Sunday 29 December 2019

महाकालीमा मौका छोप्दै भारत, अनुमतिबेगर संरचना निर्माण

१४ पुस, काठमाडौं । संघीय राजधानी काठमाडौंबाट आज प्रकाशित अखबारहरूले विविध विषयहरूलाई समाचारको रूप दिएका छन् ।

कान्तिपुर दैनिकले ‘महाकालीमा मौका छोप्दै भारत’ शीर्षक दिएर आज मुख्य समाचार बनाएको छ । समाचार अनुसार नेपालका बासिन्दा चिसो छल्न तल्लो भेग झरेको मौका छोपेर भारतले व्यास गाउँपालिका क्षेत्रमा पर्ने अन्तर्राष्ट्रिय सीमामा धमाधम संरचना निर्माण गरिरहेको छ ।

पश्चिम नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा अतिmत्रमण गरी आफ्नो नक्सामा पारेको भारतले नेपाली पक्षको उपस्थिति नभएको फाइदा उठाउँदै एकपक्षीय रूपमा संरचना बनाएको हो ।

कान्तिपुरका अनुसार, भारतले व्यास गाउँपालिका–१, पेल्सितीनजिकै महाकालीमा अनुमतिबेगर काठेपुल बनाएको छ । महाकाली नदी नै प्रभावित हुनेगरी भीर कटान गरे सडक बनाउने कामलाई पनि उसले तीव्र पारेको छ ।

०७४ सालमा पनि भारतीय पक्षले महाकाली नदीमा नेपालको अनुमति नलिईकनै विभिन्न ठाउँमा काठेपुल बनाउनुका साथै नेपाली भूमिमा एक्स्काभेटर चलाएको थियो ।

सामाजिक सञ्जाल र यसका प्रयोगकर्ताको अभिव्यक्ति स्वतन्त्रता संकुचित पार्ने प्रावधानसहितको सूचना प्रविधि विधेयक संसदको विकास तथा प्रविधि समितिले पारित गरेको अर्को खबरलाई पनि कान्तिपुरले निकै प्राथमिकतापूर्वक समेटेको छ ।

समितिले पारित गरेको विधेयकमा सामाजिक सञ्जालमा लेखेकै कारण यसका प्रयोगकर्तामाथि १५ लाख रुपैयाँसम्म जरिवाना र ५ वर्ष कैद वा दुवै सजाय हुनसक्ने प्रावधान छ । विधेयकको प्रावधानले अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार गर्ने भन्दै विरोध हुँदै आएको छ । तथापि, समितिले यसलाई पारित गरिदिएको छ ।

पहिरोमाथि बसेको भूकम्पपीडित बस्तीको तस्वीर अन्नपूर्णले छापेको छ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–१, सेलाङस्थित एकीकृत बस्ती पहिरोमाथि निर्माण गरिएको हो ।

प्रदेश सरकारको केन्द्रप्रतिको निर्भरता र हतारमा निर्माण भएका दशरथ रंगशालाको गुणस्तरबारे पनि अन्नपूर्णले नजर लगाएको छ ।



source https://www.onlinekhabar.com/2019/12/824254

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More