Sunday, 11 August 2019

गहभरि आँसु लिएर सेरेनाले खेल छाडिन्

काठमाडौं । सेरेना विलियम्सले चोटका कारण रोजर्स कपको फाइनल छाडेकी छन्, जसका कारण क्याजेडियन किशोरी बियान्का एन्ड्रिस्क्यूले उपाधि जितिन् ।

ढाड दुखाइका कारण ३७ वर्षीय सेरेनाले गहभरि आँसु पार्दै खेल छाडेकी हुन्, जतिबेला उनी ३–१ ले पछाडि थिइन् । ‘मैले आज (खेल्न) सकिनँ, माफी चाहन्छु’, २३ पटककी ग्राण्डस्लाम विजेता सेरेनाले भनिन्, ‘यो एक कठिन वर्ष रह्यो तर हामी प्रयास गरिरहन्छौं ।’

जितसँगै एन्ड्रिस्क्यू सन् १९६९ पछि रोजर्स कप जित्ने पहिलो क्यानेडियन महिला बनेकी छन् । उनले यसरी उपाधि जित्ने आफूले नचाहेको बताएकी छन् । ‘तपाईं कोर्ट बाहिर र भित्र च्याम्पियन हो । तपाईंले जितेको मैले धेरैपटक हेरेको छु’ एन्ड्रिस्क्यूले भनिन् ।



source https://www.onlinekhabar.com/2019/08/787424

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More