Saturday, 27 August 2022

मोतीपुर औद्योगिक क्षेत्रको ३०० बिघा जग्गा स्थानीयलाई नै छोडिने

११ भदौ, बुटवल । २०७२ सालमा हरेक प्रदेशमा प्रदेशस्तरीय औद्योगिक क्षेत्र बनाउने निर्णय अनुसार सरकारले बुटवलको मोतीपुर क्षेत्रमा प्रकृया अघि बढायो ।

सरकारले निर्णय गरेको ५ वर्षपछि मात्रै ८ सय १३ बिघा जग्गाको स्वामित्व औद्योगिक क्षेत्रको नाममा आयो । त्यसपछि २०७७ मा औद्योगिक क्षेत्र शिलान्याश भयो । तर, केही स्थानीयले आफूहरु वर्षौंदेखि बसोबास गर्दै आएको जग्गामा औद्योगिक क्षेत्र बन्न नदिने भन्दै विरोध जनाएर शिलान्याश कार्यक्रम ढुंगामुढा गरेर बिथोलियो ।

स्थानीयको विरोधका बीच शिलान्याश भए पनि औद्योगिक क्षेत्रको काम अघि बढ्न सकेन । तत्कालीन नेकपा नेतृत्वको सरकारको पालामा पूर्वअर्थमन्त्री विष्णु पौडेलले शिलान्याश गरेको उक्त औद्योगिक क्षेत्र राजनीतिक दाउपेचको शिकार बनेको उद्योगीहरू बताउँछन् ।

अहिले चुनावको मुखमा मतदाता प्रभावित गर्ने उद्देश्यले औद्योगिक क्षेत्रको नाममा आइसकेको जग्गा मध्ये तीन सय बिघा बढी जग्गा छाडेर बाँकी पाँच सय बिघामा मात्रै औद्योगिक क्षेत्र बनाउने गरी गृहमन्त्री बालकृष्ण खाँणको उपस्थितिमा औद्योगिक क्षेत्र समस्या समाधानका लागि कार्यदल बनाइएको छ ।

मोतीपुर औद्योगिक क्षेत्रको अधिकांश भाग गृहमन्त्री खाँणको निर्वाचन क्षेत्र रुपन्देही ३ मा पर्दछ । शुक्रबार रातिसम्म गृहमन्त्री खाँणको उपस्थितिमा बसेको एउटा बैठकले जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा कार्यदल बनाउने निणर्य गरेको हो । जिल्ला समन्वय समितिका प्रमुख चपाईं कांग्रेसकै हुन् ।

बैठकले मोतीपूर औद्योगिक क्षेत्रको नाममा जग्गाधनी प्रमाणपत्रमा ८१३ बिगाहा जग्गा उल्लेख भएको र सो क्षेत्रमा लामो समयदेखि व्यक्तिहरू बसोबास गरी हकभोग गरेकाले निजहरूलाई हटाइ औद्योगिक क्षेत्र सञ्चालन गर्न अप्ठ्यारो पर्ने हुँदा जग्गाको क्षेत्रफल घटाउने निणर्य गरेको छ ।

कार्यदललाई मोतीपूर औद्योगिक क्षेत्रको के कति जग्गाको क्षेत्रफल घटाउन सकिन्छ भनी ७ दिनभित्र यथार्थ प्रतिवेदन दिने गरी अधिकार निणर्य गरेको कार्यदलका सदस्य सचिव बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशाकसीय अधिकृत टेकराज पन्थीले बताए ।

उनका अनुसार औद्योगिक क्षेत्रको करिब तीन सय बिघा जग्गा छाडेर पाँच सय बिघामा मात्रै औद्योगिक क्षेत्र बनाउने मोटामोटी सहमति बनेको छ ।

कार्यदलले ७ दिनभित्र प्रतिवेदन पेश गरेपछि बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका, शुद्धोधन गाउँपालिका र सियारी गाउँपालिकाले कार्यदलबाट प्रतिवेदन प्राप्त भएको ३ दिन भित्र कार्यपालिकाबाट निणर्य गरि सिफारिस गर्ने शुक्रबारको वैठकले निणर्य गरेको छ ।

जग्गाको क्षेत्रफल यकिन गरी कानुनी आधार र रायसहित प्रतिवेदन दिनुपर्ने, सम्पूर्ण प्रतिवेदन सहित औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले उद्योग मन्त्रालयमार्फत नेपाल सरकारसमक्ष प्रस्ताव पेस गर्ने निणर्य बैठकले गरेको छ ।

बैठकमा गृहमन्त्री बालकृष्ण खाँण, प्रदेश सभा सदस्य पुष्पा थरुनी, जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाइ, बुटवल, तिलोत्तमा, शुद्धोधन र सियारीका पालिका प्रमुखहरु, प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रबन्धक सुवास सिटौला, मालपोत कार्यालय, नापी कार्यालयका प्रमुखहरु, सम्बन्धित वडाका अध्यक्षहरु, उद्योगी व्यवसायी, सरोकारवालाहरु सहभागी थिए ।

कार्यदलका सदस्य सचिव पन्थीले स्थानीयका समस्यालाई समेत समेटेर स्थानीयकै चाहनाअनुसार अघि बढ्नेगरी अध्ययन थाल्ने बताए ।

प्रमुख विपक्षी नेकपा एमालेले भने आसन्न चुनावलाई प्रभावित गर्ने उद्देश्यले औद्योगिक क्षेत्रको क्षेत्रफल घटाउने प्रपञ्च गरिएको दावी गरेको छ ।

औद्योगिक क्षेत्रको स्वामित्वमा आइसकेको जग्गामा वास्तविक सुकुम्बासी भन्दा नक्कली सुकुम्बासी धेरै रहेको जानकारहरु बताउंछन् । ‘सरकारी जग्गा हडप्न दिएर मतदाता प्रभावित गर्ने नियतले औद्योगिक क्षत्रेको क्षेत्रफल घटाउन खोजिएको छ,’एमाले रुपन्देहीका एक नेताले भने ।

८ अर्ब अनुमानित लागतमा निर्माण हुने भनिएको मोतीपुर औद्योगिक क्षेत्रमा ५४४ प्लट हुने भनिएकोमा अब प्लट र लागत घट्ने छन् । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले औद्योगिक क्षेत्रको जग्गालाई तीन सेक्टरमा विभाजन गरेर काम अघि बढाएको छ ।्

औद्योगिक क्षेत्रभित्र ४ लेनको मुख्य सडक, २ लेनको सहायक सडक, साइकल लेन र फुटपाथ निर्माण हुनेछ । विद्युतको आपूर्ति चौबीसै घण्टा हुनेछ, जसका लागि औद्योगिक क्षेत्रभित्र ४० मेगावाटको फिडर, वाटर ट्रिटमेन्ट प्लान्ट र स्वाथ्य केन्द्रको समेत सुविधा हुनेछ ।



source https://www.onlinekhabar.com/2022/08/1180858

Friday, 26 August 2022

अनमोल केसीको ‘छड्के २’ लुक्स सार्वजनिक

काठमाडौं । फिल्म ‘छड्के २’ले प्रमुख कलाकार अनमोल केसीको लुक्स सार्वजनिक गरको छ । तस्वीरमा अनमोललाई ‘योङ्ग्री योङ म्यान’ र ग्याङस्टर स्वरुपमा देख्न सकिन्छ ।

‘२.० छड्के’ शीर्षकसहित जारी फोटोमा अनमोलको चरित्र केही हिंसात्मक पनि छ जहाँ उनलाई केही आक्रामक देखिन्छन् । निगम श्रेष्ठको निर्देशनमा छायांकन भैरहेको फिल्मको चितवन र मनाङमा छायांकन हुँदैछ ।

फिल्ममा रविन तामाङ र कमलमणी नेपालको समेत मुख्य भूमिका छ । काभ्रे फिल्म्सको ब्यानरमा निर्माण भैरहेको फिल्ममा मेधा प्रोडक्सन र निर्वाण फिल्म स्कुलले पनि सहकार्य गरिरहेको छ । फिल्मको निर्मातामा प्रशान्त गिरी र देवकुमार श्रेष्ठ छन् । कार्यकारी निर्मातामा निर्भाना फिल्म स्कुल र लक्ष्मण काफ्ले छन् ।



source https://www.onlinekhabar.com/2022/08/1180850

आज कुशे औंसी, बुवाको मुख हेर्ने दिन

११ भदौ, काठमाडौं । आज भाद्र कृष्ण औंसी अर्थात  कुशे औंसी पर्व । आज घरघरमा पवित्र कुश भित्र्याएर मनाइँदैछ ।

