Friday, 30 October 2020

आकाशदीपदान, तुलसी पूजा र कार्तिक स्नान आजबाट शुरु हुँदै, सौभाग्य मिल्ने विश्वास

१५ कात्तिक, काठमाडौं । प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन शुरु हुने कार्तिक स्नान, आकाशदीपदान एवं तुलसीको विशेष पूजाराधना आजदेखि शुरु गरिँदैछ ।

आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक शुक्ल पूर्णिमासम्म कार्तिक स्नानसहित तुलसीको विशेष पूजा र आकाशदीपदान गरेमा सौभाग्य, सम्पत्ति एवं श्रेय प्राप्ति हुने धार्मिक विश्वास छ ।

आकाशदीपदान पाएसम्म बाँस, नपाएमा पलाँस, खयर, पीपल आदिको लिङ्गो ठड्याएर बालिन्छ । आकाशदीपदान भगवान् विष्णुलाई समर्पण गरी बालिन्छ ।

आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक शुक्ल पूर्णिमासम्म कार्तिक स्नान गरी घरघरमा विशेषरुपमा गरिने तुलसी पूजाबाट मनोकामना पूरा हुने धार्मिक विश्वास छ । तुलसी पूजा सूर्योदयअघि नै गरिसक्नुपर्ने मान्यता छ ।

आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक स्नान गरे महापातकबाट पनि मुक्त भइने धार्मिक विश्वास रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिए ।

कार्तिक स्नान गर्नेले आजदेखि कार्तिक शुक्ल पूर्णिमासम्म दुई दल भएका मास, मुगी, मुसुरो, चना, भटमास आदि अन्न खान नहुने शास्त्रीय मान्यता छ ।

यस अवसरमा आज स्वयम्भू चैत्यमा महादीपदानसमेत गरिन्छ ।

आश्विन शुक्ल पूर्णिमाकै दिन मनाइने कोजाग्रत पूर्णिमा भने शुक्रबार राति नै मनाइएको छ । मध्यरातमा पूर्णिमा भएका दिन कोजाग्रत र सूर्योदय एवं सायंकालमा पूर्णिमा भएका दिन पूर्णिमा व्रत, कार्तिक स्नान शुरु, आकाशदीपदान र तुलसीको विशेष पूजाआरधना गर्नुपर्ने शास्त्रीय वचन रहेको अध्यक्ष धर्मशास्त्रविद् गौतमले उल्लेख गरे ।



source https://www.onlinekhabar.com/2020/10/906420

आईपीएल : राजस्थानले पन्जाबलाई ७ विकेटले हरायो

१५ कात्तिक, काठमाडौं । बेन स्टोक्सको अलराउन्ड प्रदर्शनको मद्दतमा राजस्थान रोयल्सले किंग्स इलाभेन पन्जाबलाई सात विकेटले हराएको छ ।

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत गएरातिको खेलमा राजस्थानले १८६ रनको लक्ष्य १८ औं ओभरमा तीन विकेट गुमाएर भेटायो ।

राजस्थानको जितमा बेन स्टोक्सले सबैभन्दा धेरै ५० रन योगदान गरे । अल राउन्ड प्रदर्शन गरेका उनी म्यान अफ द म्याच बने ।

सन्जु सामसन अर्धशतक बनाउन दुई रनले चुके । रोबिन उथप्पाले ३० रन बनाउँदा स्टिभ स्मिथ ३१ र जोस बटलर २२ रनमा नटआउट रहे ।

बलिङतर्फ मुरुगान आश्विन र क्रिस जोर्डनले १–१ विकेट लिए ।

यसअघि अबुधाबीमा टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १८५ रन बनाएको थियो ।

पन्जाबका लागि क्रिस गेल शतक बनाउन १ रनले चुके । ६३ बल सामना गरेका उनले ८ छक्का र ६ चौकाको मद्दतमा ९९ रन बनाए ।
यसैगरी केएल राहुलले ४१ बलमा ४६ रन बनाए । मन्दिप सिंहले खाता नै खोल्न सकेनन् । निकोलस पुरनले २२ रन बनाउँदा ग्लेन म्याक्सवेल ६ र दीपक हुडा १ रनमा नटआउट रहे ।

बलिङतर्फ जोफ्रा आर्चर र बेन स्टोक्सले २–२ विकेट लिए ।



source https://www.onlinekhabar.com/2020/10/906423

Thursday, 29 October 2020

आन्तरिक पर्यटकका कारण पोखरामा चहलपहल बढ्दै

१४ कात्तिक, पोखरा । चाँदी जस्तै टलक्क टल्केको माछापुच्छ्रे हिमालसहितका हिमाली शृङ्खला पर्यटक स्वागतको पर्खाइमा छन् । फेवाताल र पोखरा आसपासका बेगनासताल, रुपाताललगायतका विश्व रामसार सूचीमा सूचीकृत तालमा पानी टलपलाइरहँदा हिमाल र तालको अचम्मको सुन्दरता यतिखेर पोखरामा भरिएको छ ।

