रासायनिक विषादी कृषिमा कीराहरू र रोगहरुको व्यवस्थापनका लागि विश्वव्यापी अभ्यासका रूपमा प्रयोग गरिन्छ र नेपालमा पनि यसको प्रयोग हुनु कुनै अपवाद होइन ।
सन् १९३९ मा पउल मुलरले डाईक्लोरो डाईफेनिल ट्राइक्लोरोइथेन (डी.डी.टी) को आविष्कार गरेपछि, विश्वव्यापी रूपमा रासायनिक कीटनाशक विषादीको प्रयोग बढ्यो । नेपालमा रासायनिक विषादी प्रयोगको इतिहास सन् १९५० को दशकमा मलेरिया रोग सार्ने लामखुट्टेको नियन्त्रणका लागि डी.डी.टीको प्रयोगबाट सुरू भयो । त्यस बेलादेखि नै नेपालले रासायनिक विषादीलाई कीट नियन्त्रणको माध्यमका रूपमा उपयोग गर्न जोड दिइरहेको छ, जुन देशको विभिन्न कृषिगत नीतिहरुले राम्रोसँग समर्थन गर्दछ ।
नेपालमा लामो समयअवधि भएका रासायनिक विषादीहरुको प्रयोग बढ्दै जानु र प्रयोगकर्ताले कुनै पनि व्यक्तिगत सुरक्षात्मक उपकरण (पीपीई) बिनानै विषादी प्रयोगगर्नु चिन्ताको विषयको रुपमा रहिरहेको छ, जसले गर्दा मानव स्वास्थ्य सँगसगै माटो, पानी र वातावरणमा पनि बिभिन्न हानिकारक प्रभाव निम्त्याइरहेको छ ।
नेपालमा रासायनिक विषादी प्रयोगको अवस्था
नेपालमा करिब ३०३५ वटा व्यापारिक नाम भएका पंजीकृत रासायनिक विषादीहरु छन् र उनीहरूको सामान्य नाममा रहेका पंजीकृत रासायनिक विषादीहरु १७० वटा रहेका छन् । व्यापारिक नाममा पाइने रासायनिक विषादीहरुको प्रयोग दिनदिनै बढ्दै गइरहेको छ । आर्थिक वर्ष सन् २०१३/१४ देखि सन् २०१७/१८ हेर्दा ५५ करोड मूल्य बराबर आयात गरिएको विषादी ४० प्रतिषतले बढेर ८४ करोड मूल्य बराबर पुगेको छ ।
तुलनात्मक रुपमा हेर्दा अन्य धेरै देशहरूको बिचमा नेपालमा रासायनिक विषादीको प्रयोग निकै कम छ । बाली संरक्षण निर्देशनालयले सन् २०१५मा गरेको सर्वेक्षणका आधारमा नेपालमा विषादीको प्रयोग ३९४ ग्राम/हेक्टर (क्रियाशील तत्व) रहेको देखाएको थियो, जुन विकसित मुलुकजस्तै जापान (१०.८ के.जी/हेक्टर) र संयुक्त राज्य अमेरिका (१.५ के.जी/हेक्टर) देशहरूको तुलनामा धेरै कम छ । यसको मतलब यो होइन कि नेपालले रासायनिक विषादीको प्रयोगमा सुरक्षित छ ।
व्यवसायिक तरकारी उब्जाउने क्षेत्रहरूले राष्ट्रिय औसत भन्दा बढी रासायनिक विषादीको प्रयोग गरिएको देखिएको छ । सन् २०१४ मा पोखरेलद्वारा गरिएको एक अध्ययनमा नेपालमा विभिन्न तरकारीमा विषादीको प्रयोग एकदमै डरलाग्दो अवस्थामा रहेको देखिएको थियो ।
अध्ययनमा सबैभन्दा बढी क्रमशः भन्टा (१६ के.जी/हेक्टर), भिँडे खुर्सानी (१२ के.जी/हेक्टर), गोलभेंडा (९ के.जी/हेक्टर) र भिन्डी (७ के.जी/हेक्टर) क्रियाशील तत्व पाइएको थियो ।