सनातन वैदिक हिन्दू धर्मावलम्बी वर्षभरि घरघरमा गरिने देवकार्य एवम् पितृकार्यका लागि आवश्यक पर्ने कुश आजै घरमा राखेर पूजा गर्ने गर्छन् । ब्राहृमणहरू शास्त्रोक्त विधिअनुसार कुश पूजा गरी छेदन गरेर जजमान कहाँ पुर्‍याउने गर्छन् ।

कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । वैदिक सनातन हिन्दू धर्मावलम्बी कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको स्वरूप मानी पूजा आजा गर्ने गर्छन् ।

कुशको पूजा आजा गरी छेदन गरेर घरघरमा भित्र्याइने दिन भएकाले वर्षभरिका १२ औंसीमध्ये आजको औंसीलाई कुशे औंसी भन्ने गरिएको हो ।

बुबाको मुख हेर्ने दिन पनि आजै

आजकै दिन छोराछोरीहरू आआफ्ना बाबुलाई मनपर्ने मिठाइ तथा भोजन गराई आदर सम्मान प्रकट गर्छन् । यसैकारण आजको दिनलाई ‘बाबुको मुख हेर्ने’ दिन र पितृ दिवससमेत भनिन्छ ।

आजका दिन बाबु नहुनेहरू भने काठमाडौँको उत्तरपूर्वी भेगस्थित वाग्मती, चन्द्रमती र सूर्यमती नदीका संगमस्थलस्थित गोकर्णेश्वर उत्तरगया पितृ तीर्थमा गई बाबुका नाममा तर्पण र श्राद्ध गरी सिदा दानसमेत गर्ने गर्छन् । रसुवाको वेत्रावतीमा समेत आज दिवङ्गत पिताका नाममा तर्पण, श्राद्ध र सिदा दान गर्ने गरिन्छ ।

पितृदेवो भवः भन्ने शास्त्रीय वचनअनुसार आजको दिनमा जीवित बाबुलाई मीठो मसिनो खान दिएर र दिवङ्गत पिताका नाममा तर्पण, श्राद्ध र सिदा दान गरेर खुसी पारेमा सुख मिल्ने धार्मिक विश्वास छ । गोकर्णमा आज मेलासमेत लाग्छ ।



source https://www.onlinekhabar.com/2022/08/1180812

आज मोती जयन्ती मनाइँदै

११ भदौ, काठमाडौं ।नेपाली साहित्यका विशिष्ट व्यक्तित्व मोतीराम भट्टको जयन्ती देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ ।

नेपाली गजल साहित्यका विशिष्ट व्यक्ति भट्टको विसं १९२३ सालको भाद्र कृष्ण औँसी (कुशे औँसी)का दिन जन्म भएकोले यस दिनलाई मोतीजयन्तीका रूपमा मनाइने गरिएको हो ।

श्रृङ्गार रसलाई केन्द्रविन्दुमा राखेर गजल साहित्यका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएका भट्टले कथा, नाटक र निबन्धसमेतको रचना गरेका थिए ।

३० वर्षकै अल्पायुमा विसं १९५३ सालको भाद्र कृष्ण औँसी (कुशे औँसी)कै दिन निधन भएका भट्टलाई माध्यमिककालीन नेपाली श्रृङ्गारिक साहित्यका प्रणेता पनि मानिन्छ ।

थोरै बाँचेर पनि नेपाली साहित्यमा अत्यन्तै धेरै योगदान दिएका भट्टले विसं १९४८ मा आदिकवि भानुभक्त आचार्यको जीवनचरित्र प्रकाशनमा ल्याएका थिए।



source https://www.onlinekhabar.com/2022/08/1180815

बदलियो पिताको भूमिका : पहिले कमान्डर, अहिले साथी

काठमाडौं । पिता, यो सम्बोधनमा हिजो जुन भाव प्रकट हुन्थ्यो, आज त्यस्तो छैन । पिता भन्नासाथ बालबच्चाको मनमा डर र श्रद्धा एकसाथ पैदा हुन्थ्यो । पिता घरका मूली हुन् । उनका आदेशलाई शिरोपर गर्नुपर्छ । यस्तै मनोविज्ञानमा हुर्कन्थे बालबच्चाहरु ।

त्यसैले पितालाई परिवारका संरक्षक भनी बुझ्थे । उनका सामुन्ने बालबच्चाहरु आज्ञाकारी हुन्थे । जसै पिता घरमा प्रवेश गर्थे, बालबच्चाहरु सजग हुन्थे । चुपचाप आ–आफ्नो कामधन्दामा लाग्थे । कोही हतार-हतार पढ्न बस्थे, कोही सरासर काम गर्न थाल्थे ।

तर आज स्थिति फेरिएको छ । पिता भन्नासाथ डर होइन, अरु बढी श्रद्धा, सुरक्षा र स्नेहको भाव पैदा हुन थालेको छ । जसै पिता घरमा प्रवेश गर्छन्, बालबच्चामा डर गायब हुन्छ । उनीहरु उमंगित हुन्छन् । पिताको बुई चढेर रमाइलो गर्न थाल्छन् । पिताको काँधमा बसेर खेल्न थाल्छन् । किनभने अब पिता बालबच्चाका लागि साथीको भूमिकामा रुपान्तरण भएका छन् ।

यो बदलिंदो पारिवारिक सम्बन्धको चित्रले के देखाउँछ भने अब पितृसत्ताको अवशेष क्रमशः हट्दैछ । घरमा पिताको हैकम भन्दा पनि हार्दिकता पोखिन थालेका छन् । आमासँगै सराबरी खाना पकाउन, भाँडावर्तन माझ्न, कुचो लगाउन थालेका छन् । अनि बालबच्चासँग बच्चा झैं बनेर खेल्न, बात मार्न र रमाइलो गर्न थालेका छन् ।

अहिले घरको आर्थिक बोझ पिताको काँधमा मात्र छैन । आमाबुवा सराबरी आयआर्जनको काममा लाग्न थालेका छन् । साथै, घरभित्रको काममा पनि उनीहरुको सहभागिता समान हुन थालेका छन् । यसले बच्चा र पिताबीचको घनिष्टता बढाइदिएको पारिवारिक परामर्शदाता बिपु श्रेष्ठ बताउँछिन् ।

त्यसो त सदियौंदेखि पिताले आफ्ना परिवार, बालबच्चाकै खातिर आफूलाई समर्पित गरे । उनीहरुले आफ्नो वर्तमान बालबच्चाको भविष्यका खातिर सुम्पिए । पिता त उही हुन्, तर आज उनको भूमिका बदलिएको छ ।

पहिलेको पिता र अहिलेको पिताको भूमिकामा धेरै परिवर्तन भएको मनोविद् विनोद पौडेल बताउँछन् । ‘पहिले बालबालिकाहरू पिता भन्ने बित्तिकै डराउने गर्थे । आफ्नो लागि केही कुरा पितासँग माग्नुपर्ने छ भने पनि आमाको सहयोग लिनुपर्ने हुन्थ्यो,’ उनी भन्छन्, ‘अहिले ठीक उल्टो भएको छ । पितासँग बालबच्चाहरु एकदमै सहज रुपमा प्रस्तुत हुन थालेका छन् ।’

विगतमा घर व्यवहारको सम्पूर्ण जिम्मेवारी बोकेर हिंड्थे पिता । रासनपानी जुटाउन, चाडपर्वको खर्च जोहो गर्न, बालबच्चाको पठनपाठन गराउन सबै काम पिताले गर्थे । उनीहरु घरभित्र भन्दा घरबाहिर बढी समय बिताउनुपर्ने हुन्थ्यो । यसैले बलबच्चासँग पिताको दुरी बढ्ने गथ्र्यो । साथै, बच्चालाई डर देखाएर, तर्साएर, पिटेर तह लाग्छ भन्ने मनोविज्ञान थियो । उनीहरु छोराछोरीका सामुन्ने कडा रुपमा प्रस्तुत हुन्थे । ‘यी थुप्रै कारणले बच्चाहरु पितासँग डराउँथे,’ मनोविद् पौडेल भन्छन्, ‘यो त्यसबेलाको बाध्यता पनि थियो ।’

अहिले घरको आर्थिक बोझ पिताको काँधमा मात्र छैन । आमाबुवा सराबरी आयआर्जनको काममा लाग्न थालेका छन् । साथै, घरभित्रको काममा पनि उनीहरुको सहभागिता समान हुन थालेका छन् । यसले बच्चा र पिताबीचको घनिष्टता बढाइदिएको पारिवारिक परामर्शदाता बिपु श्रेष्ठ बताउँछिन् ।