विश्वव्यापी फैलिएको कोरोना भाइरसको महामारीका कारण गत चैतयता सुनसान बनेको पर्यटकीय नगरी पोखरामा दशैँ लागेसँगै पछिल्ला दिनमा भने आन्तरिक पर्यटककको आगमनले यहाँका पर्यटन व्यवसायीमा थोरै भने पनि आशा जगाएको छ ।

विगतका वर्षमा दशैँ तिहारको समयमा पोखराका तालतलैया, गुफा, धार्मिकस्थल जहाँतहीँ यतिखेर आन्तरिक पर्यटकको निकै चाप देखिने गरेको भए पनि पोखरा अहिले भने कोरोनाको कहरले जकडिएको छ । फेवातालमा डुङ्गा शयरदेखि सराङ्कोट, विश्वशान्ति स्तूपलगायतका स्थान पुगी सूर्योदयसहित हिमशृङ्खलाको अवलोकनका लागि आउने पर्यटकका कारण विगतमा जस्तो चहलपहल नदेखिए पनि पछिल्ला दिनमा पोखराको लेकसाइड र आसपासका पर्यटकीय स्थलमा आन्तरिक पर्यटक फाट्टफुट्ट देखिएका छन् ।

लामो समयदेखि शून्यतामा रुमल्लिएको पोखरा दशैँ तिहारको आगमनसँगै केही मात्रामा भने पनि चहलपहलमय बनेको पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले बताए। ‘दशैँ तिहारको समय आन्तरिक पर्यटकको चहलपहल हुने समय हो’, उनले भने, ‘विगतमा जस्तै उल्लेख्य पर्यटक नदेखिए पनि फाट्टफुट्ट पर्यटक देखिँदा पनि पर्यटन व्यवासायीमा आशा जगाएको छ ।’ पोखरा आएका आन्तरिक पर्यटक वरपरका पदयात्रा मार्ग एवं पर्यटकीय स्थल नखुल्दा भने समस्यामा पर्ने गरेको उनले बताए ।

कोरोनाको महामारी फैलन सक्ने अवस्थालाई दृष्टिगत गरी पोखरा हुँदै जाने धार्मिक पर्यटकीय स्थल मुक्तिनाथ दर्शनार्थीका लागि खुल्ला गरिएको छैन भने विश्वकै उत्कृष्ट पर्यटकीय पदमार्ग मध्येको अन्नपूर्ण आधार शिविर जाने पदमार्ग यतिखेर त्यहाँका स्थानीय पर्यटन व्यवसायीले नै बन्द गरेका छन् ।

आसपासका पर्यटकीय गतिविधिलाई चलायमान बनाउन स्थानीय तह एवं प्रदेश सरकारसमेतले समन्वय गरी स्वास्थ्य सुरक्षा मापदण्डका साथ पर्यटनसम्बद्ध सबै क्षेत्र र गतिवधि खुल्ला गरिनुपर्ने उनले बताए । पोखरामा विशेषतः सेप्टेम्बरदेखि डिसेम्बरसम्मको समय अत्यधिक पर्यटक आउने याम हो । त्यस्तै मार्च, अप्रिल तथा नेपाली र अङ्ग्रेजी नयाँ वर्षको समयले पनि पर्यटकलाई पोखरामा लोभ्याउने गर्दछ ।

दशैंँको समयमा कार्यालयमा हुने बिदाका साथै घटस्थापनादेखि कोजाग्रतसम्म नै शैक्षिक संस्था बन्द हुने भएका कारण यसअवधिमा विगतदेखि नै पोखरामा आन्तरिक पर्यटकको चहलपहल हुने गर्दथ्यो । विगतका वर्षमा त दशैँको भोलिपल्ट लेकसाइडमा पर्यटकले कोठा पाउनसमेत मुस्किल हुने गर्दथ्यो ।

सेप्टेम्बरदेखि डिसेम्बरसम्म पदयात्रा र पर्वतीय पर्यटनका लागि विदेशी पर्यटक आउने गर्दछन् । विश्वकै उत्कृष्ट १० पदमार्गमध्येको अन्नपूर्ण चक्रीय पदमार्ग पोखरा हुँदै जाने भएका कारण पदयात्री पर्यटकका कारण पनि यहाँ पर्यटकको चहलपहल हुन्छ । दशैंँ तिहारजस्ता चाडबाडका कारण विगतमा पर्यटन बजार चलायमान हुने विगतलाई फर्केर हेर्दा कोरोना कहरका बाबजुद पनि यस अवधिमा यहाँको पर्यटन केही मात्रामा भए पनि चलायमान बन्ने विश्वास लिइएको छ ।

