Saturday, 11 December 2021

शेखरलाई समर्थन गर्दै न्यौपानेले फिर्ता लिए सभापतिको उम्मेदवारी

२५ मंसिर, काठमाडौं । कांग्रेस सभापतिमा उम्मेदवारी दिएका गोरखाका युवराज न्यौपानेले उम्मेदवारी फिर्ता लिएका छन् ।

न्यौपाने गोरखा निर्वाचन क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएका थिए ।

पार्टी नेतृत्वमा युवाको सहभागिता हुनुपर्छ भन्दै शनिबार सभापतिमा मनोनयन दर्ता गराएका थिए ।

न्यौपानेले सभापतिका अर्का उम्मेदवार डाक्टर शेखर कोइरालालाई समर्थन गरेर उम्मेदवारी फिर्ता लिएको बताएका छन् ।

आफूले उठाएका मुद्दा शेखरको प्यानलसँग मिलेकोले उनलाई समर्थन गरेको उनको भनाइ छ ।



source https://www.onlinekhabar.com/2021/12/1051083

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More