Saturday, 11 December 2021

रुकुम पश्चिमको होटलमा पुरुषको शव भेटियो

२६ मङ्सिर, जाजरकोट । नाम र ठेगाना नखुलेका अन्दाजी ६० वर्षीय पुरुष रुकुम आठबीसकोटमा मृतावस्थामा भेटिएको छ । आठबीसकोट नगरपालिका–६ त्रिवेणी बजारको एक होटलमा २१ गतेदेखि बसेका उनी सोही होटलमा मृत भेटिएका हुन् ।

शनिबार राति उनलाई मृतावस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रहरी निरीक्षक डेकेन्द्र शर्माले जानकारी दिए ।

डोल्पा र रुकुमपश्चिमका विभिन्न बजारमा काम गर्दै हिँड्ने उनलाई सबैले ‘राई दाइ’ भनेर सम्बोधन गर्ने प्रहरीको भनाइ छ ।



source https://www.onlinekhabar.com/2021/12/1051005

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More