Thursday, 12 October 2023

दक्षिण अफ्रिकाको अर्को फराकिलो जित

काठमाडौं । क्विन्टन डिककको शतकसँगै दक्षिण अफ्रिकाले विश्वकप क्रिकेटमा अष्ट्रेलियामाथि १३४ रनको फराकिलो जित हात पारेको छ । जारी विश्वकपमा दक्षिण अफ्रिकाको यो दोस्रो जित हो भने अष्ट्रेलियाको दोस्रो हार ।

लखनउमा दक्षिण अफ्रिकाले दिएको ३१२ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले ४०.५ ओभरमा सबै विकेट गुमाएर १७७ रन मात्र बनाउन सक्यो ।

खराब सुरुवात गरेको अष्ट्रेलियाले ७० रन जोड्दा ६ विकेट गुमाइसकेको थियो । सातौं विकेटका लागि मार्नस लाबुशेन र मिचेल स्टार्कले ७९ रनको साझेदारी गरेपनि टोलीको हार टार्न सकेनन् । लाबुशेनले सर्वाधिक ४६ रन बनाए भने स्टार्कले २७ रन जोडेका थिए ।

दक्षिण अफ्रिकाका कागिसो राबाडाले ३ विकेट लिए भने मार्को जनसन, केशव महाराज र तरबेज शम्सीले समान २–२ विकेट हात पारे ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले ५० ओभरमा ७ विकेट गुमाएर ३११ रन बनाएको थियो ।

उसको सुरुवात नै राम्रो रह्यो । डिकक र कप्तान टेम्बा बाभुमाले पहिलो विकेटका लागि १०८ रनको साझेदारी गरे । बामुभमा ३५ रनमा आउट भए । तेस्रो नम्बरमा आएका रसी भानडेरडसनले डिककसँग ५० रनको साझेदारी गरे । उनी व्यक्तिगत २६ रनमा आउट भए । एडन मार्करमले ३९ रनको साझेदारी गरेका डिकक १०८ रन बनाएर आउट भए, जतिबेला दक्षिण अफ्रिकाको स्कोर १९७/३ थियो ।

बाँकी १५.१ ओभरमा चार विकट गुमाएर ११४ रन जोड्यो । मार्करम ५६ रनमा आउट भए भने हाइनरिक क्लासनले २९, मार्को जनसनले २६ र डेभिड मिलरले १७ रन जोडे ।



source https://www.onlinekhabar.com/2023/10/1380349

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More