Sunday 15 October 2023

ढिलो गरी नेपालबाट बाहिरियो मनसुन

२९ असोज, काठमाडौं । नेपालमा गत जेठ ३१ गते भित्रिएको यस वर्षको मन्सुन बाहिरिएको छ ।

जल तथा मौसम विज्ञान विभाग मौसम पुर्वानुमान महाशाखाका अनुसार नेपालमा मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ रहेकामा यस वर्ष १३ दिन ढिलो गरी मनसुन बाहिरिएको हो ।

यस वर्षको मनसुन १२४ दिन जति नेपालमा रहेको छ । यही असोज १९ गतेदेखि मनसुन क्रमिक रूपमा बाहिरिन सुरु गरेको थियो ।

यसैबीच पश्चिमी न्यून चापीय प्रणालीको कारणले आज सोमबारदेखि नेपालको सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा तथा उच्च पहाडी भेगमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

 



source https://www.onlinekhabar.com/2023/10/1381626

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More