उनी भन्छिन्, ‘बुबासँग बढी झुम्मिने, आफ्नो कुरा राख्न सक्ने भएका छन् । तुलनात्मक रूपमा हेर्ने हो भने छोरा भन्दा पनि छोरी पिताको नजिक भएको आफ्नो कुरा सेयर गरेको देखिन्छ । यो एकदमै राम्रो पक्ष हो ।’

बच्चालाई गाली गर्ने, डर देखाउने नभई प्रेमपूर्वक व्यवहार गर्ने भएकाले पनि अहिलेका पिताहरु बालबच्चाका लागि साथी जस्तै भएका छन् । श्रेष्ठ भन्छिन्, ‘बालबालिकासँग भावनात्मक नाता पनि एकदमै राम्रो हुनुपर्छ भन्नेमा पिताहरूले जोड दिन थालेका छन् ।’

प्रेमिल पिता

बालबालिकासँग नजिक हुँदा उनीहरूसँग कुराकानी गर्दा धेरै पिताहरूले आफ्नो दिनभरिको थकान, तनाव भुल्ने गर्छन्, जसले गर्दा परिवारको माहोल राम्रो हुने पौडेल बताउँछन् । ‘बालबालिकासँग भावनात्मक रूपमा जोडिंदा बुबाहरू तनावबाट मुक्त हुन्छन् र विभिन्न मानसिक समस्याबाट पनि मुक्त हुन्छन् ।’

बालबालिकाको हरेक आवश्यकता पूरा गर्न पाए पिताहरू एकदमै खुसी हुन्छन् । बच्चाको अपेक्षा पुरा गर्नलाई पिताले हरेक समय प्रयत्न गरिरहेको हुन्छ । त्यो प्रयत्नले उसलाई शारीरिक र मानसिक रूपमा असर गरिरहेको कुरा पनि थाहा नपाउने उनी बताउँछन् ।

पौडेलका अनुसार बालबालिकासँग एकदमै धेरै नजिक भएर उनीहरूको हरेक आवश्यकता पूरा गर्ने इच्छा बोकेर सबै समय बालबालिकाको लागि मात्र खर्च गर्दा उनीहरूले आफ्नो लागि समय पाउँदैनन् । त्यसैले कतिपय अवस्थामा यहीं कुरालाई लिएर तनाव लिएर उनीहरूमा डिप्रेसन र एन्जाइटी जस्ता समस्या पनि देखिने सम्भावना हुन्छ । बच्चा, श्रीमती र परिवारको खुसीको लागि पिताले आफ्नो मानसिक तथा शारीरिक स्वास्थ्यलाई दाउमा राखेका हुन्छन् ।



source https://www.onlinekhabar.com/2022/08/1180721

Thursday, 25 August 2022

च्याम्पियन्स लिग ड्र : बार्सिलोना र बायर्न फेरि एकै समूहमा

१० भदौ, काठमाडौं । स्पानिस क्लब बार्सिलोना र जर्मन क्लब बायर्न म्युनिख यूईएफए च्याम्पियन्स लिगमा फेरि एकै समूहमा परेका छन् ।

च्याम्पियन्स लिग २०२२/२३ को लागि बिहीबार राति टर्कीकको इस्तानबुलमा भएको ड्र कार्यक्रममा बार्सिलोना र बायर्न एकै समूह सी मा परेका हुन् । यस समूहमा इन्टर मिलान र भिक्टोरिया प्लेजन पनि छन् ।

अघिल्लो सिजन पनि बायर्न र बार्सिलोना एक समूहमा परेका छन् । त्यस बेला बायर्न र बेनफिका समूह चरण पार गर्दा बार्सिलोना समूह चरणबाटै बाहिरिएको थियो ।

साविक विजेता रियल मड्रिड भने तुलानात्म करुपमा सहज समूहमा परेको छ । रियलसँगै आरबी लाइपजिग, साख्तर डोनेस्क र सेल्टिक समूह एफ मा छन् ।

यस्तै लिभरपुल, आयाक्स, नापोली र रेन्जर्स समूह ए मा छन् भने एट्लेटिको मड्रिड, पोर्टो, बायर लेभरकुजन र क्लब ब्रुग समूह बी मा छन् ।

एनट्राट फ्रांकफर्ट,टोटनहम हट्सपर , स्पोर्टिङ लिस्वन र मार्से समूह डी तथा एसी मिलान, चेल्सी, साल्जवर्ग र डिनामो जाग्रेब समूह इ मा छन् ।

म्यानचेष्टर सिटी, सेभिया, बोरुसिया डर्टमण्ड र एफसी कोपनहेगन समूह जी र पेरिस सेन्ट जर्मेन, युभेन्ट्स, बेनफिका र मकाइ हाइफा समूह एचमा छन् ।

यस सिजनको च्याम्पियन्स लिग फाइनल २०२३ जुन १० तारिखमा इस्तानबुलको अटाटुर्क ओलम्पिक स्टेडियममा हुनेछ ।



source https://www.onlinekhabar.com/2022/08/1180291

एमाले केन्द्रीय कमिटी बैठक बस्दै, ११ एजेन्डामा छलफल हुने

१० भदौ, काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक आज बस्दै छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजे बैठक बस्न लागेको हो ।

स्थानीय निर्वाचनपछि एमालेको केन्द्रीय कमिटी बैठक पहिलो पटक बस्न लागेको हो ।

आजको बैठकका लागि एमालेले ११ वटा कार्यसूची तय गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, केन्द्रीय कमिटी सदस्यहरुको शपथ र कार्यविभाजन, सचिवालयका निर्णय अनुमोदन, निर्वाचनमा उम्मेदवारको छनोट प्रक्रियाको मापदण्ड, स्थानीय निर्वाचन छानविन कमिटीको प्रतिवेदनलगायत पेश गर्ने कार्यसूची छ ।

यस्तै सदस्यता अभिलेख व्यवस्थापन, सल्लाहकार परिषद् र तीनै आयोगका प्रतिवेदन, भारत प्रवासको कामका सम्बन्धमा नियमावली, पार्टी कामसँग सम्बन्धित केही नियम निर्माण र समसामयिक प्रस्ताव रहेका छन् ।

यही भदौ ७ गते स्थायी र भदौ ९ गते पोलिटव्यूरो बैठक बसेको थियो ।  ती दुवै बैठकमा नेताहरूले पार्टी अध्यक्ष ओलीले केन्द्रीय कमिटीमा पेश गर्ने राजनीतिक प्रतिवेदनमाथि सुझाव दिएका थिए ।



source https://www.onlinekhabar.com/2022/08/1180288

अलविदा उत्सव ! मिस यु  !

प्रेम सम्बन्ध टुटेको केही महिना मात्र भएको थियो। प्रेममा हुँदा घण्टौं कुरा गरेर बसेका सम्झनाहरू मेरो बेड नजिकैको झ्यालले सम्झाउने गर्थ्यो। त्यसैले मलाई फ्ल्याट सर्नु र याद मेट्नु थियो ।

एकदशक लामो फ्ल्याटको पारिवारिक बसाइपछि मलाई एक्लै बस्न मन लाग्यो। फ्ल्याट सर्न मन लाग्यो। म फ्ल्याटको खोजीमा थिएँ। धेरै खोजें तर आफूले सोचे जस्तो पाइएन। असाध्यै मन परेको फ्ल्याट अफोर्ड गर्न सक्ने अवस्था थिएन। बल्ल बल्ल आफूले खोजे जस्तो एउटा त पाइयो तर एउटा सिंगो फ्ल्याटमा एक्लै बस्ने आँट आएन।

यसो सोचें, राम्रो फ्ल्याटमा बस्नुपर्ला। बरू एकजना फ्ल्याटमेट खोज्छु। बोल्ने साथी पनि हुन्छ, घरभाडा पनि आधा लाग्छ। म सिरियस भएरै फ्ल्याटमेट खोज्नतिर लागें।

हाम्रो बजार भन्ने एपबाट सात जना फ्ल्याटमेट खोजिरहेका साथीहरूको फोन नम्बर फ्ल्याटमेट १, फ्ल्याटमेट २ गरेर आठौं नम्बरसम्म सेभ गरें। फुर्सदको बेला आरामले कल गर्छु भन्ने लाग्यो ।

केही दिनपछि आफ्नो कामहरूबाट फुर्सद मिल्यो र पालैपालो सबै नम्बरहरूमा कल गरें। दुईवटा नम्बर उपलब्ध हुन सकेन। तेस्रो नम्बरमा कल गरें। एक जना दिदीले फोन उठाउनुभयो। शान्तिनगरमा उहाँको फ्ल्याट रहेछ। मैले हेरेको फ्ल्याटमा बस्न उहाँलाई अनुरोध गरें। तर उहाँले भन्नुभयो, ‘एक पटक म बसेको फ्ल्याट हेर्नुस्, मन परेन भने अरू खोजौंला।’

म फ्ल्याट हेर्न गएँ। त्यतिबेला बिहानको आठ बजेको थियो। गुगल लोकेसनबाट म त्यहाँ पुगें। दिदी पूजा गर्दै हुनुहुन्थ्यो। करिब आधा घण्टाको पूजा सकिएपछि उहाँले मलाई चिया बनाएर दिनुभयो। मैले दिदीलाई सोधें, ‘दिदी कतिबेरसम्म पूजा गर्नुहुन्छ तपाईं ?’

