Monday, 6 December 2021

बिइङ ह्युमनको दाबी– जग्गा खरिद गर्न लिएको कर्जालाई प्रहरीले अवैध भनेर समात्यो

२१ मंसिर, काठमाडौं । जग्गा खरिद गर्नका लागि सहकारीबाट लिएको कर्जालाई प्रहरीले अवैध रकम भनेर बरामद गरेको ‘बिइङ ह्युमन क्लोथिङ नेपाल’ले दाबी गरेको छ ।

कम्पनीको नामबाट प्रेस विज्ञप्ति जारी गर्दै कर्जा र व्यापारबाट आर्जित रकमलाई प्रहरीले अवैध भनेर बरामद गरेको दाबी गरिएको हो ।

नेपाल प्रहरीको काठमाडौं प्रहरी परिसर, टेकुले शुक्रबार म्यानेजर हिरोसी खनाललाई ६९ लाख ५० हजार रुपैयाँसहित पक्राउ गरेको थियो ।

विज्ञप्तिमा भनिएको छ, ‘विभिन्न सञ्चारमाध्यममा समाचार सम्प्रेषण हुँदा ग्राहक महानुभावमाझ भ्रमको वातावरण बन्न गएको हुँदा उक्त रकमको स्रोत स्पष्ट खुलेको र आवश्यक कागजात एवं प्रमाणहरुसहित कानूनी उपचार लिन लागिएको यहाँहरु सबैमा जानकारी गराउँछौं ।’

‘ग्राहकमाझ लोकप्रिय हुँदै गर्दा बदनाम गराउने उद्देश्यले षयन्त्रपूर्वकरुपमा कारबाही भएको’ विज्ञप्तिमा दाबी गरिएको छ ।

बलिउड नायक सलमान खानद्वारा स्थापित बिइङ ह्युमन फाउन्डेसनमार्फत यो कम्पनी सञ्चालित छ ।



source https://www.onlinekhabar.com/2021/12/1048952

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More