Saturday 28 December 2019

सानेपामा आगलागी, कबाडी पसल जल्यो

१३ पुस, काठमाडौं । ललितपुरको सानेपामा रहेको एक कवाडी पसलमा गएराति आगलागी भएको छ ।

राजेश पाश्वानले सञ्चालन गर्दै आइरहेको पसलमा गएराति ८ बजे आगलागी भएको हो । आगलागीबाट पसलमा रहेका सबै सामान जलेर नष्ट भएको छ ।

आगाे फैलिएपछि नियन्त्रणका लागि काठमाडौं, ललितपुर र भक्तपुरबाट दमकल बोलाइएका थिए । करिब १ घण्टापछि आगाे नियन्त्रणमा आएको सानेपा प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, आगलागीको कारण र क्षतिको विवरण आउन बाँकी  छ ।



source https://www.onlinekhabar.com/2019/12/823954

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More