Tuesday 31 December 2019

बारामा एनसेल टावरमा आगजनी

१६ पुस, कलैया । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१६ पिलुवास्थित एनसेल टावरमा आगजनी भएको छ । गएराति करिब सवा १० बजेतिर अज्ञात समूहले टावरमा आगजनी गरेको हो ।

सो टावर सशस्त्र औद्योगिक सुरक्षा बलभन्दा करिब ३०० मिटर पूर्वमा पर्दछ ।

बारा प्रहरीले आगजनी कसले गरेको हो भन्ने नखुलेको र अनुसन्धान भइरहेको जनाएको छ ।

मंगलबार बेलुका नै चितवनको कालिका नगरपालिका-९ मिलनबजारमा रहेको एनसेलको टावरमा पनि आगजनी भएको थियो ।



source https://www.onlinekhabar.com/2020/01/824830

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More