Thursday 12 October 2023

युरो छनोटमा स्पेनले स्कटल्याण्डलाई हरायो

२६ असोज, काठमाडौं । युरो २०२४ को छनोटअन्तर्गत बिहीबार राति भएको खेलमा स्पेनले स्कटल्याण्डलाई २-० ले पराजित गरेको छ ।

समूह ए मा पहिलो हारपछि स्कटल्याण्डले युरोकपमा स्थान बनाउन अझै कुर्नुपर्ने भएको छ ।

स्कटल्याण्डलाई युरोकपमा स्थान बनाउन बराबरी नै पर्याप्त थियो तर स्पेनको स्टाडियो डे ला कार्टुजामा भएको खेलमा स्कटल्याण्ड पराजित भयो । स्पेनका लागि अल्भारो मोराटाले ७३औं र ओइहान सान्चेजले ८६औं मिनेटमा गोल गरे ।

जितपछि स्पेन ५ खेलबाट १२ अंक जोडेर दोस्रो स्थानमा छ । हारका बावुजत पनि स्कटल्याण्ड ६ खेलबाट १५ अंकसहित शीर्ष स्थानमै छ ।

यसै समूहको अर्को खेलमा एर्लिङ हालान्डको दुई गोल मद्दतमा नर्वेले साइप्रसलाई ४-० ले हराएको छ । नर्वेको ६ खेलबाट १० अंक छ र तेस्रो स्थानमा छ ।

छनोट अन्तर्गत समूह डी को खेलमा टर्कीले क्रोएसियालाई १-० ले पराजित गर्‍यो । टर्की ६ खेलबाट १३ अंकसहित शीर्ष स्थानमा छ । क्रोएसिया ५ खेलबाट १० अंकसहित दोस्रोमा छ ।

समूह ई को खेलमा अल्वानियाले चेक रिपब्लिकलाई ३-० ले तथा पोल्याण्ड फारो आइल्याण्डलाई २-० ले हरायो ।

अल्वानिया ६ खेलबाट १३ अंकसहित शीर्ष स्थानमा छ भने पोल्याण्ड समान खेलबाट ९ अंकसहित दोस्रो छ । ५ खेलबाट ८ अंक रहेको चेक तेस्रो स्थानमा छ ।

 

 



source https://www.onlinekhabar.com/2023/10/1380427

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More