Saturday 19 September 2020

पेट्रोल ट्यांकर त्रिशूली नदीमा खसेर आगलागी

४ असोज, काठमाडौं । पेट्रोल बोकेको एक ट्यांकर त्रिशूली नदीमा खसेर आगलागी भएको छ ।

काठमाडौंतर्फ आइरहेको ना ४ ख २८२२ नम्बरको ट्यांकर धादिङ जिल्लाको गल्छी गाउँपालिका–६ चरौंदीस्थित सुत्केरी डाँडाबाट करिब ६ सय मिटर तल त्रिशूली नदीमा खसेर आगलागी भएको हो ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार दमकलको सहायताले आगो निभाइएको छ ।

नदीमा खसेको ट्यांकरको केही भाग देखिएको छ । अहिले उद्धार कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

दुर्घटना आइतबार बिहानपख करिब २ बजे भएको हो । ट्यांकर चालक र सहचालक प्रहरीको सम्पर्कमा आएका छन् ।



source https://www.onlinekhabar.com/2020/09/897668

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More