Sunday, 5 December 2021

कांग्रेसको बागमती सभापतिमा बानियाँ विजयी

१९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको बागमती प्रदेश सभापतिमा संस्थापन समूहका इन्द्र बानियाँ विजयी भएका छन् । आइतबार राति सम्पन्न अन्तिम मतगणना अनुसार बानियाँ प्रदेश सभापतिमा विजयी भएका हुन् ।

कांग्रेस मकवानपुर जिल्ला सभापति समेत रहेका उनले संस्थापनइतर समूहका सभापतिका प्रत्यासी जगदीश्वर नरसिंह केसीलाई पराजित गरेका हुन् । मतदानमा २०३५ मत खसेकोमा बानियाँले १०८५ मत पाए भने केसीले ९२७ मत पाए ।

पहिलो चरणमा तीन जना सभापतिका उम्मेदवार रहेकोमा कसैको पनि बहुमत नआएपछि आइतबार दोस्रो चरणको मतदान भएको हो ।
पहिलो चरणबाट बाहिरिएका सभापतिका उम्मेदवार भीमसेनदास प्रधानले बानियाँलाई समर्थन गरेका थिए ।

पहिलो चरणमा बानियाँले ९९२ मत ल्याएका थिए भने सभापतिका अर्का उम्मेदवार केसीले ८७२ मत पाए । तेस्रो भएका प्रधानले १९७ मत ल्याएका हुन् ।



source https://www.onlinekhabar.com/2021/12/1048500

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More