उहाँले भन्नुभयो, ‘आज अलिकति ढिलो भयो। त्यही भएर एक घण्टा मात्र गरें। नत्र हरेक दिन डेढ, दुई घण्टासम्म गर्छु। मलाई बिहानै घण्टी बजाएको आवाजले मेडिटेसन हुन्छ। पूजा नगरी त बस्नै सक्दिनँ।’

मलाई यति भन्ने बित्तिकै उहाँ मसँग बस्न सक्नुहुन्छ जस्तो लागेन। उहाँमा धार्मिक आस्था पनि बढी नै थियो। उहाँको कुराहरू सुन्दा उहाँ धेरै कुरामा मसँग कम्फर्ट हुनुहुन्नथ्यो। सँगै बस्यो भने बेकार पछि सम्बन्ध बिग्रिन्छ भनेर म त्यहाँबाट निस्किएँ।

चौथो नम्बरमा कल गर्दा एक जना पुरूष साथीले फोन उठाउनुभयो। ‘सरी ल। मैले त महिला सोचेकी पुरूष पो हुनुहुँदोरहेछ।’ यति भनेर फोन राखें। पाँचौं र छैटौंले फ्ल्याटमेट भेटिसक्नुभएको रहेछ ।

सातौं नम्बरमा कल गरें। सम्पर्क हुन सकेन। आठौं नम्बरवालाको कोठा अँध्यारो लाग्यो। मैले खोजेको फ्ल्याटबाट उहाँको अफिसलाई टाढा पर्ने रहेछ ।

एपबाट अरू नयाँ फ्ल्याटमेटको नम्बर खोज्दै कल गरें। कतिको फ्ल्याटमा गएर चिया खाइयो। कतिले कर गरेर खाना पनि खुवाउनुभयो। अझै पनि एकजना दिदीले सञ्चो–विसञ्चो सोध्न कल गरिरहनुहुन्छ। तर मेरो कम्फर्ट जोनभित्र बसिदिने फ्ल्याटमेट भेट्नै सकिनँ ।

मेरा नजिकै भएका साथीहरूलाई मसँग बस्न अनुरोध गरें तर केटीकेटी बस्दा झगडा हुन्छ भन्ने कुरा आयो। केटासँग बस्नु हुन्छ भन्ने मेन्टालिटीमा पुग्न सकेकी थिइनँ। त्यसपछि म थाकें। अनि यही पुरानै फ्ल्याटमा परिवारसँगै बस्छु भन्ने स्टेट अफ माइन्डमा पुगें। सबै नम्बरहरू डिलिट हानें।

करिब एक हप्तापछि एउटा नयाँ नम्बरबाट फोन आयो। हेलो भन्न नपाई कट्यो। सायद पैसा सकिएको हुँदो हो। केही क्षणपछि अर्को नम्बरबाट कल आयो। जुन फ्ल्याटमेट ७ थियो। फोन नलागेकोले फ्ल्याटमेट ७ मैले डिलिट नगरी राखेकी रहेछु।

‘तपाईंले कल गर्नुभएको थियो ? मेरोमा मिस्डकल मेसेज आएको रहेछ’, उसले सोध्यो।

‘हजुर, म फ्ल्याटमेटको खोजीमा थिएँ त्यहीबेला गरें होला। म अब बसिरहेको फ्ल्याटमा बस्ने मेन्टालिटीमा पुगिसकें। अरू कोही खोज्नुस् है ?’ यति भनेर फोन राखें।

म पुरूषसँग फ्ल्याट सेयर गरेर बस्ने कुरामा कन्भिन्स थिइनँ। तर केही समयपछि लाग्यो- आफू स्वतन्त्र भएर बाँच्न पाइन्छ।

मलाई लाग्यो- सामाजिक दृष्टिकोण पनि परिवर्तन गर्नु जरूरी छ। केटासँग फ्ल्याट शेयर गरेर बस्दैमा गलत नै हुन्छ भन्ने पनि त छैन भन्ने लाग्यो। बस्ने नै भइसकेपछि आफूले नजिकबाट चिनेको केही पुरूष साथीहरूलाई रिक्वेष्ट गर्नुपर्‍यो भन्दै मैले नजिकैको एक जना मिल्ने साथीलाई अनुरोध गरें। उसले नजिकै बस्दा सम्बन्ध बिग्रिन सक्छ भन्ने डरले बस्न मानेन।

एकपटक नचिनेको मान्छेसँग पनि कुरा गरौं न त। नचिनेको मान्छे चैं खराब हुन्छ भनेर सोच्नु पनि भएन। मैले फ्ल्याटमेट नम्बर ७ मा फोन लगाएँ।

फेरि उसको फोन सम्पर्क हुन सकेन। मनमा लाग्यो- यो मान्छे त शंकास्पद रहेछ। छिनको छिनमै फोन सम्पर्क हुन सकेन भन्छ।

फेरि एक घण्टा पछि फोन आयो। फ्ल्याटमेट नं. ७ बाट।

मैले फोन उठाउने बित्तिकै जिस्किंदै भने, ‘दाइ तपाईं मानव तस्कर त हैन नि? यताबाट फोन नलाग्ने। एकछिन पछि उताबाट चैं आउने। यस्तो नं. बोक्ने मान्छे शंकास्पद हुन्छन् भन्छन् नि !’
उताबाट जिस्किंदै अर्को जवाफ आयो, ‘मानव तस्करी हैन म्याम, मानव उद्धारकर्ता चैं हो, उद्धार गरिरहनुपर्ने भएर फोन धेरै आउँछ। त्यसैले ब्याट्री तातेर फोन अफ भएको हुन सक्छ।’

‘तपाईं त गफाडी हुनुहुँदोरहेछ दाइ। धेरै कुरा के गर्नु, तपाईंले फ्ल्याटमेट खोज्नु भा’को हो ?’
‘मैले खोजेको त हो तर तपाईं मसँग बस्नुहुन्छ र?’

‘कस्तो कुरा गर्नु भा’को दाइ, महिला पुरूष उस्तै हो के, जेण्डर मात्र फरक हो।’

एकदिन बिहानको ११ बजेतिर अर्सद भन्ने साथीको मेसेज आयो। ‘इष्टु अस्ति तिम्रो साथी उत्सव पोखरेल र म एउटै ट्रेनिङमा थियौं। आज ऊ चढेको जहाज हराएको छ। होप एभ्रिथिङ इज फाइन।’ उत्सव र मेरो कुरा नभएको करिब एक महिना जति भएको थियो। मैले उसको फोन ट्राइ गरें। घण्टी गयो तर उठेन। इन्टाग्राम खोलें। अघिल्लो दिनको स्टोरी पनि एक्स्पाएर भएको रहेनछ।

‘म पनि ठ्याक्कै त्यही सोच्छु तर हाम्रो सोसाइटीले स्वीकार्ला त?’ उसले मलाई घुमाउरो पाराले अस्वीकारको वाक्य बोले जस्तो लाग्यो। मनमा कताकता हो जस्तो पनि लाग्यो। तर हामीले सामाजिक दायरा अलि फराकिलो बनाउनुपर्छ भनेर सेल्फ मोटिभेट हुँदै मैले आत्मविश्वास प्रदर्शन गर्दै भनें, ‘ह्या दाइ, सोसाइटी भनेकै तपाईं र म हो बुझ्नुभयो। बरू भन्नु तपाईं के गर्नुहुन्छ ?’

‘म त आकाशको गाडी कुदाउँछु नानी।’

‘ए पाइलट साब, तपाईंको उमेर कति भयो ? खूब मलाई नानी भन्नुहुन्छ त ?’

‘कति बाठी रहिछौ तिमी, यही उमेर सोध्न पो फोन गरेकी हौ ?’

मैले ठट्टा गर्दै भनें, ‘पश्चिमको मान्छे भएर पूर्वको मान्छेसँग यसरी बोल्ने हैन है। पूर्वेलीलाई चिनेको छ?’

