Wednesday, 25 December 2019

ग्रहण लाइभ हेर्न मन छ ? कीर्तिपुर जानुस्

१० पुस, काठमाडौं । शिक्षा मन्त्रालयअन्तर्गतको बीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान संग्रहालय विकास समितिले बिहीबार लाग्ने खण्डग्रास सूर्यग्रहणको अवलोकन गराउने भएको छ ।

काठमाडौंमा बिहीबार बिहान ८ः४२ बजेदेखि ११ः३१ बजेसम्म ग्रहण लाग्नेछ । सुदूरपश्चिमको महेन्द्रनगरमा ८:३८ मा सुरु भई ११:१९ मा सकिनेछ भने पूर्वको झापामा भने ८: ४८ मा सुरु भई ११ः२७ मा सकिनेछ ।

वैज्ञानिकका अनुसार, नांगो आँखाले ग्रहण हेरेमा दृष्टि गुम्नेसम्मकाे खतरा हुन्छ ।

यसैलाई मध्यनजर गर्दै काठमाडौंस्थित बीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान संग्रहालय विकास समितिले यसको दृश्यावलोकन गराउने व्यवस्था यसपटक मिलाएको छ ।
यो पनि पढ्नुहोस कहाँबाट कस्तो देखिन्छ सूर्यग्रहण ?

शिक्षा मन्त्रीलाई आमन्त्रण

बीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान संग्रहालय विकास समितिका निमित्त कार्यकारी निर्देशक डा. सनतकुमार शर्माले आज लाग्ने खण्डग्रास सूर्यग्रहण दृश्यावलोकन गर्न चाहनेका लागि व्यवस्था मिलाइएको बताए ।

शर्माका अनुसार, विशेष प्रकारको टेलिस्कोपबाट इच्छुक सर्वसाधारणले ग्रहण अवलोकन गर्नसक्नेछन् । अवलोकनका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललगायतलाई आमन्त्रण गरिएको उनलले जानकारी दिए ।

शर्माका अनुसार, यसरी ग्रहण अवलोकन गर्दा सर्वसाधारणलाई कुनै शुल्क लाग्दैन । वैज्ञानिक चेतना तथा संस्कारको प्रादुर्भावका लागि यसरी ग्रहण अवलोकन गराउन लागिएको उनले बताए ।
यो पनि पढ्नुहोस केहीबेरमा खण्डग्रास सूर्यग्रहण लाग्दै, कुन राशिकाले हेर्न हुन्छ, कुनले हुँदैन ?



source https://www.onlinekhabar.com/2019/12/823245

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More