पेजेन्टका सञ्चालकहरू पनि जम्मै पुरुष ।

बस्, कहीं टोकनका रूपमा, कहीं आफ्ना सन्तानका रूपमा, कहीं बिकाउ आइटमका रूपमा, कहीं भोग्याका रूपमा उनीहरूलाई यो पितृसत्ताले आफ्नै सुविधाका लागि मात्र सीमित स्पेस दिइरहेको छ ।

महिलाको वास्तविक शक्ति र सामथ्र्यलाई सम्मान गरेर स्वाभाविक रूपमा उनीहरूले सार्वजनिक वृत्तमा स्पेश लिने अवस्था बनेकै छैन । महिला स्वतन्त्रतामाथि टिभी शो चलाइरहेका महिलाहरू स्वयम् यौन हिंसाको सिकार भएर डिप्रेस्ड भएको बयान सुनाइरहेका छन् ।

भलै हाम्रा शास्त्रहरूले महिलाको महिमामण्डन गर्न थुप्रै श्लोक खर्च गरेका होलान् । तर समाजमा व्यक्तिको स्थान र स्पेश उसको आर्थिक र राजनैतिक शक्तिले निर्धारण गर्ने कुरा बिर्सन मिल्दैन । त्यसैले आदर्शका कुरा गर्दागर्दै पनि हाम्रो समाजका छोरी, श्रीमती, आमाहरू सुरक्षित छैनन् । किनकि उनीहरू आर्थिक रूपमा स्वतन्त्र छैनन् । राजनैतिक र सामाजिक रूपमा स्वतन्त्र छैनन् । त्यसैले अझै पनि कुनै लोग्ने जति व्यभिचारी भए पनि चुपचाप सहेर बस्ने श्रीमतीको ठूलो प्रतिशत छ । उनीहरूको मानसिकताले बरु अर्की स्त्रीलाई शत्रु देख्छ तर आफ्नो लोग्नेको गल्ती मान्न उनीहरू तयार हुँदैनन् । उसलाई थाहा छ, त्यो हिंस्रक लोग्ने कारबाहीमा पर्‍यो भने आफ्नो र आफ्ना बालबच्चाको भविष्य धरापमा पर्छ । उसँग अलग भएर बस्न सजिलो छैन । यसका आर्थिक, सामाजिक आयाम कही नसक्नु पीडादायी छन् । र यसको फाइदा त्यो लोग्ने मानिसले लिइरहेको छ ।

मेरा एक जना पढेलेखेका चर्चित पत्रकार साथी छन् जो पढेलेखेकी आफ्नी श्रीमतीलाई दैनिक घरधन्दा, छोराछोरीको हेरचाह, सरसफाइ, स्कुल लैजाने ल्याउने, पाहुनापासा सबै काम गराउँछन् । र, फेरि श्रीमती आफू बराबर हुन सकिन, पैसा कमाउन सकिन भनेर गुनासो पनि गरिरहन्छन् । यो मानसिकता मलाई गज्जब लाग्छ । आर्थिक रूपमा आत्मनिर्भर नभई यो हेपाइको अन्त्य हुँदैन । महिलालाई केवल सुख र भोगका साधन मात्र मान्ने मनोविज्ञान हट्न पनि सक्दैन ।

अब रहृयो सौन्दर्य, शक्ति र यौन हिंसाको सम्बन्ध कसरी निर्मित भएको हुन्छ भन्ने प्रश्न । यसका लागि सुन्दरता शक्तिको विषय कसरी बन्यो भन्ने हेर्नुपर्छ । र यसका लागि मानव सभ्यताको विकासक्रमलाई बुझ्नुपर्ने हुन्छ । किनकि मानिसको परीक्षण अथवा सौन्दर्य सम्बन्धी चेतना र मनोविज्ञान एकाएक बन्ने विषय होइन । कुनै वस्तु वा घटनालाई राम्रो वा नराम्रो मान्ने कुरा त्यो समाजको सामाजिक, सांस्कृतिक व्यवहार र दीर्घकालीन मनोसामाजिक स्वीकृतिले तय गर्दै लैजाने कुरा हो ।

मानिसको सामाजिक विकासको सुरुवाती चरणमा लैंगिक प्रतिस्पर्धा थिएन । पुरुष तथा स्त्रीहरू आ-आफ्ना परिचयका लागि आफ्ना अनुहार तथा शरीरमा भिन्दाभिन्दै चिन्ह खोप्थे । समुदाय अनुसार, लैंगिकता अनुसारका विभिन्न आकार र रंगका चिन्ह बनाएर हिंड्थे र अरू समूहबाट आफ्ना मानिसलाई चिन्थे । ती फिरन्ते जातिले विस्तारै आफूले भेटेका धातु, जनावरका खप्पर, दाँत अथवा पन्छीका प्वाँखलाई चिन्हका रूपमा प्रयोग गर्न थाले ।

समयक्रममा ती वस्तु पहिचानका लागि मात्र प्रयोग नभई सिकार गर्ने सामथ्र्यको आधार देखाउन, समूहलाई एकत्रित राख्न र नेतृत्व लिने शक्तिको स्रोतको रूपमा प्रयोग भएको देखिन्छ । प्रजनन एवं अन्य कारणबाट निश्चित ठाउँमा बस्न बाध्य भएका स्त्रीहरू त्यो भौतिक वैभव, शारीरिक शक्ति बढी हुने पुरुषको अधीनमा बस्दा हुने खानाको सजिलो प्रबन्ध, अन्य हिंस्रक जनावर एवं मानिसबाट सुरक्षा जस्ता फाइदाका कारणले उनीहरूसँग आकषिर्त हुन थाले ।