रासायनिक विषादी प्रयोग घटाउन नेपालले अपनाएको रणनीति
विशेष गरी १९७० को दशकमा विभिन्न सरकारी संस्थाहरू जस्तै कपास विकास समिति, सरकारी कृषि फार्म र अनुसन्धान केन्ऽहरू, कृषि सामाग्री कम्पनी लि., जिल्ला कृषि विकास कार्यालय र फ्रन्टलाइन विस्तारमा कृषिकर्मीहरूले नेपालमा रासायनिक विषादीे प्रयोगलाई प्रोत्साहित गरे । तर, पछि सन् १९९६ मा जब धानमा खैरे फड्केको प्रकोप देखा पर्यो र उच्च आर्थिक क्षति भयो, तब नेपाल सरकारले एकीकृत शत्रुजीव व्यवस्थापन (आई.पी.एम्) मा जोड दिन थाल्यो । आई.पी.एम यस्तो एक प्रवर्द्धन हो जहाँ किसान क्षेत्र विद्यालय (एफ.एफ.एस्) लाई प्रोत्साहित गरिन्छ र बिरूवामा आधारित वानस्पितिक विषादी तयार गर्न सिकाइन्छ । वानस्पितिक विषादी तयार गर्दा चाहिने विभिन्न वनस्पतीहरुकोे असहज उपलबध्ता र एग्रोमा समेत यसको उपलब्धता नहुने हँदा रासायनिक विषादीसँग तुलना गर्दा यसको मात्राको हिसाबले नगण्य हुन्छ ।
नेपाल बासेल, रोटरडम र स्टकहोम सम्मेलनको हस्ताक्षरकर्ता भएकोले खतरनाक विषादी नाश र प्रतिबन्ध गर्न बाध्यता आएको छ र नेपालमा २१ वटा प्रतिबन्धित विषादीहरु छन्, जसमध्ये ५ वटा हालसालै प्रतिबन्ध लगाइएको छ । त्यस्तै, जिवनाशक विषादी ऐन (सन् १९९१), र जीवनाशक विषादी नियमावली (सन् १९९३), लाई नेपालमा विषादीको सुनिश्चित प्रयोग र सुरक्षित व्यवस्थापन गर्नका लागि प्रस्ताव गरिएको छ । यस्तै उपभोक्ता संरक्षण ऐन (सन् १९९८) जारी गरिएको थियो तर यसले पनि विषादी मुक्त कृषि उत्पादनहरू सुनिश्चित गर्दैन ।
अहिले नेपाल सरकारले नेपालका प्रमुख बजारमा विषादी मापन केन्द्र, द्रुत अवशेष प्रयोगशाला (आरबीपीआर) प्रविधि प्रयोग गरेर तरकारी र फलफूलमा विषादीको अवशेष विश्लेषण गरि किसानहरूलाइ विषादीको सुरक्षित र व्यवस्थित प्रयोग गर्नैपर्ने अवस्था सिर्जना गरेको छ ।
अन्तर र भविष्यका दिशाहरू
एकीकृत शत्रुजिव व्यवस्थापन लगभग दुई दशकदेखि रासायनिक विषादीको प्रयोग घटाउनका लागि नेपाल सरकारले अपनाएको दृढ दृष्टिकोण हो । तर र्आ.पी.एम मार्फत कृषकहरुलाई तालिम दिनु मात्रै रासायनिक विषादीको न्यूनीकरण गर्ने एक समाधान मात्र होइन । नेपालमा रासायनिक विषादीको न्यूनीकरणका लागि आईपीएम तालिममात्र दिने गरिएको छ ।
