Tuesday, 31 December 2019

नेपाल भ्रमण वर्ष २०२० दशरथ रंगशालाबाट शुभारम्भ गरिँदै

१६ पुस, काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० बुधबारबाट औपचारिक रुपमा सुरु हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौंको दशरथ रंगशालामा भव्य समारोहका बीच भ्रमण वर्षको औपचारिक शुभारम्भ गर्नेछिन् । यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले समारोहलाई विशेष सम्बोधन गर्नेछन् ।

अपराह्न ४ बजेदेखि शुरु हुने औपचारिक समारोह पाँच घण्टासम्म चल्ने भ्रमण वर्ष सचिवालयले जनाएको छ । नेपालका मौलिक संस्कृति झल्कने नाचगानबाट शुरू हुने कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको सहयोगमा राष्ट्रगान बजाइनेछ ।

राष्ट्रगान सकिएलगत्तै बाजागाजासहित रंगशालामा भ्रमण वर्ष २०२० को मानव साङ्लो बनाइनेछ । कुटुम्ब ब्याण्डको सांगीतिक प्रस्तुतिमा विभिन्न संघसंस्थाले परेड खेल्नेछन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले स्वागत मन्तव्य राख्नेछन् । सोही समारोहमा भ्रमण वर्षको राष्ट्रिय गीतसमेत सार्वजनिक गरिनेछ । उदघाटन समारोहको रिहर्सल मंगलबार नै गरिएको थियो ।

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाएर उक्त अवधिमा २० लाख विदेशी पर्यटक भित्राउने लक्ष्य लिएको छ । सन् २०१८ मा १२ लाख हाराहारीमा विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

विदेशी पाहुना काठमाडौंमा

नेपाल भ्रमण वर्ष २०२० को उदघाटन समारोहमा सहभागी हुन विभिन्न मुलुकका विदेशी पाहुना काठमाडौं आएका छन् । भ्रमण वर्षको उदघाटन समारोहमा सहभागी हुन चीनका सहायक पर्यटनमन्त्री वाङ सियाओफेङ, भारतका पर्यटन राज्यमन्त्री प्रल्हादसिंह पटेल, म्यानमारका प्राकृतिक स्रोत तथा वातावरण संरक्षणमन्त्री यू ओहन मौग, जमैकाका मन्त्री ओन मउङ काठमाडौं आएका छन् ।

यस्तै भुटान, कम्बोडिया, कतारलगायत मुलुकका पर्यटन विभागका महानिर्देशकहरु पनि काठमाडौं आएका छन् । पर्यटन बोर्डका निवर्तमान प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीका अनुसार भ्रमण वर्षको उदघाटन कार्यक्रमका लागि दक्षिण एशियाली, मध्यपूर्वी, युरोपलगायत मुलुकका ३४ वटा सञ्चारमाध्यमका प्रतिनिधिहरु नेपाल आएका छन् ।



source https://www.onlinekhabar.com/2020/01/824825

कांग्रेसले ४४ औं मेलमिलाप दिवस मनाउँदै

१६ पुस, काठमाडौं । नेपाली कांग्रेस र उसका भ्रातृसंस्थाहरुले ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’ मनाउँदै छन् ।

पार्टीका संस्थापक बीपी कोइरालालगायतका नेता लामो निर्वासन अन्त्य गरी स्वदेश फर्किएको दिन पुस १६ गतेलाई हरेक वर्ष ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’का रुपमा मनाउँदै आएको छ ।

यसै सन्दर्भमा कांग्रेसले बुधबार ७७ वटै जिल्लामा आमसभा, गोष्ठी, र्‍याली, कोणसभालगायतका कार्यक्रम गरी ४४औँ मेलमिलाप दिवस मनाउन लागेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

मुलुकको सार्वभौमसत्ता रक्षा गर्न जनताकै बीचमा रहनुपर्दछ भन्ने सोचका साथ नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला, लौहपुरुष गणेशमान सिंह, नेत्री शैलजा आचार्य, नेता खुमबहादुर खड्कालगायत नेताहरु मेलमिलापको नीति लिएर वि.सं २०३३ पुस १६ गते स्वदेश फर्किएका थिए ।

बीपी कोइराला

दक्षिण एशियामा देखिएको तत्कालीन राजनीतिक संक्रमणबाट नेपाललाई बचाउन आफूमाथिको मृत्युदण्डको मुद्दालाई बेवास्ता गर्दै त्यसबेला स्वदेश फर्किएका कांग्रेस नेता बीपीले मुलुकको सार्वभौम सत्ता रक्षाका लागि जनशक्ति (राजनीतिक दल) र राजशक्ति (राजा) मिल्नुपर्ने धारणा राखेका थिए ।

तत्कालीन अवस्थामा नेपालको सार्वभौमसत्ता नै गुम्ने खतरा देखेपछि स्वदेश फर्किएका नेता बीपी कोइराला, गणेशमान सिंहलगायतलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिनेबित्तिकै पक्राउ गरी सुन्दरीजल जेलमा बन्दी बनाइएको थियो ।

नेपालमा केही समय जेल जीवन बिताइसकेपछि २०२५ सालमा भारत प्रवासमा गएका नेताहरू राष्ट्रियतामाथि खतरा देखिएको भन्दै आठ वर्षे प्रवास जीवन त्यागेर राष्ट्रिय एकता तथा मेलमिलाप नीति लिएर २०३३ पुस १६ गते स्वदेश फर्किएका थिए ।

प्रजातन्त्रको स्थापना र संरक्षणमा आजीवन संघर्ष गरेका बीपी कोइरालाले प्रजातन्त्र र आर्थिक उन्नतिका लागि समाजवादका नाममा अघि सारेको दृष्टिकोण अहिले पनि उत्तिकै सान्दर्भिक मानिन्छ । राष्ट्रियता, प्रजातन्त्र र आर्थिक समृद्धि ‘राष्ट्रिय एकता तथा मेलमिलाप’बाट मात्रै सुनिश्चित हुने भन्दै ४३ वर्षअघि अवलम्बन गरेको नीति सान्दर्भिक रहेको नेताहरु बताउँछन् ।



source https://www.onlinekhabar.com/2020/01/824823

सन् २०२० आरोग्यको वर्ष बनोस् : प्रधानमन्त्री ओली

१६ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आजदेखि शुरु भएको नयाँ वर्ष सन् २०२० को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका छन् ।

नयाँ वर्ष सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा समेत मनाउँदै लाखौं पर्यटकलाई नेपालमा स्वागत गरिने बताउँदै प्रधानमन्त्री ओलीले सन् २०२० स्वदेश र विदेशमा रहेका समस्त दिदीबहिनी तथा दाजुभाइका लागि सुख, शान्ति, समृद्धि, प्रगति र आरोग्यको वर्ष बनोस् भन्ने कामना गरेका छन् ।

नववर्षका अवसरमा दिएको शुभकामना सन्देशमा उनले भर्खरै बिदा भएको २०१९ नेपालको सुस्थिर राजनीतिक उपलब्धिको वर्षका रुपमा रहेको, यसै वर्ष अन्तरराष्ट्रिय जगतमा नेपालको उपस्थितिलाई थप प्रभावकारी बनाउन सकेको तथा दूरगामी महत्वको ऐतिहासिक नेपाल भ्रमणमा मित्रराष्ट्रका पाहुनालाई सत्कार गरेको स्मरण गरेका छन् ।

‘यही समयमा हामीले पृथकतावादी प्रवृत्तिलाई सधैंका लागि अन्त्य गर्‍यौं । विकासका केही दूरगामी योजना यसै वर्ष थालनी गर्‍यौं भने जनताको जीवनमा प्रत्यक्ष परिवर्तन महसुस गराउने केही आयोजना सम्पन्न गर्‍यौं । चार वर्षअघिको भूकम्पबाट ध्वस्त भएका संरचनाहरुको पुनर्निर्माण सम्पन्नताउन्मुख छ,’ प्रधानमन्त्रीको शुभकामना सन्देशमा उल्लेख छ ।

व्यवसायका लागि सुरक्षित राष्ट्रका रुपमा नेपालको स्थान केही माथि पुगेको तथा आयात कटौती र निर्यातमा केही वृद्धि गरी सुदृढ अर्थतन्त्रको जग बसाल्न सफल भएको बताउँदै प्रधानमन्त्री ओलीले निराशाहरु विनिमय गरी समय बिताउने हाम्रो सामाजिक प्रवृत्ति संक्रमणकालीन संशयलाई चिर्दै विकास, सुशासन र समृद्धितर्फको बहसमा अभ्यस्त हुन थालेको सन्देशमा उल्लेख गरेका छन् ।

‘समृद्ध नेपाल-सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न हाम्रा कदम थप अघि बढेका छन् । समग्रमा राजनीतिक संघर्ष र व्यवस्थापनको बहसबाट सिंगो समाज यस अवधिमा विकास र समृद्धिको बहसतर्फ केन्दि्रत रहन सकेको छ,’ सन्देशमा प्रधानमन्त्रीले भनेका छन् ।

