Saturday, 4 December 2021

सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढ्यो

१९ मंसिर, काठमाडौं । सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेको छ । वृद्धिपछि आइतबार प्रतितोला छापावाल सुनको खरिद बिक्री मूल्य ९२ हजार पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार छापावल सुनको मूल्य प्रतितोला ९१ हजार ३०० थियो ।

आइतबार तेजाबी सुनको प्रतितोला कारोबार मूल्य ९१ हजार ५०० कायम भएको छ । आइतबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको महासंघले जनाएको छ । शुक्रबार एक हजार १९० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आइतबार तोलामा एक हजार २०० रुपैयाँ तोकिएको छ ।



source https://www.onlinekhabar.com/2021/12/1048225

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More