दशैँ शुरु भएसँगै पोखरामा आन्तरिक पर्यटककको चहलपहल बढिरहेको पोखराको लेकसाइड सेदीडाँडामा ‘ढाकाटोपी रेष्टुरेन्ट एण्ड होटल फेवाबीच’ सञ्चालन गर्दै आएका युवा पर्यटन व्यवसायी महेश्वर अर्यालले बताए । ‘दशैंँ शुरु भएसँगै आन्तरिक पर्यटकको विस्तारै बढ्दै गएको आगमनले हामीलाई उत्साहित बनाएको छ’, अर्यालले भने, ‘सरकारले तोकेका स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउँदै हामी पर्यटकलाई सेवा प्रवाह गरिरहेका छौँ ।’ यतिबेला पोखरा र आसपासको प्रकृति पनि पर्यटक स्वागतको पर्खाइमा रहेको उल्लेख गर्दै उहाँले आफूहरू पर्यटकको न्यानो आतिथ्यताको पर्खाइमा रहेको बताए ।

पर्यटकको स्वास्थ्य सुरक्षाप्रति सजग बन्दै यहाँका पर्यटन व्यवसायीले होटेल तथा रेष्टुरेन्ट सञ्चालन गर्दा स्वास्थ्य सुरक्षा मापदण्डलाई आत्मसात गरिहेको पश्चिमाञ्चल होटेल सङ्घका अध्यक्ष विकल तुलाचनले जानकारी दिए । पोखराका पर्यटनसम्बद्ध सङ्घ संस्थाले पनि स्वास्थ्य सुरक्षा मापदण्डलाई प्रभावकारीरूपमा कार्यान्वयनमा ल्याउन होटेल सञ्चालक तथा रेष्टुरेन्टमा काम गर्ने कर्मचारीलाई आवश्यक तालिमसमेत दिइसकेको उनले बताए ।

पोखराका होटेल खुले पनि आसपासका विन्ध्यवासनी, तालबाराही जस्ता धार्मिक स्थलका साथै विश्वशान्ति स्तूप, अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय लगायतका स्थल एवं पर्यटकीय गतिवधि नखुल्दा भने पर्यटक समस्यामा पर्ने गरेको तुलाचनले बताए।

‘आवश्यक सुरक्षा मापदण्ड अपनाउँदै पर्यटकीय स्थल एवं गतिविधि खुल्ला नगर्दासम्म पोखराको पर्यटन अपेक्षित चलायमान हुँदैन’, उनले भने, ‘पर्यटकीय गतिविधि बढाउनका लागि स्थानीय एवं प्रदेश सरकारले आवश्यक समन्वय गर्दै पर्यटकीय स्थल एवं गतिवधि तत्काल सञ्चालनमा ल्याउन पहल गर्नुपर्ने देखिन्छ ।’

पोखराको तालबाराहीसहित विन्ध्यवासिनी, भद्रकाली, गुप्तेश्वर महादेव गुफा धार्मिक पर्यटकीय स्थल हुन् भने यहाँका पातले छाँगो, सेती नदीको गल्छी, महेन्द्र गुफा, चमेरे गुफा, अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय दर्शनीय स्थल हुन् ।

त्यस्तै लेखनाथ क्षेत्रका बेगनास, रुपा, दीपाङ, मैदी, गुँदे जस्ता तालले पनि पर्यटकलाई आकर्षित गरेका छन् ।

पछिल्ला समयमा पोखरा नजिकैको पुम्दीकोट, काहुँडाडा लगायतका स्थानमा धार्मिक पर्यटकीय गतिविधि बढ्ने गरी पूर्वाधार निर्माण कार्यले पनि गति लिएको छ ।



source https://www.onlinekhabar.com/2020/10/906277

‘कसले चोर्यो मेरो मन २’ बनाउने छविको तयारी

निर्माता छविराज ओझालाई चलचित्र क्षेत्रको ‘बाघ’ भनिन्छ । तर, छविराज चलचित्र निर्माणबाट सुस्ताएको केही वर्षा भयो । नायिका शिल्पा पोखरेलसँगको वैवाहिक जीवनको मुद्दा अदालतसम्म पुगेपछि छवि सुस्ताएका हुन् । तर, अब छविले नयाँ चलचित्र बनाउने तयारी गरेका छन् ।

आफैले निर्माण गरेको चलचित्र ‘कसले चोर्यो मेरो मन’को सिरिज बनाउने तयारी छविको छ । चलचित्रलाई सविर श्रेष्ठले निर्देशन गर्नेछन् । अनलाइनखबरसँग कुरा गर्दै सविरले भने–‘यो चलचित्रको तयारी भएको हो । तर, लकडाउनका कारण काम रोकिएको छ । चलचित्रको कथा छेतन गुरुङले लेखिरहनुभएको थियो । छेतनजीको निधन भएपछि कथाको काम पनि रोकिएको छ ।’

सविरका अनुसार, चलचित्रलाई छविराज ओझाले निर्माण गरेपनि छविराज प्रोडक्शनबाट यो चलचित्र बन्नेछैन । कुनै नयाँ नामको कम्पनीबाट छविले चलचित्र बनाउनेछन् ।

