Tuesday, 30 July 2019

‘उत्तर कोरियाद्वारा २ ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार’

१५ साउन, काठमाडौं । उत्तर कोरियाले दुईवटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाले दाबी गरेको छ ।

दक्षिण कोरियाको सेनाका अनुसार उत्तर कोरियाले पूर्वी तटबाट बुधबार बिहान क्षेप्यास्त्र प्रहार गरेको हो । उत्तर कोरियाले भने यसबारे कुनै प्रतिक्रिया दिएको छैन ।

गत साता पनि उत्तर कोरियाले दुईवटा क्षेप्यास्त्र प्रहार गरेको समाचार सार्वजनिक भएका थिए । ती क्षेप्यास्त्र ४३० किलोमिटर दूरी पार गर्दै सी अफ जापान (ईस्ट सी)मा खसेको भनिएको थियो ।

तर बुधबार बिहानको क्षेप्यास्त्र भने जापानसम्म नआएको त्यहाँका रक्षामन्त्रीलाई उद्धृत गर्दै दक्षिण कोरियाली समाचार संस्था योनहापले लेखेको छ ।

कोरियाली प्रायद्वीपलाई निशस्त्रीकरण गर्ने लक्ष्यअनुसार अमेरिका र उत्तर कोरियाबीच शीर्षस्तरमा वार्ता भए पनि उत्तर कोरियाले क्षेप्यास्त्र प्रहार जारी राखेको छ ।



source https://www.onlinekhabar.com/2019/07/784616

मप विश्वविद्यालय वेथिति : क्याम्पसका भित्तैभरि चिट, चोर्न नदिएको भन्दै प्राध्यापकलाई धम्की

१५ साउन, काठमाडौं । विश्वविद्यालय असल संस्कार सिक्ने सिकाउने थलो हो । सुर्खेतमा अवस्थित मध्यपश्चिमाञ्चल विश्वविद्यालयको बेथितिका श्रृंखलालाई हेर्दा यो उक्तिसंगत लाग्दैन ।

कहिले विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रारबीच समन्वय नहुँदा विवाद उत्कर्षमा पुग्छ त कहिले विश्वविद्यालयले आयोजना गरेको दौड प्रतियोगितामा निजी कलेजको नाम लेखिएका टी–सर्ट वितरण गरिएको भन्दै विद्यार्थीहरुले आन्दोलन चर्काउँछन् । पछिल्लो पटक भने इन्जिनियरिङ क्याम्पसका भित्तामा लेखिएका चिटले विश्वविद्यालयमा हलचल पैदा भएको छ ।

मध्यपश्चिम विश्वविद्यालयअन्तर्गत क्याम्पसको कोठाका भित्तैभरि चिट कोरिएका छन् । विद्यार्थीहरु शिक्षक प्राध्यापकहरुलाई धम्की दिँदै भित्तामा चिट लेख्छन् र उत्तरपुस्तिकामा निर्धक्कसँग सार्छन् ।

यदि कसैले त्यसो नगर्न अनुरोध गर्दा आक्रमणको धम्की दिन्छन् । क्याम्पस कोठाका भित्ताभरि कोरिएका चिटले परीक्षाको मर्यादामाथि गम्भीर प्रश्न उठाएकाे  छ।

घटना हो, यही साउन ८ गतेको । इन्जिनियरीङ केन्द्रीय क्याम्पसको परीक्षामा विद्यार्थीहरुले चिट चोर्न खोजे । परीक्षामा गार्ड बसेकाहरुले रोक्न खोजे । परीक्षा हलभित्रै विद्यार्थीहरुले अपशव्द प्रयोग गर्दै गार्डमा बसेकाहरुलाई धम्की दिए ।

परीक्षा सकिएपछि पनि तिनै विद्यार्थीको समूहले केन्द्रीय क्याम्पस परिसरभित्रै उपप्राध्यापकलाई घेरा हालेर ‘परीक्षा तेरोमात्रै ठेक्का हो ? गेट बाहिर निस्केपछि के हुन्छ थाहा पाउलास्’ भन्दै फेरि धम्क्याए ।

विद्यार्थीको धम्कीका कारण आफूहरु असुरक्षित भएको भन्दै इन्जिनियरिङ क्याम्पसका १६ जना शिक्षकहरुले परीक्षा सञ्चालनमा सहभागी नहुने र नपढाउने निर्णय गरेका छन् । उच्छृङ्खल गतिविधिमा संलग्न विद्यार्थीहरुलाई कारबाही नभएसम्म काममा नफर्किने अडान उनीहरुले लिएका छन् ।
छानबिन समिति निष्क्रिय , दुई सदस्यले दिए राजीनामा

