Sunday 29 December 2019

आतंकवादी गतिविधि हुन नदिएको भन्दै पुटिनले दिए ट्रम्पलाई धन्यवाद

१४ पुस, काठमाडौं । रसियन भूमिमा आतंकवादी गतिविधि हुन नदिन भूमिका खेलेको भन्दै रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पलाई धन्यवाद दिएका छन् ।

आइतबार ट्रम्पसँग टेलिफोन कुराकानी गर्दै पुटिनले अमेरिकी समकक्षीलाई धन्यवाद दिएका हुन् । पुटिनले आतंकवादी गतिविधि हुन नदिन पुटिनले खेलको भूमिकालाई बुद्धिमता भन्दै प्रशंसासमेत गरेका छन् ।

रुसी प्रशासन केन्द्र क्रेमलिनले आफ्ना देशका राष्ट्रपतिले अमेरिकी समकक्षीसँग टेलिफोन वार्ता गरेको जानकारी खुफियामार्फत सार्वजनिक गरे पनि विस्तृत कुराकानीबारे खुलाएको छैन ।

विगतमा दुई शक्तिशाली राष्ट्रका समकक्षीबीच सिरिया र उत्तर अमेरिकाको परमाणु निःशस्त्रीकरणलगायत विषयमा उनीहरूले बारम्बार छलफल गरेका थिए ।



source https://www.onlinekhabar.com/2019/12/824277

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More