अव्यवस्था र अनिश्चयबाट लामो समय गुज्रेको मुलुकलाई विकास र समृद्धिमा लैजाने काममा चुनौती रहेको तथा देशले त्यस्ता अवरोधलाई भोगे पनि मुलुक र जनताको दीर्घकालीन हितमा अगाडि बढाएका पाइलालाई गन्तव्यतर्फ थप गतिशील बनाएको बताउँदै प्रधानमन्त्रीले राष्ट्रिय समृद्धितर्फका पाइला आगामी वर्षमा अझ दृढतापूर्वक उचाइमा पुग्ने विश्वास व्यक्त गरेका छन् ।

अर्काे नयाँ वर्षको सँघारमा पुग्दासम्म विकास र समृद्धिका लागि हामीले बसालेको जग देखिने गरी उचाइमा उठ्ने तथा जनताको जीवन सुखी र राष्ट्रको अवस्था समृद्ध बनाउने अभियान सार्थक विन्दुमा पुग्ने बताउँदै उनले निर्वाचनमार्फत प्रकट जनचाहनालाई शिरमा राख्दै आफूले पटकपटक गरेको संकल्प ‘जनताका अपेक्षालाई कुनै पनि हालतमा विफल हुन नदिने सरकारको यस अभियान’मा सम्पूर्ण पेशा, क्षेत्र, वर्ग र समुदायका दिदीबहिनी दाजुभाइको साथ रहने आशा प्रकट गरेका छन् ।



source https://www.onlinekhabar.com/2020/01/824822

आजबाट अंग्रेजी नयाँ वर्ष सन् २०२० सुरु

१६ पुस, काठमाडौं । आजबाट इस्वी संवतको नयाँ वर्ष सन् २०२० शुरु भएको छ । नेपालीसहित विश्वभरका मानिसहरुले आपसमा शुभकामना आदान प्रदान गर्दै नयाँ वर्ष मनाइरहेका छन् ।

इसाइ धर्मका प्रवर्तक जिसस क्राइस्ट (प्रभु यशु) को सम्झनामा उनको मृत्युपछि अनुयायीले सो संवत् प्रचलनमा ल्याएका हुन् ।

ग्रेगोरियन पात्रोअनुसार सन् २०१९ को विदाई र नयाँ वर्ष सन् २०२० को स्वागतमा विश्वभर बिभिन्न कार्यक्रमहरु आयोजना भइरहेका छन् । यशु ख्रीस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले शुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिन्छ । नयाँ वर्षमा इसाई धर्मावलम्बीहरुले यशुको सम्झना गर्दै अंगुरको रस र रोटी खाने प्रचलन छ ।

इस्वी संवतको नयाँ वर्षको अवसरमा नेपालमा पनि शुभकामना आदानप्रदान, सांगीतिक प्रस्तुतीलगायतका विभिन्न कार्यक्रमहरु भइरहेका छन् । नयाँ वर्ष मनाउन काठमाडौं, पोखरा, नगरकोट, धुलिखेल, चितवनको सौराहालगायतका स्थानहरुमा मानिसहरु भेला भएका छन् । ती स्थानका होटलहरु भरिभराउ छन् ।

विश्वभरका नेताहरुले नयाँ वर्षको शुभकामना दिँदै विश्वमा शान्ति र समृद्धिको कामना गरेका छन् । सन् २०२० को अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेश तथा विदेशमा रहेका समस्त दिदीबहिनी तथा दाजुभाइका लागि सुख, शान्ति, समृद्धि, प्रगति र आरोग्यको वर्ष बनोस् भन्ने कामना गरेका छन् । उनले नयाँ वर्ष सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाएर लाखौं पर्यटकलाई नेपालमा स्वागत गरिने उल्लेख गरेका छन् ।



source https://www.onlinekhabar.com/2020/01/824811

छापामा आज : बम्जनका अनुयायीद्वारा अरूका धार्मिक गतिविधिमा रोक

१६ पुस, काठमाडौं । नेकपाका कारण संसद् बन्धक बनेको समाचारदेखि भ्रमण वर्षको तयारी, सूचना प्रविधि विधेयकसम्मका खबरले आजका दैनिक पत्रिकाहरूमा प्राथमिकता पाएका छन् । यसबाहेक एमसीसी, कांग्रेसभित्रको किचलो र उखुकिसानको पीडालाई पनि पत्रपत्रिकाहरूले समेटेका छन् ।

अन्नपूर्ण हिमशृंखला र त्यसको दृश्यावलोकन गरिरहेका पर्यटकको तस्वीर छापेको कान्तिपुरले नेकपाको खिचातानीले संसद् बन्धक बनेको लेखेको छ ।

नेकपा अध्यक्षद्वयबीच सभामुख कसलाई बनाउने भन्ने विषयमा सहमति जुट्न नसकेको र त्यही संसद् बैठक एकपछि अर्को पछि धकेलिएको भन्दै कान्तिपुरले नेकपाको कार्यशैलीमाथि प्रश्न उठाएको छ ।

सूचना प्रविधि विधेयक सच्याउन नेपाल पत्रकार महासंघले गरेको आग्रह र एमसीसीको अनुदान स्वीकार गर्न नहुने भनेर नेकपा वरिष्ठ नेता माधवकुमार नेपालले व्यक्त गरेको भनाइलाई पनि कान्तिपुरले पहिलो पृष्ठमा समेटेको छ ।

विवादित तपस्वी रामबहादुर बम्जनका अनुयायीले उनको जन्मथलो वरपर अरू धार्मिक गतिविधिमा रोक लगाउँदै अटेर गरे भौतिक आक्रमण गर्ने धम्की दिएको खबर पनि कान्तिपुरले छापेको छ ।

बम्जनको जन्मस्थलमा निर्माणाधीन बौद्ध गुम्बाको काम पनि उनीहरूले गरेका छन् ।

‘उहाँ (रामबहादुर बम्जन) को मैत्रीय धर्मबाहेक अन्य धर्मको कुनै पनि गतिविधि नगर्न अनुयायीले उर्दी जारी गरेका छन्’, गुम्बा निर्माण समितिका अध्यक्ष वीरबहादुर थिङको भनाइ कोट गर्दै कान्तिपुरले लेखेको छ, ‘गुम्बा बनाउनेलाई हातखुट्टा भाँचिदिने धम्की आएको छ ।’

उक्त धम्कीपछि समितिले शान्ति सुरक्षा माग गर्दै गुम्बा निर्माण जारी राख्ने वातावरण बनाउन जिल्ला प्रशासन कार्यालय र निजगढ इलाका प्रहरी कार्यालयमा निवेदन दिएका छन् ।

निजी चिनी उद्योगको मनोमानीका कारण उखु किसान थप मर्कामा परेको निष्कर्ष अन्नपूर्णले निकालेको छ । सरकारी स्वामित्वको वीरगञ्ज चिनी उद्योग र लुम्बिनी चिनी उद्योग बन्द भएपछि उखुमा निजी क्षेत्रले सिन्डिकेट कायम गरेको छ । सिन्डिकेटपछि उत्पादन घटेको अन्नपूर्ण समाचारमा उल्लेख छ ।

नागरिकले गुटगत स्वार्थका कारण कांग्रेसमा कलह बढेको लेखेको छ भने गोरखापत्रले भुक्तानी नदिने उद्योगीलाई कारबाही गर्न पत्राचार गरिएको समाचार छापेको छ ।

हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज



source https://www.onlinekhabar.com/2020/01/824812

Monday, 30 December 2019

यी हुन् यस वर्ष गुगलमा धेरै सर्च गरिएका विषयहरु

सर्च इन्जिन गुगलले यस वर्ष सन् २०१९ मा गुगलमा सर्वाधिक खोजी गरिएका विषयहरुको सूची सार्वजनिक गरेको छ ।

गुगल सर्च इन्जिनमा सर्वाधिक सर्च गरिएका विभिन्न विधाका शीर्षकहरुलाई गुगलले ग्लोबल लिष्ट अफ टप ट्रेण्डिङ सर्चको रुपमा सार्वजनिक गरेको हो ।

यस वर्ष भारत भर्सेज दक्षिण अफ्रिका भन्ने विषय विश्वभर गुगलमा सबैभन्दा धेरै खोजी गरिएको विषय बनेको छ । सायद भारत र दक्षिण अफ्रिकाबीचको क्रिकेट खेलको सन्दर्भमा यो शीर्षक गुगलमा खोजी गरिएको हुनसक्छ ।

गुगल सर्चको ‘ओभरअल’ क्याटेगोरीको दोश्रो स्थानमा हलिउड अभिनेता क्यामरोन बोएस रहेका छन् । तेश्रो स्थानमा ‘कोपा अमेरिका’ रहेको छ भने चौथो स्थानमा ‘बंगलादेश भर्सेस इण्डिया’ भन्ने शीर्षक परेको छ । गुगलमा सर्वाधिक खोजी गरिएको विषयको पाँचौ स्थानमा चाहीँ आइफोन ११ रहेको छ ।

समाचार विधाअन्तर्गत सर्वाधिक खोजी गरिएका यी हुन् टप फाइभ विषयहरुः
Copa America
Notre Dame
ICC Cricket World Cup
Hurricane Dorian
Rugby World Cup