काममा नफर्किने शिक्षक तथा प्राध्यापकहरुको सामुहिक निर्णयपछि दबावमा परेको क्याम्पस प्रशासनले उक्त घटना छानविन गर्न भन्दै सहायक क्याम्पस प्रमुख गोपालसिंह भण्डारीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गर्‍याे। तर, समितिको बैठक औपचारिक रुपमा एकपटक पनि बस्न सकेको छैन । छानविन प्रक्रिया अगाडि नबढाएको र धम्की दिने विद्यार्थीहरुलाई कारबाही नभएको भन्दै छानविन समितिका दुई जना सदस्यले राजीनामा दिएका छन् । उपप्राध्यापकद्वय आशिष बराल र माधव रिजालले छानविन समिति सदस्यबाट राजीनामा दिएका हुन् ।
रिजालले अनलाइनखबरसँग भने, ‘गलत क्रियाकलाप गर्ने विद्यार्थीहरुलाई क्याम्पस प्रशासनले कारबाही गर्न नसक्दा शिक्षक प्राध्यापकहरुको मनोबल गिर्दै गएको छ ।’

छानविन समिति संयोजक एवम् सहायक क्याम्पस प्रमुख गोपालसिंह भण्डारीका अनुसार पहिलो बैठकमा विद्यार्थी प्रतिनिधिलाई पनि बोलाइएको थियो, तर उनीहरु उपस्थित नभएपछि बैठक बस्न सकेन । अब दोस्रो चरणमा सम्बन्धित उपप्राध्यापकसँग वयान लिइने छ । उनले अनलाइनखबरसँग भने, ‘छानविन गर्ने क्रम जारी छ ।’

चरम राजनीतिकरण

कर्णालीको शैक्षिक विकासका लागि भन्दै ०६७ सालमा मध्यपश्चिमाञ्चल विश्वविद्यालय स्थापना भयो । विश्वविद्यालय स्थापनाका लागि थुप्रै कर्णालीबासीले पसिना बगाएका छन् । तर जनताले गरेको त्यो योगदानको कदर हुन सकेको छैन । मध्यपश्चिम विश्वविद्यालयमा प्रायः आन्दोलन, तोडफोड, तालाबन्दी र झडप भइरहन्छ ।

मध्यपश्चिम विश्वविद्यालयको केन्द्रीय इन्जिनियरिङ क्याम्पसको प्रमुख सोनालाल यादव छन् । यादव नेपाल इन्जिनियर्स एसोसियसनका कर्णाली प्रदेशको सभापति पनि हुन् । उनी विद्यार्थीहरुलाई कारबाही गर्न अनिच्छुक रहेको प्राध्यापकहरुको आरोप छ ।

क्याम्पस नजिकका घर भएका एक स्थानीयबासीले भने, ‘यस्ता घटना क्याम्पसमा विगतमा पनि भएका थिए, तर क्याम्पस प्रमुखले कहिल्यै ‘एक्सन’ लिएनन्, त्यसैले विद्यार्थीहरु छाडा साँढेजस्तै भएका छन् ।’ विद्यार्थी संघ संगठनका नेता–कार्यकर्ताको उच्छृङ्खल गतिविधिमा क्याम्पस प्रशासनले आँखा चिम्लिँदा बेथिती बढेको र हरेक कार्यमा गन्धा राजनीतिकरण हुने गरेको स्थानीयको भनाइ छ ।

क्याम्पस प्रमुख सोनालाल यादवले भने यस विषयमा प्रतिक्रिया दिन चाहेनन् । उनले आफू बैठकमा रहेको भन्दै फोन काटे ।



source https://www.onlinekhabar.com/2019/07/784605

सरकारको नयाँ सर्कुलर : स्रोत सुनिश्चिताबिना बजेट रकमान्तर नहुने

१५ साउन, काठमाडौं । स्रोत सुनिश्चिता नभई बजेटमा समावेश कार्यक्रम वा आयोजनालाई अब अर्थ मन्त्रालयले रकमान्तर तथा थप निकासाको स्वीकृति नदिने भएको छ । अर्थ मन्त्रालयको आर्थिक वर्ष ०७६/७७ को बजेट कार्यान्वयनसम्बन्धी निर्देशन अनुसार स्रोत सुनिश्चितता नभई सुरु गरिएका खरीद प्रक्रिया वा अन्य कार्यबाट सिर्जित दायित्वमा रकमान्तर र थप निकासा नगरिने भएको हो ।

रकमान्तर नेपाली बजेट व्यवस्थाको एक विकृतिका रुपमा रहेको छ । अघिल्लो आव ०७५/७६ मा सरकारले करिब १ खर्ब बराबरको बजेट रकमान्तर गरी खर्च गरेको थियो । आर्थिक वर्षको अन्तिम तीन महिना (वैशाख–असार) को अवधिमा ४० अर्ब २१ करोड रुपैयाँ रकमान्तर गरेर खर्च गरियो । त्यसमध्ये असार महिनामा मात्र १९ अर्ब ६१ करोड ८१ लाख १३ हजार ९ सय ७३ रुपैयाँ रकमान्तर गरिएको छ ।