नयिका रेखा थापाले चलचित्र ‘कसले चोर्यो मेरो मन फेरि’ बनाउने तयारी गरेकी थिइन् । तर, यो चलचित्र निर्माण हुन सकेन । रेखा फिल्मस्बाट बनेको ‘कसले चोर्यो मेरो मन’ सर्वाधिक हिट भएको थियो । चलचित्रमा रेखा र आर्यन सिग्देलको मुख्य भूमिका थियो । तर, ‘कसले चोर्यो मेरो मन २’मा भने नयाँ कलाकार लिने तयारी छविको छ ।



source https://www.onlinekhabar.com/2020/10/906278

चेन्नाईको जितपछि मुम्बई आईपीएलको प्लेअफमा

१४ कात्तिक, काठमाडौं । अंक तालिकाको पुछारमा रहेको चेन्नाई सुपर किंग्सले बिहीबार कोलकाता नाइट राइडर्सलाई पराजित गरेपछि मुम्बई इन्डियन्स जारी इन्डियन प्रिमियर लिग (आईपीएल) को प्लेअफमा पुगेको छ ।

१२ म्याचमा ८ जित निकालेर १६ अंक जोडेको मुम्बई यो सिजनको प्लेअफ पुग्ने पहिलो टोली हो । दोहोरो राउन्ड रोविनमा खेलाइएको आईपीएलको ८ मध्ये शीर्षस्थानको चार टीमले प्लेअफ खेल्न पाउँछन् ।

१४ म्याचपछि पहिलो स्थानमा आउने टीम स्वतः फाइनल र दोस्रो स्थानको टीम सेमिफाइनलमा प्रवेश गर्छ । तेस्रो र चौथो स्थानका टीमबीचको विजेताले फाइनल प्रवेशका लागि दोस्रो स्थानको टीमसँग प्रतिस्पर्धा गर्नेछ ।

दुई–दुई म्याच खेल्न बाँकी छँदा रोयल च्यालेन्जर्स बैंग्लोर दोस्रो र दिल्ली क्यापिटल तेस्रो स्थानमा छन् । बैंग्लोर र दिल्लीको समान १४ अंक भए पनि नेट रन रेटमा दिल्ली पछि परेको हो ।

दुई म्याच खेल्न बाँकी रहेको किंग्स इलाभेन पञ्जाब १२ अंकसहित चौथो स्थानमा छ । नेट रन रेटमा पछि परेको कोलकाताको  पनि १२ अंक छ भने उसको एउटा मात्रै म्याच बाँकी छ ।

क्रमशः छैठौं, सातौं र आठौं स्थानका सनराइजर्स हैदरावाद, राजस्थान रोयल्स र चेन्नाईको समान १०÷१० अंक छ । हैदरावाद र राजस्थानले दुई–दुई र चेन्नाईले लिग चरणको एक म्याच खेल्न बाँकी छ ।

शुक्रबार पञ्जाब र राजस्थान भिड्दैछन् ।



source https://www.onlinekhabar.com/2020/10/906273

जाडोमा नवजात शिशुको हेरचाह

कतिपय दम्पतीको घरमा नयाँ सदस्य भित्रिएका होलान् । यसले उनीहरुमा पक्कैपनि खुसी र उमंग ल्याउँछ । साथसाथै जिम्मेवारी पनि ।

खासगरी पहिलो सन्तान हुर्काउन त्यती सहज हुन्न । शिशुलाई कसरी स्यहारसुसार गर्ने, कसरी ख्वाउने, कसरी नुहाउने, कसरी डायपर बदल्ने यावत् कुरामा आमाबुवालाई अनुभव हुँदैन । त्यसमाथि नवजात शिशु आफैमा संवेदनशिल भएकाले उनीहरुको स्वास्थ्य स्थितीबारे आमाबुवा चनाखो हुनुपर्ने पनि हुन्छ ।

सामान्य कमीकमजोरीले पनि शिशुको स्वास्थ्यमा असर गर्ने भएकाले उनीहरुलाई कसरी ख्वाउने र हुर्काउने कुरामा खास तालमेल हुन जरुरी छ ।

भर्खर जन्मिएको बच्चालाई पर्याप्त निद्रा चाहिन्छ । उनीहरु एक दिनमा १६ घण्टासम्म आरम गर्न सक्छन् । तर, यत्तिका समयसम्म उनीहरु खाली पेट बस्न सक्दैनन् । तरल पदार्थले पेट भर्नुपर्ने हुँदा बारम्बार भोग लागिरहन्छ । जब पेट खाली हुन्छ, उनीहरु ब्यूँझन्छन् ।

त्यसैले बच्चालाई स्तनपान गराइरहनुपर्छ । यसका लागि आमाले पोषिलो वा झोलयुक्त खानेकुरा बढी नै सेवन गर्नुपर्छ ।