त्यस्तै व्यक्तित्वहरुको विधामा सबैभन्दा धेरै खोजी गरिएका मानिसहरु यी हुन्ः

Antonio Brown
Neymar
James Charles
Jussie Smollett
Kevin Hart

फिल्म विधामा सर्वाधिक सर्च गरिएका फिल्महरु यी रहेः

Avengers: Endgame
Joker
Captain Marvel
Toy Story 4
Aquaman



source https://www.onlinekhabar.com/2019/12/824567

जनवरी १ देखि नेदरल्याण्डले त्याग्दैछ आफ्नो ‘उपनाम’, कारण यस्तो

अंग्रेजी क्यालेन्डरको नयाँ वर्ष आउन १ दिनमात्रै बाँकी छ र आगामी नयाँ वर्षमा दुनियामा अनेक खालका परिवर्तनहरु अवश्य पनि देख्न पाइनेछ । एउटा यस्तै परिवर्तन चाहीँ नयाँ वर्षको सुरुकै दिनबाट नै देख्न पाइने भएको छ ।

हो, पानी मुनिको देश पनि भनेर चिनिने युरोपेली मुलुक नेदरल्याण्डले जनवरी १ बाट एउटा महत्वपूर्ण परिवर्तन गर्दैछ ।

नेदरल्याण्डले सन् २०२० बाट आफ्नो देशको उपनाम अर्थात् ‘हल्याण्ड’ त्याग गर्दैछ ।

तपाइँलाई थाहै छ नेदरल्याण्डको अर्को नाम हल्याण्ड हो । नेदरल्याण्डको पर्यटन वेबसाइटको नाम समेत Holland.com रहेको छ ।

१ जनवरी २०२० देखि चाहीँ नेदरल्याण्डले आधिकारिक रुपमा सबै कम्पनीहरु, राजदूतावासहरु, मन्त्रालय तथा विश्वविद्यालयमा रहेको हल्याण्ड नाम हटाउनेछ र केवल नेदरल्याण्ड मात्र राख्नेछ । सरकारले यसका लागि रिब्राण्डिङ्ग अभियान समेत चलाइरहेको छ ।

मिडिया रिपोर्टका अनुसार देशको नामलाई रिलञ्च गर्नका लागि नेदरल्याण्ड सरकारले दुई लाख युरो बजेट विनियोजन गरेको छ ।

वास्तवमा हल्याण्ड नेदरल्याण्डको एउटा ठाउँ हो । जसमा एम्सटर्डम, रोटरडम र द हेग जस्ता प्रसिद्ध सहरहरु सामेल छन् । तर प्रायः मानिसहरुले पूरै नेदरल्याण्डलाई नै हल्याण्डको नामले चिन्दछन् ।

टोकियोमा हुने सन्२०२० को ओलम्पिकमा सहभागिताका साथै युरोभिजन गीत प्रतियोगिताको आयोजना लगायतका कारणले गर्दा नेदरल्याण्डले आफ्नो उपनाम त्याग्न थालेको बताइएको छ ।

नेदरल्याण्डका वाणिज्यमन्त्रीले गत महिना देशका लागि नयाँ लोगो एनएलको अनावरण गरेका थिए । देशको नाम रिब्राण्डिङ्गका पछाडिको मुख्य उद्देश्य पर्यटक लोभाउनु भएको बताइउको छ । पर्यटकहरु राजधानी एम्स्टर्डमको अलावा अन्य सहरहरुमा पनि घुम्न जाउन् भनेर सरकारले प्रोत्साहित गरिरहेको छ ।

डच पर्यटक बोर्डका अनुसार एम्स्टर्डमका स्थायी बासिन्दाको संख्या १० लाख छ । जबकी त्यहाँ वार्षिक १ करोड ७० लाख पर्यटक आउँदछन् । जसका कारण राजधानीमा निकै भिडभाड हुन्छ । यस्तोमा यदि ती मध्ये केही पर्यटकहरु अन्य सहरमा जानेहो भने पर्यटन व्यवस्थापन सहज हुने र देशका सबै सहरले पर्यटनको लाभ उठाउन सक्ने विश्वास सरकारको छ ।

एजेन्सीको सहयोगमा



source https://www.onlinekhabar.com/2019/12/824565

नेकपामा पूर्व–पश्चिम छैन, निर्मलाका हत्यारालाई छाड्दैनौं : सञ्चारमन्त्री

१५ पुस,कन्चनपुर । संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले नेकपामा अब कोही पनि पूर्वको नरहेको बताएका छन् । सभामुखमा पूर्वमाओवादीले दाबी गरिरहेको सन्दर्भमा मन्त्री बास्कोटाले नेकपामा अब पूर्वका कोही नरहेको बताए ।

कञ्चनपुरमा पत्रकारहरूसँग कुरा गर्दै सरकारका प्रवक्ता तथा नेकपा नेता बास्कोटाले भने, ‘नेकपामा अब पूर्व–पश्चिम छैन । पूर्वएमाले र पूर्वमाआवादी अब इतिहास भइसक्यो । पार्टीले उपयुक्त निर्णय गर्छ र सभामुख चयन हुन्छ ।’

मन्त्री बास्कोटाले सभामुख नेकपाकै नेता हुने भन्दै यस विषयमा मुख्य नेताहरूबीच सम्भवतः सहमति भइसकेकेको बताए ।

बास्कोटाले साइबर अपराध गर्न पल्केकाहरूले सूचना प्रविधि विधेयकको विरोध गरेको भन्दै नयाँ बन्ने कानुनबाट सामाजिक सञ्जालको सदुपयोग गर्नेहरूलाई कुनै असर नपर्ने बरु थप सुरक्षा हुने बताए ।

फरक प्रसंगमा मन्त्री बास्कोटाले कालापानी, लिपुलेक मात्रै नभई लिम्पियाधुरा पनि नेपालकै भूमि भएको बताए । उनले भारतले कालापानी लिपुलेकमा दाबी गरे पनि लिम्पियाधुरासम्म नेपालकै भएको बताए ।

उनले यस विषयमा भारत सरकारलाई पत्र पठाइएको र त्यसको सकारात्मक जवाफ आएको बताउँदै आफूहरूले ब्रिटिसकालीन सन्दर्भ सामग्रीलाई तथ्य बनाउनुपर्ने माग राखेको बताए ।

त्यसैगरी, कञ्चनपुरको भीमदत्तनगरपालिका–२ का १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरण सरकारले त्यसै नछाड्ने मन्त्री बास्कोटाले बताए । विभिन्न कोणबाट अनुसन्धान भइरहेको बताउँदै उनले घटनाका दोषीलाई कारबाहीको दायरामा ल्याएर छाड्ने जानकारी दिए ।



source https://www.onlinekhabar.com/2019/12/824563

लोकगीतबाट बसाइँ सरेका सन्तोष सुगमसंगीतको शिखरमा

१५ पुस, काठमाडौं । ‘तिम्ले पराइ ठानेपछि, पराइ हुन के भयो र ?’ अञ्जु पन्तले गाएको यो गीत नसुन्ने सायदै होलान् । यो गीत यति हिट भयो कि लेख्ने, संगीत भर्ने र गाउने सबैलाई हिट बनायो । यो गीतले गायिका अञ्जु पन्तलाई मात्र होइन, गीतकार लोकराज अधिकारीसँगै संगीतकार सन्तोष श्रेष्ठलाई पनि स्थापित बनायो ।

पहिले मैले संगीतबद्ध गरेको गीत बजारमा ल्याइदिनुस् न भन्दै म्युजिक कम्पनी चहार्ने सन्तोषलाई अहिले एल्बम निकाल्न अफर गर्नेहरुको लाइन नै लाग्ने गरेको छ । हुन पनि यस्तो भइदियो कि सन्तोषले हात हालेका प्राय गीतहरु हिट भएका भए । त्यसैले त उनी स्वरसम्राट नारायण गोपाल युवा संगीत पुरस्कार, सेतुराम संगीत सम्मान, रेडियो नेपालले प्रदान गर्ने सर्वोत्कृष्ट संगीतकार जस्ता प्रतिष्ठित पुरस्कारबाटसमेत सम्मानित भएका छन् । त्यतिमात्र होइन, राष्ट्रकवि माधव घिमिरे, शताव्दी पुरुष सत्यमोहन जोशीलगायतसँग सहकार्य गर्ने अवसर पनि पाए ।

संगीतमा संघर्ष

दाङको हापुरमा माध्यमिक तहको शिक्षा पूरा गरेर सदरमुकाम घोराही छिरेपछि उनको सांगीतिक यात्रा पनि सुरु भएको थियो । २०५६ सालमा दाङमा आयोजित खुला लोकगीत प्रतियोगिता उनी जिल्ला प्रथम भए । त्यसपछि आफ्नै स्वरमा गीत रेकर्ड गराउने हुटहुटी सुरु भयो । तर, नयाँ कलाकारलाई म्युजिक कम्पनीले पत्याउँदैनथे । दुरदराजमा गुञ्जिने उही एउटा रेडियो नेपाल थियो । अन्ततः उनले २०६२ सालमा रेडियो नेपालबाट स्वर परीक्षा पास गरे ।