सामान्यतया एक आयोजना/कार्यक्रममा छुट्याइएको बजेट त्यहाँ खर्च हुन सकेन भने अर्को आयोजना/कार्यक्रममा खर्चिन अवस्थामा रकमान्तर गरिन्छ । सरकारले सुरुमा कार्यक्रम र आयोजनामा अपुग रकमका लागि रकमान्तर गरे पनि आर्थिक वर्षको अन्त्यमा हुने रकमान्तर भने मुख्यगरी मुआब्जा, कर्मचारी र जनप्रतिनिधिको तलब भत्तामा केन्द्रित हुने गरेको छ । सरकारले चालु आवबाटै स्रोत सुनिश्चितता नभएका कार्यक्रमलाई बजेटमा नराख्ने गरी राष्ट्रिय आयोजना बैंकको अवधारणा ल्याएको थियो । तर, आयोजना बैंक अझै पूर्ण कार्यान्वयनमा छैन ।

पुँजीगत खर्च तथा वित्तीय व्यवस्थातर्फ विनियोजन भएको रकम चालुमा खर्च गर्न नपाइने व्यवस्था सरकारले गरेको छ । तलब, भत्ता, पोशाक, खाद्यान्न, पानी तथा बिजुली, सञ्चार महसुल र भाडामा अर्थ मन्त्रालयको स्वीकृतिबिना रकमान्तर गर्न नपाइने व्यवस्था छ । सोही कारण असार महिनाको रकमान्तर सूचीमा अधिकांश तलब भत्ता र भाडामा बढी हुने गरेको पाइन्छ ।

सशर्त अनुदानमा हुने जोखिम

अझ रकमान्तरको दुरुपयोग सशर्त अनुदानका लागि छुट्याएको रकममा हुन्छ । यो विकृतिबाट बच्न अर्थ मन्त्रालयले सशर्त अनुदानमा राखिएको रकम तोकिएको कार्यक्रमका लागि मात्र खर्च गर्नुपर्ने शर्त राखेको छ ।

सशर्ततर्फका कार्यक्रममा बजेट माग गर्ने सम्बन्धमा अर्थ मन्त्रालयले छुट्टै मापदण्ड बनाएको छ । सशर्त अनुदानमा राखेका योजना र कार्यक्रम कार्यान्वयन गर्दा थप रकम चाहिएमा कार्यप्रगतिका आधारमा मात्र अर्थ मन्त्रालयले थप रकम पठाउन सक्ने निर्देशिकामा उल्लेख छ ।

कुनै कार्यक्रम केन्द्रको बजेटबाट स्थानीय वा प्रदेशबाट कार्यान्वयन गराउन परे अथवा प्रदेश र स्थानीय तहको बजेटबाट केन्द्रले कार्यान्वयन गर्न चाहे समेत समन्वय गरी बजेट कार्यान्वयन गर्न सकिने व्यवस्था अर्थ मन्त्रालयले गरेको छ । स्थानीय तहको योजना तथा कार्यक्रम नेपाल सरकारको सम्बन्धित कार्यालयमार्फत कार्यान्वयन हुने भयो भने स्थानीय तहले कार्यक्रमका लागि छुट्याएको बजेट संघीय निकायको नाममा खुलेको खातामा फिर्ता गर्नुपर्ने गरी बजेट कार्यान्वयनको प्रावधान राखिएको छ ।

कात्तिक १५ बाट धमाधम काम

खरीद प्रक्रिया अवलम्बन गर्नुपर्ने आयोजना तथा कार्यक्रमको हकमा प्रक्रिया पूरा गरी १५ कात्तिकबाट काम नै सुुरु गर्नुपर्ने निर्देशन अर्थ मन्त्रालयले सबै निकायलाई दिएको छ । बजेटमा परेका आयोजनाको तयारीका चरण पूरा गरी आयोजना/कार्यक्रमको चौमासिक विभाजनसहितको वार्षिक खरीद योजना, विस्तृत डिजाइन र लागत अनुमान तयारी गरी साउन मसान्तभित्र बोलपत्र आह्वानसमेत गरिसक्न अर्थले सबै निकायमा पत्राचार गरेको छ । असोज मसान्तभित्र बोलपत्र मूल्यांकन गरी ठेक्का सम्झौता गर्न र त्यसको १५ दिन भित्र काम सुरु गर्ने कार्यादेश दिन निर्देशन दिइएको छ ।

रकम भुक्तान्ी गर्दा आयोजना/कार्यक्रमको भौतिक प्रगतिका आधारमा मात्र भुक्तानी दिने व्यवस्था गरिएको छ । पहिलो चौमासिक भुक्तानी/निकासाका लागि भने भौतिक प्रगति अनिवार्य गरिएको छैन । दोस्रो र तेस्रो चौमासिकको भुक्तानी भने भौतिक प्रगति न्यूनतम ५० प्रतिशत पुगेपछि मात्र निकासाको व्यवस्था गर्न निर्देशन दिइएको छ ।

