Saturday, 4 December 2021

यी हुन् यो वर्षका सबैभन्दा लोकप्रिय इमोजीहरु

काठमाडौं । भनिन्छ हजारौँ शव्दहरुबाट अभिव्यक्त गर्न नसकिने कुरा एउटा तस्वीरले बताइन्छ । तर अहिले तस्वीरको ठाउँ पनि इमोजीले लिइरहेको छ ।

सोसल मिडियामा च्याट गर्दा होस् वा कसैको स्टाटस तथा पोस्टमा प्रतिक्रिया दिँदा होस् मानिसहरु टेक्स्टको प्रयोग कम र इमोजीको प्रयोग बढी गर्ने गरेका छन् । च्याटिङदेखि ग्राफिक्ससम्म अनि भिडियो सम्पादनमा समेत इमोजीको प्रयोग भैरहेको छ ।

अमेरिकास्थित गैरनाफामूलक संस्था युनिकोड कन्सोर्टियमले हरेक वर्ष लोकप्रिय इमोजीहरुको सूचि सार्वजनिक गर्ने गर्दछ । सोही क्रममा कन्सोर्टियमले सन् २०२१ का सर्वाधिक लोकप्रिय इमोजीहरुको सूचि पनि सार्वजनिक गरेको छ ।

रिपोर्ट अनुसार विश्वमा ९२ प्रतिशत इन्टरनेट प्रयोगकर्ताले इमोजी प्रयोग गर्ने गरेका छन् ।

यी हुन् यो वर्ष सन् २०२१ का सर्वाधिक लोकप्रिय १० इमोजीहरुः

१. 😂

२. ❤

३. 🤣

४. 👍

५. 😭

६. 🙏

७. 😘

८. 🥰

९. 😍

१०. 😊

कन्सोर्टियमले सन् २०२० मा यस्तो सूचि सार्वजनिक गरेको थिएन । यसअघि पछिल्लोपटक सन् २०१९ मा लोकप्रियम इमोजीहरुको सूचि सार्वजनिक गरेकोमा दुई वर्षअगाडि र हालको सबैभन्दा लोकप्रिय शीर्ष दुई इमोजीहरु भने उही नै रहेका छन् ।

दुई वर्ष अगाडि जस्तै अहिले पनि संसारमा सबैभन्दा धेरै प्रयोग हुने इमोजी हर्षको आँशुवाला अर्थात् टियर्स अफ जोए रहेको छ । त्यस्तै दोश्रो सर्वाधिक लोकप्रिय इमोजीको रुपमा प्रेमको दर्शाउने रेड हार्ट रहेको छ ।

सन् २०१९ मा लोकप्रिय १० इमोजीको सूचि यस्तो थियो–

· 😂

· ❤

· 😍

· 🤣

· 😊

· 🙏

· 💕

· 😭

· 😘

· 👍

 

एजेन्सीको सहयोगमा



source https://www.onlinekhabar.com/2021/12/1048169

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More