Tuesday, 13 August 2019

भारतविरुद्ध दक्षिण अफ्रिका टिममा तीन नयाँ अनुहार

२९  साउन, काठमाडौं । भारतविरुद्धको टेष्ट क्रिकेट सिरिजका लागि दक्षिण अफ्रिकाले तीन नयाँ अनुहारलाई स्थान दिँदै टिम सार्वजनिक गरेको छ ।

आगामी अक्टोबरमा हुने टेष्ट क्रिकेटको कप्तानी फाफ् डु प्लेसिसले गर्नेछन् । भारत र दक्षिण अफ्रिकाबीचको टेष्ट क्रिकेट तीन खेलको हुनेछ ।

त्यस्तै, तीन खेलकै टी-२० क्रिकेट सिरिजको कप्तानी भने क्वीन्टन डि ककले गर्नेछन् । भारतविरुद्धको टी-२० क्रिकेट सिरिज भने आगामी सेप्टेम्बरमा हुँदैछ ।

टी-२० क्रिकेट मा पनि तीन नयाँ खेलाडी छन् । टी-२० क्रिकेटमा टेम्बा बाभुमा, एनरिच नोर्टजे र बिजोम र्फटन पहिलो पटक टिममा अटाएका छन् ।

यता, टेष्टमा भने बलर एनरिच नोर्टजेसँगै विकेटकिपर ब्याट्सम्यान रुडी सेकन्ड र अलराउण्डर सेनुरन मथुसामी पहिलो पटक टेष्ट क्रिकेट टिममा परेका छन् ।

टेष्ट क्रिकेट टिम

फाफ् डु प्लेसिस (कप्तान), टेम्बा बाभुमा, थेयुनिस डि ब्रुयन, क्वीन्टन डि कक, डेयन पिडट, जुबयर हाम्जा, केशव महराज, ऐडन मरक्रम, सेनुरन मथुसामी, लुनगी नगिडी, एनरिच नोर्टजे, भर्नन फिलन्डर, कागिसो रबडा र रुडी सेकन्ड ।

टी-२० क्रिकेट टिम

क्वीन्टन (कप्तान), रसिइ भान डेर डुसेन, टेम्बा बाभुमा, जुनियर डला, विजोर्न फर्टुन, बेउरन हन्डि्रक्स, रिजा हन्डि्रक्स, डेभिड मिलर, एनरिच नोर्टजे, एन्डिल फेहलुकवायो, ड्वान प्रिटरियस, कागिसो रबडा, टब्राइज शाम्सी र जोन-जोन स्मुट्स ।



source https://www.onlinekhabar.com/2019/08/787891

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More