Sunday 29 December 2019

रत्ननगरको इनारमा भेटियो युवकको शव

१४ मंसिर, चितवन । पूर्वी चितवनको रत्ननगर नगरपालिकाको एक इनारमा युवकको शव फेला परेको छ ।

नगरपालिकाको वडा नं १ र ९ को सीमामा पर्ने खेतवारी रेष्टुरेन्ट छेउको इनारमा शव भेटिएको हो ।

इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक भावेष रिमालले इनारमा युवको शव फेला परेको जानकारी दिए ।

शवको पहिचान भने हुन सकेको छैन । जेसिज राष्ट्रिय महाधिवेशनमा सहभागी हुन आएका काभ्रे जेसिजका उपाध्यक्ष कृष्णकुमार मानन्धर हराइरहेको र उनको परिचयपत्रलगायतका कागजातसमेत इनारछेउमा भेटिएकाले उनी इनारमा खसेको हुनसक्ने अनुमान गरेको छ ।

उनको शव इनारमा खसेको भेटिए पनि अझै निकालिएको भने छैन । शव निकाल्नका लागि तयारी भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।



source https://www.onlinekhabar.com/2019/12/824319

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More