‘किन नचिन्नु। पूर्वेलीहरू एउटा शब्द सुन्ने बित्तिकै कुन दिशामा जन्मिएको मान्छे हो भनेर छुट्याउन सक्छन् रे’, उसले भन्यो।

‘सर अब धेरै लामो कुरा नगरौं। विषयवस्तुमा प्रवेश गरौं त। तपाईंलाई फ्ल्याटमेट चाहिएको हो कि हैन ?’

‘चाहिएको छ, पर्खेउ न त, म अहिले डोल्पामा छु। मौसमको कारणले फ्लाइट नउडेको तीन दिन भयो। आजै खुल्यो भने त एकछिनमै आइपुग्छु। तर मौसमको केही भर हुँदैन रै’छ। एक हप्ता यतै बस्न पनि सकिन्छ। म त महिनाको २,३ दिन मात्र हो कोठामा आउने।’

मलाई फ्ल्याटमेट पनि त्यस्तै भइदिए हुन्थ्यो जस्तो लागेको थियो। म धेरै कोलाहल नहुने, शान्त वातावरणमा बस्न रूचाउने खालको मान्छे।

केही दिनपछि उसले एउटा मेसेज गर्‍यो।

‘म अहिले लुक्लामा छु, मौसम राम्रो छैन। मौसम नखुलेसम्म कहिले आउने ठेगान हुँदैन। तिमीलाई फ्ल्याटमेट एकदमै जरूरी हो भने अरू खोज्दै गर्नु है।’

मैले ‘ओके’ भनेर मेसेज गरें। म फ्ल्याटमेट खोजेर थाकिसकेकी थिएँ। त्यसैले यो चिज छोडेर म आफ्नो कामतिर फोकस हुन थालें।

करिब एक महिनापछि फेरि एउटा नम्बरबाट फोन आयो।

‘हेलो को बोल्नुभएको ?’

‘पश्चिमको केटा क्या, म आज नेपालगञ्जबाट आएको। भोलि फर्किनुछ। तिम्रो समय के छ ?’

‘ए तपाईं पो हो।’

‘आज त म भेट्नै भ्याउँदिन। अति बिजी छु।’

म फ्ल्याट नसर्ने मेन्टालिटीमा पुगिसकेकी थिएँ। त्यसैले फ्रि हुँदाहुँदै पनि आज बिजी छु भनेर झुट बोलें।

‘तपाईं अरू कुन दिन फ्रि हुनुहुन्छ ?’ मैले सोधें।

‘खै यार, मेरो त भरै हुँदैन। आज यहाँ छु, भोलि कहाँ हुन्छु आफैंलाई थाहा हुँदैन।’

उसले ‘यार’ भनेर सम्बोधन गरेको मलाई खूब मन परेको थियो। वर्षौंदेखि चिने जस्तो। बच्चा बेलाको साथी जस्तो।

तर मैले मन नपरे जसरी गाली गरें, ‘नचिनेको मान्छेलाई यार भन्न अनुमति माग्नुपर्दैन ? ल ल भोलि के हुन्छ कल गर्नु।’ मैले फोन राखें।

भोलिपल्ट फेरि उही नम्बरबाट कल आयो।

‘तिम्रो नाम चैं के रे ? मैले सोध्नै बिर्सेछु।’

‘तपाईंलाई बिहानै मेरो नाम चैं किन चाहिएको ?’

‘सँगै बस्ने मान्छेको नाम पनि थाहा पाउन नहुने ?’

‘नाम मात्रै कि थर पनि ?’ मैले जिस्किंदै प्रतिप्रश्न गरें।

‘नाम मात्र भने हुन्छ। आजकल थरको कामै छैन।’

‘मलाई इष्टु भनेर चिन्छन्।’

‘थर पनि भन्दा भइहाल्यो नि!’ उसले जान्न नचाहेको जसरी जान्न खोज्यो।

‘अघिसम्म त थर जान्नु जरूरी छैन भन्दै हुनुहुन्थ्यो त’, मैले भनें।

‘मैले थर थाहा पाउँदा तिमीलाई गाह्रो हुन्छ हो ? त्यस्तो हो भने नभन’, उसले भन्यो।

मैले ‘कार्की’ भनें।

उसले केही सम्झिए जस्तो गरेर जिस्किंदै सिरियस प्रश्न गर्‍यो। ‘ला मैले त बिर्सेर तिमीलाई तिमी भनिहालें। यार भन्दा प्रब्लम हुने मान्छेलाई तिमी भन्न मिल्ला त ?’

मैले जवाफ दिन नपाउँदै आफू उड्ने बेला भएको जानकारी दिंदै फोन काट्यो।

केही दिनपछि उसको फेरि फोन आयो।

‘कार्की लुक्लाबाट म काठमाडौं फर्किन लागेको। आज हामी भेट्नुपर्छ है। तिम्रो समय के छ ?’

नौ बजे लोकन्थलीमा भेट्ने सहमतिसहित फोन राखियो।

कोटेश्वरबाट जाँदा लोकन्थली चोकको देब्रे साइडको एउटा ठूलो बिल्डिङमा उसले बोलायो।

म पुग्दा ऊ कालो चस्मा लगाएर खाना खाइरहेको थियो।

‘ओ कार्की ! वेलकम। म त फोहोरी छु है। नतर्सिउ नि! यो चस्मा देखाउन लगाएको नसोच्नु। घाम आँखामा आयो त्यसैले लगाएको।’

‘चस्माले तिमीलाई सुहाएको छ। तर तिमी फोहोरी छौ भन्ने कुरामा चैं म प्रिपियर नै थिएँ’, मैले भनें।

‘कसरी ?’

‘यस्तो बिजी मान्छे। भेट्नै गाह्रो। नुहाउन पनि भ्याउँदैनौ होला।’

‘मभन्दा बिजी तिमी छौ। तीन पटकसम्म भेट्ने कुरा गर्दा क्यान्सिल तिमीले गर्‍या हो। तर तिमी त सफा नै देखिएकी छौ। जेहोस् नुहाउने फुर्सद चैं निकाल्ने रहेछौ।’

ऊ जोडले हाँस्न थाल्यो।

उसको पञ्च दामी दियो। हामी पहिलो पटक भेटेका थियौं तर वर्षौं पहिले चिनेको जस्तो लागिरहेको थियो। मैले हाँसेर कुरा डाइभर्ट गर्दै भनें, ‘तिमीले खाना खाएको हेर्न बोलाएको कि ? फ्ल्याट हेर्न ?’

‘सँगै फ्ल्याटमा बस्ने साथीले कति खाँदो रहेछ भनेर जान्नु पनि जरूरी छ के। चामल किन्ने बेला कसले कति खान्छ भन्दै किन्नु पर्‍यो नि त’, उसले भन्यो।

यति सुनेपछि यो केटासँग मेरो दोस्ती खत्रा जम्छ जस्तो लागिसकेको थियो। उसले मलाई बेलाबेला ‘ब्रो’ भन्ने गर्थ्यो।

उसको केटा साथी जसरी ट्रिटमेन्ट गरेको मलाई खूब मन पर्थ्यो। मेरा केटा साथीहरू थुप्रै थिए तर यसरी ब्रो भन्ने ऊ पहिलो साथी थियो। फ्ल्याटमा पुग्ने बित्तिकै उसको दराजबाट युनिफर्म झिकेर देखायो र भन्यो- ‘मलाई यसको खूब माया लाग्छ।’

उसको फ्ल्याटमा सामान एकदमै कम थिए। सानो दुईवटा बेड। कपडाले बनेको दराज। सानो पढ्ने टेबल र मिलाएर राखेको किताबका थाकहरू। उसको कोठा साधारण, सुन्दर र सफा थियो।

विस्तारै उसका पाइलट पढ्न जाँदाका अनुभवहरू सुनायो। नेपालमा पाइलटहरूका जटिलता सुनायो। अनि एक्सले दिएको गिफ्ट पनि देखायो।

मलाई गिफ्ट मन पर्‍यो तर फ्ल्याट मन परेन भनेर जिस्किंदै मैले उसलाई अर्को फ्ल्याट खोजेर बस्नुपर्छ भनें। तर उसले तीन महिनाको घरभाडा एड्भान्स दिइसकेको रहेछ। तीन महिना पछि अन्तै फ्ल्याट खोजौं भन्दा पनि उसले मानिरहेको थिएन।

तिमीलाई एअरपोर्ट पुग्न पनि सजिलो हुन्छ भन्दै सिनामंगलमा फ्ल्याट खोजौं भनेर आग्रह गरें। उसले सब चिज कम्प्रोमाइज गर्छु तर पानी चैं सक्दिनँ भन्ने कुरा बतायो। बल्लबल्ल पानी भएको फ्ल्याट खोज्ने शर्तमा उसलाई कन्भिन्स गराएँ।

