Monday 9 October 2023

इजरायल आक्रमणमा ज्यान गुमाएकाको परिवारलाई सुदूरपश्चिम सरकारले २ लाख दिने

२३ असोज, धनगढी । इजरायलमा आक्रमणमा परी ज्यान गुमाएका विद्यार्थीका परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले २ लाख रूपैयाँ राहत उपलब्ध गराउने भएको छ ।

मुख्यमन्त्री कमलबहादुर शाहले सोमबार विज्ञप्ति जारी गर्दै इजरायल आक्रमणमा दिवंगत भएका सुदूरपश्चिमका विद्यार्थीको परिवारलाई राहत स्वरूप २ लाख रूपैयाँ उपलब्ध गराउने जानकारी दिएका छन् ।

शाहले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारमा समवेदना समेत प्रकट गरेका छन् । उनले आक्रमणको निन्दा गर्दै शव ल्याउन र घाइतेको उपचार एवम् उद्धारमा जोड दिन संघीय सरकारलाई आग्रह समेत गरेका छन् ।

यसअघि केन्द्र सरकारको सोमबार बसेको मन्त्रिपरिषद बैठकले मृतकका परिवारलाई १०–१० लाख रुपैयाँ राहत दिने र उद्धारका लागि चार्टर्ड हवाई जहाज पठाउने निर्णय गरेको थियो । इजरायलले उडान अनुमति दिनेबित्तिकै उद्धारका लागि हवाई जहाज पठाइने परराष्ट्र मन्त्रालयले जनाएको छ ।



source https://www.onlinekhabar.com/2023/10/1378695

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More