बिल ५ दिनभित्रै काटिसक्ने

काम सम्पन्न भई मूल्यांकनसमेत सम्पन्न भएको आयोजना तथा कार्यक्रमको भुक्तानीको बिल १० दिनभित्र तयार गरिसक्न अर्थले निर्देशन दिएको छ । बिल पेश भएको ५ दिनभित्र बिल स्वीकृतिको व्यवस्था मिलाइएको महालेखा नियन्त्रक कार्यालयले जानकारी दिएको छ । नेपालमा सरकारी भुक्तानी ढिला हुँदा पनि असारे विकासले प्रश्रय पाएको गुनासो धेरै सुनिन्छ ।

व्यापारिक क्षेत्रका घर भाडामा लिन नपाइने

सरकारले भाडामा लिएर कार्यालय संचालन गर्दा प्रमुख व्यापारिक क्षेत्र र मार्गभन्दा पर मात्र लिनुपर्ने प्रावधान राखिएको छ । यसको मतलव घरभाडा मितव्ययी बनाउनु हो । कुनै पनि सरकारी निकायले आर्थिक दायित्व सिर्जना हुने नयाँ निर्णय गर्दा वा मन्त्रिपरिषद्मा प्रस्ताव लैजाँदा समेत अर्थ मन्त्रालयको स्वीकृति अनिवार्य गरिएको छ ।



source https://www.onlinekhabar.com/2019/07/784604

एक वर्षको सेयर बजार : नेप्सेको पहिरो थामियो

१५ साउन, काठमाडौं । केही वर्षदेखि सेयर बजारमा निरन्तर आइरहेको पहिरो पछिल्लो एक वर्षमा थामिएको छ । अल्पकालीन रुपमा उतारचढाव आए पनि एक वर्षको अन्तरालमा नेप्से ६२ अंकले माथि उक्लियो ।

बजार निरन्तर ओरालो लागेर निराश बनेका लगानीकताहरुलाई यो थोरै राहतको खबर हो । तर, यसमा सन्तोष मान्न सक्ने अवस्था भने छैन । किनकि पछिल्लो चार वर्षमा लगानीकर्ताहरुले धेरै रकम गुमाइसकेका छन् ।

सरकारले आर्थिक वर्ष ०७६/७७ का लागि सेयर बजारका लगानीकर्ताहरुलाई सहज हुने किसिमका केही व्यवस्थाहरु गरे पनि बजारमा ठोस सुधार हुन सकेको छैन । यद्यपि, वर्षभरिको तुलना गर्ने हो भने अघिल्लो आर्थिक वर्ष ०७४/७५ भन्दा गत आर्थिक वर्ष ०७५/७६ राम्रै रह्यो ।

सेयर बजारमा एक समय १९ खर्ब रुपैयाँभन्दा माथि पुँजीकरण पुगेको थियो । त्यसयता लगातार ओरालो लागेको सेयर बजारको पुँजीकरण १३ खर्ब रुपैयाँको हाराहारीमा झर्यो । सेयर बजारको पुँजीकरणमा पहिरो जाँदा लगानीकर्ताहरु निरुत्साहित बन्दै गएका थिए ।

तर गत वर्ष भने सुधार भएको छ । नेप्से परिसूचक एक वर्षको अवधिमा ६२ अंक माथि उक्लयो । ०७५ असार मसान्तसम्म १२१२.४ अंकमा सीमित नेप्से परिसूचक ०७६ को साउन १ सम्म आइपुग्दा १२७४.८६ अंकमा पुगेको छ । ०७४ असार मसान्तमा उक्त सूचकांक ७.९ प्रतिशतले ह्रास भई १५८२.७ विन्दु कायम भएको थियो । त्यसपछि भने बजार सुधारको दिशामा छ ।

सेयर कारोबारमापक नेप्से परिसूचकसँगै बजार पुँजीकरणमा समेत राम्रो सुधार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार एक वर्षको अवधिमा १ खर्ब ५२ अर्ब २० करोड रुपैयाँले बजार पुँजीकरण बढेको छ ।

२०७५ को असार मसान्तसम्म १४ खर्ब ३५ अर्ब १४ करोड रुपैयाँ रहेको सेयर बजारको पुँजीकरण ०७६ को साउन १ गतेसम्म आइपुग्दा १५ खर्ब ८७ अर्ब ३४ करोड १७ लाख रुपैयाँ पुगेको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिए ।

२०७६ को साउन १४ सम्म भने यो तथ्यांक घटेको छ । नेप्से परिसूचक १२५९.३७ मा आइपुगेको छ भने बजार पुँजीकरण १५ खर्ब ६८ अर्ब ७८ करोड रुपैयाँमा झरेको छ ।