त्यसअघि २०५८ सालमा सन्तोष श्रेष्ठको सोलो संगीतमा पहिलो एल्बम तयार भयो- ‘चिनारी’ । तर, एल्बम बजारमा आउनै चार वर्ष लाग्यो ।

रामकृष्ण ढकालसँग संगीतकार सन्तोष श्रेष्ठ

किन लाग्यो त चार वर्ष ? किनकी एल्बमलाई बजारमा ल्याउनको लागि कम्पनीको खाचो थियो । तर, ४७ वटा म्युजिक कम्पनीको ढोका ढक्ढक्याउँदा पनि कसैले पत्याएनन् । ४८ औं नम्बरमा भेटिएको ‘सगरमाथा डिजिटल’ले भने सन्तोषको गीत बजारमा ल्याउन तयार भयो ।

चिनारी एल्बमको पहिलो गीत थियो, ‘आउँछु भनी पापिनीले’ । त्यो बेला आधुनिक गीतमा रामकृष्ण ढकालको बर्चश्व थियो । त्यसैले सन्तोषले पनि यो गीत रामकृष्णलाई नै गाउन दिए । यही गीतलाई पछि अञ्जु पन्त र शिशिर योगीले पनि गाए । २०६२ सालमा रिलिज भएको उक्त गीतले बजार ततायो । तर, एल्बममा समावेश अन्य सात गीतहरु खासै चलेनन् । सन्तोषको लगानी डुब्यो । उनले सोचे, ‘ओहो ! आधुनिक गीतमा काम गरेर त नहुने रहेछ ।’

विष्णु माझीलाई हराएको त्यो क्षण

अनि, उनको बाटो लोकगीततर्फ नै मोडियो । रेडियो नेपालबाट स्वर परीक्षा पनि पास गरेका थिए । ठमेलका रेष्टुरेन्टहरुमा पनि गाउँथे । सन्तोष भन्छन्, ‘काठमाडौंमा टिक्नको लागि पनि रेष्टुरेन्टमा गीत गाइरहेको थिएँ ।’

त्यसो त उनी राष्ट्रिय लोकदोहोरी गीत प्रतियोगितामा प्रायः प्रथम हुन्थे । २०६२ सालमा भृकुटीमण्डपमा आयोजित लोकदोहोरी गीत प्रतियोगितामा सन्तोष पहिलो हुँदा विष्णु माझी दोस्रो भइन् । यो नै उनको र विष्णु माझीको दोहोरो प्रतियोगितामा प्रतिस्पर्धा अन्तिम हुन पुग्यो । ‘०६२ पछि लोकदोहोरी प्रतियोगितामा भाग लिन छाडेर म आधुनिक संगीत साधनामै व्यस्त हुन थालेँ, विष्णु माझी पनि त्यस्ता प्रतियोगितामा देखिन छाड्नुभयो,’ सन्तोष भन्छन् ।

ठमेलमा गीत गाइरहेको समयमा २०६४ सालतिर उनलाई बहराइनमा गएर गीत गाउने अफर आयो । तर भिसा ८१ दिनको मात्र थियो । सन्तोष त्यहाँ गीत गाएर नेपाल फर्किने सोचमा बहराइन उडे । तर, बहराइनका नेपालीले उनलाई नेपाल फर्किन दिएनन् । उनी सात महिना उहीँ बसेर गीत सुनाए । सन्तोष सम्झिन्छन्, ‘म नेपाल फर्किन्छु भन्यो भने पैसा बढाइदिन्छु भन्नु हुन्थ्यो । नजा भन्नुहुन्थ्यो, तर सात महिना बसेपछि म नेपालमै फर्किएँ ।’

हवाईजहाजमा गरेको कम्पोज

बहराइन उड्नुभन्दा अगाडि नै लोकराज अधिकारीले लेखेको एउटा गीत उनको हातमा परेको थियो । त्यो गीतका शव्द र हवाईजहाजको झ्यालबाट देखिने बाहिरको दृष्यले छोएपछि उनी गुनगुनाउन थाले र त्यहीँ निष्कियो भाका ।

‘तिमीले पराइ ठानेपछि पराइ हुन के भयो र ?

आखिर डाँडा काट्नु रै’छ, त्यो मन अन्तै साट्नु रै’छ

बादल जस्तै फाट्नु रै’छ., आखिर डाँडा काट्ने रै’छ…. ।’

नेपाल फर्किएपछि पुनः सगरमाथा डिजिटलले उनलाई नयाँ एल्बम निकाल्न अफर गर्‍यो । लगानी डुब्ने डरले उनी तयार थिएनन् । तर निरन्तर पछ्याएपछि सन्तोष दोस्रो एल्बमको लागि तयार भए । गीत रेकर्ड गराए, उही ‘तिमीले पराइ ठानेपछि…।’

त्यस समय अञ्जु पन्त आधुनिक गीतमा पाइला चाल्दै थिइन् । सन्तोषले यो गीत अञ्जुलाई नै गाउन दिए । यसै गीतलाई पुरुष स्वरमा शिशिर योगीले गाए । यो गीतसँगै जम्मा ८ गीत तयार गरेर सन्तोषले दोस्रो एल्बम तयार गरे, ‘साधना’ ।

६५ सालमा सार्वजनिक भएको यस एल्बमबाट पनि ‘तिमीले पराइ ठानेपछि’ बोलको गीत बम्पर हिट भयो । सिडी र क्यासेटको बिक्री ह्वात्तै बढ्यो । सिडीमा साइन गरेर सन्तोषलाई भ्याइ नभ्याइ भयो । त्यही समय सीआरबीटी (कलर रिङ ब्याक टोन)सुरु भएको थियो । सीआरबीटीमा पनि यस गीतले गतिलो स्थान बनायो । सीआरबीटीमा सबैभन्दा बढी डाउनलोड हुने गीतको रेकर्ड राख्यो । यही गीतले सन्तोष श्रेष्ठलाई संगीतकारको रुपमा स्थापित बनायो ।

सन्तोष भन्छन्, ‘सीडी र क्यासेट धेरै बिक्री भए । धेरैलाई फोन गर्दा त्यही गीत बज्थ्यो । अन्जु र म यसै गीतबाट स्थापित भयौं । उक्त गीत सुपर डुपर हिट भएपछि करिअरमा फर्केर हेर्नु परेन ।’

यो एल्बमपछि सन्तोषमाथि लगानी गर्न तयार म्युजिक कम्पनी धेरै देखिए । तर, उनले आफूलाई दुःखमा साथ दिने सगरमाथा डिजिटलकै लगानीमा गायिका सञ्जिवनीसँग सहकार्य गरेर ‘गरिमा’ एल्बम बजारमा ल्याए । उक्त एल्बमबाट पनि सन्तोषले राम्रै चर्चा पाए ।

अहिले उनीबाट एकल संगीतबद्ध आधुनिक गीतका एल्बम नै ३२ पुगिसकेको छ । सन्तोषद्वारा संगीतबद्ध गीतहरुको संख्या ८ सय हाराहारीमा छन् । तीमध्ये हिट गीतको सूची पनि लामो नै छ ।

तीमध्ये अञ्जु पन्तले गाएका गीतहरु धेरै छन् । ‘तिम्ले भुल्न सके पनि’, ‘आउँछु भनि निष्ठुरीले’, ‘परेलीको वर्षातले’, ‘तिम्रै यादमा भित्रभित्रै’ सन्तोषद्वारा संगीतबद्ध र अञ्जुको स्वरमा सजिएका हिट गीत हुन् ।

यस्तै सञ्जिवनीले गाएका ‘तिम्ले हाँसो लुटी लग्यौ’, ‘कोपिलामा सुन हुन्छ’, नरेन्द्र प्यासीले गाएको ‘तिम्रो दिलमा चोट लाग्दा’, जगदिश समालको स्वरमा रहेको ‘किन आउँछ तिम्रो याद एकान्तमा यति धेरै’, दीपक लिम्बुले गाएको ‘तिम्लाई सन्चो छैन भन्ने खबर पाएँ मैले,’ लगायतका गीत पनि हिट भए ।

राष्ट्रकवि माधव घिमिरेसँग संगीतकार सन्तोष श्रेष्ठ

सन्तोषले आधा दर्जन चलचित्रका गीतहरुमा पनि संगीत दिए । तर, यता उनी खासै जमेनन् । तर, आधुनिक गीत संगीतको क्षेत्रमा सन्तोष अहिले नयाँ पुस्तादेखि पुरानो पुस्ताको पहिलो रोजाइका संगीतकार हुन् । राष्ट्रकवि माधव घिमिरे, शताव्दी पुरुष सत्यमोहन जोशी, कालीप्रसाद रिजाल, श्रीपुरूष ढकाल लगायतसँग पनि सहकार्य गरेका छन् । यही नै आफ्नो सफलता भएको बताउँदै उनले भने, ‘राष्ट्रकवि, वाङ्गमय शताव्दी पुरुष जस्ता व्यक्तित्वहरुको पनि विश्वास जितेको रहेछु । त्यही हो मेरो सफलता हो ।’