केही क्षणमा उसको साथीको भान्जा त्यहाँ आए। एकछिन उसँग कुरा गरेर हामी कफी खान निस्कियौं।

धेरैपटक समय निकालेर फ्ल्याट खोज्न गयौं पनि। कतै सोचे जस्तो फ्ल्याट पाइएन। एक ठाउँमा उसलाई मन परेको थियो, मलाई मन परेन।

मैले उसलाई आफू अलि चुज्जी भएको कुरा जानकारी दिएँ।

ऊ मसँग एकदमै कम्फर्ट थियो। ऊ केही समय हराउँथ्यो। हाम्रो कुरा कमै हुन्थ्यो। तर समय निस्किने बित्तिकै कल गर्थ्यो। एकले अर्कालाई उडाउँदा उडाउँदै फोन राख्थ्यौं।

एकदिन रातोपुलतिर फ्ल्याट खोज्दै गयौं। त्यहाँ एउटा एसएसपीको घरमा फ्ल्याट खाली छ भन्ने थाहा पायौं। र घर अगाडि पुगेर घण्टी बजायौं। गेट खुलेन।

‘घर हेर्दै राम्रो छ। मैले खोजेको फ्ल्याट यस्तै हो के। घरबेटी नभएको घरमा बस्नु पनि हुँदैन, घरै फोहोर हुन्छ। तिमी बसेको जस्तो।’

‘मेरो कोठा फोहोर थियो?’ उसले सोध्यो।

‘म आउँछु भनेर सफा गर्‍या हो, मलाई थाहा छ’, मैले जवाफ फर्काएँ र त्यो घरको घण्टी बजाइरहें।

उसले अब छोड्देउ भन्दै थियो। तर म नटेरेर ननस्टप घण्टी बजाइरहेकी थिएँ।

एकछिनमा घरबेटी बुढाले माथिबाट हामीलाई ठूलो स्वरले गाली गर्‍यो र भन्यो ‘के चोर जस्तो गेटमा ढुकेको। छैन फ्ल्याटस्ल्याट। यहाँबाट गइहाल्।’

म डराएँ र स्कुटर स्टाट गरें। ऊ स्कुटर पछाडि बसेर जोडले हाँस्न थाल्यो र मलाई जिस्काउँदै भन्यो, ‘तिमी के छौ रे इष्टु ? मैले बिर्से क्या। भन न के रे ? अँ याद आयो ‘चुज्जी’। तिमी चुज्जी छौ होइन ?’

‘अर्काको घरमा बस्नु छ। चुज्जी हुनुपर्‍यो।’

उसले फेरि भन्यो, ‘तर तिमीसँग मेरो ट्युनिङ मिल्ने रहेछ यार। म मेरो साथीहरूसँग तिमीलाई भेटाउँछु। अनि हामी घुम्न जानुपर्छ है। तिमीलाई घुम्न कत्तिको मन पर्छ ?’

मैले केही जवाफ दिइनँ। म नबोली स्कुटर चलाइरहें। उसलाई नराम्रो लागेछ क्या रे !
‘अब म छिट्टै राम्रो घर बनाउँछु। तिमीलाई भाडामा दिन्छु ल ?’

मैले आफ्नो मौनता तोड्दै भनें, ‘त्यो घरबेटीले गाली गर्‍यो भनेर चित्त नदुखाउ के ब्रो। बरू यो ‘लोकलमा जाऊँ। खाजा खाएर छुट्टिउँला।’ मलाई खान मन थिएन र पनि खाजा खायौं।
उसले मलाई नर्मल बनाउन जोकहरू सुनायो र भन्यो, ‘केही महिनापछि ट्रेनिङमा बाहिर जाँदैछु नि !’
‘ट्रेनिङमा जाँदा चैं आफैं प्लेन चलाएर जाने हो कि अरूले चलाको प्लेनमा ?’ मैले सोधें।

‘अरूले नि, इन्टरन्यासनल यत्तिकै चलाउन पाइँदैन’, उसले भन्यो। ‘ठिकै हो ठूलो प्लेन चलाउन त तिम्रो खुट्टा नि पुग्नु पर्‍यो नि! मेरो कम्मर कम्मर आउँछौ’ म जोडले हाँसें।

उसले हाँस्दै भन्यो, ‘ए त्यस्तो मेरो पनि पालो आउँछ पख। तिमीलाई त बडिसेमिङको केस हाल्दिम कि के हो ?’ भन्दै गर्लफ्रेन्डलाई फोन लगायो र सपिङ जाने कुरा जानकारी दियो।
हामी त्यहाँबाट छुट्टियौं।

उसले प्रायः प्लेनबाट आकाशको फोटो खिचेर आफ्नो स्टोरीमा राख्ने गर्थ्यो। हाम्रो एकअर्काको स्टोरीहरूमा रियाक्ट गर्ने बाहेक खासै कुरा हुँदैनथ्यो।

एकदिन बिहानको ११ बजेतिर अर्सद भन्ने साथीको मेसेज आयो।

‘इष्टु अस्ति तिम्रो साथी उत्सव पोखरेल र म एउटै ट्रेनिङमा थियौं। आज ऊ चढेको जहाज हराएको छ। होप एभ्रिथिङ इज फाइन।’

उत्सव र मेरो कुरा नभएको करिब एक महिना जति भएको थियो। मैले उसको फोन ट्राइ गरें। घण्टी गयो तर उठेन। इन्टाग्राम खोलें। अघिल्लो दिनको स्टोरी पनि एक्स्पाएर भएको रहेनछ।

‘उत्सव लुक्लातिरको मौसमको भर हुन्न नि ! अरू ठाउँमा चलाउन मिल्दैन?’ मैले यसो भन्दा ऊ भन्ने गर्थ्यो, ‘केही हुन्न। त्यो एक्सेप्नल केस मात्र हो। प्लेन हामीले चलाउने हैन क्या। आफैं चल्छ। यसो कन्ट्रोल मात्र गर्ने हो।’

ऊ आफ्नो काममा यति कन्फिडेन्ट थियो कि मलाई प्लेन हराए पनि भेटिइहाल्छ नि भन्ने लाग्यो। मैले प्लेन हराएको कुरालाई प्रायोटाइज नै गरिनँ।

म आफ्नो काममा व्यस्त भएँ। काम सकेर केही समयपछि उत्सवको फोन ट्राइ गरें। फोन अफ भएको रहेछ। फेसबुक खोलें। प्लेन हराएदेखि क्र्यास भएसम्मका समाचारहरू मेरो वालमा आइरहेका थिए। मलाई पत्याउन गाह्रो भइरहेको थियो। त्यो रात समाचारहरू पढेर निदाउन सकिनँ। तर पनि फर्किन्छ कि जस्तो लागिरह्यो। तर सपिङमा जानुछ भनेर हिंडेको मेरो साथी आजसम्म पनि फर्केर आएन।

अलविदा उत्सव ! मिस यु  !



source https://www.onlinekhabar.com/2022/08/1180277

सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक बस्दै

१० भदौ, काठमाडौं । सत्ता गठबन्धनले गठन गरेको सिट बाँडफाँट कार्यदलको बैठक आज पनि बस्दै छ ।

बैठक आज अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दैछ ।

बिहीबार कार्यदलसहित शीर्ष दलका नेताहरूको बैठकमा आ-आफ्नै दाबी प्रस्तुत भएपछि सिट बाँडफाँट टुङ्ग्याउन आज बैठक बस्न लागेको हो ।

उक्त बैठकमा नेपाली कांग्रेसले १००, माओवादी केन्द्रले ६०, एकीकृत समाजवादीले ४०, जनता समाजवादीले ३२, राष्ट्रिय जनमोर्चा पार्टीले ३ सिटको दाबी पेस गरेका थिए ।

कांग्रेसमा भने सिटका विषयमा सबै नेताहरूको एउटै मत छैन । महामन्त्री गगन थापाले १०० सिटबाट तल नझर्ने अडान लिएका छन् भने पार्टी सभापति शेरबहादुर देउवाले भने लचकता देखाएका छन् ।

१६५ सिटमा दलको दाबी २३५ पुगेपछि सिट बाँडफाँटमा सकस भएको छ ।



source https://www.onlinekhabar.com/2022/08/1180271

बालेनको ‘एक्सन’ले पोखराका मेयरलाई दबाब

१० भदौ, पोखरा । पोखराको व्यस्त बजार क्षेत्र चिप्लेढुंगा चोकमै छ, सेलवेज टावरको अन्डरग्राउन्डसहितको अग्लो भवन ।