अनलाइन प्रणाली कार्यान्वयनमा

आर्थिक वर्ष ०७५/७६ मा बहुप्रतिक्षित अनलाइन कारोबार प्रणाली कार्यान्वयनमा आएको छ । यो प्रणाली लागू भएपछि सेयर बजार माथि उठ्ने अपेक्षा गरेका थिए लगानीकर्ताले । तर, उनीहरुको उत्साह धेरै टिकेन, किनभने कार्यान्वयन लगत्तै अनलाइन प्रणालीमै खराबी आयो ।

प्रणालीमा आएको खराबीका कारण कतिपय दिनहरुमा कारोबार हुनै सकेन भने कहिलेकाहीँ समय अगाडि नै बन्द हुने गरेको थियो । कारोबार प्रणालीमा समस्या आउँदा नेपाल स्टक एक्सचेञ्जले राति ६ः३० सम्म कारोबार खुलाउन समेत बाध्य भएको थियो । सामान्यतया सेयर कारोबार हुने समय बिहान ११ बजेदेखि मध्याह्न ३ बजेसम्म हो ।

बजारमा आएका विभिन्न समस्याका कारण लगानीकर्ताहरु आन्दोलनमा होमिन बाध्य भए । शेयर लगानीकर्ता दबाव समूह अर्थमन्त्री डा. युवराज खतिवडा, राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपाल, धितोपत्र बोर्डका अध्यक्ष रेवतबहादुर कार्की, नेप्सेका महाप्रवन्धक चन्द्रसिंह साउदलगायतको राजीनमा माग गर्दै आमरण अनसनसमेत बसेको थियो ।



source https://www.onlinekhabar.com/2019/07/784603

खेतमा पानी लगाउने विषयमा विवाद हुँदा गुल्मीका १ जनाको मृत्यु

१५ साउन, गुल्मी । खेतमा पानी लगाउने क्रममा विवाद हुँदा गुल्मीमा एक जनाको मृत्यु भएको छ ।

जिल्लाको मुसिकोट नगरपालिका–३, नौघाटे खेतमा पानी लगाउने क्रममा भएको विवादमा ४५ वर्षीय लक्ष्मण कुमालले धारिलो हतियार प्रहार गर्दा ५० वर्षीय मोतीलाल कुमालको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) दीपककुमार बस्नेतका अनुसार, बुधवार राति खेतमा पानी लगाउने क्रममा दुईबीच विवाद बढेपछि लक्ष्मणले मोतीलालमाथि खेतमै धारिलो हतियार प्रहार गरेका थिए । धारिलो हतियार प्रहारबाट उनको खेतमै मृत्यु भएको थियो ।

हत्यामा संलग्नलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय, गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) मीनबहादुर घलेका अनुसार, लक्ष्मणले हँसियाले प्रहार गरेर आफूले मोतीलालको ज्यान लिएको स्वीकारेका छन् ।



source https://www.onlinekhabar.com/2019/07/784602

नुवाकोटको वडा कार्यालयमा बम विस्फोट, रौतहटमा आगजनी

१५ साउन, काठमाडौं । नुवाकोट र रौतहटका वडा कार्यालयमा अज्ञात समूहले बम विस्फोट तथा आगजनी गरेका छन् ।

नुवाकोटको ककनी गाउँपालिका–१ को वडा कार्यालयमा अज्ञात समूहले गएराति बम विस्फोट गराएका हुन् । विस्फोटबाट वडा कार्यालयका महत्त्वपूर्ण उपकरण तथा कागजपत्र जलेका छन् ।

ककनी गाउँपालिकाकी उपाध्यक्ष सीता खतिवडा लामाले बम विस्फोट भएको पुष्टि गर्दै वडा कार्यालयमा रहेका कागजपत्र, कम्प्युटरलगायतका महत्त्वपूर्ण सामग्री जलेको जानकारी दिइन् ।

बम विस्फोटमा विप्लव समूह संलग्न रहेको अनुमान गरिए पनि यो समूहले अहिलेसम्म यसको जिम्ममा लिएको छैन ।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

त्यसैगरी, विप्लव समूहको बन्दको पूर्वसन्ध्यामा रौतहटको एक वडा कार्यालयमा पनि आगजनी भएको छ । चन्दपुर नगरपालिकाको गैंडाटारमा रहेको वडा कार्यालयमा गएराति १ बजे अज्ञात समूहले आगजनी गरेको हो ।

आगजनीबाट फर्निचर, कम्प्युटर, प्रिन्टरलगायतका सामान जलेर नष्ट भएका छन् ।

नुवाकोटमा जस्तै रौतहटमा पनि आगजनी गर्ने पक्षले अहिलेसम्म जिम्मा लिएको छैन ।



source https://www.onlinekhabar.com/2019/07/784598

विप्लव समूहद्वारा मकवानपुरमा दुई गाडीमा आगजनी

१५ साउन, हेटौंडा । बन्दको अवज्ञा गरेको भन्दै विप्लव समूहका कार्यकर्ताले मकवानपुरमा गाडीमा आगजनी गरेका छन् । हेटौंडाका विभिन्न स्थानमा शंकास्पद वस्तु पनि फेला परेका छन् ।

