Monday 16 October 2023

विश्वकप २०२३ मा अष्ट्रेलियाको पहिलो जित

काठमाडौं । विश्वकप क्रिकेट २०२३ मा अष्ट्रेलियाले पहिलो जित हात पारेको छ । सुरूको दुइ खेल हारेको अष्ट्रेलियाले सोमबार भारतको लखनउमा भएको खेलमा श्रीलंकामाथि ५ विकेटको जित दर्ता गरेको हो ।

श्रीलंकाले दिएको २१० रनको लक्ष्य अष्ट्रेलियाले ३५.२ ओभरमा ५ विकेट गुमाएर भेट्टायो । उसका लागि जस इंग्लिसले सर्वाधिक ५८ रन बनाए भने मिचेल स्टार्कले ५२ रनज जोडे । श्रीलंकाका दिलशान मदुशंकाले ३ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ४३.३ ओभरमा सबै विकेट गुमाएर मात्र २०९ रन बनायो । उसको सुरुवात भने निकै राम्रै थियो । ओपनरद्धय पथुम निसांका र कुशल परेराले पहिलो विकेटका लागि १२५ रनको साझेदारी गरेका थिए ।

२२औं ओभरको चौथो बलमा डेभिड वार्नरले निसांकालाई ६१ रनमा आउट गरे । थप ३२ रन जोड्दा परेर पनि व्यक्तिगत ७८ रनमा आउट भए, जतिबेला श्रीलंकाको स्कोर १५७/२ थियो ।

५२ रन थप्दा बाँकी सबै विकेट गुमायो । अष्ट्रेलियाका एडम जाम्पा एक्लैले ४ विकेट लिए भने मिचेल स्टार्क र पेट कमिन्सको नाममा दुई दुई विकेट रह्यो ।

 



source https://www.onlinekhabar.com/2023/10/1382038

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More