विषादी प्रयोग घटाउनका लागि पक्कै पनि बिभिन्न क्षेत्रको एकीकरणको आवश्यकता छ । पहिलो गर्नैपर्ने कार्य, भरपर्दो र प्रभावकारी सूक्ष्मजीव वा जैविक विषादीको अनुपलब्धता नै हो । किनभने आई.पी.एमको एउटा प्रमुख चिन्ता भनेको प्रभावकारी वानस्पतिक र जैविक विषादीको अभाव हो । यही कारणले, किसानहरू आई.पी.एम् र जैविक विषादी व्यवस्थापनको अभ्यास प्रयोग गर्न अनिच्छुक छन् ।
यससँगसँगै एकातर्फ नेपाल कृषि अनुसन्धान परिषद (नार्क), नेपाल विज्ञान र प्रविधि एकेडेमी जस्ता सरकारी निकायहरूले पनि रोग, कीराहरुको व्यवस्थापनको विकल्पको रूपमा प्रभावकारी र पर्यावरणमैत्री उपकरण र टेक्नोलोजी विकास गर्न थप अनुसन्धान गर्नुपर्छ भने अर्काेतर्फ उपभोक्ताहरु माझ जागरूकता बढाउनु अर्को रणनीति हुनुपर्दछ, किनभने उपभोक्ताहरू परिवर्तनका लागि प्रमुख चालक हुन् । उनीहरूको दिमागमा अझै पनि आकर्षक, रोग र कीटनाशक मुक्त उत्पादनहरूको खोजीमा अभ्यसत छन् ।
उपभोक्ताहरूलाई सझक र जागरूक गराउन सडक नाटक साथसाथै विभिन्न इलेक्ट्रोनिक, सामाजिक र पि्रन्ट मिडिया मार्फत उपभोक्ताहरू माझ जनचेतनाको अभिवृद्धिमा जोड दिइनु पर्दछ । यसका साथै स्वास्थ्यकर्मीहरू, स्कूल शिक्षकहरू, महिला सामुदायिक स्वास्थ्य स्वयंसेवक सहित प्रमुख सरोकारवालाहरूको संलग्नतालाई प्रोत्साहित गर्नु पर्दछ । बालि शिबिरको प्रवर्धन मार्फत व्यावसायिक खेती क्षेत्रहरूमा देखीएका समस्याको कारण पहिचान गरी, प्रभावकारी उपायहरूको प्रयोग र सहज उपलब्धतामा विषेश ध्यान दिनु जरुरी देखिन्छ ।
विकेन्द्रीकरण र नयाँ संरचनामा आधारित विभिन्न कृषि सेवाहरुमा पर्याप्त मानव संसाधन र सुविधाको माध्यमबाट रासायनिक कीटनाशकहरूको प्रयोग नियमन गर्नु पनि आवश्यक देखिन्छ । व्यवसायिक खेती र तरकारी उत्पादन गर्ने कृषकहरूलाई प्रोत्साहित गर्न, वानस्पतिक विषादीको प्रयोग र रासायनिक विषादीको सुरक्षित व्यवस्थापनसँग सम्बन्धित प्याकेज गरिएको कार्यक्रम आवश्यक छ । स्थानीय स्तरमा उत्पादित बालीमा विषादीको अवशेषहरू र बजारमा राखिएका तरकारी, फलफूल र अन्नमा पनि विषादीको अवशेष छ कि छैन भनी अनुगमनको प्रणाली आवश्यक छ ।
उपभोक्ताहरू र बजार यी दुईले कृषि प्रणालीलाई निर्देशित गर्ने प्रमुख चालक हुन् । त्यसैले हानिकारक रासायन र विषादी मुक्त उत्पादनका लागि उपभोक्ता सचेतना मार्फत खतरनाक रासायनिक विषादीको प्रयोग घटाउने दीर्घकालीन उपायका रूपमा पदोन्नति गरिनु पर्छ ।
(दुलाल कृषि स्वास्थ्य एवं वातावरण नेपाल परियोजनामा कार्यरत वरिष्ठ कृषि अधिकृत हुन्)
source https://www.onlinekhabar.com/2020/01/824917