Saturday, 4 December 2021

कञ्चनपुरमा कारको ठक्करबाट पैदल यात्रीको मृत्यु, राजमार्ग अवरुद्ध

१९ मंसिर, धनगढी । कञ्चनपुरमा भारतीय नम्बरको कारको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तरगत जिल्लाको कृष्णपुर नगरपालिका–२ को बंकमा आइतबार बिहान साढे ६ बजेतिर DL1ZC4754 नम्बरको कारको ठक्करबाट सोही ठाउँका ७२ वर्षीय तारा नाथको मृत्युु भएको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार कारको ठक्करबाट नाथको घटनास्थलमै मृत्युु भएको हो । उनी बिहान मर्निङ वाकका लागि राजमार्गमा निस्किएका थिए ।

दुर्घटनापछि कार चालक फरार छन् । उनी कञ्चनपुरकै स्थानीय भएको बुझिएको र खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

दोषीलाई कारवाही र मृतकका परिवारलाई क्षतिपूर्तिको माग गर्दै स्थानीयले बिहानैदेखि राजमार्ग अवरुद्ध पारेका छन् । राजमार्ग अवरुद्ध हुँदा विभिन्न ठाउँबाट कञ्चनपुर भित्रिने र जिल्ला बाहिर जाने सवारीसाधन बीच बाटोमै रोकिएका छन् ।



source https://www.onlinekhabar.com/2021/12/1048137

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More