सन्तोषले राष्ट्रकवि माधव घिमिरेले लेखेको ‘पश्चिम रुन्छ महाकाली, पूर्व रुन्छ मेची’ र वाङ्गमय शताब्दी पुरुष सत्यमोहन जोशीले लेखेको जीवनको पहिलो गीत ‘तेरो मेरो जे भन्छौं हामी’ गीतमा पनि संगीत दिएका छन् ।

चुनौती

उहिले ‘एउटा मात्र गीत रेकर्ड गराउन पाए…’ भन्ठान्ने सन्तोष अहिले लोकप्रियताको शिखरमा त पुगे, तर त्यहाँ टिकीराख्ने चुनौती छ ।

२०७१/०७२ सालसम्म संगीत क्षेत्रलाई सीआरबीटीले लिड गरिरहेको थियो । एल्बम बेचेर पनि कलाकारहरुले राम्रो आम्दानी गरिरहेका थिए । तर, जब युट्युबको जमाना सुरु भयो, अनि युट्युबमा डान्सिङ गीतहरुको प्रभुत्व बढ्यो । सन्तोष त्यहाँ अल्मलिए । डान्सिङ गीतहरु सृजना हुँदा स्लो बिटका र शास्त्रीय संगीतका गीत पछि परे । यद्यपि आफू सस्तो लोकप्रियताको पछि नलागेको उनी बताउँछन् । उनी भन्छन्, ‘संगीतमा राम्रो गर्छु, गम्भिर भएर गुणस्तरीय काम गर्छु भन्नेतिर मात्रै मेरो ध्यान गयो । यदि त्यस्तै गीत बनाउने हो भने करोड भ्यूज बटुल्न गाह्रो छैन ।’

आफूले वर्षौं लगाएर बनाएको स्थान हलुङ्गो नहोस् भन्ने सोचेर उनी लहडमा लागेनन् । लहडमा आएका गीतहरुले मेहनत गर्ने संगीतकारलाई पनि असर गरिरहेको सन्तोषको बुझाइ छ । लोकप्रियताको पछि दौडिदै गर्दा राम्रा सृजनाहरु मरिरहेको भान उनलाई भएको छ ।

उनी भन्छन्, ‘यहाँ ९८ प्रतिशत लहडमा काम गर्ने हुनुहुन्छ । अनि २ प्रतिशत मात्रै राम्रो काम गर्ने । ती ९८ प्रतिशतले दुई प्रतिशतलाई पेलिरहेको अवस्था छ । सस्ता गीतहरुले त हामीलाई अगाडि होइन, पछाडि धकेल्छ ।’

सन्तोषले संगीतको विकल्प सोचेका छैनन् । संगीतमा नै के फरक गर्न सकिन्छ, कसरी फरक पहिचान बनाउन सकिन्छ भन्नेतिर नै उनी ध्यानमग्न छन् । अग्रज पुस्ताको सल्लाह र नयाँ पुस्ताको सोचलाई समायोजन गरेर काम गर्ने मनस्थितिमा छन् ।

उनी भन्छन्, ‘२० वर्षदेखि कमाएको स्रोता र अहिलेका पुस्ता दुबैलाई जोड्ने गीत बनाउने कोसिस गरिरहेको छु । पक्कै राम्रो गर्नेछु ।’

स्नातकोत्तरसम्म अध्ययन गरेका सन्तोष संगीतकार मात्र होइनन्, उनका साहित्यिक कृति पनि प्रकाशित छन् । उनका आँसु (गजल संग्रह) र अधुरो सपना (लघुकथा संग्रह) प्रकाशित छन् ।

उनले २०७३ सालमा गृहजिल्ला दाङमा ‘सन्तोष श्रेष्ठ गजल साँझ’ कार्यक्रम गरे, जुन जुन नेपालमै पहिलो एकल गजल गायन भएको उनको दाबी छ । सोही वर्ष राष्ट्रिय भावका गीतहरुको एकल गायन कार्यक्रम राखे । त्यो पनि नेपालमै पहिलो राष्ट्रिय भावका गीतहरुको एकल गायन रहेको उनको भनाइ छ ।



source https://www.onlinekhabar.com/2019/12/824522

बार्सिलोनामा मनाइयो तमु ल्होसार

बार्सिलोना। स्पेनमा गुरुङ जातिहरुको महान पर्व तमु ल्होसार आइतवार एक भब्य कार्यक्रमकाबीच सम्पन्न भएको छ। तमु समाज बार्सिलोनाको आयोजनामा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुतिसँगै कार्यक्रम सम्पन्न भएको हो। समाजले सन् २००७ देखि आयोजना गर्दै आएको ल्होसार बिशेष कार्यक्रम यो १३ औं पटक हो।

गुरुङ गीत ‘सिरमा सलि टहमा’ बाल कलाकारहरु सहिल तमु, निपूर्ण तमु, प्रेरक तमु, सृष्टि तमुस्यो, सारा तमुस्यो र प्रेक्षा तमुस्योले जोडदार नृत्यसँगै साँस्कृतिक कार्यक्रमको सुरुवात भएको थियो।

कलाकारहरु चुनु तमुस्यो र प्रबेश तमुको प्रस्तुतिले कार्यक्रममा सबैको ध्यान खिच्न सफल बन्यो। अहिलेको चर्चित लोकप्रिय गीत’साली मन पर्योमा’ यो जोडीले नृत्य प्रस्तुत गर्दा दर्शकहरु रमाए। ‘यो कुरा गोप्य छ’ बोलको गीतमा बाल कलाकारहरुको प्रस्तुतिले पनि दर्शकको ध्यान तानेको थियो। विदेशमा नै जन्मेर यतै हुर्केका दोस्रो पुस्ताका बालबालिकाहरुको नेपाल गीत संगीतप्रतिको लगाव तारिफ योग्य रह्यो।

यस्तै गायनतर्फ एमा गुरुङ, युनिक गुरुङ, प्रमेश गुरुङ, सुनिल गुरुङ, तुलसी गुरुङ, विनोद बराईली, भूमि गुरुङ र समी गुरुङले एकल तथा सामूहिक प्रस्तुतिहरु राखेका थिए। बालकलाकारहरु साहिल गुरुङ, निपूर्ण गुरुङ, प्रणय गुरुङ, मिसल गुरुङ, प्रंशसा गुरुङले पनि स्टेज तताए।

बिभिन्न गुरुङ गीतहरुमा पुनम गुरुङ, निशा गुरुङ, शुब्बा गुरुङ, शोभा गुरुङ, रेवाती गुरुङ, समिर गुरुङ, हरी गुरुङ, बिशाल गुरुङले जोडदार नृत्य प्रस्तुत गरे। सिन्जल गुरुङको कोरियोग्राफी निकै प्रसंशनीय थियो।

यसअघि म्याड्रिडस्थित नेपाली दूतावासमा कार्यभार सम्हालेकी नवनियुक्त राजदूत दावा फूटी शेर्पाले कार्यक्रमको उद्घाटन गरेकी थिइन्। पहिलोपटक नेपाली समुदायलाई सम्बोधन गर्दै उनले घरदेखि टाढाको पहिलो ल्होसार नेपाली समुदायमाँझ मनाउन पाउदा खुशी ब्यक्त गरिन्।

समाजका अध्यक्ष गौतम गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रममा एनआरएनए युरोप उपसंयोजक मुक्त बहादुर गुरुङ,एनआरएनए आईसीसी मानार्थ परिषद सदस्य दीपक खरेल, आईसीसी सदस्य सुनिल रानाभाट, एनआरएनए स्पेनका अध्यक्ष दिनेश गुरुङ(देउकाजी) लगायतले ल्होसारको अबसरमा शुभकामना ब्यक्त गरेका थिए।

गुरुङ समुदायबाट बिभिन्न क्षेत्रमा सफलता हासिल गरेका व्यक्तित्वहरु कार्यक्रममा सम्मानित भएका थिए।



source https://www.onlinekhabar.com/2019/12/824538

भ्रमण वर्ष सफल बनाउन स्वयम्भूमा सांस्कृतिक महोत्सव

१५ पुस, काठमाडौं । भ्रमण वर्षलाई सफल बनाउन स्वयम्भूमा सप्ताहव्यापी सांस्कृति महोत्सव आयोजना गरिने भएको छ ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत नेपाल प्रहरी र काठमाडौं महानगरपालिका १५ वडाको आयोजनामा महोत्सव आयोजना हुन लागेको हो ।

महानगरपालिकाका प्रवक्ता समेत रहेका वडाध्यक्ष ईश्वरमान डंगोलका अनुसार, एक सातासम्म चल्ने महोत्सवमा विभिन्न सा‌ंस्कृतिक पहिचानहरु झल्कने कार्यक्रमहरु  हुनेछन् ।

सन् २०२० को पहिलो दिन बुधबार महोत्सवको उद्घाटन सस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले गर्ने पनि उनले बताए । महोत्सव २२ गतेसम्म चल्नेछ । महोत्सवमा स्थानीय कला संस्कृतिसँगै नेपाल प्रहरीले समेत विभिन्न जनचेतनामूलक तथा सांस्कृतिक प्रस्तुति राख्ने महानगरीय प्रहरी वृत स्वयम्भूका प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए ।



source https://www.onlinekhabar.com/2019/12/824553

स्वाद, अल्कोहल र मूल्यका हिसावले ‘अर्ना एइट’ फुल प्याकेज : केसी

यति ब्रुअरी प्रालिले हालसालै अर्ना-एइट (८) लाई बजारमा ल्याएको छ । नेपाली बजारका लागि आवश्यक र उपयुक्त भन्दै कम्पनीले ल्याएको यो बियर नेपालभर नै उपलब्ध हुन थालेको छ । ८ प्रतिशत अल्कोहलसहितको यो बियर नेपालकै अहिलेसम्मकै सबैभन्दा बढी अल्कोहल राखिएको वियर हो । किन कम्पनीले यो किसिमको बियर बजारमा ल्यायो त ? यस विषयमा हामीले यति ब्रुअरी प्रालि बियरका महाप्रवन्धक (सेल्स एन्ड मार्केटिङ) अरुण केसीसँग कुराकानी गरेका छौं ।

अर्ना बियर नेपाली बजारमा आएको छोटो समयै परिचित ब्रान्ड बन्यो । कसरी यो कम्पनकिो जन्म भएको थियो ?