बन्द आह्वानको पूर्वसन्ध्यामै हेटौंडा–नारायणगढ खण्डअन्तर्गत मनहरी–९, ज्यामिरेमा बा ५ ख १७३९ नम्बरको ट्रक र मकवानपुरकै फाखेल–हुमाने भञ्ज्याङ्ग सडक खण्डमा बा १४ च ८२३४ नम्बरको कारमा आगजनी गरिएको हो ।

आगजनीका कारण कार पूर्ण रूपमा क्षति पुगेको र ट्रकको अगाडिको भाग मात्र जलेको जिल्ला प्रहरी कार्यालय, मकवानपुरका प्रहरी उपरीक्षक मुकेश सिंहले जानकारी दिए ।

त्यसैगरी, हेटौंडाका थानाभर्याङ, चौकीटोल, हुप्राचौरको क्विक २० नजिकै शंकास्पद् वस्तु सेनाको टोलीले निष्क्रिय पारेको छ । हेटौंडाको मुख्य बजारको पारिजात पथमा फेला परेको शंकास्पद वस्तु निष्क्रिय पार्न सेनाको टोली आउँदै गरेको प्रहरीले जनाएको छ ।

काठमाडौं उपत्यका इञ्चार्ज माइला लामालाई प्रहरीले पक्राउ गरेको विरोधमा विप्लव समूहले बुधबार बागमती र नारायणी अञ्चल तथा रामेछाप र दोलखा जिल्ला बन्द आह्वान गरेको छ ।



source https://www.onlinekhabar.com/2019/07/784588

आजका पत्रिका : डाबरका औषधिमा उच्च आर्सेनिक

१५ साउन, काठमाडौं । आजका पत्रिकाहरुमा फरक फरक समाचारले प्राथमिकता पाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली आराम गर्न सिंगापुर जान लागेकोलगायतका समाचार आजका पत्रिकामा पढ्न पाइन्छ ।

कान्तिपुरले एनसेलले पुँजीगत लाभ करभन्दा बाहेक अर्कै शीर्षकमा समेत करिब २ अर्ब रुपैयाँ कर छलेको समाचार लेखेको छ । कान्तिपुरको भित्री पृष्ठमा डाबर इन्डियाका औषधिमा उच्च मात्रामा आर्सेनिक पाइएको समाचार छ ।

भारतकै भेलोरस्थित क्रिस्चियन मेडिकल कलेज (सीएमसी) र नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान नाष्टले गरेको परीक्षणबाट डाबर इन्डियाबाट उत्पादित औषधिमा आर्सेनिक र हेभी मेटलको मात्रा अत्यधिक देखिएको हो ।

जसबाट झापाका ३६ वर्षे वेदप्रसाद शर्मा पीडित छन् । उनी आफैं कविराज पनि हुन् । ढाड दुख्ने समस्याका कारण लामो समयदेखि डाबर इन्डियाका औषधि उनले सेवन गरेका थिए । तर, पछि छालामा समस्या देखियो । त्यसपछि उनी भेलोरस्थित सिएमसी अस्पताल पुगे । त्यहाँ जँचाउँदा शरीरमा अधिकतम ०.५ मिलिग्राम आर्सेनिकको मात्रा हुनुपर्नेमा १ सय ९९ मिलिग्राम देखियो । पिसाबमा १ हजार १२ मिलिग्राम देखियो । विभिन्न किसिमका प्राविधिक परीक्षणपछि अस्पतालले उनको रोग बोनम्यारो डिप्रेसन रहेको पत्ता लगायो । यसको पछाडि आर्सेनिक विषाक्तता मुख्य कारण रहेको चिकित्सकहरुको ठहर थियो । यसको कारण पत्ता लगाउन इतिहास केलाउँदै जाँदा उनले सेवन गरेका डाबरको औषधि पनि परीक्षण गरियो । यो परीक्षणमा डाबरको औषधिमा आर्सेनिक र हेभी मेटल पाइएको समाचारमा उल्लेख छ ।

डाबर इन्डियाबाट उत्पादित आयुर्वेदिक औषधिका कारण आर्सेनिक विषाक्तता भएर आफूमा बोनम्यारो डिप्रेसन भएको दाबीसहित शर्माले सम्बद्ध निकायसँग क्षतिपूर्ति मागेको कान्तिपुरमा समाचार छ ।

नागरिक दैनिकले प्रधानमन्त्री केपी शर्मा ओली साउन १८ गते आराम गर्न सिंगापुर जान लागेको समाचार छापेको हो । ललिता निवास र त्यसले चर्चेको करिब एक सय १४ रोपनी जग्गा हिनामिना गर्ने मुख्य योजनाकार शोभाकान्त ढकाल र रामकुमार सुवेदीले अख्तियार र सिआईबीमा बयान दिएको समाचार पनि नागरिकमा छ ।

