Saturday 7 October 2023

इजलरायलमाथि हमासको आक्रमण : अहिलेसम्म के-के भयो ?

काठमाडौं । प्यालेस्टायनी समूह हमासले गरेको आक्रमणमा परी मृत्यु हुनेको संख्या १०० नाघेको इजरायली स्वास्थ्य मन्त्रालयले बताएको छ ।

अहिले ९८५ जना अस्पतालमा छन् । उनीहरुमध्ये कतिपयको अवस्था गम्भीर छ । इजरायली डिफेन्स फोर्ससको आफ्नो सेनाले २२ स्थानमा चरमपन्थी समूहसँग लडिरहेको बताएको छ । दुई स्थानमा बन्धक जस्तै अवस्था रहेको उसले स्वीकार गरेका छन् ।

  • गाजा पट्टीबाट इजरायलमा दर्जनौं रकेट हानिएको थियो, जसमा परी मृत्यु हुनेको संख्या १०० नाघेको इजरायली स्वास्थ्य मन्त्रालयले बताएको छ ।
  • आक्रमणमा पनि घाइते हुनेहरूमा नेपाली नागरिक समेत छन् । परराष्ट्र मन्त्रालयका अनुसार ९ जना नेपाली घाइते भएको पुष्टि भएको छ, जसमध्ये दुइ जनाको अवस्था गम्भीर छ ।
  • आक्रमणपछि हमासका दर्जनौं हतियारधारी लडाकू दक्षिणी इजरायलमा घुसेका छन् ।
  • प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले भनेका छन्, यो युद्ध हो र यसको मुल्य चुकाउनु पर्छ । उनले सुरक्षा प्रमुखहरुको बैठकमा घुरपैठ गर्नेहरुलाई सफाय गर्न निर्देशन दिएका छन् ।
  • कयौं इजरायलीलाई बन्धक बनाएर गाजा पट्टी लगिएको खबर छ ।
  • इजरायली डिफेन्स फोर्सस (आईडीफए)ले हमासको अखडाहरुमा जवाफी आक्रमण गरेको छ । गाजा पट्टीमा हमासको १७ अखडा र ४ हेडक्वाटरमा इजरायलले हवाई आक्रमण गरेको छ ।
  • विभिन्न देशका सरकार तथा राष्ट्र प्रमुखहरुले आक्रमणको निन्दा गरेका छन् ।


source https://www.onlinekhabar.com/2023/10/1377604

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More