यो उद्योग विशाल र एभरेस्ट ग्रुप मिलेर स्थापना भएको हो । यो विशुद्ध नेपाली लगानीमा स्थापित भएको हो । हामी बियर बनाउन सक्षम छौं र प्लान्ट राम्रो राख्न सक्छौं भने विदेशी ब्रान्डभन्दा आफ्नो ब्रान्ड नै राखौं भन्ने सोच्यौं । नेपाली ब्रान्डको बियरमा पनि ग्राहकको झुकाव अझ बढोस् भनेर हामीले प्रयास गर्‍यौं । नेपाली लगानी, नेपाली ब्रान्ड र नेपाली बियर, नेपाली स्वाद राख्ने भयौं ।

त्यसपछि ब्रान्डको नामबारे पनि छलफल भयो, पहिले नेपाली ब्रान्डहरु धेरैजसो सम्पदाहरुको नाममा राख्ने चलन थियो, अहिले सरकारले त्यसमा कडाइ गरेको छ । त्यसैले हामीले नेपाली नाम राख्न केही लुकेर बसेको र छायाँ परेको नेपाली चिजलाई उठाउनुपर्‍यो भनेर सोच्यौं । त्यसपछि ‘अर्ना’ नाम आयो ।

हामीले ‘अर्ना’ बियर सार्वजनिक गर्दासम्म धेरैलाई अर्ना के हो भन्ने थाहा थिएन, हामीले कोशी टप्पुमा पाइने अर्नाको प्रवर्द्धन गरौं भन्ने सोचका साथ पनि अर्ना ब्रान्ड राखेका हौं । अहिले धेरैलाई अर्नाबारे थाहा भएको छ । कोशीटप्पुमा पर्यटन प्रवर्द्धन पनि हुन सक्छ भन्ने सोचका साथ यसलाई ल्याएका थियौं ।

अर्नाको उत्पादन कहाँबाट कसरी गर्दै हुनुहुन्छ ?

चितवनको चैनपुरमा उद्योग बनाएका छौं । हाम्रो उद्योग निकै उच्च प्रविधियुक्त छ । हामी संसारकै ‘लेटेस्ट’ प्रविधिमा बियर बनाइरहेका छौं । तीन वर्षदेखि हामी बजारमा छौं । त्यसैले अर्नाको स्वाद र गुणस्तरमा अहिलेसम्म ग्राहक सन्तुष्ट छन् । अहिलेसम्म गुनासो सुनेका छैनौ ।

हामीले सुरुमा ‘अर्ना स्ट्रङ्ग’ ल्यायौ, त्यसपछि लाइट ल्यायौं, अनि प्रिमियम ल्यायौं । हालसालै चाँही हामीले अर्ना-एइट बजारमा ल्याएका छौ ।

कसरी अर्ना ८ ल्याउने निर्णयमा पुग्नुभयो ?

विगत २ वर्षदेखि हामी बजारमा रिसर्च गर्दै थियौं । उपभोक्ताले के चाहिरहेका छन् बुझ्यौं । अहिले टोटल इन्डस्ट्री नै स्ट्रङ्गमा गइरहेको देखियो । हिजो इन्डस्ट्रीमा ८० प्रतिशत पि्रमयम ब्रान्ड थियो भने २० प्रतिशत मात्रै स्ट्रङ्ग ब्रान्डको हिस्सा थियो । अहिले ७२ प्रतिशत बजार स्ट्रङ्ग ब्रान्डले लिएको देखिन्छ ।

मान्छेलाई बियर स्मुथ पनि चाहियो, खाएपछि ह्यागंओभर हुन पनि भएन, त्यसैले हामीले धेरै समयको रिसर्च र तयारी पछि अर्ना-एइट बजारमा ल्याएका हौं । सरकारले पनि बियरमा ८ प्रतिशतसम्म अल्कोहल राख्न दिएको छ भने ग्राहकको चाहानाअनुसार नै उत्पादन बजारमा ल्याउँ भनेर यो निर्णय गरिएको हो ।

अर्ना एइट बजारमा ल्याएपछि यसअघिका अर्नाका उत्पादनहरु के हुन्छन् ?

हामीसँग अब सबै खालका उत्पादनहरु हुनेछन् । ग्राहकले आफूलाई उपयुक्त विकल्पमा अर्ना छान्न पाउनुहुन्छ । हामीले नामको लागि मात्रै बियर लन्च गरेका छैनौं । एउटै प्रकृतिको बियरमा अर्को नाम दिएर ल्याएका छैनौं हामीले ।

अर्ना लाइट, विशेषगरी स्वास्थ्यँग सम्बन्धित छ । बियरले रिफ्रेस पनि गर्नुपर्छ र कम कार्बोहाटेड र कम अल्कोहल होस् भन्नेलाई अर्ना लाइट लक्षित छ । अर्ना स्ट्रङ्ग त ‘मास सेगमेन्ट’ हो । अर्ना स्ट्रङ्गमा ६.५ प्रतिशतको अल्कोहल छ । यसमा गज्जबको ‘स्मुथनेस छ भने ६५० एमएलमा छ भने ५ सय एमएल क्यानमा पनि छ ।

अर्ना पि्रमियर प्रिमियम ब्रान्ड हो, यो प्रिमियम स्वादको छ । यसमा ५.५ प्रतिशत अल्कोहल छ । धेरै समयको रिसर्चपछि भर्खरै अर्ना-एइट ल्याएका छौं । हामी यी चार वटै उत्पादनलाई बजारमा ल्याइराख्छौं । ग्राहकले छानेर खान पाउनुहुन्छ ।

अर्ना एइटको सुरुआतको प्रतिक्रिया कस्तो छ ?

यो ब्रान्ड लन्च गरेको दुई हप्ता जति भयो । अर्ना एइट अहिलेसम्म नेपालभर ५ हजारभन्दा बढी पसलमा उपलब्ध भएको छ । सुरुआतमा जसले यसलाई खानुभयो, उहाँहरुले निकै प्रशंसा गर्नुभएको छ । समाजिक सञ्जालमा ग्राहकहरुले हामीसँग कहिले मेरो ठाउँतिर  पनि किन्न पाइन्छ भनेर सोधिरहनुभएको छ ।

जाडो महिनामा यसै पनि कम बियर खाइन्छ । तर, पनि यो समयमा पनि देशभरबाट अर्ना-एइटको डिमान्ड छ, हामीले मागेजति ठाउँमा पुर्‍याउन सकिरहेका छैनौं ।

अर्ना-एइट त जाडो महिनालाई पनि गज्जबकै हुन्छ । मान्छे जाडोमा बढी चिसो हुन्छ भनेर अरु अल्कोहलतर्फ लाग्छन्, तर, यसमै ८ प्रतिशत अल्कोहल भएपछि बियर रुचाउनेका लागि त जाडोमा पनि अर्ना-एइट एउटा गतिलो उपहार नै हो । गर्मी महिनामा बियर खाने र तर जाडोमा अल्कोहलतर्फ जानेहरुले पनि यो बियरलाई धन्यवाद दिइरहनु भएको छ ।

पहिलो स्ट्रङ्ग बियरमा मज्जाको स्वाद नआउने हुन्थ्यो, कडकपन आउने हुन्थ्यो । स्मुथनेस आउँदैन थियो । टेक्नोलोजी विकास हुँदै गयो । राम्रोसँग बनाउँदा स्ट्रङ्ग बियरमा पनि गज्जबको स्वाद आयो ।

सबैले बुझ्नुपर्छ कि अल्कोहल रिफ्रेस हुन खाइन्छ । मान्छेले धेरै पैसा भयो अब रिफ्रेस हुन्छु भन्ने होइन, कम पैसा खर्च गरेर मान्छे सँधै रिफ्रेस हुन चाहन्छ । त्यसैले थोरै पैसामा धेरै रमाइलो लिनेहरु बढ्दै छन्  ।

पैसा पनि धेरै खर्च नहोस्, तर पिएपछि आउनुपर्ने आनन्द पनि आओस् भन्ने धेरैको चाहाना हुन्छ । ७२ प्रतिशत बजार स्ट्रङ्ग मार्केटले ओगटिसकेकाले अर्ना एइटको ग्राहक धेरै नै हुन सक्ने हामीले देखेका छौं । त्यसैले अर्ना एइट मा सुरुआतमा आएको प्रतिक्रयाबाट हामी उत्साहित छौं ।

अर्ना एइटलाई दई खालको बोतलमा ल्याउनुभएको छ, किन ?

