Monday, 24 February 2020

मिस नेपाल २०२० को आवोदन खुल्ला, ९ शहरमा हुनेछ अडिसन

मिस नेपाल २०२० को लागि आवोदन खुल्ला गरिएको छ । सोमबारबाट खुल्ला गरिएको मिस नेपालको आवोदन मार्च २७ गतेसम्म भर्न सकिने छ । आवोदन फर्म मिस नेपालको वोवसाइटमा गएर पनि निशुल्क भर्न सकिने छ ।

२०२० मे १५ मा नयाँ मिस नेपाल घोषणा गरिने आयोजक हिडन ट्रेजले जानकारी दिएको छ । यस वर्षको लागि भने विजेताको पुरस्कार राशी पनि बढाइएको छ । यस वर्ष विजेताले त्रैमासिक भत्ता र पुरस्कारको रुपमा २ लाख ५० हजार प्रदान गरिने छ ।

हिडन ट्रेजरका निर्देशक दिवाकर राजकर्णिकरको अनुसार मिस नेपालको अडिसन देशको विभिन्न ९ शहरमा हुनेछन् । उनले भने, ‘हामी विभिन्न शरहमा पुगेर अडिसन लिनेछौँ । हामीले तोकेको मापदण्ड पुगेको खण्डमा उसलाई हामी काठमाडौं बोलाउने छौँ ।’ अडिसन धनगडी, नेपालगंज, बुटवल, पोखरा, चितवन, विरगंज, धरान, विर्तामोड र काठमाडौंमा हुनेछ ।

मिस नेपालमा सहभागी हुन १९ वर्षदेखि २६ वर्षसम्मको अबिबाहित युवाती हुनुपर्नेछ । ५.४ इन्च हाइट भएको नेपाली नागरिकता वा नेपाली पासपोर्ट भएकाहरुले मात्र आवोदन दिन पाउनेछन् ।

यस वर्ष मिस नेपालमा ४ वटा मात्रै विधा समावेश हुनेछ । मिस नेपाल वर्ल्ड, मिस नेपाल अर्थ, मिस नेपाल इन्टरनेश्नल र मिस नेपाल सुपर नेश्नल । मिस युनिभर्स भने यस वर्ष हुनेछैनन् । हरेक वर्ष रिन्यु गर्नुपर्ने यस विधामा यो वर्ष भने नेपालीलाई अनुमति दिएको छैन् ।

कारणबारे निर्देशक राजकर्णिकार भन्छन्, ‘उहाँहरुले मेल गरेर रिन्यु नगर्ने जानकारी दिनुभयो । हामीले कारण सोध्दा केही कारण देखाउनु भएन । उहाँहरुले अर्को वर्षको लागि पुनः अनुमति दिन सक्नु हुन्छ ।’



source https://www.onlinekhabar.com/2020/02/839394

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More