नवजात शिशुको निन्द्रा चाडै खलबलिन सक्ने भएकाले उनीहरुलाई शान्त ठाउँमा सुताउने व्यवस्था गर्नुपर्छ । सकेसम्म गाडी वा अन्य आवाज नआउने ठाउँ उपयुक्त हुन्छ । साथै प्रदूषणबाट पनि मुक्त राख्नुपर्छ ।

जाडोमा बच्चालाई न्यानो राख्नुपर्छ । वाहिरको चिसोले चाडै प्रभावित बनाउने हुँदा बच्चाको कोठाको तापमान मिलाउनुपर्छ । यद्यपी बच्चालाई न्यानो बनाउने चक्करमा धेरै गुम्साएर राख्नु हुँदैन । उनीहरुको छाला एकदमै संवेदनशिल हुने भएकाले वाह्य वातावरणले तुरुन्तै असर गर्न सक्छ ।

पहिलो बच्चालाई स्तनपान गराउन कतिका लागि समस्या हुन्छ । अनुभव पनि हुँदैन । बच्चा जन्मिएपछिको २४ घण्टासम्म उनलाई ८ देखि १२ पटकसम्म स्तनपान गराउनुपर्छ । स्तनपान गराउने आमाले पनि सन्तुलित खाना खानुपर्छ ।

बच्चालाई छातीमा राखेर निप्पललाई ओंठमा स्पर्श गराउनुपर्छ । बच्चाले मुख खोलेपछि विस्तारै स्तन दबाउनुपर्छ । बच्चाले राम्ररी दुध चुस्न सकेन भने विस्तारै अभ्यस्त गराउनु पर्छ ।

जाडोमा भोग लागिरहन्छ । साथै दिसापिसाब पनि गरिरहन्छ । दिसा पिसाब गरेपछि बच्चाको कपडा परिवर्तन गरिहाल्नुपर्छ । एक दिनमा ६–८ वटा डाइपर परिवर्तन गर्नुपर्ने हुन्छ ।

दिशा गरेको अवस्थामा मनतातो पानी कपासमा डुबाउँदै सफा गरिदिनुपर्छ । बच्चालाई दिनमा केहि घण्टा डायपर बिना नै रहन दिनुपर्छ ।

नवजात शिशुको सरसफाईमा विशेष ख्याल गर्नुपर्छ । जाडोमा नुहाइदिन गाह्रो हुन्छ ।

बच्चा जन्मिएको पहिलो साता स्पन्जले बिस्तारै उसको शरीर सफा गरिदिनुपर्छ । एकपटक गर्भनाल निस्किएपछि नियमित रुपले हप्तामा दुई पटक वा तीन पटक नुहाइदिनुपर्छ । नुहाइदिनका लागि तातो पानी प्रयोग गर्नुपर्छ ।



source https://www.onlinekhabar.com/2020/10/906274

नेपाल अन्तर्राष्ट्रिय शक्तिहरूको प्रतिस्पर्धास्थल बन्ने खतरा बढ्यो : थापा

१४ कात्तिक, काठमाडौं । पूर्वपरराष्ट्रमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले नेपाल अन्तर्राष्ट्रिय शक्तिहरूको प्रतिस्पर्धास्थल बन्ने खतरा बढेको बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय खुफिया एजेन्सीका प्रमुख सामन्त गोयललाई भेटेको विषय विवादित बनेका बेला थापाले सत्तारुढ र प्रमुख प्रतिपक्ष दलको अकर्मण्यताका कारण नेपाल अन्तर्राष्ट्रिय केन्द्रको प्रतिस्पर्धास्थल बन्न लागेको बताएका हुन् ।

‘भारत र चीनसँगको सम्बन्धमा रणनीतिक सन्तुलन, समदुरी र असंलग्नता नेपालको अस्तित्वको आधार हो,’ पूर्वपरराष्ट्र मन्त्री थापाले ट्विटरमा लेखेका छन्, ‘तर सत्तारुढ र प्रमुख प्रतिपक्ष दलका अकर्मण्यता र गलत नीतिको परिणास्वरुप अहिले नेपाल अन्तर्राष्ट्रिय शक्तिहरूको प्रतिस्पर्धास्थल बन्ने खतरा बढेको छ ।’

देशको स्वतन्त्रता र अस्तित्वबारे समयमै सचेत बन्नसमेत उनले आग्रह गरेका छन् ।



source https://www.onlinekhabar.com/2020/10/906272

बेहुली बनिन् काजल

बलिउड तथा साउथ चलचित्रकी नायिका काजल अग्रवाल आज बैबाहिक जीवनमा बाँधिदैछिन् । उनले आफन प्रेमी गौतम किचलुसँग बिहे गर्न लागेकी हुन् ।

