Sunday, 11 August 2019

स्वेता लेख्छिन्–‘हिसाब गर्ने हो भने मैले पाएको भन्दा धेरै गुमाएकी छु’

नायिका स्वेता खड्काले सामाजिक संजाल फेसबुकमा लामो स्टाटस लेख्दै यो उमेरसम्म आइपुग्दा आफूले जनी पाएको छु, त्यो भन्दा बढी गुमाएको उल्लेख गरेकी छिन् । नायक श्रीकृष्ण श्रेष्ठको निधन भएको ५ बर्ष भयो । श्रीकृष्णको निधन भएको पाँच बर्षमै स्वेता र श्रीकृष्णको परिवारले उनलाई विर्सिएको भन्दै केही मिडियामा र सामाजिक संजालमा आलोचना भयो ।

श्रीकृष्णको निधन साउनको २५ गते दिल्लीमा उपचारको क्रममा ५ बर्ष अगाडि भएको थियो । श्रीकृष्णको निधन भएको दिनमा पनि उनको परिवारले उनलाई संझन आवश्यक नठानेको भन्दै केही मिडिया र सामाजिक संजालमा आलोचना भएपछि स्वेताले लामो स्टाटस कोरेकी हुन् । स्वेताले लेखेकी छिन्–‘मेरा पति, मित्र र अभिभावलाई मैले सदासदाको लागि गुमाएको मेरो जिन्दगीको सबैभनदा कालो त्यो दिनलाई संझना भन्दा पनि विर्सन चाहन्छु । तर, कुनै न कुनै माध्यमबाट त्यो कालो दिनलाई संझाइदिने अनी खाटो बस्न लागेको घाउमा नुनचुक छरिदिने प्रयासहरु भैरहेका छन् ।’

स्वेताले श्रीकृष्णले भौतिक रुपमा संसारबाट बिदा लिएको दिनलाई धार्मिक मुल्य र मान्यतालाई आत्मसाथ गर्दै तिथी अनुसार कर्मकाण्डको बिधी पुरा गर्ने गरेको पनि लेखेकी छिन् । उनले, यसपटक श्रीकृष्णको पाँचौ पुण्ढ तिथी साउन २९ गते परेको पनि लेखेकी छिन् ।

स्वेताले आफ्नो आत्मिय मान्छेलाई संझनका लागि कुनै विशेष अवसर वा दिन पनि नचाहिने बताएकी छिन् । उनले श्रीकृष्णलाई हरेक दिन, पल र क्षणमा संझिने गरेको पनि उल्लेख गरेकी छिन् ।



source https://www.onlinekhabar.com/2019/08/787429

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More