दुई खालको बोटलमा ल्याएको पनि ग्राहकलाई नै सम्भिmएर नै हो । एउटा ६५० एमएलको छ । एक कार्टुनमा १२ बोतल हुन्छ । त्यसको एक बोतलको एमआरपी २७५ रुपैयाँ छ ।

समान्यतया स्ट्रङ्ग बियरको एमआरपी यसैको हाराहारीमा हुनछ । सबैभन्दा गज्जबको अर्को बोतल ३३० एमएलको सानो बोतलमा पनि ल्याएका छौं । यसलाई १४० रुपैयाँमा बेच्दैछौं । हामीले गुणस्तर र स्वाद मात्रै हैन, दुबै बोतलमा पुल अफ क्याप पनि दिएका छौं । यसले ग्राहकलाई पनि सजिलो हुनेछ । ३४० एमएलको बोतलमा धेरैको आकर्षण देखिएको छ । धेरै ठीक गर्नु भयो भनिरहनुभएको छ ।

अहिले कुनै क्यान बियर २५० रुपैयाँ भन्दा तल पाइँदैन । तर, १४० रुपैयाँमा बियर खान पाइन्छ भन्दा धेरै दंग पर्नुभएको छ । १४० रुपैयाँमा पनि बियर पाइन्छ ? प्रश्न गर्ने धेरै छन् ।

सानो बोतलमा ल्याउन पनि हामीले मार्केट रिसर्च गरेका थियौं, कतिपय मान्छे बियर खाएर झ्याप भएर बस्न चाहँदैन । थोरै खाएर आनन्द लिन चाहन्छ । आएपछि थोरै अल्कोकलको टि्रप आओस् । अर्ना एइटको दुई सानो बोतल खाँदा नै उसले ठूला दुई बोतल बराबरको रिफ्रेसमेन्ट पाउँछ ।

यो सानो बोतल ग्राहकको पनि चाहाना थियो, यसमा क्यानमा जाँदैनौं । क्यान भनेको सजिलोकै लागि हो । त्यसमा सो सानो बोतलले काम गर्छ । अन्तर्राष्ट्रिय रुपमा पनि सानो बोतलको प्रयोग ट्रेन्ड आइरहेको छ । त्यो ट्रेन्डलाई हामीले पनि भित्र्याएका हौं ।

बजारमा अरु पनि स्ट्र्ङ्ग बियर छन्, अर्ना एइटमा त्यस्तो के फरक काम गर्नुभयो जसलाई ग्राहकले रुचाउने अवस्था देखियो ?

यो एउटा रेसिपी हो, बियर बनाउने प्रोसेसिङ हो । प्रोसेसिङलाई राम्रो बनाउने कोसिस हामीले गर्‍यौं । प्रेसर कुकरमा पाएको भात र आगोमा पाएको भात, सानो आगामा पकाएको भातमा त फरक-फरक स्वाद हुन्छ भने यो त बियर हो ।

यो निकै उच्च प्रविधिको प्रयोगबाट बनाइने कुरा हो । हामीले पुरानो प्रविधिलाई छाडेर नयाँ प्रविधि अबलम्बन गर्दा कडकपनलाई स्मुथनेसमा बदलेर ल्याएका हौं । हामीले स्ट्रङ्ग बियरको स्वादलाई नै प्रशोधन गरेका छौं । त्यसकै लागि त २ वर्ष अध्ययन तथा अनुसन्धान गर्नुर्‍यो ।

अर्ना एइट अरुभन्दा कसरी फरक छ भनेर दावी गर्नुहुन्छ ?

यो बियर हेर्दा र पिउँदा दुबै चिजमा फरक छ । सानो बोतलमा ल्याएका छौं, ठूलो बोतलमा ल्याएका छौं । पुल अफ क्यापमा ल्याएका छौं । नेपालमै पहिलोपटक ८ प्रतिशत अल्कोहलमा बियर ल्याएका छौं ।

अरु कुनै बियरमा ८ प्रतिशत अल्कोहलमा आएका छैनन् । खाइसकेपछि सबैले भन्छन् कि स्ट्रङ्ग बियरमा पनि यस्तो स्वाद हुने रहेछ । हामीले फरक ल्यायौं, ग्राहकले पनि यसलाई देखेर, खाएर महसुुस गरेरै फक मान्नु भएको छ ।

सबैभन्दा ठूलो कुरा बियर खान मन छ, पैसा कम छ, आनन्द धेरै उठाउँ भन्ने पनि छ भने अर्ना एइट खाने हो । अझ कम अल्कोहलको प्रिमियम बियरमा पाउने भन्दा राम्रो स्वाद यसमै पाइन्छ । अझ अतिरिक्त अल्कोहल पनि पाउँछ, रिफ्रेसमेन्ट पनि पाउँछ ।

अर्ना-एइटलाई कसरी बजारमा परिचित गराउनुहुन्छ, बजार रणनीति के-के छन् ?

हामी ग्राहक कहाँ छन् त्यहीँ पुग्छौं, उहाँहरुको सानोभन्दा सानो प्रतिक्रियालाई पनि आत्मसाथ गर्ने हो । कहीँ कतै कमजोरी भए त्यसलाई तत्कालै सुधार्नेछौं । ग्राहकको सन्तुष्टी नै हाम्रो प्राथमिकता हुन्छ । त्यसकै आधारमा हामी अघि बढ्छौं ।

हामीले बियर खाने सबैलाई लक्षित गरेर ल्याएका हौं । यसलाई हिमाल पहाड तराई सबैतिर पुग्छौं । यो सबै क्षेत्रका ग्राहकका लागि उपयुक्त छ । मूल्य, अल्कोहल, स्वाद सबै हिसावले यो अवश्विसनीय नै छ ।

त्यसैले प्रिमियम विदेशी ब्रान्ड खानेहरुलाई पनि अर्ना एइटलाई एक पटक चाख्न अनुरोध गर्छौं । किनभने यो बियरलाई हामीले फुल प्याकेजमा ल्याएका छौं । यो धेरै खाएर गज्जबकै आनन्द लिन्छु भन्नेलाई, थोरै खाएर मज्जाले लागोस् भन्नेलाई, कम पैसा छ भन्नेलाई र धेरै पैसा छ भन्ने जो सुकनै होस्, सबैका लागि अर्ना एइट उपयुक्त छ ।

हामीले ग्राहकको चाहानाअनुसार हामीले अर्ना एइट ल्याएका छौं । हामी सबैलाई अनुरोध गर्छौं कि सकेसम्म अल्कोहलमा आदत र लत नबसाऔं, कसैलाई रिफ्रेस हुन मन छ भने अर्ना-एइट पनि चाखेर हेर्नुस् ।

सन्तुष्ट हुनुभयो भने समाजिक तवरले नै यसलाई उपयोग गर्नुस्, यदि मन परेन भने पनि हामीलाई भन्नुस् हामी सुधार्ने प्रयास गर्ने नै छौं ।



source https://www.onlinekhabar.com/2019/12/824540

आमाले पकाएको खाना नै किन मीठो लाग्छ ?

कतै निस्कनै लाग्दा छुटपुट सामानको बारेमा सम्झाउने, बाटामा कुनै अवरोध नआओस् भनेर रातो टीका लगाउने कुरा केवल आमाले सिकेकी हुन्छिन् । यो सुक्ष्म कुरालाई आमाबाहेक अरु कसैले पनि बुझ्न सक्दैन । कतैबाट फर्किएपछि आफ्नो बच्चाहरु कत्तिको भोकाएको छ रु भन्ने जान्ने क्षमता केवल आमासँग मात्रै हुन्छ । छोराछोरीलाई मीठो लाग्ने कुरा छ भने आफूलाई मीठो नलाग्दा नलाग्दै पनि बच्चाकै लागि मीठो मानेर खाना खाने सहनशीलता आमा बाहेक अरु कसैसँग पनि नहोला । त्यसैले सिंगो शब्दमा यसलाई चिनाउँदा यो आमाको सर्वाेच्चता हो ।

आमाले पकाएको नै खाना किन मीठो हुन्छ रु यो प्रश्न धेरैको मनमा मात्रै लागेको हुनसक्छ । यसको उत्तरको खोजी सहज छैन । यस्तो प्रश्नको खोजी केवल नेपालबाट मात्रै नभएर विश्वभरी नै भइरहेको छ । तर, यसको कुनै वैज्ञानिक प्रमाण भेटिन सकेको पाइँदैन । अलजजिराकी एक स्तम्भकारले एक आलेखमा नै आमाको जस्तो भियतनामी रोल बनाउनको लागि लाख कोसिस गर्दा पनि आफूले नसकेको बताइन् ।