राजधानी दैनिकमा अधिकांश मन्त्रालयले कार्यसम्पादन सम्झौता नगराएको, काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्य सरकारको स्वीकृतिविना जम्बो टोली लिएर विदेश गएको लगायतका समाचार छन् ।

अन्नपूर्ण पोष्ट दैनिकमा ठेक्काको म्याद थपिए पनि सडक नबन्ने गरेको बेथितीको समाचारमा छ । त्यससँगै तातोपानी भन्सार नाका खुले पनि भूकम्पअघि जसरी चल्न नसकेको समाचार पनि छ ।

कारोबार दैनिकमा १० वर्षमा ३ सय प्रतिशतले ब्यापार घाटा बढेको मुख्य समाचार छ ।

गोरखापत्र दैनिकले आज साउन १५ को सन्दर्भमा खिर खानु हरेक हिसाबले फाइदाजनक रहेको समाचार छापेको छ ।
हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज



source https://www.onlinekhabar.com/2019/07/784587

Monday, 29 July 2019

विमानस्थलबाट क्लब डेजाभूका सञ्चालक श्रेष्ठ पक्राउ

१४ साउन, काठमाडौं । दरबारमार्गको क्लब डेजाभूका सञ्चालक मनोज श्रेष्ठ पक्राउ परेका छन् ।

हङकङबाट काठमाडौं आएका श्रेष्ठलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको इन्टरपोलको माइन्ड उपकरणको सहयोगमा पक्राउ गरिएको हो ।

प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेलका अनुसार श्रेष्ठविरुद्ध काठमाडौं प्रहरी परिसर, टेकुको अनुरोधमा १५ माघ २०७५ मा अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) ले डिफ्यूजन नोटिस जारी गरेको थियो ।

‘माइन्ड डिभाइसले इन्टरपोलमा नोटिस जारी भएका फरार अपराधी, संदिग्ध व्यक्तिको पहिचान, चोरी वा हराएका पासपोर्ट र ट्राभल डकुमेन्टको प्रयोग गरी आवतजावत गर्ने मानिसको नियन्त्रण गर्न सहयोग गर्छ’, उनले अनलाइनखबरसँग भने, ‘त्यसकै आधारमा श्रेष्ठ विमानस्थलमा पक्राउ परेका हुन् ।’

यो पनि पढ्नुहोस क्लब डेजाभूका एक शेयरधनीविरुद्ध इन्टरपोलमा नोटिस

काठमाडौं प्रहरीका अनुसार श्रेष्ठले डेजाभुको अध्यक्ष पदमा रहँदा कम्पनीमा लगानी गर्न विश्वराम श्रेष्ठबाट २ करोड रुपैयाँ लिएका थिए । त्यसवापत उनले शेयर दिने बताएका थिए । सहमति अनुसार शेयर नदिएपछि उनले रकम फिर्ता मागे ।

श्रेष्ठले २ करोड बराबरको चेक दिए पनि बाउन्स भएपछि काठमाडौं प्रहरीमा बैंकिङ कसूरको उजुरी दर्ता भएको थियो । तर, उनी सम्पर्कमा थिएनन् ।

यसअघि २८ मंसिर ०७४ मा चर्चित डीजे मार्समेलोलाई ल्याउने भन्दै टिकट बिक्री गरे पनि उनी नआएपछि क्लबमा तोडफोड भएको थियो भने ८ जना सञ्चालकविरुद्ध ठगी आरोपमा मुद्दा चलेको थियो । हाल जिल्ला अदालत, काठमाडौं त्यो मुद्दा विचाराधीन छ ।

घटनापछि नै विश्वरामले २ करोड लगानी गरेको जनाइएको छ ।



source https://www.onlinekhabar.com/2019/07/784387

पत्नी र दुई छोरीसहित प्रचण्ड यूएई प्रस्थान

१४ साउन, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संयुक्त अरब इमिरेट्स (युएई) प्रस्थान गरेका छन् ।

नेकपा अध्यक्ष प्रचण्ड  मंगलबार बिहान पत्नी सीता, छोरीहरु रेणु दाहाल र गंगा दाहालसहित युएई प्रस्थान गरेका हुन् । लामो समयदेखि बिरामी पत्नी सीताको इच्छामा यो भ्रमण तय गरिएको पारिवारिक स्रोतले जनाएको छ ।

५ दिने युएई भ्रमणका क्रममा अध्यक्ष दाहालको कुनै पनि राजनीतिक भेटघाटको कार्यक्रम तय नभएको बताइएको छ ।

नेकपा अध्यक्ष प्रचण्डले सोमबार बसेको पार्टी सचिवालय बैठकमा आफ्नो यूएई भ्रमणबारे जानकारी गराएका थिए ।



source https://www.onlinekhabar.com/2019/07/784385

मिरुना र नीताको दाबी–‘हामीविच डाहा छैन’

