Tuesday, 13 August 2019

फिफाले म्यान्चेस्टर सिटीलाई गर्‍यो कारबाही

२९ साउन, काठमाडौं । विश्व फुटबल महासंघ (फिफा) ले इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई कारबाही गरेको छ ।

खेलाडी अनुबन्ध गर्दा फिफाको नियमविपरित गरेको भन्दै फिफाले कारबाही गरेको हो । नियमविपरीत खेलाडी अनुबन्ध गरेको भन्दै फिफाले सिटीलाई तीन लाख ७० हजार स्वीस प|mान्क जरिवाना लगाएको छ ।

फिफाको नियममा १९ वर्ष माथिका खेलाडीमात्रै अनुबन्ध गर्न पाउने प्रावधान छ । तर सिटीले भने १८ वर्षका खेलाडीलाई अनुबन्ध गरेको भन्दै फिफाले कारबाही गरेको हो ।

यसअघि चेल्सीले पनि कम उमेरका खेलाडीलाई अनुबन्ध गरेको आरोपमा फिफाबाट दुई वर्ष प्रतिबन्ध भोगेको थियो । तर सिटी भने प्रतिबन्धबाट जोगिएको छ ।



source https://www.onlinekhabar.com/2019/08/787889

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More