पुरुष निर्भरता बढ्दै गएपछि महिलाले ती पुरुषले आफूलाई त्याग नगरुन् भनेर सधैं आकर्षक राख्न खोजे । आफ्नो सौन्दर्यलाई अतिरिक्त सौन्दर्य प्रसाधनहरू प्रयोग गरेर निखार्न खोज्ने मनोविज्ञानभित्र पुरुषको आर्थिक शक्ति एवं शारीरिक बल जस्ता कारण थिए । यसरी सौन्दर्य आफैं पुरुषसत्ताको हतियार बन्न गयो । र पुँजीबजारले पनि त्यो सौन्दर्यको अधीनस्तवादी मनोविज्ञानलाई भजाएर सौन्दर्य सामग्रीको विनिमय मात्र गरेन, ब्युटि पेजेन्ट, विज्ञापन, यौन केन्द्र आदि मार्फत महिलालाई नै वस्तुको रूपमा बजारमा ल्याइदियो ।

यसरी वस्तुमा सौन्दर्यको सत्ता स्वीकार भएपछि पुँजी बजारको जन्म हुनु स्वाभाविक थियो । र, त्यही पुँजी बजारले महिलाहरूको शरीरलाई पूर्णतया कस्मेटिकतन्त्रको दुनियाँमा प्रवेश गराएको देखिन्छ ।

परिचयको आधारशिलाबाट सुरु भएको सौन्दर्य सत्ता, शक्ति र प्रतिष्ठाको शासन हुँदै अन्ततः रागात्मक प्रतिस्पर्धा, विवाह र ‘यौन बजार’को जगजगीमा प्रवेश गर्‍यो । यसरी यौनलाई वस्तुको रूपमा विस्तारित गरिएपछि नारी सौन्दर्यको स्तरीयता प्राकृतिकताबाट क्रमशः कृत्रिम या ‘फेसनजन्य’ सौन्दर्यमा रूपान्तरित भएको देखिन्छ ।

मानव समाजको विकासक्रमलाई अध्ययन गर्दा दार्शनिक प्लेटोले भनेका छन् ‘सौन्दर्यको सत्ता व्यक्तिगत हुँदैन यो बिल्कुलै सार्वभौमिक हुन्छ । सार्वभौमिक सौन्दर्य नै विश्व सौन्दर्यको अंग हो । सौन्दर्य केवल शरीरको धर्म होइन यो त भित्री चेतनामा विद्यमान रहस्य हो । जुन नियम र मर्यादामा सधैं नैतिक रहन्छ ।’ प्लेटोले सौन्दर्यको भावनात्मक सम्बन्धमा, एउटा आध्यात्मिक अनुभूति या रहस्यलाई स्वीकार गरेका छन् । तर वस्तुगत सौन्दर्यको सत्ता स्वीकार गरिएको अवस्थालाई समर्थन गर्दै सुकरात, अरस्तुलगायत दार्शनिकहरू उभिएको पाइन्छ भने अर्कातिर माक्र्स, एंगेल्सका रचनाहरूले त्यसलाई फरक दृष्टि प्रदान गरेको देखिन्छ ।

यति भनिरहँदा भौतिकवादी दृष्टिकोणले सौन्दर्यशास्त्रलाई आदर्श अथवा गौण मानेको हो त ? समाजमा यदाकदा उठ्ने यस्ता विरोधाभासमा सौन्दर्य अटाउन सक्छ कि सक्दैन अर्थात् यसको रूप र प्रत्यय के हुन सक्छ ? यसको जवाफमा ‘अ कन्टि्रब्यूसन टु द क्रिटिक अफ पोलोटिकल इकोनोमी’को प्रस्तावनामा माक्र्सले लेखेका कुरालाई लिन सकिन्छ । जहाँ आफ्नो जीवनको सामाजिक उत्पादनमा मानिस त्यस्ता निश्चित सम्बन्धमा बाँधिन्छ जो उसको इच्छा भन्दा स्वतन्त्र हुन्छ । श्रम प्रक्रिया अन्तर्गत नै मानिसमा सौन्दर्य अनुभूतिका साथसाथै संगीत धर्म ‘कान’ र रूपद्रष्टा ‘आँखा’को चेतना जागृत भएको कुरालाई व्याख्या गरिएको छ ।

कर्मशील अंगलाई सौन्दर्यको सूचक मानेको भौतिक विज्ञान, पुँजीवादी व्यवस्थाको सिकार भएपछि सौन्दर्यलाई प्राकृतिक जीवनको वृत्ति, राग अथवा काममा चित्रित गरिएको छ । त्यसपछि शारीरिक स्वरूपसँग मात्रै निहित नभएर त्यसको आत्मिक चेतनासँग जोडिएको सौन्दर्यको सत्ता महिलाको आवरणमा मात्रै सीमित हुन पुगेको छ । र, यो नै विभेदको राजनीतिलाई टिकाउने बलियो आधार बनेको छ । त्यही आधारले पुरुषलाई सधैं शासक बनाइरहृयो र महिलालाई शोषित । राज्य मूक भएर त्यसलाई हेरिरहेको छ ।



source https://www.onlinekhabar.com/2022/05/1133225

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More