Thursday, 9 December 2021

भारतमा अन्तर्राष्ट्रिय व्यावसायिक उडान ३१ जनवरीसम्म स्थगित

२४ मंसिर, काठमाडौं । भारत सरकारले कोरोनाको ओमिक्रोन भेरियन्टको संक्रमण थप फैलिन नदिने उद्देश्यले अन्तर्राष्ट्रिय व्यावसायिक उडानलाई ३१ जनवरीसम्म स्थगित गर्ने निर्णय गरेको छ ।

यसअघि भारत सरकार १५ डिसेम्बरदेखि सबै अन्तर्राष्ट्रिय उडान सुरु गर्ने तयारीमा थियो । भारतको नागरिक उड्डयन महानिर्देशनालयले सूचना जारी गर्दै अब यी उडानहरु ३१ जनवरीसम्म स्थगित भएको जानकारी दिएको हो ।

यो प्रतिबन्ध अन्तर्राष्ट्रिय कार्गो उडानमा भने लागू हुने छैन । भारतको नागरिक उड्डयन महानिर्देशनालयले केही अन्तर्राष्ट्रिय व्यावसायिक उडानलाई विशेष परिस्थितिमा मन्जुरी दिन सकिने जनाएको छ ।

भारतले ३० भन्दा धेरै देशहरुसँग एयर बबल सम्झौता गरेको छ, सो सम्झौता अनुसारका उडान पनि जारी रहने महानिर्देशनालयले जनाएको छ ।



source https://www.onlinekhabar.com/2021/12/1050239

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More