काजोलको मेहेन्दी कार्यक्रम बिहिबार आयोजना गरिएको थियो । काजलले सामाजिक संजालमा सार्वजनिक गरेको तस्वीरमा उनी मेहेन्दी हातमा लगाएर मुस्कुराएकी छिन् । यस्तै, बिहिबार नै काजलको हल्दी कार्यक्रम पनि आयोजना गरिएको थियो ।

आज भने उनीहरुले सिमित पारिवारिक जमघटका विच बिबाह गर्दैछन् । काजलले अक्टुबर ६ मा आफूले बिबाह गर्न लागेको जानकारी उनका फ्यानलाई दिएकी थिइन् । मुम्बइमा आयोजना भैरहेको बैबाहिक समारोहका तस्वीर काजल आफैले इन्स्टाग्रामबाट सार्वजनिक गरिरहेकी छिन् ।

बलिउडमा चलचित्र ‘सिंघम’मा काम गरेपछि काजलको चर्चा चुलिएको थियो । साउथमा भने उनको लोकप्रियता लोभलाग्दो छ । उनले अभिनय गरेका थुप्रै चलचित्रले बक्स अफिसमा धुम मच्चाएका छन् । काजलसँग बैबाहिक जीवनमा बाँधिएका गौतम व्यापारी हुन् ।



source https://www.onlinekhabar.com/2020/10/906268

विश्वरूप मन्दिर पुनःनिर्माण गर्न पुरातत्वको स्वीकृति



source https://www.onlinekhabar.com/2020/10/906266

रुपन्देहीमा थप एकजना कोरोना संक्रमितको मृत्यु

१४ कात्तिक, बुटवल । रुपन्देहीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

बुटवल उपमहानगरपालिका–८का ५५ वर्षीय पुरुषको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्तालमा शुक्रबार मृत्यु भएको हो ।

कात्तिक १ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएका उनको सघन उपचार कक्षमा भेन्टिलेटरको सहायतामा उपचारका क्रममा शुक्रबार बिहान ८ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले पुष्टि गरे ।

संक्रमित पुरुष उच्च रक्तचाप, मधुमेह र फोक्सोको दीर्घरोगी रहेको गौतमले जानकारी दिए ।

यो पनि पढ्नुहोस कोरोना संक्रमणबाट थप २५ जनाको मृत्यु

source https://www.onlinekhabar.com/2020/10/906264

रुघाखोकीमा प्राकृतिक उपचार

अहिले रुघाखोकी लाग्नसाथ मान्छेमा डर पैदा हुन्छ । उनीहरु आफैमाथि शंका गर्न थाल्छन्, ‘कतै कोरोना त लागेन ?’

कोरोनाको सुरुवाती वा साझा लक्षण हो, रुघाकोखी । जबकी अहिले चिसो मौसम सुरु भएको छ । चिसोमा पनि सामान्यत धेरैलाई रुघाखोकीले सताउने गर्छ । धेरैजसो अवस्थामा रुघाखोकी त्यती जटिल मानिदैन । केही समयपछि यो आफै निको हुन्छ । रुघाखोकीले सताएमा प्रशस्त तातो पानी, झोलयुक्त पदार्थ खाने र आरम गर्ने हो । यति भएपछि औषधि उपचारको जरुरत पर्दैन ।

यद्यपि बुढापाका, रोगी र बालबच्चालाई भने अलि बढी नै सताउने जोखिम पनि रहन्छ । चिसोको कारण उनीहरुलाई निमोनिया हुने खतरा रहन्छ । त्यसैले जाडो सुरु भएसँगै केही सावधानी अपनाउन जरुरी छ ।

रुघाखोकी लाग्नसाथ औषधि खोज्ने प्रवृत्ति पनि धेरैको हुन्छ । तर, सामन्य रुघाखोकीमा घरेलु ओखती नै काफी हुन्छ । त्यसैगरी रुघाखोकी लागेको बेला तातो पानीको बाफ लिनु सर्वोत्तम हो । यसले बन्द नाक खुल्छ, फोक्सोलाई पनि फाइदा गर्छ । बेला बेलामा तातो पानीको बाफ लिएमा रुघाखोकीको समस्याबाट चाडै छुटकारा पाइन्छ ।

यससँगै केही यस्ता ओखति पनि प्रयोग गर्न सकिन्छ, जो तपाईं–हाम्रो घरमा सजिलै उपलब्ध हुन्छ । जस्तो कि, तुलसी पानी । तुलसीको केही पातलाई पानीमा उमालेर सेवन गर्नुपर्छ । तुलसीको पात चपाउँदा पनि हुन्छ । त्यसो त तुलसी अन्य समस्याहरुमा पनि उपयुक्त हुन्छ । जाडोमा अक्सर रुघाखोकीसँगै  ज्वरो, निमोनिया, ब्रोन्काइटिस, गलाको समस्या, फोक्सोको समस्या हुनेगर्छ । यस्तो अवस्थामा तुलसीको सेवन उपयोगी हुन्छ ।