टावरले महानगरबाट अन्डरग्राउन्डलाई पार्किङका लागि नक्सा पास लिएको छ तर अहिले त्यहाँ पसलहरू सञ्चालन छन् ।

सेलवेज टावरमात्रै होइन, पोखराकै न्युरोड, नयाँबजार, महेन्द्रपुल क्षेत्रका हाराती, बतास, सीता, रामकृष्णलगायत झन्डै २ दर्जन बढी व्यापारिक भवनका अन्डरग्राउन्ड छ तर, प्रयोजनविपरीत प्रयोग भइरहेका छन् । ती अन्डरग्राउन्डमा कुनैमा दोहोरी साँझ सञ्चालनमा छन् भने कुनैमा सवारीसाधन वर्कसपदेखि लिएर सुपरमार्केटसम्म ।

बढ्दो सवारीसाधन प्रयोगकर्तासँगै अहिले पोखरा महानगरमा पार्किङ मुख्य समस्याका रुपमा देखा परिरहेको छ । खुला तथा सार्वजनिक ठाउँ अभावका कारण महानगरले सडकलाई नै ठेक्का दिएर शुल्क असुलिरहेको छ ।

पार्किङलाई व्यवस्थित गर्न भवन आचारसंहिताले अन्डरग्राउन्ड पार्किङ प्रयोजनकै लागि प्रयोग गरिनुपर्ने व्यवस्था गरेको छ ।

तर, घरधनीले उक्त प्रयोजनकै लागि नक्सा पास लिए पनि पोखरा महानगरमा अधिकांश भवनले नियमविपरीत व्यापारिक प्रयोजन गरिरहेका छन् । जसले गर्दा सवारी धनीले हैरानी खेप्नु परेको त छ नै, शुल्क तिरेरै भए पनि पार्किङ गर्न पाउँदैनन् ।

अन्डरग्राउन्डसहितको भवन बनाएका घरधनीलाई व्यापारिक नभई पार्किङ प्रयोजनका लागि प्रयोग गर्ने प्रेरित गर्न महानगरले २ वर्षअगाडि नै राजश्व छुटको व्यवस्था गरेको थियो । जसमा उनीहरुले तिरिरहेको राजश्वमा ५० प्रतिशतसम्म छुट दिने व्यवस्था गरेको छ । तर, फितलो अगुगमन र नीतिका कारण कार्यान्वयनमा भने आएको छैन ।

महानगरले आर्थिक वर्ष ०७६/७७ देखि अन्डरग्राउन्ड बन्ने भवनलाई एकतला एक तला बराबरको राजश्व छुटको सुविधासमेत ल्याएको थियो ।

महानगरका कर्मचारीका अनुसार अन्डरग्राउन्डसहितका नयाँ-पुराना सबै भवनले भने महानगरदेखि राजश्व छुट सुविधा लिन्छन् ।

तर, जुन प्रयोजनका लागि उनीहरुले राजश्व छुट लिएका हुन्, त्यो पालना नगरी प्रयोजनविपरीत व्यापारिक प्रयोग गरिरहेका छन् । महानगरले पटकपटक सूचना जारी गरेर प्रयोजनानुसार नै अन्डरग्राउन्ड प्रयोग गर्न सूचना पनि दिँदै आएको छ । तर, कार्यान्वयनमा भने आउन सकेको छैन ।

महानगरले एक महिना अगाडि मात्रै एक महिनाको समय दिएर अन्डरग्राउन्डको व्यापारिक संरचना हटाउन सम्बन्धित घरधनीलाई पत्राचार गरेको थियो । तर, घरधनीले अटेर गरेपनि पुनः तीन दिन अगाडि पत्राचार गरेको छ ।

पोखरा महानगरका वरिष्ठ इन्जिनियर सुरेन्द्र पौडेलका अनुसार पोखरामा करिब २५० वटा अन्डरग्राउन्डसहितका भवन छन् । तर, त्यसमध्ये करिब ६० वटा भवनले मात्रै प्रयोजनअनुरुप अन्डरग्राउन्डलाई पार्किङका रुपमा प्रयोग गर्दै आएका छन् ।

‘अन्डरग्राउन्डसहित बनेका भवनमध्ये लेकसाइड क्षेत्रमा सबैभन्दा बढी जेको लागि बनाइएको हो, त्यसकै लागि (पार्किङ) प्रयोग गरिरहेका छन्,’ पौडेलले भने, ‘त्यहाँ धेरै होटल, रेस्टुरेन्ट भएकाले स्वभाविक पनि हो ।’

तर, लेकसाइड क्षेत्रबाहेक पोखराको मुख्य बजार क्षेत्र मानिने पोखरा वडा नम्बर ४, ८, ६ र १२ का ठाउँमा भने अन्डरग्राउन्ड व्यापारिक रुपमा प्रयोग हुँदै आएको छ । ‘दुई वर्षअघिबाटै हामीले अन्डरग्राउन्डलाई पार्किङकै लागि प्रयोग गर्नेहरुलाई राजश्व छुटको पनि व्यवस्था गरेका छौैं,’ उनले भने, ‘तर, कोर एरिया न्युरोड, महेन्द्रपुल, चिप्लेढुंगा क्षेत्रमा धेरैले मानेका छैनन् ।’

काठमाडौंमा बालेनको ‘एक्सन’ले पोखराका मेयरलाई प्रश्नैप्रश्न

काठमाडौं महानगर मेयर बालेन्द्र साह (बालेन)ले अन्डरग्राउन्डमा प्रयोजनविपरीत बनेका व्यावसायिक र अवैध संरचना धमाधम हटाउन थालेपछि चर्चामा छन् । तर, यही समस्या पोखरा महानगरमा पनि छ ।

मेयर बालेन्द्रले काठमाडौंमा भवनको अन्डरग्राउन्डमा प्रयोजनविपरीतका संरचना धमाधम भत्काउन थालेपछि पोखरेलीले पनि प्रश्न सोध्न थालेका छन्, ‘पोखरामा कहिले सुरु हुन्छ ?’

पोखराका वातावरणविद् अनिल सुवेदीले पोखराको अन्डरग्राउन्डसहितको भवनमा पार्किङको व्यवस्था कहिले गर्ने भन्दै पोखराका मेयरलाई प्रश्न गरेका छन् । काठमाडौंका मेयर बालेन्द्र ‘एक्सन’मा उत्रिएपछि पोखरा मेयर आचार्यमाथि पनि दबाब सिर्जना भएको छ ।

‘काठमाडौंका मेयर बालेन्द्रजीले जस्तै पोखरा महानगरभित्र बनेका अवैध भौतिक संरचना, बाटो मिचिएका स्थानहरुको व्यवस्था, अन्डरग्राउन्ड स्पेस भएका भवनमा पार्किङको व्यवस्था आदि विषयमा काननुबमोजिम हाम्रा मेयर सा’बसहितका टिम कहिले आफ्नै पोखरेली स्टाइलमा उत्रिनुहन्छ होला ?’ उनले प्रश्न गरेका छन् ।

पोखराका बद्रीनाथ घिमिरेले काठमाडौंका मेयर बालेन्द्रको काम गर्ने ‘स्प्रिट’ देखेर पोखराका मेयरलाई पनि जाग्नुपर्ने बताएका छन् । उनले भनेका छन्, ‘बालेन्द्रको स्प्रिट देखेर पोखरका मेयरलाई लाज लाग्नुपर्ने हो,’ उनले भनेका छन् ।

नागरिक समाजका अगुवा रामबहादुर पौडेलले पोखराका मेयर पनि आँट गर्नुपर्ने बताएका छन् । ‘काठमाडौंका मेयरले झैं सडक किनारमा निर्मित अवैध संरचना भत्काउन अभियान थाल्ने हो भने पोखरालाई अवश्य व्यवस्थित बनाउन सकिन्छ,’ उनले भने, ‘पोखराका मेयरले आँटेको खण्डमा हामी साथ दिन तयार छौं ।’ यस्ता थुप्रै प्रश्न मेयर धनराज आचार्यमाथि सामाजिक सञ्जालमार्फत गरिरहेका छन् ।

‘एक महिनाअघि पत्र पठायौं, फेरि पठाउँछौं अटेरीलाई कारबाही गर्छौं’

पोखरा महानगर मेयर धनराज आचार्यले अन्डरप्राउन्डलाई पार्किङ प्रयोजनका लागि मात्रै प्रयोग गर्न र त्यहाँ खडा गरिएका व्यापारिक संरचना हटाउन एक महिनाअगाडि नै चिठी पठाएको तर, घरधनीले अटेर गरेको बताएका छन् ।

