Tuesday 3 October 2023

आज विश्व पशु दिवस मनाइँदै

१७ असोज, काठमाडौं । जनावरको संरक्षणको बारेमा सचेतना जगाउन आज विश्व पशु दिवस मनाइँदै छ । विभिन्न जनावरलाई विभिन्न देवीदेवताको वाहनको रुपमा पुज्ने चलन छ ।

तिहारमा विशेष गरी पशुको महत्व बढी छ । तिहारमा काग, कुकुर, गाई र गोरुलाई देवताको प्रतीक मानेर पुज्ने चलन छ ।

अझ हिन्दू धर्ममा गाईको पूजा अथवा दानलाई सबैभन्दा पूण्य दिने दानसँग तुलना गरिन्छ ।

राष्ट्रिय जनावरको रुपमा रहेको गाईलगायतका जनावरप्रतिको मानवीय व्यवहार भने क्रुर हुन थालेको छ ।

गाईले दूध दिने बेलासम्म पाल्ने र दूध दिन छोडेपछि सडकमा छोड्ने प्रवृत्तिले गाई संरक्षणमा चुनौती थपिएको पशु संरक्षणकर्मी बताउँछन् ।

पर्यावरण संरक्षणमा पशुको आवश्यकता रहन्छ भने वायुमण्डलमा भएको कार्बन र नाइट्रोजनको चक्रलाई सन्तुलित बनाउन पनि जनावरको योगदान महत्वपूर्ण मानिन्छ ।

पूर्वीय सभ्यतामा जनावरलाई अझ विशेष महत्व दिएको पाइन्छ ।



source https://www.onlinekhabar.com/2023/10/1375628

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More