तर, आमामा नै के जादु छ रु जसले एउटै प्रयासमा जस्तो सुकै खाना पनि स्वादिष्ट बनाइदिन सक्छिन् रु जस्ता सुकै सर्वाेत्कृष्ट कुकले सबै किसिमको मरमसला प्रयोग गरेर बनाएको खाना भन्दा आमाले बनाएको खाना नै उत्कृष्ठ लाग्ने चलन केवल नेपालमा मात्रै होइन । विश्वभरी नै चलेको चलन हो ।

धेरैले यसमा सहजै उत्तर दिने कोसिस पनि गर्छन् । सुरुवातदेखि नै आमासँगै समय बिताएको र आमाले नै धेरै खाना बनाएको हुनाले यस्तो भएको हुनसक्छ धेरैको अनुमान छ । जीवनको सुरुवाती समय बिताएकोले भावनात्मक सम्बन्धको कारण यस्तो भएको हो । तर, यो तर्क खण्डन हुन्छ गुरुकूलमा बस्ने छात्रहरुको अनुभवले ।

दिल्लीको श्रीनिवास वेदविद्याश्रममा अध्ययन गर्दै आएका रोशन पौडेल साढे ६ वर्षको उमेरदेखि गुरुकूलमा बस्न थालेका हुन् । झण्डै उनी १० वर्षसम्म एउटै भान्सेले पकाएको खाना खाए । तर, बाग्लुङ घर भएका उनलाई घर आउँदा आमाले पकाएको खानामा जति स्वाद आउँछ त्यति ती भान्सेले बनाएको खानामा आउँदैन । भावना त धर्मआमा मानेर बसेकाहरुसँग पनि धेरै हुन्छ । विभिन्न अन्तराष्टि्रय अध्ययनहरुले आफ्नी आमाले पकाएको खाना जति मीठो धर्म आमाले पकाएको खाना समेत नहुने दाबी गरेका छन् । त्यसैले यसको वैज्ञानिक खोज आवश्यक देखिन्छ ।

विभिन्न नेपाली वैज्ञानिकहरुसँगको कुराकानीमा उनीहरु आमाको र छोराबीच कुनै अंगहरु समान हुने भएकोले पनि जन्म दिने आमाले पकाएको खानामा जादु देख्ने प्रवृत्ति हरेक सन्तानमा हुनसक्ने अनुमान गर्छन् । जसरी कुनै एउटा गाडीमा चिप्स जडान गरियो भने त्यो गाडी गएको ठाउँसम्म अदृश्य रुपले जानकारी लिन सकिन्छ । त्यसरी नै आमाको हातले पकाएको खानालाई जादु देख्ने पनि त्यस्तै आधारहरु हुनसक्ने उनीहरु बताउँछन् ।

आमा नै हुन् सबैभन्दा छुच्ची

धेरै बच्चाहरुलाई लाग्छ, संसारमा सबैभन्दा छुच्चा कोही छन् भने तिनी आफ्नै आमा हुन् । अरुका आमाले आफूलाई कति माया गरिरहँदा आफ्नी आमाले भने सधैं गाली गरेपछि धेरै बच्चाहरुलाई यस्तै सोचाई आउने गर्छ । गर्भमा हुँदादेखि नै कैयौं पटक हामीले आमालाई नै यातना दिएर आयौं । बाहिर जन्मिएपछि पनि जसरी हुन्छ बच्चाहरु आमालाई नै यातना दिन्छन् । तर, कहिलै पनि देखावटी रिसको अलावा आमामा वास्तविक रिसको सञ्चार हुँदैन । तर, बाल्यकालमा धेरैलाई संसारको सबैभन्दा छुच्ची आमा नै हुन् भन्ने लाग्छ ।

घर पुग्दा सबैभन्दा पहिले आमाको खोजी

कतैबाट घरमा आउँदा आमा हुनुहुन्छ भने सबैभन्दा पहिले जो कोहीले पनि आमाको नै खोजी गर्छ । त्यसमा के स्वार्थ जोडिएको हुन्छ त्यो आ आफ्नै कुरा होला । आमा हुनुहुन्न भने त्यो घर नै सुनसान हुन्छ । शून्य हुन्छ । स्वार्थ पनि अरु केही होइन । यसलाई हरेक सन्तानको आमाप्रतिको प्रेम भने पनि व्यवहार भने पनि एउटै हो । घरमा केही कुराको खोजी गर्नु पर्यो भने सिधै आमालाई नै नसोध्ने मान्छे कमै होलान् । घरमा अरुसँग जति नै धेरै निकट भएपनि यस्ता केही विषयहरु छन् । जहाँ बाबुभन्दा आमालाई नै धेरै वास्तागर्ने गरिन्छ ।

आमासँग नै हरेक प्रश्नको उत्तर भेट्ने भएकोले हुनसक्छ आमासँग नै हरेक प्रश्नको खोजी हुनेगर्छ । आमासँगको अन्तर्वार्ता बालापनदेखि नै चल्दै आएको हुन्छ । त्यसैले पनि कोही आमासँग केही कुरा सोध्न संकोच मान्दैनन् ।

आमाको सर्वाेच्चता

आˆना बच्चाहरूका लागि सबैभन्दा विशेष, दयालु, सुन्दर र उदात्त हुन्छन् हरेक आमाहरु । साधु सन्तहरु आमाको मा शब्द आउने सबै शब्दहरु पुज्य हुने बताउँछन् । केवल आ र मा को दुई शब्दमा नै सिंगो संसार र सिंगो ब्रहृमाण्ड जोडिएको छ । यो ब्रहृमाण्डको यात्राको पहिलो बिन्दु आमाको काखबाट नै सुरु हुन्छ । त्यसैलाई आमाको सर्वाेच्चता मान्न सक्छौं । न त कुनै तालिम न त कुनै अध्ययन । सन्तान जन्मिएपछि आफैं आउने दिव्य ज्ञान हो बच्चाहरुको हेरचाह गर्ने ज्ञान ।

आफूलाई भोक लाखेको थाहा नहुँदै आमाले आफ्नो बच्चालाई भोक लागेको कुरा थाहा पाइसकेकी हुन्छिन्, यही हो आमाको सर्वाेच्चता । आफ्नो बच्चालाई के मन पर्छ र बच्चालाई कसरी खुशी दिने रु भन्ने कुरा केवल आमालाई जानकारी हुन्छ । यही हो आमाको सर्वाेच्चता । बच्चाको चिच्याहटबाट उसको आवश्यकता बुझ्ने क्षमता केवल आमासँग हुन्छ । त्यही हो आमाको सर्वाेच्चता ।

विश्वभरी उस्तै जिज्ञासा

आमाको सर्वाेच्चतालाई केवल नेपालमा मात्रै मानिँदैन । विश्वका हरेक कुनामा यसको महत्वका साथ हेर्ने गरिएको पाइन्छ । केही दिन अघि अलजजिराको एक टेलिभिजन कार्यक्रममा केही कोलम्बियाका बच्चाहरूलाई निम्त्याइएको थियो । त्यहाँको आमा दिवसको दिन उनीहरुलाई स्टुडियोमा बोलाएर आमाको बारेमा जानकारी लिनको लागि भनिएको थियो ।

कार्यक्रममा निर्देशक बच्चाहरूलाई सोधेे, उनीहरूलाई आˆना आमाको कुन व्यवहार मन पर्दैन रु कतिपयले आफूलाई गाली गरेको मन नपर्ने बताए, कसैले आमा आफ्नी आमा धेरै समय आफूसँग नभएको विषयलाई आमाको नराम्रो बानीको रुपमा औल्याए । जसमा अधिकांश बच्चाहरुले अन्यको आमाबाबुसँग तुलना गरेर आफ्नी आमाले कम समय दिएको विषयलाई नै आमाको कमजोरीको रुपमा औंल्याए ।

यो बालापनको अबोध निर्णय हो । जुन आमाले आफ्नो बच्चालाई पिट्ने कुरा कुनै रिस र आवेगमा आएर पिटेको होइन भन्ने । कुनै बच्चा सडकमा खेलिरहेको छ र गाडी कतैबाट आएको छ भने आफ्नो ज्यान धरापमा राखेर पनि आमाले बच्चालाई बचाउँछिन् र एकपटक ठूलो स्वरमा गाली गर्दै एक झापड पनि लगाउँछिन् । सो अध्ययनले पत्ता लगायो कि यो केवल एउटा प्रेम हो, आवेग होइन । तर, बालदिमागले यसलाई आमाको नराम्रो बानी सम्झन्छन् । यही नै उनीहरुको कमजोरी हो । बालापन हो ।

सोही टेलिभिजन कार्यक्रममा बाहिर निस्किएपछि जो जो बच्चाले आमाको नराम्रो गुणबारे गुनासो गरेका थिए । उनीहरु नै सबैभन्दापहिले आफ्नी आमाको खोजीमा लागे । त्यहाँ केही अरु नै महिलाहरुलाई उनीहरुलाई माया गरेर बोलाउनको लागि भनिएको थियो । तर, उनीहरु अरुसँग रमाउन सकेनन् ।



source https://www.onlinekhabar.com/2019/12/824536

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More