तुलसीको प्रयोगले छातीमा चिसो लाग्न पाउँदैन । यदि चिसो लागेको छ भने पनि कफ निकाल्छ । छातीको दुखाई पनि कम गर्छ । स्वास प्रणालीको झिल्लीमा स्वास्थ्यप्रद प्रभाव पार्न तुलसीमा अद्भूत क्षमता हुन्छ ।

अदुवा, मरिच र तुलसीको मिश्रणको चिया पिउनुपर्छ, स्वास्थ्यमा निकै फाइदा गर्छ । तुलसीको चिया बनाउनका लागि पात चाहिन्छ । त्यसलाई सुकाएर चूर्ण बनाउनुपर्छ । त्यसमा राम्ररी पिसेको मरिचको चाहिन्छ । सुख्खा अदुवाको धुलो मिसाउनुपर्छ । अब यो मिश्रणलाई तातो पानीमा उमाल्नुपर्छ । राम्ररी उम्लिएपछि पाँच मिनेटजति ढक्कनले छोप्नुपर्छ । त्यसमा एक सय ग्राम जति शख्खर हालेर सेवन गर्नुपर्छ । यसले चिसो लागेको, टाउको दुखेको, नाक बन्द भएको, पिनास, श्वास नली बन्द भएको समस्यामा ठीक गर्छ ।

यसैगरी मह र तातोपानी । मह मिसाएको तातो पानीले रुघामा धेरै राहत दिन्छ । त्यसैगरी बेसार र दुध । एक गिलास तातो दुधमा एक चम्चा बेसार मिसाएर पिउनुपर्छ ।

अदुवाको रस महमा मिसाएर खाएमा पनि खोकी टाढा भाग्छ । तपाईलाई रुघाखोकीले सताएको छ भने राती सुत्नभन्दा अगाडि दुध वा चियामा अदुवा उमालेर पिउनुहोस् । तर्पाको स्वास्थ्यमा छिटै सुधार हुन्छ । अलैंचीलाई चियामा उमालेर पिउनाले रुघाखोकी ठीक हुन्छ ।



source https://www.onlinekhabar.com/2020/10/906262

घरेलु कामदार खोज्दै राजदरबार, वार्षिक तलब ३० लाख रुपैयाँ

काठमाडौं । कसैको घरभित्र घरायसी काम गर्ने घरेलु मजदूरको तलब कति होला ? घरेलु कामदारले वार्षिक ३० लाख रुपैयाँ तलब पाउने कुरा सुन्दैमा पत्यार नलाग्न सक्दछ । तर यो यथार्थ हो ।

बेलायतको राजदरबारले आवासीय दरबारमा काम गर्ने घरेलु कामदारको खोजी गरेको छ । राजदरबारको हाउसकिपरमा भर्ना हुने कामदारको सुरुवाती तलब नै वार्षिक झण्डै ३० लाख रुपैयाँ हुनेछ ।

बेलायती राजदरबारको आधिकारिक वेबसाइट द रोयल हाउसहोल्डमा यसबारेमा जानकारी दिइएको छ । दरबारको घरेलु कामदारको रुपमा भर्ना हुन चाहनेले आगामी नाभेम्बर १ तारेख सम्ममा आवेदन गर्न सक्नेछन् । दुई नोभेम्बरमा आवेदकहरुको अन्तरवार्ता लिएर योग्य उम्मेदवार छनोट गर्ने कार्यक्रम छ ।

द रोयल हाउसहोल्ड वेबसाइटमा दिइएको जानकारी अनुसार हाउसकिपिङ असिस्टेन्ट नामक पदको उक्त जागिर बेलायतको नियम अनुसार लेभल टु अप्रेन्टिसशिपको जागिर हो ।

छनोट हुने कामदारले बेलायतको विन्डसर महलमा काम गर्नुपर्नेछ । हप्तामा पाँच दिन काम गर्नुपर्ने र दुई दिन विदा पाइनेछ । साथै वर्षमा अन्य ३३ दिन विदा प्राप्त हुनेछ ।

तलब मात्र होइन छनोट हुने कामदारको खानेबस्ने खर्च समेत दरबारले व्यहोर्नेछ । साथै जागिरका क्रममा गर्नुपर्ने यात्राको खर्च समेत दरबारले नै गर्नेछ । सबैभन्दा महत्वपूर्ण कुरा त के भने यो जागिरमा छनोट हुनका लागि अंग्रेजी र गणितमा पनि दक्ष हुनु अनिवार्य हुनेछ ।

छनोट हुने उम्मेदवारलाई सुरुमा १३ महिनाको तालीम दिइनेछ । त्यसपछि उसलाई शाही परिवारद्वारा एक स्थायी कर्मचारीको रुपमा काममा राखिनेछ । कामका दौरान उसलाई शाही परिवारका विभिन्न निवास स्थलमा पनि स्थानान्तरण गर्न सकिनेछ र त्यसमा बकिंघम प्यालेस पनि पर्न सक्नेछ ।