साउनको २४ गते नायिका मिरुना मगर र नीता ढुंगानाको मुख्य भूमिका रहेको चलचित्र ‘साइनो’ रिलिज हुँदैछ । यो चलचित्रमा मिरुना आधुनिक यूवतीको भूमिकामा छिन् भने नीतालाई गाउँकी यूवतीको भूमिकामा देखाइएको छ ।
दुबै नायिकाले यो चलचित्रका लागि निकै नै मिहिनेत गरेको बताए । नीताको प्रशंसा गर्दै मिरुनाले भनिन्–‘उहाँले त कालिञ्चोकको चिसोमा लड्दै उठेर काम गर्नुभएको छ । उहाँबाट मैले धेरै कुरा सिकेकी छु ।’

मिरुना र नीताले चलचित्रमा आफूहरुले काम गर्दा धेरै कुरा सिकेको तर एकले अर्काको डाहा भने नगरेको खुलाए । दुबैले भने–‘त्यस्तो डाहा गर्ने कुरा नै छैन नी । हामीले एक अर्काबाट धेरै कुरा सिकेका छौ । दुबैले आफ्नो भूमिकालाई मिहिनेतका साथ शत प्रतिशत निर्वाह गरेका छौ ।’

नीताका अनुसार, यो चलचित्रलाई मल्टिप्लेक्स र सिंगल दुबै हलमा पुग्ने दर्शकले मन पराउनेछन् । चलचित्रबाट आशावादी हुनुहुन्छ नी भन्ने प्रश्नमा मिरुनाले भनिन्–‘म त एकदमै आशावादी छु । हामीले चलचित्रलाई सबै खालका दर्शक सुहाउने बनाएका छौ । यो भेज मःम हो ।’

नायिका ढुंगानाले पनि चलचित्रलाई कुनै हल केन्द्रित दर्शकका लागि भन्दा पनि सबैका लागि बनाएको स्पष्ट पारिन् । उनले, चलचित्रको व्यापार कस्तो हुन्छ भनेर अड्कल लगाउन नसकिने भन्दै उत्कृष्ट चलचित्र बनाउन कुनै कसर बाँकी नराखिएको बताइन् ।



source https://www.onlinekhabar.com/2019/07/784381

ग्लोबल आईएमई बैंकले कमायो २ अर्ब ७९ करोड

१४ साउन, काठमाडौं । ग्लोबल आईएमई बैंकले एक वर्षमा २ अर्ब ७९ करोड ५२ लाख ९४ हजार रुपैयाँ मुनाफा आर्जन गरेको छ । आर्थिक वर्ष ०७५/७६ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दै ग्लोबल आईएमईले २ अर्ब ७९ करोड ५२ लाख ९४ हजार रुपैयाँ मुनाफा आर्जन गरेको जानकारी दिएको हो ।

आर्थिक वर्ष ०७४/७५ मा यो बैंकले २ अर्ब १० करोड १३ लाख ६३ हजार रुपैयाँ मुनाफा आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा ग्लोबल आईएमई बैंकले ३३ प्रतिशतले मुनाफा बढाएको हो ।

बैंकको अन्य सूचकहरुको अवस्था पनि राम्रो देखिएको छ । बैंकले खुद ब्याज आम्दानी, प्रतिसेयर आम्दानी, निक्षेप संकलन तथा कर्जा लगानीमा समेत राम्रो सुधार गरेको छ ।

 

 



source https://www.onlinekhabar.com/2019/07/784368

नेइमारलाई राहत, बलात्कार अभियोगको छानबिन स्थगित

१४ साउन, काठमाडौं । प्रहरीले ब्राजिलियन फुटबलर नेइमारविरुद्ध लागेको बलात्कार अभियोगको छानबिन स्थगित गरेको छ । यसले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेनबाट व्यवसायिक फुटबल खेल्दै आएका नेइमारलाई राहत दिएको छ ।

प्रमाणको अभावमा मुद्दा निलम्बन गरिएको साओ पाओला महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ । तर, अन्तिम निर्णयका लागि अभियोजनकर्ता कहाँ पठाइनेछ ।

ब्राजिलियन मोडल नाजिला त्रिन्दाजीले नेइमारमाथि बलात्कारको आरोप लगाएकी थिइन् । गत मेमा पेरिसमा एक होटलमा भेट्दा नेइमारले जबरजस्ती गरेको उनको आरोप थियो, जसलाई ब्राजिलियन फुटबलरले अस्वीकार गर्दै आएका छन् ।

नेइमारका प्रवक्ताले प्रहरीको निर्णयबारे प्रतिक्रिया दिन अस्वीकार गरेको एएफपीले जनाएको छ ।



source https://www.onlinekhabar.com/2019/07/784380

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More