Saturday 28 December 2019

गिरफ्तार र फरार चिनियाँ अभियुक्तको कनेक्सन आईजीपीदेखि मन्त्रीसम्म

१३ पुस, काठमाडौं । गुण्डा नाइकेसँग दल र नेताको कनेक्सनलाई नेपाली राजनीतिको विद्रूप पाटो मानिन्छ । त्यसैले नागरिक तहबाट यसको चर्को आलोचना हुने गरेको छ ।

तर, नाजायज सम्बन्धबाट टाढिनुको साटो दल र तिनका नेतादेखि प्रहरी अधिकारीहरूसम्म जोडिने क्रम यथावत् छ । आइतबार प्रकाशित हुने नेपाल साप्ताहिकले नेपालमा अपराध कर्म गर्दै आइरहेका चिनियाँ र तिनका नेपाली एजेन्टसँग बहालवाला आईजीपीदेखि मन्त्री, नेतासम्मको कनेक्सन रहेको खुलासा गरेको छ ।

नेपाल साप्ताहिकका अनुसार नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल, ऊर्जा मन्त्री वर्षमान पुनसम्मको कनेक्सन गिरफ्तार र फरार अभियुक्तसँग छ । त्यस्तै, उपराष्ट्रपतिपुत्र दीपेश पुन, गृहमन्त्रीपुत्रलगायत आधा दर्जन नेपालीको यस्ता व्यक्तिहरूसँग साँठगाँठ छ । मञ्जिल, अमला, सीता राना मगर, दीपक बुढा मगर, सुनील अग्रवाल, दिलीप आचार्य, निस श्रेष्ठ, सागर पाली र गोविन्द सापकोटा चिनियाँ गिरोहसँग काम गर्ने गिरोह हुन् । यही सम्बन्धका कारण चिनियाँले नेपालमा गरिरहेको कतिपय अपराधले सातखत् माफी पाइरहेको नेपाल साप्ताहिक रिपोर्टको सार छ ।

नेपाल लेख्छ– ७ पुसमा नेपाल प्रहरीले काठमाडौंका मनमैजु, बूढानीलकण्ठलगायत स्थानमा छापा मारेर अवैध गतिविधिमा संलग्न १ सय २२ चिनियाँलाई पक्राउ गर्यो । तर प्रधानमन्त्री निवाससम्मुख र चिनियाँ दूतावास छेउमै चिनियाँको शंकास्पद गतिविधि हुने गरेको उजुरी परे पनि त्यहाँ छापा मारिएन ।’ प्रहरी अधिकारीसँगको सम्बन्धका कारण यस्तो भएको नेपालको ठम्याइ छ ।



source https://www.onlinekhabar.com/2019/12/823939

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More