छनोट हुने कामदारको मुख्य काम दरबारभित्र सरसफाइ गर्नु हुनेछ । साथै दरबार भित्रका चिजवस्तुहरुको देखभाल गर्ने दायित्व पनि उसको हुनेछ ।

–एजेन्सी



source https://www.onlinekhabar.com/2020/10/906259

आम्दानीमा सामसुङको कीर्तिमान, ३ महिनामा ६० खर्ब आम्दानी

काठमाडौं । दक्षिण कोरियाली कम्पनी सामसुङले पछिल्लो त्रैमासिकमा कीर्तिमानी आम्दानी गर्न सफल भएको छ । जुलाई देखि सेप्टेम्बर सम्मको अवधिमा सामसुङले ५९ अर्ब डलर अर्थात् ६० खर्ब रुपैयाँ भन्दा धेरै आम्दानी गर्न सफल भएको रिपोर्ट सार्वजनिक भएको छ ।

कम्पनीले सार्वजनिक गरेको त्रैमासिक रिपोर्ट अनुसार चालू सन् २०२० को तेश्रो त्रैमासिकमा सामसुङका स्मार्टफोनको बिक्रीदरमा ५० प्रतिशतले वृद्धि भएको छ भने माइक्रोचिप्सको बिक्री ८२ प्रतिशतले बढेको छ । स्मार्टफोन र माइक्रोचिप्सको बिक्रीमा भएको उच्च वृद्धिका कारण सामसुङको आम्दानीमा उछाल आएको हो । यस अवधिमा सामसुङका प्रिमियम टेलिभिजन तथा होम एप्लाइन्सेसहरुको बिक्रीमा समेत वृद्धि भएको छ ।

आम्दानीसँगै कम्पनीको मुनाफामा पनि उच्च वृद्धि भएको छ । तेश्रो त्रैमासिकमा सामसुङले खूद मुनाफा ८ अर्ब ३० करोड डलर मुनाफा गर्न सफल भएको छ । यो मुनाफा गत वर्षको सोही अवधिको तुलनामा ४९ प्रतिशतले बढी हो ।

विश्लेषकहरुका अनुसार अमेरिकाले चिनिया कम्पनी हुवावेमाथि प्रतिबन्ध लगाएसँगै सामसुङका स्मार्टफोन र चिपको बिक्रीदर ह्वात्तै बढेको हो ।

यसबाट सामसुङले हुवावेको बजार हिस्सा कब्जा गरिरहेको र अमेरिकी प्रतिबन्धले चिनिया कम्पनी हुवावेलाई ठूलो असर परेको देखिएको छ ।

गत अगष्ट महिनामा अमेरिकी वाणिज्य विभागले एक घोषणा गर्दै लाइसेन्स विना हुवोलाई चिप्स बिक्री गर्ने विदेशी कम्पनीमाथि पनि प्रतिबन्ध लगाउने बताएको थियो । ट्रम्प प्रशासनले मुलुकको राष्ट्रिय सुरक्षाको कारण देखाउँदै हुवावेमात्र नभई टिकटक र विच्याट जस्ता चिनिया कम्पनीहरुमाथि पनि प्रतिबन्धको घोषणा गरिसकेको छ ।

चम्किँदो चिप व्यवसाय

अमेरिकामा माइक्रोचिप उद्योग सम्वृद्ध बन्दै जाँदा सामसुङको चिपको व्यापार चम्किँदै गएको हो । स्मार्टफोन देखि कन्जुमर इलेक्ट्रोनिक्स र डाटा सेन्टर लगायका व्यवसायिक संरचनाहरुमा समेत व्यापक रुपमा प्रयोग हुने माइक्रोचिप्सको माग विश्व बजारमा अत्यधिक मात्रामा बढिरहेको छ ।

हालैमात्र माइक्रोचिप्स बनाउने कम्पनी एएमडीले अर्को कम्पनी जिलिंक्स खरीद गर्ने घोषणा गरेको छ । यसका लागि ए एमडीले ३५ अर्ब डलर खर्चिँदैछ ।

गत महिनामात्रै ग्राफिक्स चिपमेकर एनभिदियाले बेलायती सफ्टब्यांक अन्तर्गतको चिपमेकर कम्पनी खरीद गर्ने सम्झौता गरेको थियो ।

कोरोना महामारीले समेत चिप निर्माता कम्पनीहरुको आम्दानीमा उल्लेख्य बढोत्तरी गराएको छ । लकडाउनका कारण विश्वका करोडौँ मानिसहरु घरबाटै काम गर्न बाध्य भैरहेको बेला विभिन्न खाले डाटा चिप्सहरुको प्रयोग समेत बढिरहेको छ । यसबीचमा सामसुङ मात्र नभई दक्षिण कोरियाको अर्को चिपमेकर कम्पनी एसके हिनिक्सको मुनाफामा पनि उच्च वृद्धि देखिएको छ ।

– बीबीसी



source https://www.onlinekhabar.com/2020/10/906255

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More