‘पोखरामा जति पनि पार्किङ प्रयोजनका लागि बनेका अन्डरग्राउन्ड भवन छन् । उहाँहरुलाई एक महिनाभित्र खाली गर्नुहोला भनेर चिठी पठायौं’ मेयर आचार्यले अनलाइनखबरसँग भने, ‘अहिले त्यहाँ वसलहरु चलेकाले उहाँहरुलाई समय दिनैपर्‍यो, सार्नुपनि पर्‍यो । त्यसलाई हामीले फेरि पत्राचार गरेका छौं । त्यो छिट्टै खाली हुन्छ ।’

आचार्यले फेरि ३५ दिने सूचना जारी गर्ने र अटेरी गरेकोे खण्डमा कारवाही गरिने चेतावनी दिएका छन् । अन्डरग्राउन्डको व्यापारिक संरचना प्रयोजनअनुरुप प्रयोग गर्न समेत उनले सुझाएका छन् ।

‘अन्डरग्राउन्ड खाली गरिसकेपछि उहाँहरुले जे प्रयोजनका लागि बनाउनु भएको हो, त्यसैका निम्ति प्रयोग गर्नुपर्छ । पेइङ पार्किङ गर्ने कि पर्सनल पार्किङ गर्ने, उहाँहरुको इच्छा हो,’ मेयर आचार्यले भने, ‘त्यहाँ पुगेर पब्लिकले गर्ने होइन । तर, त्यो पार्किङ प्रयोजनलाई प्रयोग हुनुपर्‍यो ।’



source https://www.onlinekhabar.com/2022/08/1180267

Wednesday, 24 August 2022

काठमाडौं महानगरले कोटेश्वरका टहरा हटाउँदै

९ भदौ, काठमाडौं । काठमाडौको कोटेश्वर प्रहरी चौकीबाट उत्तर तर्फ जाने बाटोमा बनाइएको ट्रस्ट हटाइने भएको छ ।

आज बिहीबार बिहान ट्रस्टको सामान हटाउन त्यहाँका व्यवसायी र स्थानीयलाई जानकारी गराइसकेको छ ।

दिउँसोसम्म न हटाए महानगर आफैले हटाउने महानगर प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिए ।

उनले आज दिउँसो नै ट्रस्ट भत्काउने उनले बताए । नक्सा पास बिना सडक नै ढाकेर ट्रस्ट बनाएकोले भत्काउन लागेको पाण्डेले बताए ।

यसअघि महानगरपालिकाले नयाँ बानेश्वर क्षेत्रका अन्डरग्राउन्ड पार्किमा सञ्चालित पसलहरु, काठमाडौं मल, आरबी कम्पलेक्स, रञ्जना गल्लीलगायत क्षेत्रका अनधीकृत संरचना हटाएको थियो ।



source https://www.onlinekhabar.com/2022/08/1179660

अग्निपथ योजनामा नेपाली युवा भर्ती नगर्न भारतलाई नेपालको आग्रह

९ भदौ, काठमाडौं । भारतीय सेनाको ‘अग्निपथ’ योजनामा नेपाली युवा भर्ती नगर्न नेपाल सरकारले भारतलाई आग्रह गरेको छ ।

परराष्ट्रमन्त्री डा. नारायण खड्काले नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवलाई मन्त्रालयमा बोलाएर नेपाली युवा भर्ती गर्ने योजना स्थगित गर्न आग्रह गरेका हुन् ।

भारतमै विवादित बनेको अग्निपथ योजनाबारे नेपालका सबै दलको एकीकृत धारणा बनाउनुपर्ने भन्दै मन्त्री खड्काले त्यतिन्जेल भर्ती रोक्न आग्रह गरेका थिए । मन्त्रालय स्रोतका अनुसार मन्त्री खड्काले बुधबार राजदूत श्रीवास्तवलाई मन्त्रालयमै बोलाएर भर्ती रोक्न भनेका थिए ।

अग्निपथ योजना अन्तर्गत नेपाली युवालाई भर्ती गर्न भारतीय सेनाले बिहीबार रुपन्देहीको बुटवलमा र भदौ १६ गते धरानमा प्रारम्भिक छनौट प्रक्रिया सुरु गर्ने योजना सार्वजनिक भएको थियो ।

के हो अग्निपथ योजना ?

भारतीय रक्षा मन्त्री राजनाथ सिंहले सन् २०२२ को जुन महिनामा अग्निपथ योजना सार्वजनिक गरेका थिए ।

यस योजना अन्तर्गत भारतीय सैनिकमा १७ देखि २३ वर्ष उमेर समूहका युवालाई चार वर्षका लागि भर्ना गरिने छ । सेनामा भर्ती भएकाहरुलाई ‘अग्निवीर’ भनिने छ ।

भर्ती भएकाहरुलाई पहिलो वर्ष ४ लाख ७६ हजार भारु दिइने छ । यो चौथो वर्षसम्म बढेर ६ लाख ९२ हजार रुपैयाँसम्म पुग्ने छ । यसको अतिरिक्त जोखिम भत्ता पनि दिइने छ ।

चार वर्षपछि २५ प्रतिशत सेनामा स्थायी जागिरे हुनेछन् भने ७५ प्रतिशतको जागिर समाप्त हुने छ । चार वर्ष सेवा अवधि पूरा गरेर घर फर्किनेहरुलाई ११ लाख ७ हजार भारु उपदान पनि दिइने छ । यसमा कर लाग्ने छैन ।

विरोध

चार वर्ष सेवा गरेपछि फेरि बेरोजगार हुने र यसबाट भविष्य बिग्रिने भन्दै युवाहरुले भारतमा विरोध प्रदर्शन गरेका थिए । खासगरी उत्तर प्रदेश, बिहार, तेलंगना लगायत राज्यमा भएका प्रदर्शनले हिंसात्मक रुप लिएका थिए । कतिपय पूर्व सैनिक अधिकारीहरुले पनि यो योजनाले राष्ट्रिय सुरक्षामा असर पर्न सक्ने भन्दै विरोध गरेका समाचार सार्वजनिक भएका थिए ।

बीबीसीका अनुसार करिब १४ लाख जवान काम गर्ने भारतीय सेना भारतको एउटा मुख्य रोजगारदाता समेत हो जसका लागि बर्सेनि दशौं लाखले आवेदन दिन्छन् । बर्सेनि झण्डै ६० हजार जना सैनिक सेवानिवृत्त हुन्छन् । ती स्थान पूर्ति गर्न भर्ती योजनाहरू सञ्चालन गरिन्छ ।

भारतीय सेनामा भर्ती गर्न नेपालमा पनि भर्ती केन्द्रहरु खुल्ने गरेका छन् । भारतीय सेनामा भर्ती भएका नेपालीहरु गोर्खा सैनिकको रुपमा चर्चित छन् । अग्निपथ योजनामा चार वर्ष सेवा गरेर नेपाली युवाहरु बेरोजगार भएमा उनीहरुलाई के गर्ने भन्नेबारे नेपाल सरकारको धारणा बनेको छैन ।



source https://www.onlinekhabar.com/2022/08/1179650

पुरातात्विक महत्वको दूर्गाको मूर्ति अमेरिकाबाट नेपाल फर्काइँदै

९ भदौ, काठमाडौं । पुरातात्विक महत्वको दूर्गाको एक मूर्ति अमेरिकाबाट नेपाल फर्काइने भएको छ ।

म्यानहटन जिल्ला सरकारी वकिलको कार्यालयमा विशेष समारोह आयोजना गरी दूर्गाको १३.२५ इन्चको उक्त मूर्ति न्यूयोर्कस्थित नेपालको महावाणिज्य दूतावासका अधिकारीलाई हस्तान्तरण गरिसकिएको छ । समारोहमा म्यानहटन जिल्ला न्यायाधिवक्ता एल्भिन एल ब्रागले कार्यवाहक महावाणिज्यदूत विष्णु गौतमलाई मूर्ति हस्तान्तरण गरे ।

१४ औंदेखि १८ औं शताब्दी पुरानो अनुमान गरिएको उक्त मूर्ति १९६० मा काठमाडौं उपत्यकाबाट हराएको थियो । उक्त मूर्तिलाई सन् २०२२ को मार्चमा एक निजी घरमा लिलामीमा राखेको पाइएको थियो । त्यसको मूल्य करिब १२ हजार अमेरिकी डलर तोकिएको थियो ।

महावाणिज्य दूतावास, म्यानहटन जिल्ला महान्यायाधिवक्ताको कार्यालय, अमेरिकाको होमल्याण्ड सेक्युरिटी अनुसन्धान विभाग र नेपालको पुरातत्व विभागले यसको पुनः प्राप्तीमा सहयोग गरेका थिए ।



source https://www.onlinekhabar.com/2022/08/1179641

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More